बिहीबार, असोज २०, २०७९
नेपाल समय

ऐना : जसले देखायो उत्पीडित र भुइँमान्छेका कथा

राज सरगम  |  काठमाडौं, बिहीबार, साउन २१, २०७८
राज सरगम

राज सरगम

काठमाडौं, बिहीबार, साउन २१, २०७८

काठमाडौं- २०७६ फागुन २५ गते। धनुषा जटाईकी २१ वर्षीया पूजा सदा दुलहीको भेषमा थिइन्। बिहेका लागि भोजभतेर, पाँच रङको मिठाई, पन्डाल, जग्गे सबै तयार थियो। घरमा बिहेको बेग्लै रौनक थियो। पूरा गाउँ उत्सवमा रमाइरहेको थियो। सबैका लागि अब जन्तीकै प्रतीक्षा थियो। ‘दुलहा कस्तो होला?’ आफन्त, छरछिमेक सबैमा जिज्ञासा थियो। जन्ती आउने बाटो कुरिरहेका थिए उनीहरू। कुर्दाकुर्दै साँझ बित्यो तर जन्ती आएनन्। धनुषा गतहीबाट बरु दुलहाको सन्देश आयो, ‘दाइजोमा मोटरसाइकल नदिएसम्म बिहे गर्दिनँ।’

विवाहको उत्सवको तयारीमा रमाइरहेको सिंगो गाउँ एकाएक विक्षिप्त भयो। बेहुलीमा सजिएकी पूजा निराश भइन्। छोरीलाई अन्माउने तयारीमा रहेका बुबाको सपना पानीको फोकामा परिणत भयो। अनि, रातदिनको मेहनतले जुटेको ‘बिहेको तयारी’ एकाएक चकनाचुर भयो। कारण, दाइजो। 

आफू टुटेको यो कथा पूजाको मनमै भारी भएर बसेको थियो। कतै बिसाउने चाहना त थियो तर कहाँ? सायद ठाउँ खोजिरहेकी थिइन्। ठिक एक वर्षपछि त्यो ठाउँ बनिदियो– ‘ऐना’ अर्थात्, विश्वप्रकाश शर्माले चलाएको त्यो टेलिभिजन कार्यक्रम जहाँ पूजाले आफ्नो मनमा गुम्सिएका पीडा बिसाइन्। आमाछोरी दुवै भक्कानो छाडेर रोए। आमाले दुलहालाई दाइजोमा मोटरसाइकल दिन नसक्दा छोरी अन्माउन नसकेको कथा सुनाइन्। अनि, जसको कथा सुनेर फेरि एकपल्ट श्रोता/दर्शक तराईको यो तितो यथार्थ सुनेर भावुक बने। 




पूजा सदा र उनकी आमा (ह्यान्ड माइकमा बोल्दै)।

'ऐना’को पहिलो सिजन त सकियो तर यसको टिमलाई पूजाको यो कथाले अझै हिर्काइरहन्छ। ‘कथा खोज्दै जाँदा हामीले भेटेको पूजाको कथा साँच्चै पीडादायी थियो। यस बीचमा हामीले धेरै कथा भन्यौं तर धेरैमध्ये पूजाको कथा भनिएको एपिसोडले हामीलाई हिर्काइरहन्छ, खोइ किन हो प्रिय लाग्छ,’ ‘ऐना’का कार्यकारी निर्माता जनक पौड्याल भन्छन्। 

०००

डेढ वर्षदेखि टेलिभिजनमा काम गरिरहेका दुई नाम– जनक पौड्याल र राधाकृष्ण धिताल(आरके)। कहिले कार्यक्रम उत्पादक, कहिले प्रस्तोता। सधैं समाचार बनाउने र पढ्ने उही कामबाट खुसी थिएनन् उनीहरू दुवै जना। दुवैमा केही नयाँ गर्ने हुटहुटी थियो। लाग्थ्यो, जागिरे मानसिकताबाट अलि पर बसेर केही नयाँ काम गर्न पाए त! 

‘नयाँ काम गर्न स्रोतसाधनको अभाव थियो। त्यसैले सधैं ‘कम्फर्ट जोन’मा बसेर जागिर खाइरह्यौं,’ जनक भन्छन्।  

मिडिया क्षेत्रमा नयाँ काम गर्न राम्रो बजेट र टिम चाहिन्थ्यो। त्यसैले दुवैले जागिर छाडेनन्। तर सँगसँगै अतिरिक्त काममा पनि जाँगर लगाए। आरकेले  ‘होराइजन मल्टिमिडिया’ नामक कम्पनीबाट गाउँका अनेक कथालाई डकुमेन्ट्रीमा खिच्न थाले। यही क्रममा नेपालका करिब ७० जिल्ला पुगे र त्यहाँका कथा डकुमेन्ट्रीमार्फत् ल्याइरहे। 

०६० को दशकको सुरुतिर कान्तिपुर टेलिभिजनमा एकसाथ काम गरेका पौड्याल र धिताल जागिरकै सिलासिलामा पुनः ०७५ सालको अन्तिमतिर हिमालय टीभीमा भेटिए। यो भेटमा दुईबीच नयाँ कामको गफगाफ झ्याँगिन थाल्यो। 

उनीहरूले तीन वर्षअगाडि देखेको एउटा सपना थियो, त्यसैलाई मूर्तरूप दिन जोडबल गरे। दुवैले एकसाथ हिमालय टीभीको जागिर छाडे। हरेक दिन मन्थन हुन्थ्यो- नेपाली टेलिभिजनको दुनियाँमा अरूले गर्दै आएको कामभन्दा केही फरक काम के हुन सक्ला? 

सामाजिक मुद्दा बोक्ने कार्यक्रम चल्छ भन्नेमा दुविधा थियो। झन् त्यसमाथि शतप्रतिशत पीडितका कथा भन्नु अर्को चुनौती। तैपनि आरके र जनकले अठोट गरे– पीडितकै कथा भन्ने कार्यक्रम ल्याउनुपर्छ। पत्रकार रमला भण्डारीले नाम जुराइदिइन्, ‘ऐना’।

भारतीय अभिनेता आमिर खान प्रस्तोता रहेको ‘सत्यमेव जयते’ को गहिरो प्रभाव थियो आरकेलाई। सामाजिक मुद्दालाई टेलिभिजनमा कसरी देखाउन सकिन्छ भनेर मेसो पाउन उनले दिल्लीमा पुगेर सत्यमेव जयतेको टिमलाई भेटेका थिए।

हामीकहाँ हास्य टेलिसिरियल हेर्न दर्शकको भीड छ। त्यसैले सामाजिक मुद्दा बोक्ने कार्यक्रम चल्छ भन्नेमा दुविधा थियो। झन् त्यसमाथि शतप्रतिशत पीडितका कथा भन्नु अर्को चुनौती। तैपनि आरके र जनकले अठोट गरे– पीडितकै कथा भन्ने कार्यक्रम ल्याउनुपर्छ। पत्रकार रमला भण्डारीले नाम जुराइदिइन्, ‘ऐना’। 

‘मूलधारको टेलिभिजनमा एकै फ्रेमको राजनीतिक समाचार, नेता विश्लेषकको अन्तर्वार्ता, सेलिब्रेटी गसिप, केही ग्ल्यामर र सांगीतिक रियालिटी सो हेर्न पाइन्थ्यो। तर, हामीले पीडितका कथा भन्न चाह्यौं,’ ऐनाका प्रोजेक्ट हेड धिताल भन्छन्। 

यही क्रममा उनीहरुको टिममा सदस्य पनि थपिँदै गए। प्रकाश लामिछाने ‘कन्टेन्ट/रिसर्च हेड’का रूपमा ऐनामा जोडिए। सामाजिक विषयवस्तुमाथि गहिरो दख्खल राख्ने लामिछानेमाथि यी दुवैलाई विश्वास पनि थियो।

मिडियामा लामै अनुभव बटुलेका लामिछानेसँग विषयवस्तुको कमी थिएन पनि। नेपालका सबैजसो जिल्लाका गाउँगाउँ घुमिसकेका लामिछाने यायाबरजस्तै हुन्। घुमन्ते नसामा परेका उनले ओझेलमा परेका कैयौं सामाजिक कथा देखेका थिए, ती पात्रलाई भेटेका थिए। 

कार्यक्रमको नाम ‘ऐना’ टुंगो लागिसक्दा पनि आर्थिक पक्षको छिनोफानो भइसकेको थिएन। नेपाली मिडिया बजार सानो भएकाले प्रशस्त पैसा लगानी गर्न डराउँछन्, विज्ञापनदाता।

विज्ञापन बजारले 'सामाजिक मुद्दामा काम गर्छु' भन्नेलाई कमै विश्वास गर्छ भन्ने थाहा थियो उनीहरूलाई। ‘ए लेभलको कार्यक्रम बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। तर कसरी भन्नेमा चिन्ता थियो,’ जनक सम्झन्छन्।



ऐनाका कार्यकारी निर्माता जनक पौड्याल (बीचमा नीलो ज्याकेट)लगायत।

यसैमा धिताल थप्छन्, ‘काम त थालियो। तर, सामाजिक मुद्दामा विज्ञापनदातालाई ‘कन्भिन्स’ गर्नु फलामको चिउरा चपाउनुजत्तिकै थियो।’ तर, पनि उनीहरुले कार्यक्रम गरेरै छाडे। 

०००

हरेक मान्छेमा केही न केही कथा हुन्छ। तर, एउटा वास्तविक पीडितभित्र लुकेको यथार्थ कथालाई भन्न या भन्न लगाउन भने सजिलो छैन। ओझेलमा परेको मुद्दालाई लिएर सम्बन्धित निकायलाई झक्झकाउनु, न्याय र निसाफ खोजेर वर्षौं अदालत धाउँदै आएका पीडित/उत्पीडित जाति, वर्ग, समुदाय, महिला, बालबालिका र अपांगका कथा उनीहरुबाटै सुनाउनु थियो। उनीहरुकै भाषा, लवज, उनकै लयमा कथा भन्न लगाउनु थियो, जसका कथा नेपाली टेलिभिजन मिडियाले कहिल्यै देखेनन्। 

यी शतप्रतिशत कथा टेलिभिजनको पर्दामा देखाउन कागजमा कोरेजस्तो सजिलो थिएन। लामिछाने भन्छन्, ‘टेलिभिजन म्यागजिनको संरचनामा काम गर्नु थियो। त्यसैले विषयवस्तुमाथि निकै गम्भीर थियौं।’

‘हामी पनि जागिरे मानसिकताबाट गुज्रिरहेका थियौं। कति मुद्दामा 'रियालिटी बेस्ड' भन्दा पनि भावनाबाट प्रेरित भयौं। म यति भावुक भएँ कि, सामाजिक मुद्दासँग गहिरो लगाव भयो,’ ती दिन सम्झँदा जनक आज पनि भावुक हुन्छन्। 

झम्सीखेलको कुनै एक कफीसपमा कफीको चुस्कीसँगै जनक र प्रकाश कन्टेन्टमाथि खुब कुरा गर्थे। उनीहरुले ३६ वटा विषयवस्तु छानेका थिए। २६ वटा कथा चाहिँ स्क्रिनमा देखाउने भनी डायरीमा टिपे। 

यस्तैमा पौड्याल र धिताल केही हप्ताका लागि उदयपुर जाने काम पर्‍यो। उनीहरू तराई जाने भएपछि डायरीमा लेखेका विषयवस्तुलाई टाइप गर्ने सोचेर लामिछानेले जनकसँग डायरी मागे। जनकले त्यो डायरी हराएको पत्तै पाएनन्। उनले तराई जानु अगाडि डायरी खोजे। भेटेनन्। जनक भन्छन्, ‘डायरी हराएपछि केही महिना तनावमै बितायौं।’

तराईबाट फर्किएपछि हराएको डायरीमा गरिएको खेस्रा सम्झिँदै लामिछाने, पौड्याल र धितालले काम अगाडि बढाए। कागजमा लेखेको विषयवस्तु हराए पनि मनमस्तिष्कमा बसेको थियो। सबैले सम्झिँदै विषयवस्तुलाई पुनः खेस्रा गरे। टाइप गरे। 

पीडितका कथा कति सत्य हो भनेर समाजलाई सोध्नु थियो। समाजका कथा पीडितलाई नै भन्न लगाउनु थियो ऐनाको मञ्चबाट। जनक भन्छन्, ‘यो यात्रा सोचेभन्दा धेरै जटिल थियो’

केन्द्रमा पीडितलाई राखेर पीडितको कथा भन्न चाहेको यो टोलीले कथालाई लेखेर मात्रै पुग्थेन। कथा बोकेर बाँचेको पीडितसम्म पुग्नु थियो। पीडितले बाँचेको समाज र परिवेश पनि खिच्नु थियो। पीडितका कथा कति सत्य हो भनेर समाजलाई सोध्नु थियो। समाजका कथा पीडितलाई नै भन्न लगाउनु थियो ऐनाको मञ्चबाट। जनक भन्छन्, ‘यो यात्रा सोचेभन्दा धेरै जटिल थियो’

जनकलाई पूजा सदाजस्ता पीडितलाई ‘मेनस्ट्रिम टेलिभिजन’ मिडियामा ल्याएर कथा भन्ने अवसर दिँदा उम्दा काम गरेको महसुस भएको छ। उनीहरुलाई लाग्छ, नाम चलेका निजी क्षेत्रका टेलिभिजनले सामाजिक मुद्दा (कन्टेन्ट)मा लगानी नै गरेका छैनन्। नेपाली टेलिभिजन इतिहासमा यत्तिको सामाजिक मुद्दालाई लिएर, सबै पक्षलाई समेटेर, रिसर्च गरेर, २६ वटा एपिसोड ल्याउनुलाई ठूलै उपलब्धि ठान्छ, ‘ऐना’ टिम।  


नारायणी र राप्ती नदीको दोभान, चितवनको गोलाघाट।

राज्य, न्याय र समाजबाट उत्पीडनमा परेका समुदाय र पीडितलाई टेलिभिजनको पर्दामा ‘ऐना’मार्फत् आउँदा एउटा नयाँ आयामका रूपमा आएको दाबी गर्छन जनक।

ऐनाले उठाएका विषयवस्तु पत्रपत्रिकादेखि टेलिभिजनको प्रमुख समाचार नबनेका पनि होइनन्। केही विषयवस्तुमाथि काम गरिरहँदा समाचार आए पनि तर ऐना टिम हतोत्साही भएन। लामिछाने भन्छन्, ‘हामीले खोजेर ल्याएको कन्टेन्टमाथि सतही समाचार आउँथ्यो। तर हामीले गरेको रिसर्च गहिरो हुन्थ्यो।’

सामाजिक मुद्दा पनि अन गर्नुपर्छ है भन्ने ‘माइलस्टोन’ चाहिँ बनेको बताउँछन् जनक। भन्छन्, ‘मेकिङको हिसाबले हामीले जुन स्रोत साधनबाट महामारीका बेला यति काम गर्‍यौं, त्यो 'बेस्ट' नै हो। यद्यपि सुधार गर्ने ठाउँ धेरै छन्।’ 

फिल्डमा काम गर्ने रिसर्चर टिममध्ये एक मोनिका खतिवडा हुन्। उनैले रिसर्च गरेकी थिइन्, पूजा सदाको घटनालाई। उनी भन्छिन्, ‘आफू रिसर्चर भएर काम गर्दा पीडितको घटना र बाहिर आएको समाचारमा धेरै अन्तर पाएँ।’

सामाजिक मुद्दामा आधारित सोहरू नेपाली 'मार्केट'मा पनि बन्न सक्छन्। सामाजिक मुद्दा पनि 'अन' गर्नुपर्छ है भन्ने ‘माइलस्टोन’ चाहिँ बनेको बताउँछन् जनक। भन्छन्, ‘मेकिङको हिसाबले हामीले जुन स्रोत/साधनबाट महामारीका बेला यति काम गर्‍यौं, त्यो बेस्ट नै हो। यद्यपि सुधार गर्ने ठाउँ धेरै छन्।’ 

ऐनाले परम्परागत शैलीमा देखाइने कार्यक्रम शैलीलाई भत्काउन सफल भएको बताउँछन्, आरके। भन्छन्, '‘ट्रेन्ड चेन्ज' चाहिँ भयो।’ 

०००

सुनिदिने मानिस भए भने पीडितले आफ्ना कथा भन्न रुचाउँछन्। आफू मर्कामा परेको पीर सुनाउन चाहन्छन्। अलिकति न्यायको आशा राखेर, अलिकति मन हलुका पार्न चाहेर बोल्न खोज्छन्। तर युट्युब बजारले ‘झुर’ कार्यक्रम गरेर दर्शक भुलाइरहेको अवस्था थियो। यस्तो बजारमा गम्भीर विषयवस्तुलाई ल्याउनु ‘ऐना’ टिमका लागि अर्को ऐठन त छँदै थियो। 

अर्का रिसर्चर महावीर विश्वकर्मा भन्छन्, ‘फिल्डमा पुग्ने बत्तिकै कुन युट्युब हो भनेर सोध्थे। फेरि हामीले बेलिविस्तार लगाएपछि कहिले आउँछ भनी सोध्थे।’

क्यामेरा बोकेर हिँडेको देख्यो कि युट्युबवाला भनेर चिनिने यो समयमा पीडितका भित्री कुरा ल्याउनु आफैंमा सकस थियो। ‘कतिपय वास्तविक पीडित बोल्न डराउँथे। उनीहरू गाउँमा वा घरमा हुँदा पनि छैनन् भनेर फर्काइन्थ्यो। कतिपय पीडितलाई ‘खुसामत’ गर्नुपरेको क्षण सम्झँदै महावीर भन्छन्, ‘स्थानीय पत्रकार साथीहरुको साथ नभएको भए गाह्रो हुन्थ्यो।’   

ऐनाले पीडितलाई बोल्न र विद्रोह गर्न सक्ने तागत दियो। यस्तै पात्र हुन्, पुष्पकुमारी हरिजन। जसले आफ्नो बालविवाहविरुद्ध परिवारका नाममा उजुरी दिइन्। प्रहरीले आएर मिलाउनुपर्‍यो। ऐनाको स्टुडियोमा आएर बोलेकी उनले आफ्नो विवाह रोकिन्।

कथा भन्ने ठाउँ मात्रै होइन, ऐनाले पीडितलाई बोल्न र विद्रोह गर्न सक्ने तागत दियो। यस्तै पात्र हुन्, पुष्पकुमारी हरिजन। जसले आफ्नो बालविवाहविरुद्ध परिवारका नाममा उजुरी दिइन्। प्रहरीले आएर मिलाउनुपर्‍यो। ऐनाको स्टुडियोमा आएर बोलेकी उनले आफ्नो विवाह रोकिन्। र, अहिले अरूको बालविवाह रोक्ने अभियानमा लागिरहेका छन्। जनक भन्छन्, ‘ती बहिनीको चेतनामा बदलाव आउनु नै ऐनाको उपलब्धि हो।’


ऐना सुटिङका क्रममा।

प्लेन चढेर काठमाडौं आउनु, स्टुडियोमा बोल्नु, आफ्नो चेतनामा परिवर्तन ल्याउनु ऐना टिमका लागि खुसीको कुरा हो। जनक भन्छन्, ‘सुनेको छु पुष्पकुमारीलाई दाइले नै जागिर खोजेर लगाए। त्यो परिवर्तन हो।’  

विषय धेरैले उठाए होलान् तर पीडितको पक्षबाट यत्तिको कार्यक्रम चाहिँ नेपालमा पहिलो हो भन्दा फरक नपर्ला। ऐनाको स्क्रिप्ट राइटर आन्विका गिरी यो टिमसँग काम गर्न पाउँदा धेरैथोक सिकेको बताउँछिन्। उनी भन्छिन्, ‘टेलिभिजन कार्यक्रममध्ये ऐना नयाँ र नौलो हो, जो परम्परागतभन्दा माथि छ।’

सम्झना विक बलात्कारपछिको हत्यामाथि धेरै समाचार बन्यो। तर कतिजना घरमा पुगे। कतिले हजुरबा–हजुरआमाको बाइट ल्याए। पीडितका अन्य सदस्यसँग कसले के सोधे? समाचारले देखाइहाल्छ। तर ऐनाको टिम घरमै पुगेको थियो। लामिछाने भन्छन्, ‘वास्तविक पीडितसँग कुराकानी गर्नु हाम्रो कार्यक्रमको लक्ष्य पनि हो।’ 

‘ऐना’ निर्माणका क्रममा रिसर्चर सधैं पीडितको दैलोसम्म पुग्थे। आफू मर्कामा परेको कथा सुनाउन अनुरोध गर्थे। रिसर्चर विश्वकर्मा भन्छन्, ‘पीडित तथा पीडितका आफन्त घरै हुँदा पनि छैन भनेर तर्किन्थे। कतिपय घटना भने समाचार आएका भन्दा बिलकुल फरक हुन्थ्यो।’

हरेक मुद्दाको समाधान के कसरी हुने हो भन्ने विज्ञहरूले बताउलान्। व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाले बुझाउलान्। जनक भन्छन्, ‘समाधान के हो हामीलाई पनि थाहा छैन। तर समस्या देखेर घरीघरी भावुक भएर हामीले सोच्यौं।’

धेरैजसो मुद्दामा ‘ऐना’ले एउटै एपिसोड बनायो। तर, बालिका बलात्कार र हत्याको विषय र जातीय विभेदमा दुई–दुईवटा एपिसोड बन्यो। विषयलाई न्याय नै दिन नसकेको अनुभूत भएर त्यसो गरेको बताउँछन्, जनक। भन्छन्, ‘पीडितले वर्षौंदेखि भोगिरहेको पीडा एक एपिसोडभन्दा न्याय होला भन्ने लागेन। त्यसैले दुई एपिसोड बनायौं।’

२१ वटा एपिसोडचाहिँ मान्छेको भावनासँग, मानवीय संवेदनासँग, मान्छेका चालचलनसँग, मानसिकतासँग, बानीव्यहोरासँग, परम्परासँग जोडिएर बनाउने भन्नेमा चाहिँ डायरीमा ‘एडिटोरियल लाइन’ लेख्दा नै प्रस्ट रहेको बताउँछन्, जनक।  

०००

ऐनाको प्रायः एपिसोडमा बढीभन्दा बढी कथा पीडितका छन्। जसले आफ्ना दुःख रुँदैरुँदै भन्न सकेका छन्। बोक्सी : एक अमानवीय अन्धविश्वास, चुँडिएका कोपिला-१, चुँडिएका कोपिला-२, बालश्रम बालबालिकामाथि ज्यादती, जातको जलन कहिलेसम्म-१, जातको जलन कहिलेसम्म-२, हिंसामा महिला : छैन घरमै सुरक्षा, आत्माअन्त्य रोग कि मनोदशा, दाइजो : बिहेमा मोलतोल, बालखैमा बिहेको बोझ, गुमनाम परदेशीहरू, एक्लो बुढेसकाल जस्ता कार्यक्रम हेरेर मन थाम्नै सकिन्न। कहीं न कहीं आँखा रसाइहाल्छ। तर यहाँ रुनेहरू चलचित्रमा कृत्रिम अभिनय गरेर दर्शकलाई रुवाउन आएका पात्र भने थिएनन्। 


ऐना सुटिङका क्रममा।

ऐनाले आँसु बेच्यो भन्नेहरु पनि छन्। केही बौद्धिक दर्शकले पीडितको आँसु देखायो पनि भने। ‘आँसु सो’ बन्यो भनेर कुरा काट्ने पनि थिए।

तर, ऐनाले जे देखायो, ती वास्तविक पात्रका वास्तविक आँसु मात्रै थिए। ‘पीडितले रुँदैरुँदै कथा भन्दा कसैलाई आँसु बेचेको लाग्यो भने हाम्रो भन्नु केही छैन,’ जनक भन्छन्, ‘हामी प्रष्ट छौं, हामीले देखायौं, सधैं यथार्थ देखायौं। टेलिभिजनले मनोरञ्जन, फूल, हिमालका गीत देखाइरहेका बेला हामीले पीडितका कथा देखायौं। त्यो पनि पीडितकै उपस्थितिमा, पीडितकै भावमा।’

‘पूजा सदाले भन्ने कथा बनावटी हुन सक्दैन। यो अझै हाम्रो समाजको यथार्थ हो,’ जनक थप्छन्, ‘कसैको पीडाको कथा कहिल्यै 'स्क्रिप्टेड' हुन सक्दैन। त्यसैले हामीलाई लाग्छ, रियालिटी सोको भीडमा हामीले जे देखायौं, त्यो खास रियालिटी सो हो।’

‘पीडितले आफ्नो अभिव्यक्ति रोएर भन्दा किन आँसु बेच्यो भन्ने? खासमा हामीले हाम्रो समाजको चरित्र जुन यथार्थसँग नजिक छ, जुन समाजमा हामी बाँचिरहेका छौं, त्यो देखाएको मात्रै हो।’

सिंगो जुनी विभेद भोग्दै आएको समुदाय र जातिले आफ्नो पीडा रोएर भन्दा आँसु बेचेको ठान्न नहुने बताउँछन् जनक। उनलाई लाग्छ, कलकलाउँदो छोरीको हत्यामा उनलाई सम्झेर न्याय मागिरहेकी आमाको आँसु बग्दा 'देखाएको मात्र' भन्न मिल्दैन। गुमनाम परदेशीलाई वर्षौंदेखि घरकी जहान रुँदैरुँदै पर्खिरहेको कुरा सुनाउँदा आँसु झारेको देखाएको मात्र भन्न मिल्दैन। ‘कुन वर्गले हेरेर यो 'जजमेन्ट' गरिरहेको छ भन्नेले फरक पार्छ,’ उनी भन्छन्, ‘पीडितले आफ्नो अभिव्यक्ति रोएर भन्दा किन आँसु बेच्यो भन्ने? खासमा हामीले हाम्रो समाजको चरित्र जुन यथार्थसँग नजिक छ, जुन समाजमा हामी बाँचिरहेका छौं, त्यो देखाएको मात्रै हो।’

श्रीमानबाट तातो तेल खन्याइएकी धादिङकी पूजा परियारले आफ्ना पीडा रुँदै सुनाउँदा आँसु बेचेको भन्ने हुन्छ? पक्कै हुँदैन। ‘तर, मेरै शुभ चिताउने मित्रहरूले पनि कार्यक्रम आँसुमय भयो भने,’ जनक यी प्रतिक्रिया सम्झँदा अहिले पनि दुःखी हुन्छन्।  

०००

‘ऐना’का कन्टेन्ट/रिसर्च हेड लामिछाने नेपाली समाजको सद्भाव बाहिर जे देखिएको छ, भित्र त्यस्तो नभएको बताउँछन्। ‘हामी मिलेर बसेझैं लाग्छ। तर मिलेजस्तो मात्रै देखिएको हो,’ उनको तर्क छ।


ऐना सुटिङका क्रममा।

नेपाली समाज विविधतायुक्त छ। सबै समुदायका मानिस मिलेर बसेका छन्। एकअर्काबीच अपनत्व छ, सहयोगी छन्। तर सधैं एकनासको छैन। यस्तै विषय समेटेर एकपटक ‘सामाजिक सद्भाव’ नामको एपिसोड तयार भएको थियो। देखाउने समय आयो। कार्यक्रम बनाउन आर्थिक र श्रम दुवै लगानी भइसकेको थियो। प्रसारण नहुँदै यो एपिसोड रोकियो। किन त?

‘नेपाली समाज के हामीले सोचेजस्तो पूर्ण छ त? कि यो हामीले मान्दिएको समाज मात्रै हो? कि हामीले मान्दिएको सद्भाव मात्रै हो? कि सहुन्जेलको सद्भाव हो? कि उत्पीडनमा परेको समुदाय नबोलुन्जेलको सद्भाव हो?’ कार्यक्रमको तयारी भइरहेकै बेला जब यी प्रश्नले हिर्कायो, त्यसपछि कार्यक्रम रोकेको बताउँछन् जनक। 

कोरोना महामारीको पहिलो र दोस्रो लहरकै बीच ‘ऐना’को पहिलो सिजनका २६ वटा एपिसोड भने प्रसारण भए। 

०००

नेपाली टेलिभिजन मिडियामा प्रस्तोता ‘फेस भ्यालु’ भएको खोजिन्छ। ग्ल्यामर खोजिएकै कारण त होला, धेरैजसो कार्यक्रममा चर्चित कलाकार या मिस नेपालजस्ता सेलिब्रेटी जोडिन्छन्। तर, ऐना त्यस्तो कार्यक्रम बन्यो, जहाँ राजनीतिज्ञ प्रस्तोता बने। अर्थात्, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई यो कार्यक्रमको सञ्चालनको जिम्मा दिइयो। 

शर्मा राजनीतिमा प्रखर वक्ताका रूपमा परिचित छन्। अध्ययनशील छन्। गीतसंगीतमा चासो राख्छन्। तर, कसैले सोचेको थिएन, भारतमा आमिर खानले, नेपालमा उनले यस्तो सामाजिक मुद्दा बोक्ने टीभी कार्यक्रम चलाउँछन्। उनी आफैँका लागि पनि यो कल्पनाको विषय थिएन।

तर ‘ऐना’ले नौलो प्रयोग गर्‍यो। कम्युनिस्ट सरकार सत्ता खिचातानीको लहडमा लागिरहेका बेला विश्वप्रकाशलाई ऐनाको प्रस्तोता बनाइयो। धेरैलाई कांग्रेसको कार्यक्रम हो भन्ने पनि लाग्यो। कतिपयले विश्वप्रकाशलाई प्रस्तोता बनाउँदा विज्ञापन ल्याउन सजिलो हुने शंका पनि गरे। तर, प्राजेक्ट हेड आरके भन्छन्, ‘हामीले अरू पनि प्रस्तोता नखोजेको होइन। तर, विषयवस्तुमाथि कसले न्याय दिन सक्छ भनेर खोज्दै जाँदा विश्वप्रकाशमा त्यो अनुहार देख्यौं।’

जतिबेला ‘ऐना’ को फ्रेम तयार भइरहेको थियो, त्यतिबेला निर्माण टिमले कुनै एक स्टारलाई नै प्रस्तोता बनाउने सोचेको थियो। तर जब ‘कन्टेन्ट’को प्रसंग आयो, विश्वप्रकाश नै फिट देखिए। ‘हामीले २६ वटा एपिसोडको कथा पहिल्यै तयार गरिसकेका थियौं। त्यही कथाअनुसार प्रस्तोता खोज्दै विश्वप्रकाश फिट देखिए,’ आरके सुनाउँछन्। 




कार्यक्रम प्रस्तोता विश्वप्रकाश शर्मा सहभागीहरूसँग कुराकानी गर्दै

विश्वप्रकाश शर्मा पनि ऐनाको प्रस्तोता हुन पाएकोमा खुसी छन्। अहिले उनी राजनीतिकर्मी सामाजिक मुद्दामा कति संवेदनशील हुँदा रहेछन् भन्ने उदाहरण पनि बनेका छन्। उनलाई सुरुमा समय दिन सक्छु/सक्दिनँ भन्ने दुविधा थियो। तर, सामाजिक मुद्दामा काम गर्न प्रस्ताव गर्दा खुसी भए। जनक भन्छन्, ‘हामीले पहिलो प्रस्ताव राख्दा 'कन्भिन्स' गर्न गाह्रो भएको थियो। तर, पछि खुसीले स्वीकार्नुभयो।’

ऐनाको प्रस्तोताको भूमिका निर्वाह गरेका शर्माले पीडितका घरदैलोसम्म पुगेर संवाद गरेका छन्। यो अन्य राजनीतिकर्मीका लागि पाठ पनि हो। 

‘राजनीतिका क्रममा होस्, पार्टी प्रवक्ताका हैसियतले होस्, या त नीति निर्माणका बेला नै किन नहोस्, ती मुद्दामा पक्कै मौन बस्ने छैनन् विश्वप्रकाश। पक्कै उनलाई पनि कहीँ न कहीँ हिर्काएको छ।’

अब राजनीतिबाट पलायन भए भने पनि सामाजिक मुद्दाबाट भाग्न पाउँदैनन्, शर्मा। हालै गण्डकी प्रदेश सरकार विस्तारका क्रममा कांग्रेसका डोबेटे विश्वकर्मालाई मन्त्री पदबाट नाम काटेपछि धेरैले ऐना रियालिटी सोलाई जोडेर विश्वप्रकाश शर्मासँग प्रश्न गरे। कन्टेन्ट/रिसर्च हेड प्रकाश लामिछाने भन्छन्, ‘उनको छवि राजनीतिसँगै सामाजिक न्यायको पक्षमा बोल्ने व्यक्तित्वका रुपमा बन्यो। त्यही क्रममा त्यो प्रश्न उनीसामु तेर्सियो।’ 

लामिछानेलाई लाग्छ, ‘ऐना’ले जति पनि मुद्दा उठायो, त्यसप्रति विश्वप्रकाश पनि सचेत भएका छन्। ‘हामीले उठाएका २६ एपिसोडका विषयवस्तु कतै न कतै उहाँको काँधमा पनि बसेको छ,' उनी भन्छन्, ‘राजनीतिका क्रममा होस्, पार्टी प्रवक्ताका हैसियतले होस् या नीति निर्माणका बेला नै किन नहोस्, ती मुद्दामा पक्कै मौन बस्ने छैनन् विश्वप्रकाश। पक्कै उनलाई पनि कहीँ न कहीँ हिर्काएको छ।’

त्यो हो पनि। किनभने सहर या गाउँघरतिर आज पनि कसैलाई ‘ऐना’ हेर्नुभएको छ भनेर सोधियो भने प्रत्युत्तरमा धेरैले दिने जवाफ उही हुन सक्छ, ‘त्यही विश्वप्रकाश शर्माको ऐना?’

प्रस्तोता शर्माले ऐनामा देखिएका अनुहार, पीडा र प्रश्नले आफूलाई सधैं कर्तव्यप्रति सजग गराउने बताएका छन्। उनले परिवर्तनका लागि सामाजिक क्रान्ति सम्भव नभएसम्म अन्य सबै परिवर्तन फिका हुने स्पष्ट पारेका छन्। ऐनाको अन्तिम एपिसोडपछि शर्माले ट्विटरमा लेखेका छन्, 'ती अनुहार, पीडा र प्रश्नले मलाई आफ्नो कर्तव्यप्रति सदैव सजग गराउने छ। कार्यक्रम ऐनामार्फत् आफ्नो देश अझ गहनसँग बुझ्न पाएँ, अनि निष्कर्षमा पुगेँ, परिवर्तनको सामाजिक क्रान्ति सम्भव नभए अन्य सबै परिवर्तन फिका हुनेछन्।’

000

मिडियामा लामो समय काम गरेको अनुभव भएपनि सामाजिक विषयवस्तुप्रधान टेलिभिजन कार्यक्रम बनाएको अनुभव थिएन 'ऐना' निर्माण टिममा। अनुभवका अभावमा धेरै हन्डर खेप्यो पनि निर्माण पक्षले। तर त्यही हन्डरले धेरै कुरा सिकाएको बताउँछन् जनक। 'पहिलो सिजनले धेरै कुरा सिकाएको छ। सामाजिक विषयवस्तुमा काम गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढाएको छ। पहिलो सिजनमा प्रत्येक काम नयाँ गर्नुपर्ने थियो। अब धेरै कुरामा अनुभव भएको पनि छ। त्यो अनुभवले अब काम गर्न पक्कै सहयोग गर्नेछ,' जनक भन्छन्, 'दोस्रो सिजन अझ सशक्त बनाउने योजनामा छौं हामी।'


कार्यक्रम निर्माणका क्रममा जनक (अघिल्तिर)।

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना