सोमबार, असोज ४, २०७८
  • गृहपृष्ठ
  • समाज
  • ऊर्जाशील डा. देवेन्द्रराज पाण्डेले देखेको युवा पुस्ता

ऊर्जाशील डा. देवेन्द्रराज पाण्डेले देखेको युवा पुस्ता


राज सरगम
राज सरगम | काठमाडौं, आइतबार, भदौ २७, २०७८

चिनाइरहुनपर्ने नाम होइन, देवेन्द्रराज पाण्डे। पञ्चायतमा अर्थ मन्त्रालयको सचिवबाट ३६ वर्षकै उमेरमा अवकाश लिए। बहुदलीय प्रजातन्त्र पुनर्स्थापनामा खटिए। २०४६ सालमा पञ्चायत ढलेर प्रजातन्त्र आयो। उनी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषद्मा अर्थमन्त्री भए।

त्यसयता पाण्डे कुनै राजनीतिक पदमा नपुगे पनि लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारका पक्षमा निरन्तर खबरदारी गर्दै आएका छन्। तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनले खेलेको भूमिका विशेष छ। 

एकपटक मन्त्री भएबाहेक उनी न कुनै राजनीतिक दलमा आबद्ध छन् न कुनै लाभको पदमा। तर उनी समतामूलक समाज निर्माणका लागि बहुलवादी राजनीतिक व्यवस्थाको वकालत गर्दै नागरिक आन्दोलनमा निरन्तर संलग्न छन्। माओवादीको हिंसात्मक गतिविधिका बेला होस् वा राजाको प्रत्यक्ष शासनका बेला वा संविधान निर्माणका बेला होस् वा गणतन्त्र स्थापनाका बेला उनको स्थायी ठेगाना नै सडक हुन्थ्यो।

नागरिक आन्दोलनका एक शक्तिशाली ऊर्जा अर्थशास्त्री डा. पाण्डेको गत वर्ष ‘एक ज्यान, दुई जुनी’ संस्मरण प्रकाशित भएको छ। यस कृतिमा १८ वर्षको उमेरमा सरकारी अधिकृत बनेर ४० वर्ष नपुग्दै अवकाश भएका पाण्डेले आफ्नो ८० वर्षे जीवनलाई दुई जुनीमा विभाजन गरेर उधिनेका छन्। ८१ वर्षीय पाण्डे यति बेला महामारीका कारण घरमै थुनिनुपर्दा विगतलाई फर्केर हेर्छन्। 

युवा अवस्थामा केही गर्नुपर्छ भन्ने हुटहुटी र जोश थियो। त्यस्तो हुटहुटी अहिले पनि उस्तै छ। अलिकति दिक्कारी पनि। किन त? भन्छन्, ‘प्रजातन्त्र संस्थागत भएन। युवा ऊर्जाले निकास पाएन।’

युवावयमा आफूले गरेको कामले उनी जुरुक–जुरुक हुन्छन्। जीवन उत्तरार्धतिर धकेलिँदो छ, बुझाइ अझ खारिँदै गएझैं लाग्छ उनलाई। युवा अवस्थामा केही गर्नुपर्छ भन्ने हुटहुटी र जोश थियो। त्यस्तो हुटहुटी अहिले पनि उस्तै छ। अलिकति दिक्कारी पनि। किन त? भन्छन्, ‘प्रजातन्त्र संस्थागत भएन। युवा ऊर्जाले निकास पाएन।’

नौलो चिन्तन, नौलो विचार भएका युवा भेटिन छाडेको उनको अनुभव छ। न त युवाको जीवनशैलीले प्रभावित हुन सकेका छन् कोही। उनी भन्छन्, ‘जुन मूल्यमान्यताले मुलुकलाई घात गरेको छ, त्यसविपरीत सकारात्मक विचार र सृजनात्मक क्षमताका साथ युवा भीडमा देखिनुपर्‍यो। त्यस्ता युवा देखिएका छैनन्। आसा गरौं कोही आउलान्।’

आजका युवा बहकिएजस्तो लाग्छ उनलाई। कुनै गुटले, कुनै पार्टीले, कुनै समाजले बहकाएका छन्। युवामा स्वायत्त चिन्तन गर्ने बानीको अभाव छ। पक्ष र विपक्ष भएर उभिएर युवा कसैको गोटी मात्र बनेको जस्तो लाग्छ उनलाई। उनी, भन्छन्, ‘एक प्रकारको छटपटी भने युवामा देखिन्छ। त्यो छटपटी युवा छँदा ममा पनि थियो। अहिले उनीहरूमा देख्छु।’ त्यसैले युवाप्रति उनी आशावादी पनि छन्।

उनको बुझाइमा एकथरी युवा शुद्ध राजनीतिक पार्टीगत संगठनका हिसाबले हिँडेका छन्। उनीहरुलाई सत्य–असत्य मतलब छैन। मेरो नेता, मेरो गुट मेरो पार्टी भन्ने गरेका छन्। कस्तो हुनुपर्छ छ युवा? उनी भन्छन्, ‘कुनै गुट–उपगुट छाडेर सामाजिक मुद्दामा स्वतन्त्र चिन्तन गर्ने, अध्ययन गर्ने, विचार बनाउने र जनमानसमा आउनुपर्ने हुनुपर्छ।’ 

त्यसैले मुलुकको समृद्धिका लागि युवापुस्ता बढी चनाखो हुनुपर्छ। नत्र अघिल्लो पुस्ता र आजको पुस्तामा केही अन्तर नहुने उनको ठम्याइ छ। उनका अनुसार युवाले जीवनको उद्देश्य पूरा गर्न अवलम्बन गर्नुपर्ने मूल्यमान्यता र निर्वाह गर्नुपर्ने भूमिकामा अलमलिएका छन्। उनी भन्छन्, ‘दैनिक यो गुट त्यो गुट भनेर कुदेका छन्। भेला, आन्दोलन भनेका छन्। साँच्चै युवा अलमलिएका छन्।’

सडक आन्दोलनमा सबैभन्दा बढी युवा देखिन्छन्। डा. पाण्डेलाई युवा स्वविवेकले त्यहाँ पुगेको जस्तो लाग्दैन। कसैले पुर्‍याएको हो कि भन्ने अड्कल पनि गर्दैनन् उनी। युवा स्वयम् सचेत रहनुपर्ने उनको सुझाव छ। उनी भन्छन्, ‘सधैं विद्यार्थी नेताजस्तो भएर हुँदैन। नेताहरूमा भर पर्नु हुँदैन। त्यो बानी छोड्नुपर्‍यो।’

समाज एकलकाटे हुँदै गएको छ। मानिसमा समुदाय र समाजको हितका लागि अग्रसरता देखाउने बानी हराउँदै गएको छ। यसो हुनुको कारण राजनीतिक विकृति देख्छन् उनी।

यति हुँदाहुँदै पनि उनलाई केही युवा मुलुकप्रति संवेदनशील भएको लाग्छ। सामाजिक ऐतिहासिक परिवेशमा चिन्तन गर्ने युवा पनि छन्। साहित्य लेखन, राजनीतिक चेत, सामाजिक परिवर्तनमा अग्रसर छन्। अध्ययनशील छन्। ‘बीस–तीस वर्ष अगाडि युवा यस्ता थिएनन्। हिजोको युवाले महेन्द्रमाला मात्पर ढेर आएका थिए। आजका युवाले विज्ञानप्रविधि पढेका छन्। धेरै सकारात्मक कुरा आएका छन्’, उनले भने।

समाजको सुखदुःखले पनि उनलाई छाडेको छैन। उनका अनुसार समाज एकलकाटे हुँदै गएको छ। मानिसमा समुदाय र समाजको हितका लागि अग्रसरता देखाउने बानी हराउँदै गएको छ। यसो हुनुको कारण राजनीतिक विकृति देख्छन् उनी। समाज नै पार्टी भएझैं लाग्छ उनलाई। कतिपय समाज संगठन, परिवार, जात, क्षेत्र पार्टीगत हुन थालेकोमा उनको गुनासो छ। उनी भन्छन्, ‘निश्चित वर्ग, जाति र समुदायकाले मात्रै उन्नत भएर हुँदैन। समग्रको उन्नति हुनपर्‍यो।’

उत्पीडित वर्ग, जाति र समुदायका लागि सामाजिक सद्भाव खलबलाउनुपर्नेमा उनको अडान कायमै छ। पाण्डे भन्छन्, ‘कुनै कुरा कट्कटिएको छ भने त्यसलाई कोतर्नुपर्‍यो। माझ्नुपर्‍यो। टक्टकाउनुपर्‍यो।’

पीडित सधैं दबिने, हेपिने, चेपिने तर सामाजिक सद्भाव खलबलिन्छ भनेर चुप लागेर बस्ने दिन गएको बताउँछन् उनी। उनी भन्छन्, ‘कसले सोचेको थियो यो देशमा राजतन्त्र जाला भनेर, गणतन्त्र आउँछ भनेर। आखिर परिवर्तन भयो त। मेरो गोरुको बाह्रै टक्का भनिदिनु भएन। उल्टो बाटो कोही हिँड्दैनन्। लोकतन्त्र भनेको यही हो।’

उनलाई प्रशासनिक संयन्त्रमा परिवर्तन नआएकोमा चिन्ता छ। यसलाई उनी राजनीति र सांस्कृतिक पक्षबाट हेर्न जरुरी ठान्छन्। चाकडीबाजले जनताले दुःख पाएका छन्। ‘एउटा मान्छे उच्च ओहदामा पुग्नेबित्तिकै ढोग गर्नुपर्ने, पछ्याउनुपर्ने, पदमा बस्नेबित्तिकै उसको बोली बिक्ने परम्परालाई तोड्नपर्छ’, उनी भन्छन्। जनताको करबाट तलब खाने कर्मचारीको काम त जनताको सेवा गर्नुपर्ने होे, तर उनीहरूलाई झुकिदिनुपर्ने संस्कृति छ। उनी भन्छन्, ‘कर्मचारीले जनताको सेवक हो भन्नुपर्‍यो।’ 

जति नै बदलाव आए पनि, शिक्षित भए पनि, सांस्कृतिक परिवर्तन कसैले नगरेको लाग्छ उनलाई। ‘परम्परागत शैलीलाई छोड्दैनन्। विदेशीले त गरिदिने होइनन्’, भन्छन्, ‘लोकतान्त्रिक अभ्यास र सांस्कृतिक चरित्र भनेको नै समानताको व्यवहार गर्नुपर्ने हो। अरुको अधिकारमाथि कोही संवेदनशील नै छैन।’ सामान्य युवालाई सबैभन्दा बढी दुःख छ। जन्मदर्ता गराउन पनि गाह्रो छ। जागिर खान पहुँच खोजिन्छ। खाइरहेको जागिर सरकार ढलेपछि धराशयी पर्छ। भनसुन गर्नुपर्ने, मेरो मान्छे–तेरो मान्छे भनेर हात जोड्नुपर्ने अवस्था छ। यस्तो विकृति सुल्झाउन युवा पुस्ता अघि बढ्नुपर्ने उनको सुझाव छ।

सत्ताको मोहले मात्रै राजनीतिमा लागेका छन् आजका नेता। उनी भन्छन्, ‘मुलुक र जनताको हित सबै गौण भए।’ उनको बुझाइमा लोकतन्त्रका सञ्चालकहरु गतिला भएनन्। त्यो पाउन गाह्रो भयो। ‘दुई तिहाईको सरकार बन्दा म निकै खुसी थिएँ। त्यत्रो आन्दोलन गरेर ल्याएको लोकतन्त्र÷गणतन्त्रका विषयमा राजनीतिक नेतृत्व गम्भीर भएन।’

जनताले जुन उद्देश्य र अभीष्ट राखेर गणतन्त्र र संविधान ल्याए, त्यो पूरा नभएकोे उनको भनाइ छ। त्यो नहुनुको कारण पनि यिनै नेता हुन्।’ गणतन्त्रमा नेता र कार्यकर्ता पनि राजा र रैती जस्तो देख्छन् उनी। उनको प्रश्न छ– लोकतन्त्र कहाँ गयो?

डा. पाण्डे नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिको अभाव देख्छन्। यस विषयमा प्राज्ञिक क्षेत्रबाट बहस नभएको हो कि भन्ने प्रश्न पनि उनको छ। ‘मुद्दाहरुमा स्वतन्त्र हिसाबले चिन्तन गर्ने निष्कर्षमा पुग्ने परिपाटी बसिसकेको छैन,’ उनी भन्छन्, ‘बौद्धिक भनेका नै पार्टीका कायकर्ता भएर बिग्रियो।’

संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व लिने कोही भएनन् भन्ने चिन्ता पनि पाण्डेको छ। उनी भन्छन्, ‘पछाडि फर्किएर हेर्ने कोही भएनन्। सुधार्नभन्दा बिगार्नतिर लागे। यो व्यवस्थालाई हामी लिन्छौं भन्ने खबरदारी गर्ने युवा जमात चाहिएको छ।’ त्यसैले उनलाई फेरि एक पटक आन्दोलनमा उत्रने चाहना छ। 

उनी भन्छन्, ‘एकपटक फेरि सडकमा उभिन मन छ। जनताको अधिकार, स्वतन्त्रता र समानताका लागि नेताहरुलाई खबरदारी गर्न मन छ। नयाँ पुस्तालाई लिएर फेरि शान्तिपूर्वक आन्दोलन गरुँगरुँ पो लागेको छ।’

तस्बिरहरु : दिनेश श्रेष्ठ

राज सरगम

राज सरगम

काठमाडौं, आइतबार, भदौ २७, २०७८

थप समाचार

सङ्खुवासभा हत्या घटना : लोकबहादुरका भाइसहित ४ जना अनुसन्धानमा तानिए

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ।

ओली सरकारविरुद्ध 'काम गरेका' न्यायाधीशले मेडल फिर्ता गर्नुपर्छ : नेम्वाङ

उनले दिल्ली बसेर ओली सरकार गिराउन काम गर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई समेत पदक दिइएको भन्दै पदको गरिमा गुमेको टिप्पणी गरे।

७३४ संक्रमित थपिए, २१ हजार ३६० जनाले कोभिडको खोप लगाए

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मल नल्याएर कालोसूचीमा परेका ठेकेदार र महामारीमा हात उठाउने अस्पताल निर्देशकलाई पनि पदक

रासायनिक मल समयमा आयात नगरेको आरोप लागेका ठेकेदार र कोरोना महामारीको समयमा बिरामीको उपचार गर्न नसक्ने भन्दै सार्वजनिक सूचना जारी गरेका अस्पताल निर्देशकले पनि सरकारबाट पदक पाएका छन्।

नयाँ पत्रिकाका कृष्णज्वाला र वीरका अशेषले पनि अस्वीकार गरे पदक

नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा र वीर अस्पतालका छातिरोग विशेषज्ञ डा. अशेष ढुंगानाले पनि सरकारले दिएको पदक अस्वीकार गरेका छन्।

पत्रकार नारायण अमृत, हरिबहादुर थापा र कार्टुनिस्ट रविन साय‍्मिले गरे पदक अस्वीकार

नेपाल समयका प्रधान सम्पादक नारायण अमृत, इकाजका प्रधान सम्पादक हरिबहादुर थापा र नागरिक दैनिकका कार्टुनिस्ट रविन साय‍्मिले संविधान दिवसका अवसरमा सरकारले प्रदान गरेको पदक अस्वीकार गरेका छन्।

ट्रेंडिंग

नेपाल समय
राजनीति

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेपाल समय
श्रृंखला

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
नेपाल समय
शिक्षा

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय
संवाद

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
नेपाल समय
श्रृंखला

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C