बुधबार, असोज १९, २०७९

पुलमुनि यसरी चल्दैछ सन्त्रास र संकटको जिन्दगी

राज सरगम  |  काठमाडौं, बिहीबार, जेठ १३, २०७८

राज सरगम

राज सरगम

बिहीबार, जेठ १३, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- बिजुली बजारस्थित धोबीखोलाको पुल आकर्षक र कलात्मक छ। धनुष आकारमा निर्मित पुल चौबिसै घण्टा व्यस्त रहन्छ। काठमाडौंलाई आधुनिक देखाउने पुलमाथि दैनिक हजारौं मानिस हिँड्छन्। त्यति नै मात्रामा सवारीसाधन गुड्छन्। पुलमुनि धोबीखोला बगिरहेको छ। फोहोरको डुंगुरमा कुकुरको कुस्ती चलिरहन्छ। धोबीखोला कोरिडोरमा गुड्ने हल्का सवारीसाधनको चाप त छँदै छ। त्यही भव्य पुलको ओत कसैका लागि सुन्दर घर हो भन्ने यथार्थचाहिँ कमैलाई मात्र थाहा होला! 

पुरानो सोफा जोडेर बिस्तरा हालिएको छ। मैलो डस्ना छ। कम्मल छ। सिरानी छ। जार, टिनको बाक्सा, बाल्टी, चुलो, भाँडाकुँडा, बस्ने मुडा, बेतको र्‍याक, टेबल, सिलौटो सामान छन्। यी सबै देख्दा लाग्छ– यो कुनै एउटा घरभित्रको कोठा हो।  गाडीको कम्पनले पुल थरथराउँछ। यही थरथराहट सुनेर पुलमुनि निदाउने बानी परिसकेको छ नौ तन्नेरीलाई। 

यी तन्नेरीको जीवनमा खासै अन्तर आएन। लोकतन्त्र, गणतन्त्र र संविधान आयो। उपत्यकाका धुलाम्मे सडक कालोपत्रे भए। कतिपय आन्दोलन र परिवर्तनका साक्षी भए  उनीहरु। 

एक परिवारजसरी बस्दै आएका यी नौजनाको कथा भने नवै प्रकारको छ। दुःख आफ्नै छन् र विगत पनि आआफ्नै। भविष्य के हो थाहा छैन तर अहिले एकै घरका नौ दाजुभाइ जसरी मिलेर बसेका छन्। दुई वर्षदेखि पुलमुनि बस्दै आएका यी तन्नेरी उपत्यकाका विभिन्न सडकमा हुर्किएका हुन्। सडकमा यिनीहरुले १४ देखि २० वर्ष बिताए। यी तन्नेरीको जीवनमा खासै अन्तर आएन। लोकतन्त्र, गणतन्त्र र संविधान आयो। उपत्यकाका धुलाम्मे सडक कालोपत्रे भए। कतिपय आन्दोलन र परिवर्तनका साक्षी भए यी युवा। 

परिवर्तनको आयामसँगै सडक बालकमा मुठे जुँगा आए पनि उनीहरुको दैनिकी फेरबदल आएन। उनीहरुलाई देशमा को प्रधानमन्त्री छन् भन्ने चासो छैन। बरु निषेध आदेशका समयमा भने भोकै पो मरिन्छ कि भन्ने चिन्ता छ। दैनिक खानाको जुगाड गर्न छटपटिनुपर्छ उनीहरुले। पछिल्लो दुई वर्षदेखि भाडा नतिरी बस्नुपर्दा यिनीहरू खुसी छन्। सुरेश चौधरी भन्छन्, ‘यो पनि जिन्दगी नै हो।’ 

झापाका २४ वर्षीय चौधरी पुलमुनि बस्न थालेको २ वर्ष भयो। उनले घर छोडेको भने १६ वर्ष भएछ। बालखै छँदा ट्रकमा झुन्डिएर राजधानी छिरेका चौधरीले काठमाडौंका गल्लीमा खाइखेली हुर्किए। कलंकीमा गाडीबाट झरेको १४ वर्षपछि मात्रै उनी यस पुलसम्म आइपगेका हुन्। 

समाजसेवी रोमश श्रेष्ठ र पत्रकार राजकुमार श्रेष्ठले तीन बोरा चामल, तेल, दाल उपलब्ध गराउँदा उनीहरु निकै खुसी थिए। बन्दका बेला यसरी सहयोग पाउँदा जीवन पाएको बताउने चौधरी भन्छन्, ‘अब एक महिना मज्जाले भात खाइन्छ।’ झापाका २४ वर्षीय चौधरी पुलमुनि बस्न थालेको २ वर्ष भयो। उनले घर छोडेको भने १६ वर्ष भएछ। बालखै छँदा ट्रकमा झुन्डिएर राजधानी छिरेका चौधरीले काठमाडौंका गल्लीमा खाइखेली हुर्किए। कलंकीमा गाडीबाट झरेको १४ वर्षपछि मात्रै उनी यस पुलसम्म आइपगेका हुन्। 

उनी भन्छन्, ‘बालखैमा भागेर आएको हुँ। अब घर फर्किन मन लाग्दैन।’ बाल्यकालभरि उनले सडकपेटीमा र पुलमुनि बिताए। सानोतिनो काम गरेर गुजारा गर्दै आइरहेका चौधरी पुललाई घर ठान्छन्, ‘दुई वर्ष भयो यहाँ बस्न थालेको। पुल बनेपछि घर बनेजस्तो भएको छ हामीलाई।’

चौधरीको झापामा बाआमा, तीन दाजु, एक बहिनी छन्। बुवा माइला चौधरी र आमा कुमारी लिम्बुको नाम थाहा भए पनि अन्य सदस्यको नाम भने उनले बिर्सिसके। घर जाने बाटो पनि थाहा छैन। परिवारको माया पनि छैन उनलाई। आजसम्म उनलाई खोज्दै यो सहरमा आफन्त आएझैं लाग्दैन। त्यसैले कहिल्यै उनी परिवार खोजेर गाउँ फर्किएनन्। 

आश्रमबाट निस्किएर उनी गौशाला र पशुपति आसपास डुल्थे। उनले बडी समय डिल्लीबजार, पुतलीसडक र कोटेश्वर बिताए। उनले मागेर पनि खाए र कवाड पनि उठाए। ‘सडक बालबालिका थियौं अब ठूलो भइयो। तर जिन्दगी जहाँको त्यहीँ छ’, आफ्नो हुलिया देखाउँदै भन्छन् सुरेश। 

दुई पटक डिल्लीबजारको एक बालआश्रमले उनलाई लिएर नगएको होइन। तर उनले त्यहाँ स्वतन्त्रता पाएनन्। त्यहाँको अनुशासनले उनलाई बेचैनी बनायो। साँघुरो जिन्दगीलाई त्यागेर उनी सडकतिरै फर्किए। भन्छन्, ‘आश्रममा बस्नै सकिनँ। यहाँ साथीहरु छन्। मन लागेको चिज खान पाइन्छ। आश्रममा पाइन्न।’

आश्रमबाट निस्किएर उनी गौशाला र पशुपति आसपास डुल्थे। उनले बडी समय डिल्लीबजार, पुतलीसडक र कोटेश्वर बिताए। उनले मागेर पनि खाए र कवाड पनि उठाए। ‘सडक बालबालिका थियौं अब ठूलो भइयो। तर जिन्दगी जहाँको त्यहीँ छ’, आफ्नो हुलिया देखाउँदै भन्छन् सुरेश। 

उनका साथी हुन् सर्लाहीका मान गुप्ता। २८ वर्षीय गुप्तासँग सुरेशको भेट चार वर्षअगाडि कोटेश्वरमा भएको थियो। एक वर्ष जति दुवै जनाले हाउसपेन्ट पनि गरे। जब कोराना नियन्त्रणका लागि लकडाउन लाग्यो त्यसपछि खाली भए। 

‘पुलमुनि बसे पनि काम गरिन्थ्यो। तर लकडाउनपछि त त्यही फुटकर काम पनि गुम्यो’, गुप्ता भन्छन्। लकडाउनका कारण काम गुमेपछि बढी समय पुलमुनि देखिन थालेको बताउँछन् गुप्ता। लकडाउन अगाडि साँझ मात्रै फर्किने गरेका यी युवा लकडाउनपछि हरेक समय पुलमुनि देखिन्छन्। गुप्तालाई आफ्नो गाउँको नामसमेत याद छैन। भन्छन्, ‘गाउँघरको सम्झना धमिलो भइसक्यो।’  

यी युवामध्ये सुरेश र गुप्ता आफूभन्दा जेठालाई सम्मानका साथ दाइ सम्बोधन गर्छन्। जयराम दाइ, बानियाँ दाइ, कुमार दाइ, प्रेम दाइ र नारायण दाइ उनीहरुसँग बस्दै आइरहेका छन्। कतिपयको त थर पनि थाहा छैन सुरेशलाई। उनी भन्छन्, ‘पुलमुनि आएर बस्नेको के घर होला र आफूजस्तै लागेर घर सोधेको छैन।’

जिन्दगीमा उनले धेरैवटा पुलमुनि बसे। कहिले चाबहिलको पुल कहिले सेतो पुल, कहिले बागमतीको पुल, कहिले नयाँ बसपार्कको विष्णुमतीको पुलमा बसेर युवा भएका हुन् उनी। भन्छन्, ‘घामपानी छेक्ने यत्तिको पुल भए जिन्दगी कसो नबाँचिएला!’

धादिङ स्थायी घर भएका नारायण २६ वर्षका भए। चिम्सा आँखा भएका नारायण घर नफर्किएको १५ वर्ष भयो। उनलाई घर फर्किन मन लाग्दैन। बाउआमा मरे कि बाँचे केही थाहा छैन। काठमाडौंका बालआश्रम र सडकमा हुर्किएका थिए उनी पनि। 

जिन्दगीमा उनले धेरैवटा पुलमुनि बसे। कहिले चाबहिलको पुल कहिले सेतो पुल, कहिले बागमतीको पुल, कहिले नयाँ बसपार्कको विष्णुमतीको पुलमा बसेर युवा भएका हुन् उनी। भन्छन्, ‘घामपानी छेक्ने यत्तिको पुल भए जिन्दगी कसो नबाँचिएला!’

सहरको भीडमा पुलमुनि बस्नेलाई चिन्न जरुरी ठान्दैनन् सुकिलामुकिला। चिने पनि नचिनेझैं गरिदिन्छन्। तर यो लकडाउनले भित्र्याएका सुनसान समयमा पुलमुनिको चहलपहल देखेर हिँडिरहेका मान्छे पनि टक्क अडिन्छन्। एकफेर नियाल्छन्। र पुलमुनिको घर देखेर आश्चर्यमा पर्छन्। 

ललितपुर लेले घर बताउने २७ वर्षीय राजकुमार ताेलांगे चैनले सुतिरहेका थिए। ‘यहाँ निद्रा लाग्छ?’ ‘ती घरमा भन्दा यहाँ निद्रा आउँछ’, उनी सहरका अग्ला घरतिर देखाएर भन्छन्। उनको बाल्यकाल पनि बालकुमारी पुलमुनि नै हुर्किएको थियो। 

यी नौ युवा एकअर्कालाई सम्मान गर्छन्। गज्जब सद्भाव छ यिनीहरुमा। झगडा गर्दैनन्। तर बाहिरको कोही आए एक हुन्छन्  ‘बाहिरका केटाहरु आउँछन् झगडा गर्न, तर हामी एकजुट हुन्छौं’, तोलांगे भन्छन्।

उनी केही वर्ष असन बजारमा भरिया भए। तर जिन्दगीको गुजाराका खातिर उनले सहरमा अनेक ठक्कर खाए। त्योभन्दा बढी उनले हरेश खाए। त्यसपछि बोरीबिस्तारा बोकेर यो पुलमुनि आए। यहाँ उनी खुसी छन्। ‘यहाँ मजस्तै छन्। त्यसैले खुसी छु’ राजकुमार भन्छन्, ‘पहिला टिनका टहरामा बस्थ्यौं, लकडाउनपछि पुलमुनि आएका हौं।’ 

यी नौ युवा एकअर्कालाई सम्मान गर्छन्। गज्जब सद्भाव छ यिनीहरुमा। झगडा गर्दैनन्। तर बाहिरको कोही आए एक हुन्छन्  ‘बाहिरका केटाहरु आउँछन् झगडा गर्न, तर हामी एकजुट हुन्छौं’, तोलांगे भन्छन्। पुलमुनिबाट लखेट्न केही ट्यापे गुन्डा पनि नआएका होइनन्। तर उनीहरु एक भएर प्रतिकार गर्छन्। 

पुलमुनि बिहानबेलुका चुलोमा धुवाँ पुत्याउँछ। खाना पाक्छ। खाना सबैजना मिलेर बनाउँछन्। मिलेर भाँडा माझ्छन्। मिलीजुली सुत्ने कोसिस गर्छन्। कहिलेकाहीं दाउरा बालेर पनि भाता पकाउँछन् उनीहरु।

नागढुंगा घर भएका २२ वर्षीय सुजन थापा पनि यहीं बस्छन्। घर नजिक भए पनि उनी फर्किएका छैनन् घर। भन्छन्, ‘घर फर्किए आफ्नो बानीका मान्छे भेटिन्न त्यसैले यहाँ रमाइलो लाग्छ।’ उनले बसमा खलासी पनि गरे। बानेश्वरको एक होटलमा भाँडा माझे । अलि ठूलो भएपछि उनी वेल्डिङको काम गर्न थाले। जब काम ठप्प भयो। उनले टिनको टहरो छोडेर आए। भन्छन्, ‘यहाँ बस्दा भाडा माग्ने घरबेटी आउँदैनन्।’

सुजनका आँखा राता थिए। उनको हातमा धुवाँ पुत्याइरहेको चुरोट थियो।  ‘केटो झ्याप छ’, सुजनलाई हेरेर अर्को तन्नेरी फतफताउँछन्। सुजन भा’छैन यार’ भन्दै परपर हेर्छन्। 

दालभात खाँदै आएका युवा काम गुमेपछि माछामासु खान नपाएको सुनाउँछन्। अघिपछि दैनिक काममा जाने यी युवासँग अचेल चुरोट पिउने पैसा पनि छैन।  ‘चुरोट छ भने दिनुस् सर’, सुजन भनिहाल्छन्। हामी पिउँदैनौ भन्छन् मित्र राजकुमार।  

रमेश भने अपांग छन्। खुट्टामा क्यान्सर भएको बताउँछन् उनी। क्यान्सर कसरी लाग्यो भन्दा उनी बोल्दैनन्। आफ्ना कुरा खोल्न नचाहेका रमेशले विगत पाँच वर्षदेखि माग्दै आएका छन्। रमेशका लागि यो लकडाउन अभिशाप भएको छ। भन्छन्, ‘लकडाउन त हाम्रा लागि श्रापजस्तो भयो। यस्तो बन्दमा कहाँ माग्न जाने?’

दालभात खाँदै आएका युवा काम गुमेपछि माछामासु खान नपाएको सुनाउँछन्। अघिपछि दैनिक काममा जाने यी युवासँग अचेल चुरोट पिउने पैसा पनि छैन।  ‘चुरोट छ भने दिनुस् सर’, सुजन भनिहाल्छन्। हामी पिउँदैनौ भन्छन् मित्र राजकुमार।  

हरेक साँझ अनामनगर, थापाथली र नयाँ बानेश्वरका पुलिस पनि आइपुग्छन्। केही न केही सोध्ने गरेको बताउँछन्। चौधरी भन्छन्, ‘गाजा खाएका छन् कि भनेर आउँछन् पुलिसहरु, तर बन्दका बेला कहाँ पाउनु गाँजा, होइन त सर?’ 
साथीहरु खिस्स हाँस्छन्। 

प्रहरी आएका बेला निकै मिलेर बसेको बताउँछन् उनीहरु। हामीले चोरेर केही सामान ल्यायौं कि भन्ने शंका गरेर सोधपुछ पनि गर्ने गरेको बताउँछन् सुजन। भन्छन्, ‘खालि शंका गर्छन्। पुलिससँग के लफडा गर्ने है सर!’ 

मास्क लगाएर कुरा गर्नु न भन्छु सुजनलाई।  ‘मास्क लगा भन्छन् पुलिस, तर कसले दिने मास्क?’ सुजन भन्छन् र खल्तीबाट मैलो मास्क निकालेर देखाउँछन्। मित्र राजकुमार श्रेष्ठ झोलाबाट एउटा मास्क निकालेर दिन्छन्। सुजन पुरानो मास्क फाल्दै भन्छन्, ‘एक हप्तादेखि यही मास्क लगाइरहें। मास्क किन्ने पैसा नि छैन यार!’ 

सँगै सुत्न डराउँछन् उनीहरु। दोस्रोपटक लागेको निषेध आदेशपछि एकल सुत्न थालेको बताउँछन् मान। भन्छन्, ‘कोरोनाको डरले हामी अलगअलग सुत्छौं।’ ‘कहाँ सुत्ने, कोरोना सर्‍यो भने। मान्छे कति धेरै मरिरा’छन्’, उनको स्वरमा सुजनको स्वर पनि थपिन्छ। 

प्रहरीले मास्क लगाएनन् भनेर दुई तन्नेरीलाई क्वारेन्टिन पनि लगेको बताउँछन् सुजन। त्यहाँबाट मास्क दिएर पठाउँछ। तर एउटा मास्क कतिन्जेल चल्थ्यो र?  ‘हामलाई पनि कोरोनाको डर छ नि!’ नारायण तिलांगे भन्छन्। तर रोगबाट मात्रै बचेर जीवन चल्दोरहेनछ। जीवन धन्न अन्न चाहिने कुरा सुनाउँछन् नारायण। भन्छन्, ‘हाम्रा लागि त भोक पनि रोग हो।’ 

पुलमुनि अलगअलग बिस्तरा छ। सँगै सुत्न डराउँछन् उनीहरु। दोस्रोपटक लागेको निषेध आदेशपछि एकल सुत्न थालेको बताउँछन् मान। भन्छन्, ‘कोरोनाको डरले हामी अलगअलग सुत्छौं।’ ‘कहाँ सुत्ने, कोरोना सर्‍यो भने। मान्छे कति धेरै मरिरा’छन्’, उनको स्वरमा सुजनको स्वर पनि थपिन्छ। 

अन्तिममा छुटिने बेला सुरेश चौधरीले भने, ‘यो चामल नसकिँदै लकडाउन खुले हुन्थ्यो है सर? सहर नडुलेको धेरै भइसक्यो।’
सबैलाई सहरको न्यास्रो लागेको छ यतिखेर।

तस्बिरहरू : दिनेश श्रेष्ठ


प्रकाशित: May 27, 2021 | 09:35:00 काठमाडौं, बिहीबार, जेठ १३, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना