आइतबार, असार १९, २०७९
नेपाल समय
‘गन’ले अन्याय, ‘गन’ले न्याय– १६

जेलमुक्त हुँदै गर्दा के भने सैनिकले? आफन्तले सुनाए, ‘यातना र जेल भयो, क्षतिपूर्ति भएन’

अनिल यादव  |  काठमाडौं, शुक्रबार, भदौ १८, २०७८
अनिल यादव

अनिल यादव

काठमाडौं, शुक्रबार, भदौ १८, २०७८

भरतपुर (चितवन)-  ०७५ चैत २५ गते। यो त्यही मिति हो, जुन दिन कालीबहादुर गणबाट सैनिक अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई हतकडी लगाएर सेनाको गाडीले जिल्ला कारागार चितवन लगेको थियो। 

र, ०७८ भदौ १८ गते। लबकुमार र सरोजका लागि योचाहिँ यस्तो दिन बन्यो, जहाँ कालीबहादुर गणकै एउटा गाडी फेरि कारागार आइपुग्यो। तर, यसपटक कसैलाई छाड्न होइन, कसैलाई लिएर जानु थियो। त्यो पनि त्यस्ता कैदी जसलाई त्यही गणको एउटा हतियार चोरेको झुटो अभियोगमा २८ महिनाअघि समरी जनरल सैनिक अदालतले सजाय सुनाएको थियो। 

अदालतले त त्यतिबेलै दोषी ठहराउँदै लबकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्षको कैद सजाय सुनाइसकेको थियो। सैनिक हिरासतमा चार महिना राखेर चरम यातना दिइरहँदा उनीहरुले धेरैपटक ‘हामी निर्दोष छौं’ भनेर नचिच्याएका होइनन्, तर त्यसबेला उनीहरुको आवाज त्यो कालकोठरीको भित्ताबाहेक कसैले सुनेन, न सुन्न चाह्यो। 

समरी अदालतको फैसलाविरुद्ध उनीहरु वैशाखमै सैनिक विशेष अदालतमा पुनरावेदन गर्न पुगेका थिए। तर, २८ महिना भइसक्दा पनि फैसला हुन सकेको थिएन। जब गत साउनमा उनीहरुले चोरेको भनिएको हतियार सेनाकै सिपाही गंगाधर ढकालले चोरेर आफ्नै सहकर्मीको हत्या गरेको रहस्य खुल्यो, त्यसपछि एकाएक सैनिक वृत्तमा तरंग आयो। सैनिक अदालतमा लगातार पेसी चढ्यो। र, बिहीबारको बहसपछि शुक्रबार फैसला आयो– ‘हतियार चोरेको अभियोगबाट सफाइ दिँदै सरोज र लबकुमारलाई रिहा गर्ने।’

०००

शुक्रबार साढे ४ बजेतिर चितवनस्थित जिल्ला कारागार पुग्दा कारागार परिसरमा बेग्लै रौनक थियो। यस्तो लाग्थ्यो, कसैको रिहाइमा कारागारका पर्खाल पनि रमाइरहेका थिए– वरिपरिका रुखका हाँगा उनीहरूको स्वागतमा हल्लिरहेका थिए। लबकुमार र सरोजको रिहाइ हेर्न सर्वसाधरणको भीड बढ्दै थियो। भित्र क्यामेरासहित छिरेका पत्रकार जेलरसँग आग्रह गर्दैै थिए, ‘एउटा फोटोमात्रै भए पनि खिच्न दिनुपर्‍यो, सर।’

सरोज–लबकुमारको बिदाइ गरिएको ठाउँमा पत्रकारलाई जान दिइएको थिएन। उनीहरुलाई लिन आएको सेनाको गाडी भने त्यहींसम्म पुगिसकेको थियो। साथीहरुको बिदाइमा कोचाहिँ खुसी होला र! तर, लब र सरोजका कैदी साथीहरुले हाँसीहाँसी अबिर र खाँदा लगाइदिएको देख्दा लाग्थ्यो, जेलभित्रको साथी त कसैको बिदाइमा बढी खुसी हुँदोरहेछ।

जेलभित्रै रहँदा सरोजले नेपालसमयसँगको कुराकानीमा भनेका थिए, ‘जेलर सा’बले त साह्रै माया गर्नुहुन्छ। सधैं भन्नुहुन्छ, तिमीहरु निर्दोष छौ जस्तो लाग्छ, एक दिन पक्कै न्याय पाउँछौं।’

सरोज र लबकुमारको बिदाइ समारोह हेर्दा त्यस्तै महसुस हुन्थ्यो। खुब खुसी देखिन्थे जेलर सा’ब। पत्रकारसामु फोटो खिचाइरहँदा होस् या गाडीभित्र दुई हतियारधारी सेनाको बीचमा बसेर हात हल्लाउँदा, लबकुमार र सरोजले साँच्चै खुसी थिए त? 

उनीहरु जेलबाट निस्किनु केही घण्टाअघि मात्रै परिवारको प्रतिक्रिया लिन जंगी अड्डामै पुगेको थियो, नेपालसमय टिम।

‘फैसला सुनेर खुसी हुनुहुन्छ?’

‘अढाइ वर्ष जेल बसेर (कहिले सैनिक हिरासत, कहिले कारागार) छोरा छुट्दैछ, खुसी त भइहाल्छ तर ऊमाथि जति अन्याय भएको थियो, जति यातना भएको थियो, फैसलाले त्यसमा न्याय गरेजस्तो लागेन,’ सरोजकी आमा माया तामाङको गुनासो थियो। 

‘बल्लतल्ल छुटेको छोरो, फेरि फसाइयो भने,’ छेउमै रहेका सरोजका बाबु कृष्णबहादुर झनै संशकित सुनिए। सैनिक विशेष अदालतले सरोज र लबलाई हतियार चोरको अभियोगबाट सफाइ दिँदै गर्दा डिउटीमा लापरबाही भने भएको भन्दै हतियार हराएको मितिदेखि गनिने गरी तीन वर्ष बढुवा रोक्ने फैसला पनि गर्‍यो।

लबकुमारकी श्रीमती प्रमिलाको मत पनि त्यस्तै छ। उनलाई अपेक्षा थियो– श्रीमान्को रिहाइसँगै यत्रो समय खेपेको यातनाबापत पक्कै क्षतिपूर्तिको व्यवस्था होला। ‘तर, उल्टै बढुवा रोक्का गर्ने निर्णय पो भएछ। एकातिर तिमीहरु निर्दोष रहेछौ भनेर छाडियो, अर्कोतिर अलिकति दोषचाचाहिँ छ भनियो।’

‘यो अपेक्षित थिएन,’ सरोज–लबकुमारका पक्षबाट बहस गरेका अधिवक्ता अरुण पौड्यालले भने, ‘हतियार कहिले हराएको, यकिन भएको अवस्था थिएन। जहिले हरायो भनियो त्यसदिन सरोज र लबकुमारले डिउटी पनि गरेकै अवस्था थियो। एक त चोर्दै–नचोरेको हतियार कसुरमा चार महिना यातना र २८ महिना जेल बसिसकेका थिए। तैपनि उनीहरुको बढुवा रोक्का गर्ने फैसलाले पूर्ण न्याय पाएको महसुस भएको छैन।’



लबकुमारकी श्रीमती प्रमिला तामाङ र सरोज तामाङकी आमा माया तामाङ।

लबकुमारकी श्रीमती प्रमिलाको मत पनि त्यस्तै छ। उनलाई अपेक्षा थियो– श्रीमान्को रिहाइसँगै यत्रो समय खेपेको यातनाबापत पक्कै क्षतिपूर्तिको व्यवस्था होला। ‘तर, उल्टै बढुवा रोक्का गर्ने निर्णय पो भएछ। एकातिर तिमीहरु निर्दोष रहेछौ भनेर छाडियो, अर्कोतिर अलिकति दोषचाहिँ छ भनियो,’ फैसलाप्रति उनी पनि पूर्ण खुसी देखिइनन्। 

अर्का अधिवक्ता सोमनाथ ढुंगाना पनि बढुवा रोक्काको फैसला अन्यायपूर्ण भएको बताउँछन्। ‘यो फैसलाविरुद्ध सर्वोच्च र क्षतिपूर्तिका लागि जिल्ला अदालत जानुपर्ने अवस्था देखियो, जब बढुवा फुकुवासहित लबकुमार र सरोजलाई यो साढे दुई वर्षमा भागेको जेलजीवन र यातनाबापतको क्षतिपूर्ति दिइन्छ, त्यस दिनमात्रै पूर्ण न्याय भएको आभास हुनेछ।’

काठमाडौंमा फैसलाबारे कुरा भइरहँदा लबकुमारकी श्रीमती एक्कासी श्रीमान्सहित उनको परिवारलाई दिएको यातना सम्झेर भक्कानिन्थिन्। ‘म एक्लै बोल्न सकिनँ, लबकुमार छुटेपछि दुईजना सँगै भएर इन्टरभ्यू दिन्छौं है,’ उनी पन्छिन खोज्थिन्।

यही क्रममा अधिवक्ता सोमनाथ ढुंगानालाई जेलभित्रबाट लबकुमारको फोन आयो। ‘खोइ कतिखेर कसरी छुट्छाैँ हामी, पत्र त आएका छैन,’ कारागारमा उनीहरुको रिहाइका लागि सैनिक अदालतबाट आउनुपर्ने पत्रको पर्खाइमा रहेका उनी यस्तै सोधिरहेका थिए। 

त्यही क्रममा हामीसँग फोन कुराकानी गर्ने मौका जुर्‍यो। तर, हामीले बधाई दिइरहँदा फैसलासँग उनी खासै सन्तुष्ट सुनिएनन्। फैसलाले न्याय नगरेको महसुस उनी सुनिरहेका थिए। 

सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूले चार महिना चरम यातना पाएको त्यो गणभित्र फर्कनुपर्दा उनी आफूलाई सुरक्षित महसुस गरिरहेका थिएनन्। सरोजले हामीसँग जेलभित्रै रहँदा भनेका थिए, ‘मानसिक र शारीरिक यातनाले नाकमा किरा परेन कि, खुट्टाबाट पिप निस्किएन! अझै पनि जानुपर्छ हस्पिटल। नपत्याए, कारागारमा जसलाई पनि सोध्न सक्नुहुन्छ।’

लबले पनि यातना पाएका ती दिन बिर्सन सकेका छैनन्। ‘मलाई त जागिर खानै मन छैन। अझै पनि आफूलाई असुरक्षित महसुस गरिरहेको छु, भेटेर धेरै कुरा भन्न मन छ, सर,’ फोनमा उनले भनेका थिए। 
उनीहरुले भनेअनुसार त्यतिबेला एक दिन पनि राम्रोसँग सुत्नै दिइएन। ‘न नुहाउन दिइयो, न मुख धुन, न दाँत माझ्न। अँध्यारो घरभित्र साउन्ड सिस्टमको आवाज आउँथ्यो। हातखुट्टा जताततै हतकडी, आँखामा पट्टी हुन्थ्यो। यतिसम्म कि भात खाँदा आँखामा पट्टी हुन्थ्यो। के खुवाउँथे, थाहा हुन्थेन। तर पनि भोक मेट्न खाइन्थ्यो।’

सरोजले भनेअनुसार एकपटक त उनीहरुलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि सरोजलाई भनियो, ‘तेरो साथी लबकुमार मर्‍यो।’ ‘त्यसपछि बन्दुक कहाँ छ, अब त भन्, नत्र तँलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो।’  

लबले पनि यातना पाएका ती दिन बिर्सन सकेका छैनन्। ‘मलाई त जागिर खानै मन छैन। अझै पनि आफूलाई असुरक्षित महसुस गरिरहेको छु, भेटेर धेरै कुरा भन्न मन छ, सर,’ फोनमा उनले भनेका थिए। 

जब कारागारमा पुगियो, सेनाको दबाबका कारण उनीहरुले केही बोलेनन्, बस तस्बिरका लागि पोजमात्रै दिए। लब र सरोजलाई देख्दा लाग्थ्यो, ‘उनीहरु खासमा खुलेर बोल्न चाहन्छन्।’  

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला) 


यो पनि

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

उपचार खर्च नहुँदा द्वन्द्वकालका घाइते पूर्वजनमुक्ति सेनाका कमाण्डर सेवकको निधन

द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको हो।

रवि लामिछानेको दलले सार्वजनिक गर्‍यो १९ केन्द्रीय सदस्यको नाम [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टीले १९ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ। रवि लामिछाने सभापति रहेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले १९ केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्।

अर्थतन्त्रको संगति कहाँनेर खुस्क्यो सरकार?

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा पुगिसकेको वा उक्त बाटोमा जाँदै जाँदैन भन्‍ने दुबै थरीको तर्क गलत हुन्

बिमला वलीको राजीनामाको भित्री रहस्य

एकातर्फ सरकारलाई आर्थिक वर्ष ०७९-८० को बजेट संसद्‌बाट पारित गर्नुपर्ने बाध्यता थियो भने अर्कोतर्फ सरकारी प्रतिवेदनमै राज्यमन्त्रीको कमजोरी औंल्याउनुपर्ने भएपछि सरकारमाथि थप नैतिक संकट आउन नदिन मुख्यमन्त्री केसीकै सल्लाहमा राज्यमन्त्री वलीले राजीनामा दिएको सूचना प्रवाह गरिएको हो। वलीलाई राज्यमन्त्रीबाट बर्खास्त गर्नुको सट्टा आफैँ राजीनामा दिएको सन्देश दिन मुख्यमन्त्री केसीले वलीलाई सुझाएका हुन्।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ७ जनाको आवेदन

सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका हुन्।

राजदूत बन्न चाहन्छन् राजेश हमाल?

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको बताइएको छ।

निर्वाचन आयोगले दर्ता गर्‍यो रवि लामिछानेको दल, चुनाव चिह्न घण्टी नै

आयोगले उनको दललाई घण्टी चुनाव चिह्न दिएको छ। यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो।

घर फर्किएकी यान्छी

एमसीसीको विवाद बढ्नुमा चिनियाँ दूतावासको भूमिका रहेको भन्‍ने आरोप लागे पनि चीनसँग सन् २०१७ मा नै सम्झौता भएको बीआरआईका विषयमा भने कुनै पहल हुन सकेन।

...त्यसपछि न मान्छे आयो, न खबर

खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर सोध्छ,’ वीरमाको मन निचोरिएर आउँछ, त्यो पीडा उनको अनुहारमा कालोनिलो भएर मडारिन्छ, मुख छोपेर घुँक्कघुँक्क रुन्छिन्।

आफ्नै काकाबाट बलात्कृत भएको भन्दै अर्की युवती रुँदै टिकटकमा, न्यायका लागि लडिदिन आग्रह

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्। मेरो पीडा सुनाउने पनि जीवनमा कोही छैनन्,’ टिकटकमा उनले रुँदैरुँदै पीडा पोखेकी छिन् ।

थप समाचार

नेपाल समय
समाज

उच्च अदालतमा शाखा अधिकृत र उपसचिवबीच कुटाकुट

स्रोतका अनुसार उनीहरूबीच म्याद थपको विषयमा विवाद हुँदा कुटाकुट भएको हो। अदालत प्रशानले भने यो विषयमा कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ।
नेपाल समय
समाज

पञ्चदेवलकी मेयर चलाउने प्रहरी नियन्त्रणमा

मेयर चलाउने शनिबार आफैँ प्रहरी कार्यालय पुगेको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिए। उक्त घटनाका विषयमा हालसम्म ७ जना पक्राउ परेका छन्।
नेपाल समय
समाज

डीभी परेर अमेरिका पुगेकी ज्योति निस्कँदैछिन् अन्तरिक्ष यात्रामा

छोरीले प्राप्त गरेको सफलताले नरबहादुरको दुःखको घाउमा मल्हम लगाइदिएको छ। राजनीतिक रुपमा पनि सचेत नरबहादुर आफू संघर्षबाट कहिल्यै बिचलित नभएको र आफ्ना सन्तानलाई पनि त्यही शिक्षा दिएको बताउँछन्।
नेपाल समय
समाज

सर्वोच्चमा बहस : विश्व पोखरेल आईजीपी हुन लायक छैनन्

वरिष्ठ अधिवक्ता सुशील पन्तले एआईजी विश्व पोखरेल आईजीपी हुनलायक नरहेको भन्दै सर्वोच्चमा बहस गरेका छन्। आइतबार सर्वोच्च अदालतमा बहसका क्रममा उनले पोखरेल गैरजिम्मेवार र व्यक्तिकेन्द्रित भएकाले आईजीपी हुन योग्य नगरेको दाबी गरेका हुन्।
नेपाल समय
समाज

भाउजूलाई घरबाट बोलाएर बलात्कारपछि जिउँदै जलाउने भोजबहादुर

अहिले भोजराज पुर्पक्षका लागि थुनामा छन्। उनले घटनाबारे आफ्नो संलग्नता स्वीकार गरेका छन् र बयानका क्रममा घटना कसरी भयो भन्ने प्रहरीसमक्ष बताएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना