बिहीबार, असोज २०, २०७९

'किड्नीले धोका दिएकै छ, श्रीमतीले पनि धोका दिइन्'

राज सरगम  |  काठमाडौं, मंगलबार, असार २२, २०७८

राज सरगम

राज सरगम

मंगलबार, असार २२, २०७८, काठमाडौं

नेपाल समय

 गोकर्णेश्वर (काठमाडौं)- कोभिड-१९ का कारण भएको बन्दाबन्दीमा धेरैले घरभित्रै थुनिनु पर्‍यो। तर अघिपछि पनि घरभित्रै बस्दै आएका बिरामीका लागि बन्दाबन्दीले खासै असर नपार्ला भन्ने लाग्न सक्छ। तर धेरै बिरामीलाई यसले नराम्रोसँग असर पार्यो । यस्तै बिरामी हुन् दुवै मिर्गौला फेल भएका ३३ वर्षीय वीरबहादुर हेम्जन। बन्दाबन्दीले उनलाई 'सिकिस्त' बनायो।

८ वर्षदेखि गोकर्ण नगरपालिकाको एउटा घरको सानो कोठामा सीमित छन् हेम्जन। नेपाल मेडिकल कलेजमा सातामा तीनपटक निःशुल्क डाइलाइसिस गर्दै आएका हेम्जन उपचारकै लागि बाराको खुला मैदानबाट काठमाडौंको साँघुरो घेरामा सीमित भएका हुन्। वर्ष दिनको छोरो र श्रीमती डोल्मामाया थिङसहित २०७१ मा काठमाडौं आएका उनी उपचार गरी सन्चो हुने विश्वासमा आएका थिए। तर लामो समयसम्म पनि हेम्जन तङ्ग्रन सकेका छैनन्। बरु झनै थलिए। ‘औषधि खान मुस्किल भाथ्यो। अब त 'लकडाउन'ले भात खान पनि मुस्किल बनायो,’ उनले गुनासो गरे।  

पछिल्लो केही महिनादेखि उनले कोठा भाडा तिर्न सकेका छैनन्। धन्न घरबेटीले उनको अवस्था देखेर केही नबोलेको बताउँछन्।

हेम्जनका दाजुभाइ बारामै छन्। मजदुरी गर्छन्। तैपनि उनीहरूले जतिसक्दो सहयोग गर्दै आइरहेका थिए। डेढ वर्षयताको बन्दाबन्दीका कारण सहयोगी आफन्तहरूको पनि आम्दानी कमजोर भयो। बन्दाबन्दीले दैनिक ज्यालादारी काम पनि खोसिएको थियो।

घरपरिवार र आफन्तले पनि अब आश मारेको बताउँछन् हेम्जन। उनले भने, ‘लकडाउनपछि त घरमा भएकाहरु पनि बेरोजगार भए। त्यसपछि के माग्नु!’ 

हेम्जन २२ वर्षको उमेरमा कतार गएका थिए। त्यहाँ तीन वर्ष बिताए। काम गर्न नसकेपछि उनी नेपाल आए। कमाएर ल्याएको पैसा आफ्नो रोग पत्ता लगाउनमै सकियो। भन्छन्, ‘उपचार गरेर न त सन्चो भएँ, न मर्न सकेँ।’

कोरोना संक्रमण न्यूनीकरणका लागि भएको बन्दाबन्दीका बेला डाइलसिस गर्न  उनलाई निकै सास्ती थियो। 'नियमित रूपमा प्रेसरको औषधि खानुपर्छ, लामो अवधिसम्म डायलाइसिस गर्नुभन्दा किड्नी प्रत्यारोपण गर्न मन थियो। तर पैसा कहाँ पाउनु? न अरू प्रक्रिया सजिलो छ,’ उनले दुखेसो पोखे। 

किड्नीका बिरामी हेम्जनलाई निषेध आदेशकै बीचमा अर्को विपत्ति थपियो। जेठ १५ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भयो। नेपाल मेडिकल कलेजमा गराएको पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ देखिए पनि खासै डराएनन् उनी। भन्छन्, ‘यो रोगीलाई अर्को रोग थपियो, त्यति न हो।’

हेम्जन २२ वर्षको उमेरमा कतार गएका थिए। त्यहाँ तीन वर्ष बिताए। काम गर्न नसकेपछि उनी नेपाल आए। कमाएर ल्याएको पैसा आफ्नो रोग पत्ता लगाउनमै सकियो। भन्छन्, ‘उपचार गरेर न त सन्चो भएँ, न मर्न सकेँ।’

नेपाल मेडिकल कलेजमा उनले ९ दिन कोरोनाको उपचार गरे। कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि अक्सिजनको मात्रा कम नै देखियो। डाक्टरको सल्लाह बमोजिम उनले घरमै अक्सिजन सिलिन्डर ल्याउन पर्‍यो। तर पैसा थिएन। अनि घरपरिवार र आफन्तमा गुहारे। सहयोगका लागि छरछिमेकीलाई भने। भनसुन र सहयोगपछि जसोतसो सिलिन्डर पाए। एक हप्तासम्म उनले चौबिसै घण्टा अक्सिजन सिलिन्डरको पाइप नाकमा जोडे। अहिले पनि बेलाबेला जोडिराख्नुपर्छ।

आफूसँग कमाउने मान्छे नभएपछि उनले गत शनिबार आफ्नै फेसबुकबाट सहयोगका लागि अपिल गरेका थिए। अभियन्ता राजेश भट्टराईले उनलाई एक बोरा चामल, दाल, नुनलगायतका खाद्यान्न उपलब्ध गराए। 

पछिल्लो केही महिनादेखि उनले कोठा भाडा तिर्न सकेका छैनन्। धन्न घरबेटीले उनको अवस्था देखेर केही नबोलेको बताउँछन्। साँघुरो कोठामा छोरासँगै बस्दै आएका हेम्जनले महिनामा १६ देखि २० हजारको औषधि खाँदै आएका छन्। केही समयअघिसम्म श्रीमती पनि त्यही कोठामै थिइन्। 

हुन त नेपालमा ३० लाख नेपाली किड्नीको बिरामी छन्। बन्दाबन्दीमा उनीहरूले निकै सास्ती व्यहोरे। अस्पतालमा उपचार पाउन गाह्रो भएको समाचार नआएको पनि होइन। तर हेम्जनको अस्पतालको दुःख भन्दा कमजोर आर्थिक अवस्थाका कारण दयनीय थियो। दैनिक खानुपर्ने औषधि लकडाउनका कारण छुटेको थियो। 

श्रीमतीको कमाइले रासन र औषधि किनी खान ठूलो सहयोग पुगेको थियो। हेम्जनलाई छोरो विनय हेम्जनको भविष्यका विषयमा साह्रै पिर लाग्छ। हुर्कँदै गरेको छोरोलाई पढाउन नसकेकोमा उनी दुखी छन्। हुन त उनकी पत्नी डोल्मामायाले जसोतसो पढाएकी थिइन्। अब त्यो पढाइ पनि छुट्ने डर छ उनलाई।

मनभरि छोरोको पिर बोकेर उनले भने, ‘किड्नीले धोका दिएकै छ। श्रीमतीले पनि धोका दिएर गई।’ गत साता उनकी श्रीमतीले १४ वर्षको सम्बन्धलाई तोडेर अर्कैसँग बिहे गरिन्। त्यसले पनि मन मारेर उनले भने, ‘म रोगीलाई कहिलेसम्म स्याहारोस्, पोइला गई, राम्रै भो।’ 


प्रकाशित: July 6, 2021 | 05:32:00 काठमाडौं, मंगलबार, असार २२, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना