बिहीबार, असोज २०, २०७९

असह्य पीडाको क्षणमा आशाका किरण पोत्दै कलाकार

राज सरगम  |  काठमाडौं, मंगलबार, जेठ १८, २०७८

राज सरगम

राज सरगम

मंगलबार, जेठ १८, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- रूखका हरिया पात समाएर हेरिरहेको छ मानिस। उसको छेउमा छ अक्सिजनको सिलिन्डर। नाकमा पाइप जोडिएका छन्। उसको धड्कनको गति बढेको छ। पात उसका निम्ति हरिया भइदिएका छैनन्। ऊ ओइलाउन चाहँदैन। बाँच्न चाहन्छ। रूखमा अक्सिजन खोज्दै गरेको मानिसको चित्र हो यो। 

जसलाई मे १७, २०२१ मा उतारेका थिए फाइनआर्टका कलाकार सागर मानन्धरले।

‘के कारणले अक्सिजन पाइरहेका छैनौं त? के अक्सिजनको स्रोत हामीसँग नभएर हो?’ चित्र कोर्नुअगाडि उनका मनमा यस्ता प्रश्न जन्मिएका थिए। दिमागमा आएको हरियो रूख पनि उनले मुर्झाएको देखे। त्यसै दिन अर्को ‘ड्रोइङ’ कोरे। वनमा मानिस छट्पटाइरहेका छन्। कोलाहाल छ। चिच्याहाट र  रुवाबासी साँच्चै जंगलको रुवाइ भएको छ। 

अक्सिजन अभावमा दैनिक सयौं मानिस मरेका छन्। पहुँचवालाले अक्सिजनलाई खाना पकाउने ग्यास सिलिन्डरझैं सयौंको संख्यामा घरमा थुपारेका छन्। सत्यचाहिँ आमजनता अक्सिजन नपाएर मर्न परेको छ। त्यसैले त परिस्थिति जटिल बन्दै गएको छ। 

‘यतिखेर हरियो रूखलाई ओइलाएको देख्दै छु। कालो हुँदै आएको देख्दै छु’, उनको दिमागले रङ सम्झिँदा परिस्थिति अँध्यारोतिर गएको देख्छन्। प्रकृति विनाशको दृश्यहरु उनको दिमागमा खेल्छ। भन्छन्, ‘विकासमा नाममा रूख मास्यौं त्यसैले सहरमा सास फेर्न पनि कठिन हुँदै छ।’

चित्र बनाउँदा उनले रूखको बासना सम्झिन्छन्। मिठो स्वाद। आँपको रूख आँपझैं बसाउँछ। त्यो झिनो आशा हो। आशाको किरण ठान्छन् सागर। भन्छन्, ‘म के सोचिरहेको छु। के देखिरहेको छु त्यो रङमा पोखिने हो। त्यो चित्रमा देखिने हो।’

विकाससँगै विनाश पनि पक्कै हुन्छ। सहरका धनाढ्यहरु अक्सिजन प्लान्ट बनाउन हानथाप गरिरहेका छन्। यो परिस्थिति आउँछ भन्ने थाहा थियो अघिल्लो लकडाउनमा। हेलचेक्र्याइँ गरियो। जसको नतिजा सर्वसाधारणले भोग्नुपरेको छ। गरिब मजदुरले पीडा  झेल्नुपरेको छ। सरकार मनमौजीमा छ।

खेतबारीमा काम गर्ने एक किसान यतिखेर कृत्रिम अक्सिजनमाझ सास लिइरहेको छ। सहरका बासिन्दा रूख लगाउने सोचमा छ। प्रश्न जन्मिन्छ– तर जमिन कहाँ खाली छ? भन्छन्, ‘विकासका नाममा हामीले प्रकतिसँग लड्न सक्ने क्षमता गुमाइरहेका छौं।’ 

कोरोना संकटमा समाजले कस्तो रङमा बाँचेको होला आफैंभित्र प्रश्न गर्छन् उनी। कोरोनाको भयावह परिस्थितिसँग जुधिरहेका मानिसको अनुहार सम्झन्छन्। अस्पतालमा बेड भेन्टिलेटर र अक्सिजन नपाएर छटपटिएको बिरामी सम्झन्छन्।

‘रङहरु निकै डार्क भएर आउँछ दिमागमा’, उनी भन्न्छन्। दैनिक सयौंको संख्यामा मानिस मरेको समाचार आइरहेको छ। सामाजिक सञ्जाल खोल्यो कि छिनछिनमा हार्दिक श्रद्धाञ्जलि लेखिएको हुन्छ। यो दुःखको रङ आफैंमा अँध्यारो देख्छन् उनी। भन्छन्, ‘यतिखेर खुलेर हास्न सकिएको छैन र भीडमा जान पाइएको छैन।’

