शुक्रबार, जेठ १३, २०७९

जेलमुक्त हुँदै गर्दा के भने सैनिकले? आफन्तले सुनाए, ‘यातना र जेल भयो, क्षतिपूर्ति भएन’

अनिल यादव  |  काठमाडौं, शनिबार, भदौ १९, २०७८

अनिल यादव

अनिल यादव

शनिबार, भदौ १९, २०७८, काठमाडौं

नेपाल समय

भरतपुर (चितवन)-  ०७५ चैत २५ गते। यो त्यही मिति हो, जुन दिन कालीबहादुर गणबाट सैनिक अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई हतकडी लगाएर सेनाको गाडीले जिल्ला कारागार चितवन लगेको थियो। 

र, ०७८ भदौ १८ गते। लबकुमार र सरोजका लागि योचाहिँ यस्तो दिन बन्यो, जहाँ कालीबहादुर गणकै एउटा गाडी फेरि कारागार आइपुग्यो। तर, यसपटक कसैलाई छाड्न होइन, कसैलाई लिएर जानु थियो। त्यो पनि त्यस्ता कैदी जसलाई त्यही गणको एउटा हतियार चोरेको झुटो अभियोगमा २८ महिनाअघि समरी जनरल सैनिक अदालतले सजाय सुनाएको थियो। 

अदालतले त त्यतिबेलै दोषी ठहराउँदै लबकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्षको कैद सजाय सुनाइसकेको थियो। सैनिक हिरासतमा चार महिना राखेर चरम यातना दिइरहँदा उनीहरुले धेरैपटक ‘हामी निर्दोष छौं’ भनेर नचिच्याएका होइनन्, तर त्यसबेला उनीहरुको आवाज त्यो कालकोठरीको भित्ताबाहेक कसैले सुनेन, न सुन्न चाह्यो। 

समरी अदालतको फैसलाविरुद्ध उनीहरु वैशाखमै सैनिक विशेष अदालतमा पुनरावेदन गर्न पुगेका थिए। तर, २८ महिना भइसक्दा पनि फैसला हुन सकेको थिएन। जब गत साउनमा उनीहरुले चोरेको भनिएको हतियार सेनाकै सिपाही गंगाधर ढकालले चोरेर आफ्नै सहकर्मीको हत्या गरेको रहस्य खुल्यो, त्यसपछि एकाएक सैनिक वृत्तमा तरंग आयो। सैनिक अदालतमा लगातार पेसी चढ्यो। र, बिहीबारको बहसपछि शुक्रबार फैसला आयो– ‘हतियार चोरेको अभियोगबाट सफाइ दिँदै सरोज र लबकुमारलाई रिहा गर्ने।’

०००

शुक्रबार साढे ४ बजेतिर चितवनस्थित जिल्ला कारागार पुग्दा कारागार परिसरमा बेग्लै रौनक थियो। यस्तो लाग्थ्यो, कसैको रिहाइमा कारागारका पर्खाल पनि रमाइरहेका थिए– वरिपरिका रुखका हाँगा उनीहरूको स्वागतमा हल्लिरहेका थिए। लबकुमार र सरोजको रिहाइ हेर्न सर्वसाधरणको भीड बढ्दै थियो। भित्र क्यामेरासहित छिरेका पत्रकार जेलरसँग आग्रह गर्दैै थिए, ‘एउटा फोटोमात्रै भए पनि खिच्न दिनुपर्‍यो, सर।’

सरोज–लबकुमारको बिदाइ गरिएको ठाउँमा पत्रकारलाई जान दिइएको थिएन। उनीहरुलाई लिन आएको सेनाको गाडी भने त्यहींसम्म पुगिसकेको थियो। साथीहरुको बिदाइमा कोचाहिँ खुसी होला र! तर, लब र सरोजका कैदी साथीहरुले हाँसीहाँसी अबिर र खाँदा लगाइदिएको देख्दा लाग्थ्यो, जेलभित्रको साथी त कसैको बिदाइमा बढी खुसी हुँदोरहेछ।

जेलभित्रै रहँदा सरोजले नेपालसमयसँगको कुराकानीमा भनेका थिए, ‘जेलर सा’बले त साह्रै माया गर्नुहुन्छ। सधैं भन्नुहुन्छ, तिमीहरु निर्दोष छौ जस्तो लाग्छ, एक दिन पक्कै न्याय पाउँछौं।’

सरोज र लबकुमारको बिदाइ समारोह हेर्दा त्यस्तै महसुस हुन्थ्यो। खुब खुसी देखिन्थे जेलर सा’ब। पत्रकारसामु फोटो खिचाइरहँदा होस् या गाडीभित्र दुई हतियारधारी सेनाको बीचमा बसेर हात हल्लाउँदा, लबकुमार र सरोजले साँच्चै खुसी थिए त? 

उनीहरु जेलबाट निस्किनु केही घण्टाअघि मात्रै परिवारको प्रतिक्रिया लिन जंगी अड्डामै पुगेको थियो, नेपालसमय टिम।

‘फैसला सुनेर खुसी हुनुहुन्छ?’

‘अढाइ वर्ष जेल बसेर (कहिले सैनिक हिरासत, कहिले कारागार) छोरा छुट्दैछ, खुसी त भइहाल्छ तर ऊमाथि जति अन्याय भएको थियो, जति यातना भएको थियो, फैसलाले त्यसमा न्याय गरेजस्तो लागेन,’ सरोजकी आमा माया तामाङको गुनासो थियो। 

‘बल्लतल्ल छुटेको छोरो, फेरि फसाइयो भने,’ छेउमै रहेका सरोजका बाबु कृष्णबहादुर झनै संशकित सुनिए। सैनिक विशेष अदालतले सरोज र लबलाई हतियार चोरको अभियोगबाट सफाइ दिँदै गर्दा डिउटीमा लापरबाही भने भएको भन्दै हतियार हराएको मितिदेखि गनिने गरी तीन वर्ष बढुवा रोक्ने फैसला पनि गर्‍यो।

लबकुमारकी श्रीमती प्रमिलाको मत पनि त्यस्तै छ। उनलाई अपेक्षा थियो– श्रीमान्को रिहाइसँगै यत्रो समय खेपेको यातनाबापत पक्कै क्षतिपूर्तिको व्यवस्था होला। ‘तर, उल्टै बढुवा रोक्का गर्ने निर्णय पो भएछ। एकातिर तिमीहरु निर्दोष रहेछौ भनेर छाडियो, अर्कोतिर अलिकति दोषचाचाहिँ छ भनियो।’

‘यो अपेक्षित थिएन,’ सरोज–लबकुमारका पक्षबाट बहस गरेका अधिवक्ता अरुण पौड्यालले भने, ‘हतियार कहिले हराएको, यकिन भएको अवस्था थिएन। जहिले हरायो भनियो त्यसदिन सरोज र लबकुमारले डिउटी पनि गरेकै अवस्था थियो। एक त चोर्दै–नचोरेको हतियार कसुरमा चार महिना यातना र २८ महिना जेल बसिसकेका थिए। तैपनि उनीहरुको बढुवा रोक्का गर्ने फैसलाले पूर्ण न्याय पाएको महसुस भएको छैन।’



लबकुमारकी श्रीमती प्रमिला तामाङ र सरोज तामाङकी आमा माया तामाङ।

लबकुमारकी श्रीमती प्रमिलाको मत पनि त्यस्तै छ। उनलाई अपेक्षा थियो– श्रीमान्को रिहाइसँगै यत्रो समय खेपेको यातनाबापत पक्कै क्षतिपूर्तिको व्यवस्था होला। ‘तर, उल्टै बढुवा रोक्का गर्ने निर्णय पो भएछ। एकातिर तिमीहरु निर्दोष रहेछौ भनेर छाडियो, अर्कोतिर अलिकति दोषचाहिँ छ भनियो,’ फैसलाप्रति उनी पनि पूर्ण खुसी देखिइनन्। 

अर्का अधिवक्ता सोमनाथ ढुंगाना पनि बढुवा रोक्काको फैसला अन्यायपूर्ण भएको बताउँछन्। ‘यो फैसलाविरुद्ध सर्वोच्च र क्षतिपूर्तिका लागि जिल्ला अदालत जानुपर्ने अवस्था देखियो, जब बढुवा फुकुवासहित लबकुमार र सरोजलाई यो साढे दुई वर्षमा भागेको जेलजीवन र यातनाबापतको क्षतिपूर्ति दिइन्छ, त्यस दिनमात्रै पूर्ण न्याय भएको आभास हुनेछ।’

काठमाडौंमा फैसलाबारे कुरा भइरहँदा लबकुमारकी श्रीमती एक्कासी श्रीमान्सहित उनको परिवारलाई दिएको यातना सम्झेर भक्कानिन्थिन्। ‘म एक्लै बोल्न सकिनँ, लबकुमार छुटेपछि दुईजना सँगै भएर इन्टरभ्यू दिन्छौं है,’ उनी पन्छिन खोज्थिन्।

यही क्रममा अधिवक्ता सोमनाथ ढुंगानालाई जेलभित्रबाट लबकुमारको फोन आयो। ‘खोइ कतिखेर कसरी छुट्छाैँ हामी, पत्र त आएका छैन,’ कारागारमा उनीहरुको रिहाइका लागि सैनिक अदालतबाट आउनुपर्ने पत्रको पर्खाइमा रहेका उनी यस्तै सोधिरहेका थिए। 

त्यही क्रममा हामीसँग फोन कुराकानी गर्ने मौका जुर्‍यो। तर, हामीले बधाई दिइरहँदा फैसलासँग उनी खासै सन्तुष्ट सुनिएनन्। फैसलाले न्याय नगरेको महसुस उनी सुनिरहेका थिए। 

सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूले चार महिना चरम यातना पाएको त्यो गणभित्र फर्कनुपर्दा उनी आफूलाई सुरक्षित महसुस गरिरहेका थिएनन्। सरोजले हामीसँग जेलभित्रै रहँदा भनेका थिए, ‘मानसिक र शारीरिक यातनाले नाकमा किरा परेन कि, खुट्टाबाट पिप निस्किएन! अझै पनि जानुपर्छ हस्पिटल। नपत्याए, कारागारमा जसलाई पनि सोध्न सक्नुहुन्छ।’

लबले पनि यातना पाएका ती दिन बिर्सन सकेका छैनन्। ‘मलाई त जागिर खानै मन छैन। अझै पनि आफूलाई असुरक्षित महसुस गरिरहेको छु, भेटेर धेरै कुरा भन्न मन छ, सर,’ फोनमा उनले भनेका थिए। 
उनीहरुले भनेअनुसार त्यतिबेला एक दिन पनि राम्रोसँग सुत्नै दिइएन। ‘न नुहाउन दिइयो, न मुख धुन, न दाँत माझ्न। अँध्यारो घरभित्र साउन्ड सिस्टमको आवाज आउँथ्यो। हातखुट्टा जताततै हतकडी, आँखामा पट्टी हुन्थ्यो। यतिसम्म कि भात खाँदा आँखामा पट्टी हुन्थ्यो। के खुवाउँथे, थाहा हुन्थेन। तर पनि भोक मेट्न खाइन्थ्यो।’

सरोजले भनेअनुसार एकपटक त उनीहरुलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि सरोजलाई भनियो, ‘तेरो साथी लबकुमार मर्‍यो।’ ‘त्यसपछि बन्दुक कहाँ छ, अब त भन्, नत्र तँलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो।’  

लबले पनि यातना पाएका ती दिन बिर्सन सकेका छैनन्। ‘मलाई त जागिर खानै मन छैन। अझै पनि आफूलाई असुरक्षित महसुस गरिरहेको छु, भेटेर धेरै कुरा भन्न मन छ, सर,’ फोनमा उनले भनेका थिए। 

जब कारागारमा पुगियो, सेनाको दबाबका कारण उनीहरुले केही बोलेनन्, बस तस्बिरका लागि पोजमात्रै दिए। लब र सरोजलाई देख्दा लाग्थ्यो, ‘उनीहरु खासमा खुलेर बोल्न चाहन्छन्।’  

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला) 


यो पनि




प्रकाशित: September 4, 2021 | 13:56:30 काठमाडौं, शनिबार, भदौ १९, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
समाज

चार दिनपछि आफन्तले बुझे शव

टिपरको ठक्करबाट मृत्यु भएको एक वृद्धको शव चार दिनपछि आज आफन्तले बुझेका छन्। दोलखाको गौरिशंकर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएको लालबहादुर विकको शव चार दिनपछि बिहीबार आफन्तले जिम्मा लिएका हुन्।
नेपाल समय
समाज

यौन दुर्व्यवहार आरोपित सुन्दरी प्रतियोगिताका अर्का आयोजक झापाबाट पक्राउ

प्रतियोगितामा सहभागी किशोरीहरुलाई ह्वाट्सएप र म्यासेन्जरबाट यौन सम्बन्ध प्रस्ताव राखेको अभियोगमा शंकर आर्ट्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकरलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय
समाज

सर्वोच्चले उल्ट्यायो पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश

श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरी भएको यसअघिको फैसला सर्वोच्च अदालतले उल्ट्याइदिएको छ।
नेपाल समय
समाज

छात्रा बलात्कार आरोपमा स्कुलका प्रिन्सिपल पक्राउ

सुनसरीको इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा सोही स्कुलका प्रिन्सिपल पक्राउ परेका छन्।
नेपाल समय
समाज

गाँजाखेतीसम्बन्धी विधेयकमाथि छलफल गर्न सांसद शेरबहादुरको आग्रह

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाखेतीलाई वैधानिक बनाउन माग गरेका छन्। संसदमा दर्ता भएको गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफलको माग गर्दै उनले यस्तो बताएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना