बिहीबार, असोज २०, २०७९

घरेलु प्याड बनाउने दिदीबहिनीको प्रेरणादायी कथा

राज सरगम  |  काठमाडौं, बुधबार, साउन २७, २०७८

राज सरगम

राज सरगम

बुधबार, साउन २७, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– कर्णाली र सुदूरपश्चिमका क्षेत्रका महिला महिनावारीका बेला बाहिरफेर प्रायः निस्कँदैनन्। छाउपडी प्रथाका कारण गोठमा बस्नुपर्ने बाध्यता छ। उनीहरू प्याडका रूपमा पुुराना धोती च्यातेर सफा गर्छन्। महिनावारी हुँदा प्रयोग गर्छन्। धोइपखाली सुकाउँछन्। फेरि अर्को दिन त्यही प्रयोग गर्छन्। 

अछाम साँफेबगरकी कित्थी टमटाले पनि महिनावारी हुँदा गाउँघरमा सबैले कपडा प्रयोग गरेको देख्थिन्। उनले त्यही सिकिन्। पहाडी क्षेत्रका अधिकांश आमा पुस्ताले महिनावारी भएका बेला यसरी नै सुरक्षित बन्ने प्रयास गर्दै आएका छन्।

अहिले त देशका अधिकांश भागमा बजारमा पाइने स्यानिटरी प्याडको खपत हुन थालेको छ। कतिपय स्कुलमा निःशुल्क प्याड उपलब्ध हुन थालेको छ। किशोरीले प्याडका बारेमा स्कुलमै जानिसकेका हुन्छन्। 

अघिल्लो पुस्ताकी कित्थी भने किशोरी हुँदा अवस्था यस्तो थिएन। थोत्रा कपडा प्रयोग गर्नुपर्दथ्यो। कपडा प्रयोग गर्दा उनलाई ‘एलर्जी’ हुन्थ्यो। अन्य विकल्प नभएपछि पैंतीस वर्षसम्म कपडा प्रयोग गरिन् उनले।

साँफेबगरको जनकल्याण माविमा बालविकास कक्षा पढाउने अवसर पाएपछि उनको संगत शिक्षिका जानकी कुँवरसँग भयो। महिनावारीका बेला जानकी पनि कपडा प्रयोग गर्थिन्। तर उनी महिनाको चार दिन स्कुलमा गयल हुन्थिन्। उनी भन्छिन्, ‘कपडाको प्रयोग गरेर कहीं हिँड्न मन लाग्थेन। त्यसैले स्कुल जान्नथें।’

२०७५ सालतिर साँफेबगरमा सेवक नेपाल, समविकास नेपालजस्ता संस्थाले महिनावारी हुँदा प्याड प्रयोगबारे सचेतना फैलाउन थाले। यस्तैमा कित्थीले पनि अधिकारकर्मी पशुपति कुँवरबाट प्याड प्रयोगबारे जानकारी पाइन्। पसलमा प्याड किन्न हिम्मत गरिनन्। उनी भन्छिन्, ‘प्याड पाउने दोकानमा पुरुष हुन्थे, त्यसैले लाज लाग्थ्यो। अर्को कुरा प्याड प्रयोग कसरी गर्ने पनि थाहा थिएन।’ 

२०७६ मा साँफेबगर नगरपालिकाको सहयोग र समविकास नेपालले आयोजना गरेको चारदिने तालिममा कित्थी सहभागी भइन्। जहाँ सुतीका कपडाबाट प्याड बनाउने तालिम दिइयो। 

कित्थीका लागि सुतीका कपडाबाट बनाइने प्याड नौलो लाग्नु स्वाभाविकै हो। तर जब उनले पहिलोपटक पसलका प्याड हातमा पाइन् उनको सोच नै परिवर्तन भयो। उनले भनिन्, ‘पहिलोपटक प्याड देखेर लाजले रातो भएकी थिएँ।’ पसलमा प्याड किन्न लज्जाउने कित्थीका लागि तालिम लिने अवसर बिल्कुल नयाँ थियो।

तालिमपछि महिनावारीका बेला उनले पहिलोपटक प्याड प्रयोग गरिन्। उनी भन्छिन्, ‘पहिलोपटक प्रयोग गर्दा सकसक लागेको थियो। तर कपडाले जस्तो बिझाएको थिएन।’ भोलिपल्ट उनले आफ्ना समूहमा सुनाइन्। अनि सबैले चासो लिए र प्याड स्थानीय स्तरमा कसरी बनाउन सकिन्छ भनेर छलफल भयो। एक्लो प्रयासले त सम्भव थिएन। त्यसैले उनीहरूले महिला समूह मिलेर स्यानिटरी प्याड बनाउने निर्णय गरे। कित्थीसहित पाँच महिलाले प्रतिव्यक्ति चार हजार जुटाएर दिदीबहिनी जैविक प्याड उद्योग खोले। २०७६ मा उनीहरुले पाँच हजार सुतीको कपडाबाट प्याड बनाए। 


कित्थी टमटा

आफ्ना साथीसमूह हुँदै गाउँभरिका दिदीबहिनीलाई बाँडे। प्रयोग गरेका दिदीबहिनीको सल्लाहसुझाव आउन थाल्यो। प्याडले राम्ररी काम गर्न नसकेपछि उनीहरू निराश भए। कित्थी भन्छिन्, ‘पहिलो तालिमले त्यति स्तरीय प्याड बनाउन सकेनौं हामीले।’ 

प्याडको स्तरीयतालाई ध्यानमा राखेर अधिकारकर्मी पशुपति कुँवरको सहयोगमा कित्थी तालिमका लागि चितवन गइन्। कुँवर भन्छिन्, ‘कित्थी टमटाको लगाव र रुचि देखेपछि पहल गरें। उहाँले मन लगाएर सिक्न भयो।’ 

उनले चितवनको मितेरी प्याड उद्योगमा एकमहिने तालिम लिइन्। तालिम पाएर उनी अछाम साँफेबगर फर्किइन्। ‘प्याडको तालिम सकेर अछाम पुग्नेबित्तिकै सिक्न/सिकाउन थालें’, उनले भनिन्। 

यही सिकाइको निरन्तरताले २०७७ पुसदेखि स्तरीय प्याड बनाउन थालिन् उनले। यही सक्रियताले जन्मियो ‘दिदीबहिनी जैविक प्याड उद्योग।’

साँफेबगर नगरपालिकाको एयरपोर्ट लाइनको किनारमा छ उद्योग। उद्योगमा अन्य १७ जना महिला कार्यरत छन्। १७ वटा मेसिन सञ्चालनमा छन्। मेसिनका आवाज उद्योग छेउछाउ बाक्लै सुनिन्छ। 

साताको ६ वटा दिन स्कुल पुग्दा उनले आफ्ना झोलामा प्याड बोकेर जान्थिन्। स्कुलमा भेटिएका छात्रालाई आफूले बनाएको प्याड देखाएर प्रयोग गर्न उत्प्रेरणा दिन्थिन्। आफूजस्तै शिक्षिकालाई पनि प्याडको बारेमा बताउँथिन्। तर छात्रा पैसाको अभाव देखाउँथे।  

कोभिड १९ का कारण लागेको लकडाउनपछि भने उनी स्कुल जान पाएकी छैनन्। तर झोलामा प्याड बोकेर बजारदेखि गाउँसम्मका महिलालाई बुझाउन कोसिस गरिरहेकी हुन्छिन्। उनी भन्छिन्, ‘दिदीबहिनीलाई बुझाउनै गाह्रो छ। तर पहिलेको तुलनामा अहिले चेतना आएको छ।’

पशुपति टमटा र जानकी लुहार पनि यही उद्योगमा सक्रिय छन्। बजारमा प्याड किन्न जान नपरेको जानकी बताउँछिन्। जब कित्थी टमटासँग उनले प्याड बनाउन सिकिन् त्यसपछि उनको दैनिक प्याड बनाएर बित्छ। भन्छिन्, ‘यत्तिको प्याड बनाएर लगाउन पनि जानेको थिएनौं।’ 

कित्थी लगायत महिला प्याड उद्योग चलाउन थालेपछि एक्लैदुक्लै भेटिएका दिदीबहिनीको झोलामा प्याड राखिदिन्छन्। प्याड प्रयोग गर्न अनुरोध गर्छन्। हातको सीप हो भनेर निःशुल्क दिन्छन् पनि। कित्थी भन्छिन्, ‘कोही किनेर लैजान्छन् कोही त्यसै माग्छन्। कसैलाई खाली पर्खाएका छैनौं।’

महिलाहरू जैविक प्याड उद्योगमा लागेर केही आम्दानी पनि गर्छिन्। जानकी भन्छिन्, ‘यो अवसर कित्थी दिदी र पशुपति मेडमको सक्रियताले जुरेको हो।’

दैनिक घाँसदाउरा र घरायसी काममा बिताउने १७ जना महिलामध्ये १२ जनाले भने आफ्नो मेसिन लिएर उद्योगमा काम गर्छन्। उद्योगमा पाँच वटा मेसिन थियो। तर सामूहिक काम गर्न थालेपछि बाँकी दिदीबहिनीले स्वयम मेसिन लिएर उद्योगमा आएका थिए । 

बिस्तारै मेसिन र इन्टरलगिङ मेसिन बढाउने कुरा गर्छिन् कित्थी। भन्छिन्, ‘आफ्नो मेसिनको सदुपयोग गरौं भनेर उहाँहरु आउनु भा’छ। त्यसैले थप सक्रिय हुन पाइएको छ।’ 

जानकी कुँवरले पसलमा पुगेर प्याड किन्न परेको छैन। दिदीबहिनी जैविक प्याड उद्योगले होमडेलिभरी गरिदिन थालेको छ। उनी भन्छिन्, ‘केही महिनादेखि यही प्याड प्रयोग गरेको छु। राम्रो छ।’ 

पछिल्लो समय साँफेबगर नगरपालिकाका धेरै महिला दिदीबहिनी जैबिक प्याड उद्योगको प्याड प्रयोग गर्न लागेका छन्। तर केही दिदीबहिनी भने महँगो भएको कारण किन्न अनकनाउने गरेको बताउँछिन् कित्थी। भन्छिन्, ‘गाउँघरका बेरोजगार महिला धेरै पैसा हाल्न सक्दैनन्। त्यसैले महँगो भयो भन्छन्।’

दलित, एकल र अपांगता भएका बढी सक्रिय रहेको उद्योगमा पशुपति टमटा, जानकी लुहार, चन्द्रकला केसी कडायत, मदनकुमारी बोहरा, देवन्ती सुनार आरती सुनार, ईशा भाट, मंगली सुनार, पवन टमटा, पार्वतीकुमारी कडायत, विमला सुनार, गीता लुहार, नन्दकला भण्डारी, सुनिता कुँवर, कमला रावत, मनु राई, पिङ्की टमटालगायत प्याड उत्पादनमा सक्रिय छन्। 

पछिल्लो एक महिनामा १४ हजार प्याड उत्पादन गरको बताउँछिन् कित्थी। बीस हजार मास्क पनि उत्पादन गरेको छ। उनीहरू अहिले प्याडको अर्डरअनुसार पनि काममा खटिन्छन्। 

मास्क र प्याड अनिवार्य भएको यो महामारीमा किनिदिनेको अभाव भने खट्किएको छ। कित्थी भन्छिन्, ‘प्रयोगकर्ता दिदीबहिनीलाई बानी पार्न सकियो भने त्यो अभाव पनि खट्किन्न कि भन्ने लाग्छ।’ 

अहिले प्याडको मुल्य एक सय रुपैयाँ छ। स्थानीय महिला किन्न सक्दैनन्। तर स्थानीय सरकारले सहयोग गरेमा दिदीबहिनी जैविक उद्योगको प्याड सबै दिदीबहिनीले प्रयोग गर्न सक्ने बताउँछिन् कित्थी। 

एकातिर महिलाको सजिलै प्याडमा पहुँच नहुनु। भए पनि गणस्तरीय नुहुनु। विद्यालयमा किशारी महिनावारी हुँदा प्याड नभएको कारण बीचैमा विद्यालयबाट घर जानुपर्ने बाध्यता भएका कारण विद्यालय छुट्नु जस्ता समस्या छन्। 

बिस्तारै नगरपालिका तथा गाउँपालिकाले खरिद गरिदिएर सहयोग गरेमा प्याडको उद्योग चलाउन हौसिएका महिलालाई सहयोग पुग्थ्यो। सेवाको भावले समर्पित भएर प्याड उत्पादनमा सक्रियता देखाएका दिदीबहिनीहरुले पारिश्रमिक पनि पाउन सक्थे। 

ओली सरकारले २०७६ भदौ २९ गते छात्रालाई निःशुल्क प्याड उपलब्ध गराउने निर्णय गरेको थियो। सामाजिक महिला अधिकारकर्मी पनि निःशुल्क प्याड उपलब्ध गराउन सरकारलाई दबाब दिइरहेको छन्। 

बजारमा अनेक किसिमका प्याड आएका छन्। अनेक कम्पनीले प्याडको विज्ञापन गर्छन्। यस्तो बेला अछामका स्थानीय महिला दिदीबहिनीले उत्पादन गरेको प्याडलाई स्थानीय सरकारले किनेर निःशुल्क छात्राहरुलाई वितरण गर्नुपर्ने माग राखेका छन्।

गत वर्ष मात्रै दिदीबहिनी जैविक प्याड उद्योगबाट साँफेबगर नगरपालिकाले आठ हजार प्याड खरिद गर्ने बताउँछिन् अधिकारकर्मी पशुपति कुँवर। भन्छिन्, ‘सुदूरका पहाडी गाउँमा प्याड न भनेजति पुग्न सकेको छ। न किनेर लगाउन सक्ने महिला नै छन्। त्यसैले स्थानीय सरकारसँग समन्वय गरिरहेका छौं।’

अभियन्ता पशुपति कुँवर पनि दिदीबहिनी जैविक प्याड उद्योगकै प्याड प्रयोग गर्छिन्। काठमाडौं र अछाम बराबर बस्ने गरेकी कुँवर काठमाडौंका अधिकारीकर्मीमाझ अछामका महिलाको सक्रियतालाई खुलेरै प्रशंसा गर्छिन्। भन्छिन्, ‘सुदूर पहाडका महिला प्याड लगाउन जान्दैन्थे आज उनीहरु प्याड प्रयोग गर्न लाज मान्दैनन्।’

अछामको चौरपाटी गाउँपालिकाले पनि सात हजार सेनेटरी प्याड दिदीबहिनी जैविक प्याड उद्योगबाट खरिद गरेको छ। चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष माया कुँवर भन्छिन्, ‘सुदूरपछिको पहाडी जिल्लामा प्याड अनिवार्य छ। त्यसैले उहाँलाई प्रोत्साहन गर्न पनि निरन्तर प्याड किन्नेछौं।’ 

प्रयोग भएका प्याडलाई सही व्यवस्थापन गर्न नसकेका कारण जथाभाबी फोहोर हुन पुगेको छ। अझ स्थानीय नगरमा प्याडजस्ता फोहोरलाई प्रभावकारी व्यवस्थापन हुन नसकेको सर्वविदितै छ। साँफेबगर नगरपालिकाका उपमेयर बिर्मलादेवी बुढथापा भन्छिन्, ‘दिदीबहिनी जैविक प्याड उद्योगमा उत्पादित प्याडलाई रामरी धोएमा पुनः प्रयोग गर्न सकिन्छ, त्यसैले हामीले यही प्याड वितरण गर्ने भएका छौं।’

आठ हजार प्याड माध्यमिक तहका विद्यालयमा पढ्ने छात्राहरुलाई निःशुल्क बाँड्ने योजनामा रहेको बताउँछिन् उपमेयर बुढथापा।अहिले महिनावारी भएका महिला प्याड प्रयाग गर्न चाहन्छन्। तर आर्थिक समस्याकै कारण उनीहरू कपडा प्रयोग गर्न विवश छन्। बुढथापा भन्छिन्, ‘मैले पनि यही प्याड प्रयोग गरें। तर यहाँ कतिपय दिदीबहिनी यस्ता छन् जसले पेटीकोट किन्न सक्दैनन् प्याड कसरी किन्नु?’

उपमेयर बुढथापाले भनेझैं सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका अधिकांश महिला गरिबीका कारण पनि प्याड खरिद गरेर प्रयोग गर्न सकिरहेका छैनन्। यही समस्याबाट गुज्रिएका दिदीबहिनीलाई सस्तो मूल्यमा प्याडको पहुँच पुर्‍याउन अछामकी कित्थी टमटालगायत दिदीबहिनीको सक्रियता प्रभावकारी नहोला भन्न सकिन्न।


प्रकाशित: August 11, 2021 | 09:15:00 काठमाडौं, बुधबार, साउन २७, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना