बुधबार, माघ २५, २०७९
नेपाल समय
'गन'ले अन्याय, 'गन'ले न्याय–१७

निर्दोष सैनिकबारे यसरी गरियो रिपोर्टिङ, प्रश्न अझै बाँकी छन्

अनिल यादव  |  काठमाडौं, मंगलबार, भदौ २२, २०७८
अनिल यादव

अनिल यादव

काठमाडौं, मंगलबार, भदौ २२, २०७८

(‘गन’ले अन्याय, ‘गन’ले न्याय शृंखलाको यो भागमा नेपाल समयकर्मी अनिल यादवले रिपोर्टिङ डायरी लेखेका छन् –सम्पादक) 

पछिल्लो समय युट्युबमा देखिएका विकृतिमाथि नेपाल समयले ‘युट्युबमा नजर’ शिर्षक दिएर श्रृंखला सुरु गरेको थियो। म त्यसैमा व्यस्त थिएँ। श्रृंखलाको चौथो भागमा हामीले युट्युबर भोजराज थापामाथि कन्टेन्ट बनाएका थियौँ। अरुको निजी जीवनमा घुस्दै कसरी उनी चरित्रहत्या गरिरहेका छन्, चौथो भागमा त्यसबारे केलाएका थियौँ। 

०७८ साउन २४ गते प्रकाशित सामग्रीपछि म पाँचौं श्रृंखलाको तयारीमा जुटिरहेको थिएँ। त्यही क्रममा साउन २८ गते फेसबुकको स्क्रिन स्क्रोल गरिरहँदा एक्कासी चितवनबाट सञ्चालित सौराहा अनलाइनको एउटा समाचारतिर नजर पुग्यो। जहाँ साउन ७ गते चितवनमा भएको हुद्दा भरत गुरुङ हत्यामा प्रयोग भएको एसएमजी हतियार चोरेको अभियोगमा दुई सैनिक दुई वर्षदेखि जेल जीवन बिताइरहेको ‘अलिक अपुरो’ खबर थियो।

‘अपुरो’ यस मानेमा कि त्यतिबेलासम्म प्रहरीले भरतको हत्यामा संलग्न गंगाधर ढकालको साथबाट फेला पारेको गन र साढे दुई वर्षअघि चितवनस्थित कालिबहादुर गणबाट हराएको गनको बडी नम्बर एउटै हो कि होइन, कसैबाट पुष्टि हुन सकेको थिएन। न जेलमा रहेका सैनिक अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङका परिवारबाटै यसबारे आधिकारिक धारणा आउन सकेको थियो। 

यो अवस्थामा मैले प्रधान सम्पादक नारायण अमृतलाई सौराहा अनलाइनको त्यो सानो समाचारको लिंक दिँदै भनेँ, ‘यो त सिरियस इस्यु रैछ दाइ, यसलाई सिरियस्ली फलो गरौं।’

फौजदारी न्यायको मान्य सिद्धान्त नै हो, बरु सय जना अपराधी छुटुन्, तर एकजना पनि निरपराधीले सजाय भोग्नु नपरोस्। यदि साँच्चै दुई सैनिक अनाहकमा जेल जीवन बिताइरहेका छन् भने यो उनीहरुमाथिको ठूलो अन्याय हो। नारायण दाइले तत्काल यसलाई गम्भिरतापूर्वक लिनुभयो। 

सौराहा अनलाइनका सञ्चालक–सम्पादक राजेन्द्र आचार्यसँग चिनजान रहेछ, तत्काल सम्पर्क गर्नुभयो। समाचारको एंगलिङका विषयमा पनि कुराकानी भयो। त्यसपछि आचार्यले हतियारसँग जोडिएको उक्त समाचार हामीलाई पठाए, उनकै बाइलाइनमा प्रकाशित पनि भयो। जसको शिर्षक थियो, ‘एउटा मेसिन गन जसले खुलाउँदैछ जेलमा रहेका दुई ‘निर्दोष’ सैनिकको कथा’।   

यो समाचार प्रकाशित गर्नुअघि नारायण दाइले विषयवस्तुको आधिकारिकता र सन्दर्भ सूचनाका लागि केही स्रोत र सञ्चारकर्मीहरुलाई फोन गर्नुभएको थियो। पछि नारायण दाइले भन्नुभयो, ‘इस्यु जेन्यूइन हो, अघि बढौं।’  

तर, यतिन्जेलसम्म धेरै कुरा अस्पष्ट थिए। धेरै तथ्यहरु खुल्न बाँकी नै थियो। चितवनमा रहेका राजेन्द्र सरबाटै हामीलाई खबर आयो, उदयपुरमा रहेको लवकुमारको परिवार र मोरङमा रहेको सरोजको परिवार गंगाधरबाट भेटिएको हतियारबारे बुझ्न चितवन आउँदैछ।

यति खबर पाएपछि मैले चितवन जाने निधो गरें। 

साउन ३० गते शनिबार। अफिसले नै काटिदिएको प्लेन टिकटमा म चितवनस्थित भरतपुर पुगेँ। अमल्दार लवकुमारको परिवार त्यही दिन गाउँबाट चितवन आइपुगेको थियो। सरोजको परिवार भने गाडी चढिसकेको र भोलिपल्ट बिहानै त्यहाँ आइपुग्ने खबर थियो।

यो रिपोर्टिङका क्रममा पीडितको परिवारदेखि सैनिक वृत्तभित्रै पनि दुइटा आशंका थियो– कतै भेटिएको गनको बडी नम्बर नै परिवर्तन गरिने त होइन? कतै भरत गुरुङको हत्या अभियोगमा पक्राउ परेका गंगाधर ढकाललाई उक्त हतियारको विषयमा दिएको बयान नै परिवर्तन गर्न लगाइने त होइन?

भरतपुर ओर्लिएपछि म सिधँ सौराहा अनलाइनको अफिस पुगेँ। र, त्यहीँ भेटिए पत्रकार सुजन पन्त। एउटै बाइक चढेर पन्त र म  लवकुमारको परिवार भेट्न लंकुस्थित आशिर्वाद ब्यांक्वेट पुग्यौं। लवकुमारकी श्रीमती प्रमिला, जेठीसासू तारा तामाङ र अर्की एक आफन्त रुपामाया तामाङ त्यहाँ आइपुगेका रहेछन्। उनीहरुसँगै महिला अधिकारकर्मी सावित्री पौडेल आचार्यको समूह थियो। त्यहाँ पुगेर थाहा भयो, ती दुई सैनिकको न्यायका लागि उनीहरु परिवारको साथमा रहेछन्। 

लवकुमारको परिवारलाई भेट्नुअघिसम्म यी दुई सैनिक कहिले र कसरी जेल पर्ने अवस्थासम्म पुगे, म प्रष्ट थिइनँ। प्रमिला र ताराबाट प्रत्यक्ष सुनेपछि धेरै कुरा खुल्ने पक्का थियो।

उनीहरु पनि विस्तृत खुलाउन तयार थिए। दुवैजनालाई सँगै राखेर हामीले कुराकानी सुरु गर्यौं। सधैं साँझ परेपछि समयमा कोठा आइपुग्ने श्रीमान् पुस ०४ गतेबाट कसरी आउने छाडे, प्रमिलाले विस्तृत कथा सुनाइन्। ज्वाइँलाई हतियार चोरेको कबुल गर्न लगाएपछि कसरी सेना र प्रहरीको टोली उदयपुरस्थित आफ्नो घरसम्म घेर्न आइपुग्ने, कसरी प्रहरी कार्यालयमा २५ दिन राखेर यातना दिइयो, जेठीसासू तारा तामाङले बेलिविस्तार लगाइन्। 

आफूले खेपेको यातनाको वृत्तान्त बताइरहँदा उनी धेरैपल्ट रोएकी थिइन्। भनिरहन्थिन्, ‘यो हतियार केसले त मेरो जिन्दगी नै उथलपुथल बनाइदियो, सर।’

प्रमिला र तारासँग करिब डेढ घण्टा कुराकानी भएपछि हामी त्यसदिन त्यहाँबाट निस्किएका थियौँ। तर, सरोजको परिवारसँग कुरा गर्न बाँकी नै थियो। 

लवकुमारको परिवारसँग कुरा गरिरहँदा उनीहरुको आरोप थियो– एउटा मनगढन्ते कथा बुनेर तत्कालिन मेजर दिपेन्द्र श्रेष्ठसहित कालिबहादुर गणको नेतृत्वले हतियार चोरेको अभियोगमा लवकुमार र सरोजलाई फसायो। 

तर, त्यतिबेलासम्म लवकुमार र सरोजले चोरेको भनिएको हतियार र गंगाधर ढकालको साथबाट भेटिएको हतियारको बडी नम्बर एउटै हो कि होइन, आधिकारिक रुपमा पुष्टि हुन सकेको थिएन। न परिवार नै आधिकारिक रुपमा ‘कन्फर्म’ भइसकेको अवस्था थियो।

तर, लवकुमार र सरोजलाई चोरी आरोप लगाइएको गनको नम्बर १००७९२ हो भन्नेचाहिँ कन्फर्म थियो। दुवैको परिवार आइसकेपछि आइतबार हतियार एउटै हो कि होइन, त्यसबारे प्रष्ट हुन जिल्ला प्रहरी कार्यालय चितवन जाने सल्लाह भएको थियो। 

३१ साउन आइतबार सरोजकी श्रीमती, आमा, बुबा र दिदी चितवन आइपुगे।  तर, आइपुग्नेबित्तिकै उनीहरु हामीसँग गफिएनन्। त्यसभन्दा अघि महिला अधिकारकर्मी आचार्यसहितको टोलीसँग दुवैको परिवार जिल्ला प्रहरी कार्यलय पुग्यो। हामी पनि त्यही पुग्यौँ। 

कसैको दबाब हो या के कारणले हो, प्रहरी हतियारबारे आधिकारिक धारणा दिन तयार थिएन। प्रहरीका भूपू हवल्दार रहेका सरोजका बुबाले डिएसपीसँग आग्रह गर्दा पनि उनले ‘माथिबाट आफूहरुलाई दबाब रहेको’ बताएका थिए। तर, अनौपचारिक गफगाफमा अहिले भेटिएको र त्यतिबेला हराएको हतियारको बडी नम्बर एउटै रहेको पुष्टि उनले गरिदिएका थिए। 

अनौपचारिक रुपमा भए पनि प्रहरीले यो सूचना दिएपछि प्रहरी कार्यालयबाट निस्कँदै गर्दा लवकुमार र सरोजको परिवारले अलिकति भए पनि ढुक्कको सास फेरेको थियो। त्यसपछि आशिर्वाद ब्यांक्वेटमै पुगेर हामीले सरोजको परिवारसँग कुराकानी गर्‍यौँ। 

जतिबेला सरोज हतियार चोरीको अभियोग सैनिक हिरासतमा यातना खेपिरहेका थिए, त्यतिबेला उनकी श्रीमती सुत्केरी थिइन्, छोरी भर्खर तीन महिनाकी भएकी थिइन्। सुत्केरी अवस्थामा पनि काखको नानी छाडेर आफूले इन्टरनेट कम्पनीमा जागिर खानुपरेको बाध्यता उनले हामीसँग सुनाएकी थिइन्। सरोजले भोगेको यातना र परिवारलाई पाएको पीडा सम्झिएर त्यतिबेला सरोजकी श्रीमती र आमा धेरैपल्ट भक्कानिएका थिए। 

‘जेलमा भेट्न जाँदा मेरो छोराले ‘तपाईंको दूधको कसम मैले केही गल्ती गरेको छैन आमा’ भनेको थियो, आज आएर त्यो पुष्टि भएको छ,’ सरोजकी आमा छोराले न्याय पाउनेमा आशावादी थिइन्। त्यतिबेला सरोजकी श्रीमती उर्मिला, आमा माया र बुबा कृष्णबहादुरसँग हामीले करिब डेढ घन्टा गफ गरेका थियौँ। दुवै परिवारसँगको कुराकानीको रेकर्ड अझै हामीसँग सुरक्षित नै छ।

अनि जुर्‍यो सरोजसँग कुराकानीको मौका

साउन ३१ गते चितवन प्रहरीको स्रोतबाट दुइटा कुरा प्रष्ट भयो। एउटा, गंगाधरको साथबाट भेटिएको गन र लवकुमार–सरोजले चोरेको भनिएको गनको बडी नम्बर एउटै हो, अर्थात् १००७९२। दोस्रो, गंगाधरले उक्त गन प्रहरीसँगको बयानमा ०७५ साल जाडोको महिनामा कालिबहादुर गणबाटै चोरेको बताएका छन्। 

दुवै परिवारसँगको कुराकानी र प्रहरीबाट यो सूचना आएपछि लवकुमार र सरोज झुटो मुद्दा लगाइएर अनाहकमा जेल जीवन बिताइरहेका छन् भन्ने कुरामा हामी प्रष्ट भयौँ। चितवनबाट प्रधान सम्पादक नारायण दाइलाई मैले यो सबै जानकारी गराएपछि हतियार प्रकरणमाथि श्रृंखलाबद्ध स्टोरी लेख्ने निर्णयमा पुगियो। 

‘सर, अब हामी चुप लाग्दैनौं, हामीलाई सहयोग गर्नुस्, हामी जसरी पनि यो जेलबाट निस्किन चाहन्छौँ,’ उनको आग्रह थियो। तर, हामीले त समाचार लेख्नबाहेक अरु के नै गर्न सक्थ्यौँ र! 

नारायण दाइ आफैंले यो श्रृंखलाको शीर्षक जुराउनुभयो– ‘गन’ले अन्याय, ‘गन’ले न्याय। शीर्षकको अर्थ हो, जुन गन हराएपछि लवकुमार र सरोजमाथि अन्याय भयो, त्यही गन अर्कैको साथमा भेटिएपछि अब उनीहरुले न्याय पाउनेछन्–पाउनुपर्छ। 

श्रृंखलाको पहिलो भागमै हामीले ‘जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि’ भनेर समाचार लेख्यौँ। त्यसपछि श्रृंखलाको दोश्रो भागमा हामीले जेलभित्र रहेका कैदी सरोजको बयान छापेका थियौं। धेरैलाई जिज्ञासा छ, उनीसँग कसरी कुराकानीको मौका मिल्यो? त्यसको किस्सा पनि रोचक छ। 

खासमा म कारागारमै गएर दुवै कैदीसँग कुराकानी गर्न चाहन्थेँ। तर, कोरोना महामारीका कारण मलाई त के, कारागार प्रशासनले परिवारलाई समेत भेट्न नदिएको महिनौं भइसकेको थियो। 

साउन ३१ गते दिउँसो चितवनको आशिर्वाद ब्यांक्वेटमा जब म सरोजको परिवारसँग गफ गरिरहेको थिएँ, त्यहीबेला एक्कासि सरोजकी श्रीमती उर्मिलाको फोनमा घन्टी बज्यो। म उनी नजिकै थिएँ, पत्रकार पन्त काठमाडौं उडान भएका कारण एयरपोर्टतिर हिँडिसकेका थिए। 

‘ल, सरोजको फोन आयो, बोल्नुहुन्छ सर?’ उर्मिलाले मलार्ई सोधिहालिन्। मलाई त ‘ढुंगा खोज्दा देउतै मिलेजस्तो’ भयो। त्यही बेला सरोजसँग करिब आधा घन्टा मेरो फोन कुराकानी भयो। लव र आफूलाई कसरी यातना दिइयो, कसरी हतियार चोर बनाएर फसाइयो, उनले मसँग विस्तारमा सुनाए। 

‘सर, अब हामी चुप लाग्दैनौं, हामीलाई सहयोग गर्नुस्, हामी जसरी पनि यो जेलबाट निस्किन चाहन्छौँ,’ उनको आग्रह थियो। तर, हामीले त समाचार लेख्नबाहेक अरु के नै गर्न सक्थ्यौँ र! 

यद्यपि उनको मन राखिदिन भए पनि हामीले आश्वासन दिन छाडेनौँ, ‘ढुक्क हुनुस् सर, हतियार अर्कैले चोरेको पुष्टि भइसक्यो। अब पक्कै न्याय मिल्ला।’

सरोजसँगको कुराकानीपछि झन् धेरै कुरा प्रष्ट भयो। सरोजभन्दा अघि हामीले उनी र लवकुमारको परिवारबाट कथा सुनिसकेका थियौँ। तर, जेलभित्र रहेका सरोजसँग नै कुराकानी गर्ने मौका जुरेपछि हामीले ठान्यौँ, सबैभन्दा सुरुमा उनकै बयान छाप्नुपर्छ। त्यसैले श्रृंखलाको दोश्रो भागमै हामीले सरोजको बयान छाप्यौँ। जसको शीर्षक थियो– ‘जेलबाट सैनिक सरोजले भने– निर्दोष छौं, अब न्याय पाइएला कि!

रिहा भएपछि लवकुमार र सरोज

त्यसपछि क्रमशः विस्तृतमा सरोज र लवकुमारको परिवारले भोगेको यातनाको कथा प्रकाशित भए नेपाल समयमा। हामी श्रृंखलाबद्ध स्टोरीहरु लेखिरहेका थियौँ, उता सैनिक वृत्तमा यसले एकखालको तरंग पैदा गरिरहेको थियो। हतियार प्रकरणबारे छानबिन गर्न सैनिक मुख्यालयबाटै ‘कोर्ट अफ इन्क्वायरी’ गठन भइसकेको थियो।

यो रिपोर्टिङका क्रममा पीडितको परिवारदेखि सैनिक वृत्तभित्रै पनि दुइटा आशंका थियो– कतै भेटिएको गनको बडी नम्बर नै परिवर्तन गरिने त होइन? कतै भरत गुरुङको हत्या अभियोगमा पक्राउ परेका गंगाधर ढकाललाई उक्त हतियारको विषयमा दिएको बयान नै परिवर्तन गर्न लगाइने त होइन?

अझ जिल्ला अदालतले गंगाधरको मुद्दालाई सैनिक अदालतको जिम्मा लगाइदिएपछि यो आशंकामा झन् बल पुगेको थियो। त्यसैले श्रृंखलाबद्ध स्टोरी गरिरहँदा हामी सधैँ यस प्रकरणमा हुन सक्ने सम्भावित षड्यन्त्रहरुमाथि सचेत भइरह्यौँ। त्यसैले यो विषयसँग जोडिएका विविध प्रमाण संकलन जरुरी थियो। मुद्दासँग सरोकार राख्ने वकिल, पीडित परिवार र सैनिक स्रोतसँग नजिकिने अभ्यास जारी थियो।

यही क्रममा भदौ २ गते जब हामीलाई गंगाधरले जिल्ला अदालत र सरकारी वकिलको कार्यलयमा हतियारसम्बन्धी कबुल गरेको बयान हात पर्यो, ती निर्दोष सैनिकविरुद्ध कुनै पनि षड्यन्त्र हुन नसकोस् भनेर हामीले उक्त बयान नै प्रकाशित गर्यौँ, जसको शीर्षक थियो, ‘यस्तो छ एसएमजी चोर सैनिकको बयान।’

आमाको त्यो प्रतिक्रिया...

दुई निर्दोष सैनिक यतिबेला रिहा भइसके। तर, उनीहरुमाथि भएको अन्यायलाई लिएर श्रृंखलाबद्ध स्टोरी लेखिरहँदा आएका केही प्रतिक्रियाहरु यस्ता थिए, जसले सधैँ ममा उर्जा थपिरह्यो। 

गंगाधरको केस जिल्ला अदालत चितवनले सैनिक अदालतमा बुझाएपछि लवकुमार र सरोज दुवैको परिवार अत्तालिएको थियो। र, यस्तै अवस्थामा उनीहरु न्याय खोज्दै काठमाडौंको शरणमा आइपुगेका थिए। श्रृंखलाको सातौं भागमा हामीले त्यही स्टोरी लेखेका थियौं। 

र, यो श्रृंखला लेखिसकेपछि मानवअधिकारकर्मी चरण प्रसाई, एडभोकेसी फोरमका निर्देशक ओमप्रकाश सेन ठकुरी, अधिवक्ता अरुण पौड्याल लगायत न्यायका लागि सारथी बन्ने भन्दै सम्पर्कमा आएका थिए। अधिवक्ता पौड्यालले त सैनिक विशेष अदालतमा लवकुमार र सरोजको तर्फबाट निःशुल्क बहस नै गरे, न्यायका खातिर।

एकपटक म अनामनगरस्थित अधिवक्ता पौडेलको कार्यालयमा थिए। त्यहीँ आइपुगेकी थिइन्, सरोजकी आमा। अधिवक्ता पौडेलकै सामु सरोजकी आमाले मलाई भनेकी थिइन्, ‘मेरो तीनजना छोरा छन्, बाबु। अब चारजना भए। तपाईंले हाम्रो छोराका लागि उठाइरहेको आवाज म कहिल्यै बिर्सन्न।’

हुन त म जे रिपोर्टिङ गरिरहेको थिएँ, त्यो एउटा पत्रकारको सामान्य कर्तव्यभित्रै पर्थ्यो। कुनै विशेष काम म गरिरहेको थिइनँ। भावुक भएर पत्रकारिता हुँदैन, म यसमा सचेत थिएँ। यद्यपि इमान्दारसाथ काम गरिरहँदा आमाबाट आएको त्यो प्रतिक्रिया मेरा लागि साँच्चै विशेष थियो। 

‘एउटा केटोले त मेरो फोटो नै छाप्यो’

मिडियाले निरन्तर खबरदारी गरेपछि सैनिक मुख्यालयले यो केसलाई विशेष चासोको साथ लिएको थियो। हुन त आफूहरु बेकसुर रहेको भन्दै समरी जनरल सैनिक अदालतको फैसलाविरुद्ध लवकुमार र सरोज ०७६ वैशाखमै पुनरावेदन गर्न पुगेका थिए। तर, गंगाधरको साथमा हतियार नभेटिँदासम्म कुनै सुनुवाइ हुन सकेको थिएन। 

सबैभन्दा रोचक, जसलाई उनी ‘एउटा केटो’ भनिरहेका थिए, त्यो उनकै पछाडिको ‘रो’मा मास्क लगाएर बसिरहेको थियो। पूरै बहस सुनिरहेको थियो। 

जब मिडियाले निरन्तर यो विषयमा लेखिरह्यो, सैनिक विशेष अदालतले लवकुमार र सरोजको मुद्दालाई अग्राधिकारमा मात्रै राखेन, लगातार दुईवटा पेशी तोक्यो। म यी दुवै पेशीमा बहस सुन्न जंगी अड्डाभित्र रहेको सैनिक विशेष अदालतमा पुगेको थिएँ। 

पहिलो पेशीले फाइल झिकाउन आदेश दिएको थियो भने दोश्रो पटकको पेशीले दुई सैनिकलाई रिहा गर्ने फैसला नै गरिदियो।

यो बीचमा सैनिक वृत्तभित्र ठूलो तरंग ल्याएको एउटा स्टोरी, श्रृंखलाको ११ औं भाग पनि हो। हामीले यो भागमा नेपाली सेनाका ती अफिसरहरुको चर्चा गरेका थियौं, जसका कारण लवकुमार र सरोज साढे दुई वर्षदेखि जेल सजाय भोग्न बाध्य भए।

सरोजका बुबा कृष्णबहादुर (दायाँ)

हामीेले यो भागमा तत्कालिन गणको नेतृत्व, यातना दिने अफिसरहरु, ‘कोर्ट अफ इन्क्वायरी’को टोली, अभियोजन महाशाखाका प्रमुखदेखि फैसला गर्ने तत्कालिन समरी जनरल सैनिक अदालतका न्यायधिशहरुमाथि पनि प्रश्न उठाएका थियौं। सरोज र लबकुमार रिहा हुँदै गर्दा उनीहरुलाई झुटो अभियोगमा जेल पुर्याउनेहरुमाथि छानविन गरेर कारवाही हुनुपर्छ कि पर्दैन, यो अहिले पनि सर्वत्र उठिरहेको प्रश्न नै हो। 

लवकुमार र सरोजलाई झुठो अभियोगमा जेल पुर्याउन ककसको के कमजोरी छ, हामीले फोटोसहित उनीहरुको स्टोरी लेखेका थियौँ। त्यसमध्ये एक नेपाली सेनाको अभियोजन महाशाखाका प्रमुख महासेनानी महेन्द्रजंग शाहको पनि थियो। सैनिक श्रोतले दिएको सूचनाअनुसार जतिबेला लवकुमार र सरोजमाथि हतियार चोरीको अभियोग लगाएर समरी अदालतमा मुद्दा चलाइएको थियो, त्यतिबेला प्रा.ड विवाक अन्तर्गत रहेको अभियोजन शाखाले नै मुद्दा दर्ता गर्ने काम गर्थ्यो। र, हामीले पाएको सूचनाअनुसार त्यतिबेला खास सक्रियता महेन्द्रजंगकै थियो। भलै ०७७ साल अन्त्यतिर प्रा.ड. विवाक अन्तर्गत रहेको अभियोजन शाखालाई नै अभियोजन महाशाखा बनाइएको अवस्था छ। 

कोर्ट अफ इन्क्वायरीको कमजोर अनुसन्धानकै भरमा मुद्दा चलाउने अभियोजन शाखामाथि हाम्रो मूल प्रश्न थियो। त्यसले महेन्द्रजंगलाई खुब बिझेछ। हामीलाई उनको नाम र तस्बिर हटाउन दबाबसमेत आयो।

त्यतिमात्रै होइन, हामीले लवकुमारकी जेठीसासू तारा तामाङ र भाइ पवन गुरुङलाई हातहतियारको झुठो मुद्दामा अदालतसम्म पुर्याउने चितवनका तत्कालिन एसपी सुशिलसिंह राठौर र उदयपुरका तत्कालिन एसपी चन्द्रदेव राईलाई समेत सामग्रीको पात्र बनायौं– निर्दोष सैनिकका परिवारलाई यातना दिन प्रहरी पनि दोषी, यी हुन् दुई एसपी। निर्दोष सैनिकका परिवारका सदस्यको यातनाको फेहरिस्तमा कुनै न कुनै रुपमा यी दुई प्रहरी अधिकृतको भूमिका देखिएको कुरा कहिँकतै छिप्दैन।

अब सबैभन्दा रोचक दृश्यमा प्रवेश गरौँ। भदौ १७ गते सैनिक विशेष अदालतको इजलासमा पुग्दा त्यहाँ लवकुमार र सरोजको तर्फबाट बहस गर्न अधिवक्ताद्वय सोमनाथ ढुंगाना र अरुण पौड्याल उपस्थित थिए। त्यस्तै विपक्षमा बहस गर्न अभियोजन महाशाखाका प्रमुख महेन्द्रजंग शाह र शाम्भराज अर्याल उपस्थित थिए।

मिडियामा आफ्नो तस्बिर छापिएपछि निकै रिसाएका रहेछन्, अभियोजन महाशाखा प्रमुख शाह। बहसकै क्रममा उनले यो केसमा मिडिया ट्रायल भएको कुरा उठाए। अनि, न्यायाधिशसामु गुनासो पोखे, ‘एउटो केटोले त मेरो फोटो नै छाप्यो। श्रीमान्, तर यसमा मेरो कुनै हात थिएन...।’

सबैभन्दा रोचक, जसलाई उनी ‘एउटा केटो’ भनिरहेका थिए, त्यो उनकै पछाडिको ‘रो’मा मास्क लगाएर बसिरहेको थियो। पूरै बहस सुनिरहेको थियो। सायद यही ब्लगबाट उनले त्यो तथ्य थाहा पाउनेछन्। 

सेनाले सिक्नुपर्ने पाठ

लवकुमार र सरोज रिहा हुँदासम्म नेपाल समयले यो हतियार प्रकरणमाथि २१ वटा कन्टेन्ट प्रकाशित गरेको छ। १६ वटा त सिरिजकै अंशमा राखिएको छ। रिपोर्टिङका क्रममा दुईपटक चितवन पुगियो। पहिलो– परिवार आएका बेला, दोश्रो– रिहा भएपछि। 

यसमाथि अझै बहस हुँदै गर्ला तर मलाई यो सिरिजमाथि रिपोर्टिङ गर्दै गर्दा सबैभन्दा महत्वपूर्ण लागेको पक्ष नेपाली सेनाले आफ्नो न्यायिक प्रक्रियामाथि गम्भीर समीक्षा गर्नुपर्छ भन्ने हो।

सैनिक विशेष अदालतमा भएका पछिल्ला दुवै पेशीमा उपस्थित भएर पूरै बहस सुन्ने पत्रकार पनि म एक्लो थिएँ। लवकुमार र सरोजको परिवार र अधिवक्तामार्फत मैले समरी जनरल सैनिक अदालतको फैसलादेखि जिल्ला अदालत चितवनले गंगाधर ढकालको मुद्दामा दिएको आदेशसम्मका सामग्री फाइल पूरै अध्ययन गरेको थिएँ। ती सबै दस्तावेजहरु अझै मसँग सुरक्षित नै छन्। यही रिपोर्टिङका क्रममा जंगी कानुनमाथि उब्जिएका दुविधा मेट्न धेरैपटक सैनिक ऐनको पाना पनि पल्टाइयो। जानकार र अनुभवी सुरक्षाकर्मी तथा कानुनका ज्ञाताहरु पनि भेटियो।

लवकुमार र सरोजलाई अदालतले हतियार चोरीको मुद्दामा निर्दोष ठहराउँदै गर्दा ड्युटीमा लापरवाहीचाहिँ भएकै हो भन्ने ठहर गर्दै कारागार चलान भएको महिनादेखि गनिने गरी ३ वर्षलाई बढुवा रोक्का गर्ने फैसला पनि गरेको छ । साढे दुई वर्ष अनाहकमा जेल बसिसकेको अवस्थामा ‘यो कस्तो न्याय’ भन्दै यतिबेला सैनिक विशेष अदालतमाथि पनि प्रश्न नउठिरहेको होइन। 

यसमाथि अझै बहस हुँदै गर्ला तर मलाई यो सिरिजमाथि रिपोर्टिङ गर्दै गर्दा सबैभन्दा महत्वपूर्ण लागेको पक्ष नेपाली सेनाले आफ्नो न्यायिक प्रक्रियामाथि गम्भीर समीक्षा गर्नुपर्छ भन्ने हो। हतियार कति गते कति बेला हराएको त्यसको यकिन हुन सकेको थिएन तर जतिबेला हराएको थाहा भयो त्यसको अघिल्लो दिन को–को दोहोरी साँझ गए, क–कसले ड्युटीमा लापरवाही गरे, यो हतियार प्रकरणमा सेनाको छानविन टोलीले पनि त्यसैलाई आधार बनाएको स्पष्ट देखियो। 

हतियार हराएको केही दिन अघिदेखि नै त्यहाँ सीसीटीभी बिग्रिएको रहेछ। सिसिटिभी कसरी बिग्रियो? हतियारजस्तो संवेदनशिल क्षेत्रको सिसिटिभी किन बनाइएन? त्यसतर्फ छानविन टोली केन्द्रित देखिएन। अनि, हतियार हराएको ठाउँ अर्थात् क्राइम सिनलाई पनि सुरक्षित गरेर अनुसन्धान गरेको देखिएन। कोर्ट अफ इन्क्वायरीको टोलीले प्रतिवेदनमै हतियार हराएका बेला कोत घरको झ्यालमा बाहिरपट्टी प्वाल पारिएको र बाँसको हुक लगायत प्वाल पार्न प्रयोग गरिएका केही साधन बाहिर भेटिएको उल्लेख त गरेको छ, तर यी कसरी त्यहाँसम्म आइपुगे, अनुसन्धान त्यतातिर केन्द्रित भएन। 

अदालतले पनि साविति बयानकै आधारमा फैसला गरिदियो। तर, साविती बयान त जबरजस्ती यातना दिएर पनि कबुल गर्न लगाइने रहेछ। यो प्रकरणबाट सैनिक मुख्यालयले सिक्नुपर्ने सबैभन्दा गम्भिर पाठ यो पनि हो। कारागार मुक्त हुनुअघि परिवारको सहायतामा मसँग फोनमा लवकुमारले भनेका थिए, ‘मलाई अझै डर लागिरहेको छ, अझै असुरक्षित महसुस गरिरहेको छु।’ 

म अझै सोचिरहेको छु– यतिखेर त्यो कालिबहादुर गणभित्र रहेका लवकुमार साँच्चै सुरक्षित छन्? 

‘सेनाको अनुसन्धान भनेको यातना दिएर बयान कबुल गर्न लगाउनेमात्रै रहेछ ।’ अहिले सर्वत्र सेनामाथि भइरहेको टिप्पणी यही हो। यदि सैनिक नेतृत्व यो टिप्पणीमाथि गम्भिर छ भने लवकुमार र सरोजलाई झुठो मुद्दा लगाएर जेलसम्म पुर्याउन क–कसको भूमिका रह्यो, ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेर सबैलाई छानविनको दायरामा ल्याउन तयार हुनुपर्छ।

यसले भोलिका दिनमा गलत अनुसन्धानका कारण फस्न सक्ने निरपराधीको संख्या घटाउन त मद्दत गर्छ नै, सँगसँगै नयाँ नियुक्त भएर आएका प्रधानसेनापति नेपाली सेनामा आवश्यक शुद्धिकरणप्रति गम्भिर छन् भने सन्देश पनि पक्कै दिनेछ।

यो पनि

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
समाज

'जहाँ ढुंगा ढुंगामा देवताको बास छ'

यस्तै आभाष भयो नेपालको कालीगण्डकी नदीबाट भारतउत्तर प्रदेशको ऐतिहासिक धार्मिकस्थल भगवान् रामको जन्मभूमि अयोध्या लगिएको शिलायात्रामा सहभागी हुँदा।
नेपाल समय
समाज

लोकसेवा परीक्षामा थारु समुदायलाई आरक्षण दिन सर्वोच्चको परमादेश

थारु कल्याणकारिणी सभाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले थारुसहित नयाँ आरक्षित वर्गका लागि जेजस्तो अनुपातमा आरक्षणको व्यवस्था छ, सोही अनुसार लोकसेवाले लिने परीक्षामा क्षतिपूर्तिसहित आरक्षणको व्यवस्था गर्न परमादेश जारी गरेको हो।
नेपाल समय
समाज

पशुको बाँझोपन परीक्षण गर्न एक्स-रे सेवा

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो।
नेपाल समय
समाज

अमेरिकी नियोगकी प्रमुख सामन्थाले हस्तान्तरण गरिन् विद्यालय भवन

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेकी छन्।
नेपाल समय
समाज

तरकारी ढुवानी गर्न इच्छाकामनामा कृषि एम्बुलेन्स

कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि पालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना