शुक्रबार, असोज ८, २०७८
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा प्रहरी 'आतंक' : काम देखाउन सर्वसाधारण उठाउँदै, मुद्दा चलाउँदै

नेपाल समय

काठमाडौंमा प्रहरी 'आतंक' : काम देखाउन सर्वसाधारण उठाउँदै, मुद्दा चलाउँदै

नेपाल समय  |  काठमाडौं, बुधबार, भदौ १६, २०७८
नेपाल समय

नेपाल समय

काठमाडौं, बुधबार, भदौ १६, २०७८

काठमाडौं- साउन ३० गते दिउँसोको १२ बज्नै लागेको थियो। सुन पसल व्यवसायी पवन विक काठमाडौंस्थित रत्नपार्कको बाटो हुँदै न्यूरोडमा रहेको आफ्नो पसलतिर लम्किरहेका थिए। आकाशेपुल छेउ रत्नपार्कमा उभिइरहेकी एक महिलाले आफूतिर इशारा गर्दै उनलाई बोलाइन्। 

‘हजुर! भन्नू न,’ ती महिलाको छेउमा पुगेर जवाफ के फर्काउँदै थिए, महानगरीय प्रहरी वृत्त सिंहदरबारको भ्यान अगाडि आएर रोक्कियो। पवनले ठाने, ‘केही गल्ती गरेको छैन, किन डराउने?’

तर, प्रहरीले यौनकर्मीसँग डिल गरेको आरोप लगाउँदै पवन र ती महिला दुवैलाई पक्राउ गर्‍यो। मेडिकल परीक्षणका लागि वीर अस्पताल लगियो। त्यसपछि सिधैँ, सिंहदरबार वृत्तको हिरासत। 

‘प्रहरीले त्यसै समातेको देख्दा म त अचम्ममा परेँ,’ ११ दिनको हिरासत बसाइपछि धरौटी तिरेर निस्किएका पवन भन्छन्, ‘मलाई त त्यही दिन छोड्छ भन्ने लागेको थियो, तर छोडेन। भोलिपल्ट बिहान छोड्नै लागेको थियो, तर डिएसपीले यसलाई मुद्दा चलाउनु भनेपछि एक्कासी अभद्र व्यवहारमा मुद्दा चलाइयो। मेरी सुत्केरी श्रीमती काखीमा नानी च्याप्दै 'छोड्दिनुस्' भनेर मेरो रिहाइका लागि अनुरोध गर्न प्रहरी कार्यलयसम्म आइपुगेकी थिइन्। तर, छाडेनन्, मुद्दा चलाएरै छाडे।’

000

भक्तपुर, सूर्यविनायक बस्ने राजकुमार श्रेष्ठ कामविशेषले भदौ ७ गते अनामनगर आएका थिए। साँझको त्यस्तै साढे ८ बजेको थियो। अनामनगरस्थित एक खाजाघरमा साथीसँग चिया पिउँदै गफ गरिरहेका थिए उनी। जिल्ला प्रशासन कार्यलयले ८ बजेपछि ‘कोरोना नियन्त्रण’का लागि भन्दै पसल, रेस्टुरेन्ट बन्द गर्न आदेश दिएको छ। त्यही कारण साहुजीले चिया पसलको सर्टर बन्द गरिसकेका थिए। तर, ढोका ढकढक्याएर बाहिरबाट डिएसपी भरत श्रेष्ठको नेतृत्वमा प्रहरीको एक हुल टोली त्यहाँ आइपुग्यो। डिएसपीले आदेश दिए, ‘साहुजी, कस्टमर सबैलाई गाडीमा हाल्, कसैलाई छाड्नुहुन्न।’

सिंहदरबार वृत्तमा कार्यरत एक प्रहरीले भने, ‘माथिबाट आज कति मान्छे उठाइस् भन्दै हरेक दिन रिपोर्टिङ खोज्छन्। हिरासत रित्तै भयो भने के हेरेर बसिराछस् भन्दै थर्काउँछन्। त्यही कारण पनि डिएसपी सा’ब आफैँ ड्युटीमा तात्नुभएको छ।’

‘मैले डिएसपीलाई धेरैपटक अनुरोध गरेँ, 'सर चिया पिउन आएका हौँ, हामी कोरोनाप्रति सचेत छौँ, गइहाल्छौँ, एकपल्टलाई छाड्दिनुस्' भनेँ,’ पीडित राजकुमारले भने, ‘तर, डिएसपीले एक शब्द सुनेनन्। न माइकिङ गरे। न सचेत गराए। सिधैँ हत्कडी लगाएर वीर अस्पताल पुर्‍याए, अनि हिरासतमा हाल्दिए। कहिल्यै हिरासत नबसेको मान्छेलाई प्रहरीको यस्तो व्यवहारले कस्तो मनोवैज्ञानिक असर पर्ला, तपाईं आफैँ सोच्नुस् त!’

000

यी त प्रतिनिधि उदाहरण मात्रै हुन्, यदि तपाईं राति ८ बजेपछि कुनै काम विशेषले हिँडिरहनुभएको छ, कतै रेस्टुरेन्टमा खाजा खाइरहनुभएको छ या पानी परेर कतै ओत लागिरहनुभएको छ भने पनि सचेत रहनुपर्ने भएको छ। काठमाडौं प्रहरीले थुन्न सक्छ। कारण, यतिखेर काठमाडौंको प्रहरीले ‘स्विप अपरेसन’ या ‘कोरोना नियन्त्रण’को नाममा आफ्नो काम देखाउन र अंक बढाउनका लागि सर्वसाधारणलाई उठाउँदै मुद्दा चलाइरहेको छ। 

एक प्रहरी अधिकारीका अनुसार यतिखेर काठमाडौंका प्रहरी वृत्तहरूबीच ‘कसले धेरै मान्छे उठाउने’भन्ने प्रतिस्पर्धा चलिरहेको छ। सिंहदरबार वृत्तमा कार्यरत एक प्रहरीले भने, ‘माथिबाट आज कति मान्छे उठाइस् भन्दै हरेक दिन रिपोर्टिङ खोज्छन्। हिरासत रित्तै भयो भने के हेरेर बसिराछस् भन्दै थर्काउँछन्। त्यही कारण पनि डिएसपी सा’ब आफैँ ड्युटीमा तात्नुभएको छ।’

अहिले एकै दिन एउटा वृत्तले ५० देखि १ सय जनासम्म सर्वसाधारण उठाइरहेको प्रहरी श्रोत बताउँछ। ‘तर, राति राखेर भोलिपल्ट छाडिनेको संख्या धेरै छन्, मुद्दा कमैलाई चलाइन्छ, त्यसैले डाटा माग्दा प्रहरीले ज-जसको मुद्दा चल्यो, त्यतिको डाटा मात्रै भनिरहेका छन्,’ काठमाडौंमा कार्यरत एक प्रहरी अधिकृतले भने।  

काठमाडौंका प्रहरी वृत्त प्रमुखहरु भने महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले नै आफ्नो काम देखाउन र अंक बढाउनका लागि ‘स्विप अपरेसन’का नाममा सर्वसाधरण उठाउन दबाब आएको अनौपचारिक भेटघाटमा स्वीकार्छन्।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी दिनहुँ ७–८ देखि १०–१२ जना मान्छे उठाइरहे पनि कसैलाई दुर्व्यवहार नगरेको बताउँछन्। ‘हामी सुरुमा सम्झाउँछौँ, सम्झाउँदा लागेन भने मात्रै थुन्ने हो,’ उनले भने। तर, अनामनगरका व्यवसायी तथा सर्वसाधरण भने डिएसपी श्रेष्ठले माइकिङ पनि नगरिकन, चेतावनी पनि नदिइकन सिधैँ लगेर थुन्ने गरेको आरोप लगाइरहेका छन्। 

काठमाडौंका प्रहरी वृत्त प्रमुखहरु भने महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले नै आफ्नो काम देखाउन र अंक बढाउनका लागि ‘स्विप अपरेसन’का नाममा सर्वसाधरण उठाउन दबाब आएको अनौपचारिक भेटघाटमा स्वीकार्छन्। ठमेल आसपास त राति ८ बजेपछि प्रहरीले बाटोमा हिँडेको देख्यो भने पनि पक्रने आदेश रहेको सोह्रखुट्टे वृत्तमा कार्यरत एक सिपाहीले सुनाए। ‘हामीलाई निर्दोष छन्, हिरासतमा हाल्न हुन्न भन्ने लाग्दालाग्दै पनि हाकिमको दबाबमा पक्रनु परेको छ,’ ती सिपाहीले विवशता सुनाए। 

तर, वृत्त प्रमुख डिएसपी दुर्गाप्रसाद दाहाल आफूले इमर्जेन्सीमा हिँडेका सर्वसाधारणलाई नथुनेको, उल्टै सहयोग गरेको दाबी गर्छन्। ‘इमर्जेन्सीमा हिँडेकालाई त हामी सहयोग गर्छौँ, त्यसरी दुःख दिएका छैनौँ। 'जेन्युन' समस्यामा हामीले कसैलाई समातेका छैनौं। कोभिडका बेला मापसे गर्ने, होहल्ला गर्नेलाई मात्रै समातिरहेका हौँ,’ उनले भने। 

यस विषयमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालसँग सम्पर्क गर्दा उनले प्रहरीको माथिल्लो नीति सर्वसाधारणलाई दुर्व्यवहार गर्ने र जथाभावी पक्राउ गर्ने नरहेको बताउँछन्। ‘लोकल लेभल'मा कँहीकतै सर्वसाधारणलाई अनावश्यक पक्राउ गर्ने र दुःख दिने काम भएको छ भने म तत्काल काठमाडौंको एसएसपी अशोक सिंहलाई सच्याउन निर्देशन दिन्छु,’ उनले भने, ‘काठमाडौं प्रहरीले 'स्विप अपरेसन' चलाइरहेको छ। तर, स्विप अपरेसनका नाममा निर्दोष मान्छेलाई नथुन्न मैले यसअघि नै निर्देशन दिइसकेको छु।’

‘हामीलाई निर्दोष छन्, हिरासतमा हाल्न हुन्न भन्ने लाग्दालाग्दै पनि हाकिमको दबाबमा पक्रनु परेको छ,’ ती सिपाहीले विवशता सुनाए। 

यता महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंह भने पटकपटक सम्झाउँदा पनि नमान्नेहरूलाई मात्रै आफूहरुले पक्राउ गरिरहेको बताए। ‘सञ्चालकले तोकेको समयमा पसल बन्द गर्नुस् भनेपछि गर्नुपर्छ,’ उनले भने, ‘हामी बारम्बर माइकिङ गरिरहेका छौँ, त्यसलाई मान्नुपर्छ । तर, जथाभावी नियन्त्रणमा लिइएको छ भने त्यो गलत हो। तर, ढंग नपुगेर निर्दोष मान्छेलाई पनि हिरासतमा ल्याइएको हुन सक्छ। कुनै पनि वृत्तले त्यस्तो अनावश्यक हैरानी दिएको छ भने म तत्काल सच्याउन निर्देशन दिन्छु।’ 

सर्वसाधारणलाई अनावश्यक दुःख दिने हाम्रो नीति छैन : एआइजी हरि पाल
प्रमुख, महानगरीय प्रहरी कार्यालय, रानीपोखरी

साँझ ८ बजेपछि रेस्टुरेन्ट, पसल नखोल्ने जिल्ला प्रशासनको निर्णय छ। तैपनि व्यवहारिक हिसाबले ९ बजेसम्म खोल्न दिऔं भन्ने नै हाम्रो नीति छ। तर, मान्छेलाई दुःख दिने, अनावश्यक 'ह्यारेस' गर्ने हाम्रो निर्देशन छैन। लोकल लेभलमा कहीँ कतै त्यस्तो भएको छ भने म तत्काल काठमाडौं एसएसपी अशोक सिंहसँग बुझ्छु। कतै गल्ती गरेका छन् भने म तत्काल सुध्रिन निर्देशन दिन्छु। मान्छे उठाउने प्रतिस्पर्धा होइन।


यो बीचमा जिल्ला प्रहरीले 'स्विप अपरेसन' चलाएको हो। त्यतिबेला शंकास्पद मान्छेलाई उठाएर सोधपुछ गर्ने भन्ने थियो। त्यसमा पनि मैले निर्दोष मान्छे पर्न सक्छन्, त्यस्तो भेटियो भने तत्काल छोड्नु भनेर सबै वृत्त प्रमुखलाई बोलाएर निर्देशन दिएको थिएँ। सर्वसाधारणलाई दुःख दिने हाम्रो नीति छँदै छैन। कतै भएको छ भने तत्काल मलाई खबर गर्न अनुरोध गर्छु।

नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बुधबार, भदौ १६, २०७८

थप समाचार

वसन्त चौधरीलाई हृदयाघात

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष वसन्त चौधरीलाई शुक्रबार हृदयाघात भएको छ।

दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

असोज २१ गते बिहीबार घटस्थापना गर्ने ११:४६ मा रहेको उनले बताए। उनका अनुसार घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ।

अमृतोत्सव गरी ७५ वर्षीय कथाकार रेग्मीलाई गरियो अभिनन्दन

वरिष्ठ साहित्यकार सनत रेग्मीलाई नेपालगन्जमा अभिनन्दन गरिएको छ।

श्रीपेच फोड्न खोजेको आरोपमा खिमबहादुर पक्राउ

नारायणहिटी संग्रहालयभित्र राखिएको श्रीपेच चोर्न खोजेको आरोपमा २५ वर्षीय खिमबहादुर घर्ती पक्राउ परेका छन्।

इजरायलका लागि आवेदन २८ सयको कागजपत्र नक्कली

इजरायल जानका आवेदन दिएकामध्ये करिब २८ सय जनाको कागजपत्र नक्कली पेश भएको खुलेको छ। वैदेशिक रोजगार विभागले अनलाइनबाट परेका आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन अस्वीकृत गरेको छ।

आलमको मुद्दाको पेशी सिन्हा र चुडालको इजलासमा

रौतहट बम विस्फोटका मुख्य अभियुक्त नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दामाथि आज शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

ट्रेंडिंग

नेपाल समय
श्रृंखला

जेलसहित बर्खास्तीमा परेका सिपाही भन्छन्- ऊ रोइरहेको थियो, मेरो मन थामिएन

घरमा फोन गर्न पनि कहिलेकाहीँ मात्रै दिइन्थ्यो। त्यो पनि ‘सबै ठिक छ’ भन्न लगाइन्थ्यो। एक-दुई मिनेट मात्रै गफ गर्न दिइन्थ्यो। ‘के भयो अचानक यस्तो?’ भन्दै बुबाआमा रुनुहुन्थ्यो, श्रीमती रुन्थिन्। तर आफूले यथार्थ भन्न पाउँदिनथेँ। ‘केही भएको छैन, योभन्दा बढी जवाफ नदिनू' भन्ने उर्दी हुन्थ्यो।
नेपाल समय
संवाद

म महामन्त्रीको उम्मेदवार हुँ, कसैको दौराको फेर समात्नुपर्छ भन्ने छैन : धनराज गुरुङ [अन्तर्वार्ता]

प्रजातन्त्रको पर्यायवाची कांग्रेस हो भनेर हामी दावी गर्छौं। तर, यहाँ मुलुकमा आफूलाई आइपरेपछि न विधान न संविधान आफ्नो घोडा बनाइदिने अवस्था आयो।
नेपाल समय
समाज

सर्वोच्चको आदेश कुलमानको पक्षमा

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय
लुम्बिनी

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने गणेशविरुद्ध एमालेले मुद्दा नचलाउने

नेकपा एमालेले बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियुका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ।
नेपाल समय
राजनीति

जसलाई नेता बनायो, उसैले थला पार्‍यो नेविसंघ

गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ लामो समयदेखि भद्रगोल छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C