यो कुण्ठा एउटा अँध्यारो रङको सूचक ठान्छन् उनी। हामी घरमा थुनिनु आफैंमा कुण्ठा हो। तर जीवनरक्षाका लागि उचित भए पनि कोरोना त्रासले स्वतन्त्रता खोसिएको छ मानिसको। बाँच्न–बचाउन लागे पनि हाम्रो समय विपत्तिसँग गुज्रिएको देख्छन् उनी। भन्छन्, ‘आत्मग्लानि हुन्छ, कंक्रिटको विकास देखेर जसका कारण हामी लुक्नुपरेको छ।’

उनले मे १७ कै साँझ बनाएको एक ड्रोइङमा ठेला गाडामा बिरामी राखेर मान्छे हिँडिरहेका छन्। यसलाई उनी गरिबीको पराकाष्ठा ठान्छन्। कतिपय गरिब जनताले एम्बुलेन्स बोलाउन सक्ने हैसियत पनि राख्दैनन्। त्यस्ता परिवारका लागि अक्सिजन भेन्टिलेटरभन्दा नि अस्पताल पुग्नु ठूलो ठान्ने बताउँछन् सागर। भन्छन्, ‘कोरोना गरिबलाई मात्रै आएझैं भयो हुनेखानेहरु विकासको पछाडि कुदिरहेका छन्।’

मानिसले अस्पताल त बनायो तर रूख लगाउन बिर्सिए। उनी चित्रमा प्रकति कहाँ छुट्यो भनी खोज्छन्। एउटा चित्रकारले पनि रङहरुको संयोजन गर्न डराउने समय आएको देख्छन्। कोरोनाको स्थिति वरिपरि कलाकारभित्र पनि रंगीचंगी कलर ननिस्कने ठम्याइ छ उनको। भन्छन्, ‘अक्सिजन दिने रूख पनि कालो देख्छु।’ 

मानिसले हाँस्ने क्षमता गुमाउँदै आयो। किन हाँसेको होला? भन्ने प्रश्न गर्ने बेला आयो। यस्तो सोच आउनुमा उनी मरिसकेको रूखको परिकल्पना गर्छन्। आफ्नै घर पनि कालो देख्छन् उनी। आफन्त गुमाएका मानिसको चिन्ता पनि उस्तै कालो भएको सोच्छन्। बाहिर जान नपाउँदाका कुण्ठा पनि कालो देख्छन् उनी। मानिस देखेर मानिस तर्सिनुपर्ने परिस्थिति उत्पन्नु हुनु आफैंमा भयावह ठान्छन् सागर। भन्छन्, ‘अहिलेको मनस्थिति त हरियोलाई हरियो देख्ने क्षमता छैन। कालो देखिन्छ।’

बालबालिका एकान्तवासले निराश छन्। उनीहरु नयाँ नयाँ रङसँग खेल्न सक्छन्। ती बच्चालाई रङहरुमार्फत खुसी राख्न के गर्न सकिन्छ भन्ने सोचिरहेका छन् सागर। भन्छन्, ‘यतिखेर बच्चाहरु जोगाउन कलाकारको भूमिका रङमार्फत हुन सक्छ। किन ड्रोइङ नबनाउने त!’

उनी साना केटाकेटीलाई चित्रमार्फत बोटबिरुवा लगाउन प्रेरित गर्न सकिने बताउँछन्। र रूखको बासनाको बयान रङहरुमार्फत बझाउन सकिने ठान्छन्। भन्छन्, ‘नयाँ पुस्तालाई अक्सिजनको स्रोत रूख हो भन्ने सिकाउन चित्रहरुको सहयोग लिन सक्छु सायद।’ 

अक्सिजन नपाएर मानिस मर्नुपरेको छ। तर मानिसले वास्तविक अक्सिजनको स्रोत हरियो वन तथा वातावरण हो भन्ने बिर्सिइरहेका छन्।

चित्र बनाउँदा उनले रूखको बासना सम्झिन्छन्। मिठो स्वाद। आँपको रूख आँपझैं बसाउँछ। त्यो झिनो आशा हो। आशाको किरण ठान्छन् सागर। भन्छन्, ‘म के सोचिरहेको छु। के देखिरहेको छु त्यो रङमा पोखिने हो। त्यो चित्रमा देखिने हो।’

अन्तिम सास रहुन्जेल मानिसभित्र बाँच्ने अभिलाषा हुन्छ। बाच्ने पाउने अधिकार भने समय, परिस्थिति र साधनस्रोत अभावले नखोसिदेला भन्न सकिन्न। कोरोना महामारी बीच हामी बेड अभाव, अक्सिजन अभाव, आर्थिक अभाव र राज्यको अभिभावकत्व अभावले मर्न परेको देख्छन् सागर। तैपनि मानिसमा क्षणिक आशाको किरण पक्कै देख्छ। यही आशा चित्रमा रङमार्फत् कतै न कतै पोखिरहेका छन् उनी। 

आफ्ना चित्रहरुमा मानिसले सिक्नुपर्ने पाठका रुपमा रङ संयोजन गर्छन् सागर। के गर्न हुँदोरहेछ के गर्न हुन्न रहेछ भन्ने पाठ कोरोनाले सिकाएको छ। उनी भन्छन्, ‘यो सिकाइ पनि हो। कलाकारको नाताले सोच्छु, किन नसिक्ने त!’

कोरोना महामारीको संकट अझै पार लागेको छैन। दिनप्रतिदिन मानिस मर्ने संख्या थपिएको छ। यस्ता विपत्तिबाट बच्न र महामारी नदोहोरियोस् भन्न खोज गर्नुपर्ने देख्छन् उनी रङहरुमा। भन्छन्, ‘म रङहरूमा जीवन खोज्छु। त्यसैले चित्रमा जीवनका आयाम उतार्छु।’ 

०००

लकडाउन हाम्रा लागि मात्रै किन असह्य भयो ?

कलाकार कुन्तिश्री थापाले पनि सन् २०२० को डिसेम्बरमा ‘मेरो व्यक्तिगत यात्रा’ नामक क्यानाभास तयार पारिन्। कोरोनाले विश्व आक्रान्त भइरहँदा कलाकार भने घरभित्र थुनिएको जनजीवन क्यानाभासमा रङमार्फत बुझाइरहेका छन्।

एक हातमा बेलुन लिएर हात्तीमा हिँडिरहेकी युवतीको स्वतन्त्र देख्न सकिन्छ। यसलाई कोरोनाअघिको समाजको चित्रण गर्न खोजेको बताउँछिन् उनी। भन्छिन्, ‘समाज हिजो निकै स्वतन्त्र थियो। खुसी थियो। तर कोरोनापछि हामी मोबाइलमा सीमित भएको चित्र अर्को प्यानलमा देखाउँछिन्। भन्छिन्, ‘हामी मुख छोपेर यन्त्रमा मुग्ध भएका छौं। हाम्रो स्वतन्त्रता कोरोनाजस्तो महामारी र मोबाइल दुनियाँले एकसरो बनाएको छ।’

विरोधाभासपूर्ण समाजको चित्रण गर्न खोज्छिन् उनी चित्रहरुमा। कृत्रिम र यान्त्रिक वस्तुहरुले मानिसको बुद्धिविवेकलाई नियन्त्रण गर्दै छ भन्ने खोज गर्छिन् उनी आफ्ना क्यानाभासमा। 

अक्सिजन नपाएर मानिस मर्नुपरेको छ। तर मानिसले वास्तविक अक्सिजनको स्रोत हरियो वन तथा वातावरण हो भन्ने बिर्सिइरहेका छन्। कृत्रिम संसारले मानवलाई प्रकतिबाट कसरी टाढाटाढा लैजाँदै छ भन्ने देखाउन खोजेको बताउँछिन् उनी। भन्छिन्, ‘हरियो बन बिर्सिनाले नै आज अक्सिजनका लागि भौंतारिनुपरेको छ। संकट पार लाउन सकेनौं।’

हात्ती प्रबुद्ध प्राणीका रुपमा चित्रित छ उनको चित्रमा। आफ्ना चित्र र रङहरुमा समाजले आफ्नो धरातल बिर्सिनाका कारण आएको समस्या खोज्छिन् उनी। 

त्यस्तै उनले बनाएको अर्को चित्रमा पात छन्। र एउटी बूढीआमै छिन्। जसलाई ‘मेरो आमाको कथा’ नाम दिएकी छिन्। यो चित्र बनाउँदा पहिला आमालाई सम्झिएकी थिइन्। चित्र कोर्नु अगाडि आमा कति ओझेलमा छिन् भन्ने प्रश्न जन्मिएको थियो। उत्तर उनले क्यानाभासमा देखाइन्। आमाको जीवनकाल कसरी अँध्यारो कोठामा बित्यो। कसरी छाया बनेर रह्यो। कहिल्यैसम्म एउटा भान्सा र भाँडाकुँडामा सीमित रह्यो। तर अहिले मानिस केही महिना घरभित्र बस्न नसकेर आत्तिएका छन्। कोरोना न्यूनीकरणका लागि लकडाउन लाग्यो। मानिस घरभित्र बस्न सरकारले लगायो। तर मानिस लकडाउन तोडेर बाहिरी संसारमा आउन खोजे। के एउटी आमा वर्षौंदेखि घरको भान्सामा सीमित रहँदा कसैले भन्यो? हिँड्नुस बाहिर जाऊँ।’

उनी आमाको एकोहोरो समय र वर्तमान अवस्थाको तुलना गरी समाजलाई बुझाउन चाहन्छिन्। अनवरत रुपमा आमालाई लागेको लकडाउन किन तोडिएन होला? आफैंसँग प्रश्न गर्छिन्। भन्छिन्, ‘लकडाउन हाम्रा लागि मात्रै किन असह्य भयो। अझ आमाका लागि कति भयो होला, के कहिल्यै सोच्यौं?’


प्रकाशित: June 1, 2021 | 01:26:00 काठमाडौं, मंगलबार, जेठ १८, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना