मंगलबार, असोज ११, २०७९

नेपाली ब्रान्ड बन्न सक्छ ‘च्युरीको मह’

महेश्वर आचार्य  |  काठमाडौं, सोमबार, जेठ १०, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

सोमबार, जेठ १०, २०७८, काठमाडौं

नेपाल समय

कृषिमा आश्रित ३८ लाख किसान परिवारमा ४ हजारले मात्र मौरीपालन गर्छन्। त्यसको दायरा बढाउँदा स्वदेशी पुँजी संरक्षण र आर्थिक विकास हुने एउटा आधार बन्छ।

काठमाडौं– नेपाली उपभोक्ताले स्वदेशीभन्दा विदेशी मह बढी खपत गर्छन्। पर्याप्त सम्भावना रहे पनि मौरीपालनको क्षेत्र विस्तार गर्न नसक्दा कमै मात्र मह उत्पादन हुँदै आएको छ। मौरीपालनमा चिउरी पनि समावेश गर्ने हो भने उत्पादन र ब्रान्ड दुवै बढ्ने देखिन्छ। नेपालमा मौरीपालन मुख्यतः तोरीमा केन्द्रित छ। त्यसैले त तोरी बढी उत्पादन हुने चितवनलाई मौरी पकेट क्षेत्र मानिएको छ। फापर उत्पादने क्षेत्र, तराईका आँप र लिची बगान मौरी चराउने अन्य ठाउँ हुन्। विकल्पका रूपमा रुदिलो तथा अन्य जंगली फूलमा पनि मोरी चराउने गरिएको छ। 

विज्ञहरु देशका अधिकांश स्थानमा पाइने च्युरीमा मौरीपालनको केही अंश केन्द्रित गर्न सकेमा उत्पादन बढ्न सक्ने बताउँछन्।  केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा ३८ लाख घरपरिवार कृषिमा आश्रित छन्। तीमध्ये करिब चार हजार किसान मौरी पालनमा संलग्न रहेको कृषि मन्त्रालयअन्तर्गतको व्यावसायिक किट विकास केन्द्रको तथ्यांक छ। तीन दशकदेखि मौरीपालनमा संलग्न पवन सत्यालका अनुसार नेपालमा करिब २५ हजार मौरीका घार छन्। क्षमता १ लाख २५ हजार घार थेग्न सक्नेछ। 

अर्थशास्त्री गेहेन्द्रप्रसाद दाहाल भन्छन्,  ‘नेपालका अधिकांश स्थानमा पाइने च्युरीमा मौरीपालनको केही अंश केन्द्रित गर्न सकियो भने त यो उत्पादन बढाउन थप सहज हुन्छ।’ आयातित महलाई नेपाली महले प्रतिस्थापन गर्न नसकेको व्यवसायी बताउँछन्। तर उत्पादन बढाउने हो भने नेपाली बजारमै स्वदेशी मह खपत हुने उनीहरुको भनाइ छ। सत्याल भन्छन्, ‘मागभन्दा उत्पादन कम भएकाले विदेशी महलाई प्रतिस्थान गर्न केही समय लाग्छ। उत्पादन बढाउन सकिए नेपाली बजारमै स्वदेशी मह खपत हुन्छ।’ 

च्युरीको रुख (क), फल लागेको अवस्था (ख), चिचिला (ग),।

मह उत्पादन कसरी बढाउने त? सत्याल भन्छन्, ‘च्युरीको मह उत्पादन गर्न सकियो भने देशलाई नाम र दाम दुवै हुन्छ।’ भित्री मेधस र तराईका जिल्लामा मौरीपालनका लागि तोरीखेती अति उपयोगी भएजस्तै पहाडी क्षेत्रमा मौरी चरनका लागि च्युरीको बोट प्रभावकारी बन्ने उनको भनाइ छ। 

राज्यको ध्यान कृषि विकासका यस्ता सम्भावनातिर केन्द्रित हुन नसकेको कृषि क्षेत्रका जानकारहरू बताउँछन्। व्यावसायिक कीट विकास केन्द्रका प्रमुख तीर्थकुमार श्रेष्ठ नेपालमा मौरीपालनको ठूलो सम्भावना भए पनि राज्यको प्राथमिकतामा पर्न नकेको टिप्पणी गर्छन्। ‘मौरीपालन केन्द्रले मौरीपालन र औजार निर्माणसम्बधी तालिम दिँदै आएको छ,’ श्रेष्ठ भन्छन्, ‘किसानलाई आवश्यक अन्य प्राविधिक सहयोग पनि केन्द्रले दिँदै आएको छ।’

उनका अनुसार केही किसानले सीमित मात्रामा च्युरीको मह उत्पादन गर्दै आए पनि ब्रान्ड बनाउने गरी नेपालमा काम हुन सकेको छैन।
‘केही व्यावसायीले आफ्नै पहलमा जापान, दुबईलगायत मुलुकमा थोरै मात्रामा मह निर्यात गर्दै आएका छन्,’ श्रेष्ठ भन्छन्, ‘ब्रान्ड र प्रोडक्ट स्पेसिफिक हुने अवस्था छैन।’

राम्रो मह संकलन हुन सक्यो भने च्युरीको मह निर्यात गर्न कठिनाइ नहुने बताउँछन् छ मह व्यावसायी। ‘प्रमाणीकरणका लागि प्रयोगशाला तथा विज्ञ जुटाउन सरकारले सहयोग गर्नुपर्छ,’ सत्याल भन्छन्, ‘त्यस्तै च्युरी वनमा चरण, संकलन र प्रवद्र्धन गर्न सामूहिक रुपमा गर्नुपर्छ एक वा दुई जनाले मात्र सम्भव छैन।’

मौरी व्यवसायी पवन सत्याल

नेपालमा पाइने तीन प्रजातिका च्युरी तीन भिन्नाभिन्नै समयमा फुल्ने हुँदा चरणको समय पनि लामो रहने कीट विकास केन्द्र प्रमुख श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘पहिलो प्रजाति जेठमा फूल लाग्छ, दोस्रो प्रजातिमा असारदेखि साउन मध्यसम्म फूल फुल्छ भने तेस्रो प्रजातिमा भदौमा।’

च्युरी फूल्ने सामुदायिक तथा राष्ट्रिय वनमा बाहिरका मौरीलाई निषेध गर्ने स्थानीयको अल्पसोच रहेको उनको दुःखेसो छ। ‘च्युरी हुने क्षेत्रलाई खण्ड–खण्डमा विभाजन गरेर क्षेत्रको क्षमता हेरीकन मौरी चरण गर्न दिनुपर्नेमा स्थानीय टाढाबाठाले आफ्नो सय घार मौरीलाई चरण पुग्दैन भनेर हजार घार मौरी पुग्ने फूलमा जान नदिएको अवस्था छ,’ सत्याल भन्छन्, ‘यस्ता समस्या समाधान गर्नुपर्छ।’

थन्कियो मह निर्यात योजना 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७० सालमै मह निर्यातका लागि अवशेष अनुगमन योजनाको मस्यौदा तयार पारको थियो।केही युरोपेली मुलुकले नेपाली महमा चासो दिएपछि निर्यात सहजीकरण र व्यवस्थित गर्न सो मस्यौदा तयार पारिएको हो। तर, संघीयता लागू भएर कार्यालय केन्द्र, प्रदेश र स्थानीय तहमा बाँडिएपछि मस्यौदा अलपत्र छ।

सन् २००४ तिर थोरै मात्रामा नेपाली मह विदेश निर्यात हुने गरेको थियो। युरोपमा वस्तु निर्यात गर्दा मापदण्ड अपनाउनुपर्ने भएपछि निर्यात ठप्प भएको व्यावसायी बताउँछन्। च्युरीको ब्रान्ड बनाएर मह उत्पादन गर्ने हो भने यसको उत्पादन र बजार अभाव नहुने पनि व्यावसायीको मत छ।

नेपालमा मात्र हुने वस्तुको बजारीकरणमा सहयोग पुग्ने धारणा विज्ञको छ। ‘विश्व बजारमा बिक्नका लागि केही न केही विशेषता हुनैपर्छ,’ अर्थशास्त्री दाहाल भन्छन्, ‘नेपालमा हुने मेडिसिनल भ्यालु भएका वनस्पतिका उत्पादन निश्चय नै हाम्रा विशेषता हुन्।’ प्राध्यापक दाहालका अनुसार नेपालमा मात्र पाइने चिजवस्तुले अन्य त्यस्ता वस्तुसँग प्रतिस्पर्धा गर्नु नपर्ने भएपछि तिनको मूल्य पनि आफैंले तोक्न सकिन्छ। 

‘नेपाललाई निर्यात गर्न सहज हुने वस्तु हिमाली उत्पादन हुन्,’ दाहाल भन्छन्, ‘गुणस्तरमा एकरूपता ल्याउने हो भने चिया, कफीजस्तै च्युरीको मह पनि नेपालको एउटा ब्रान्ड बन्न सक्छ।’ 

के हो च्युरी?

च्युरी नेपालको रैथाने वनस्पति प्रजाति हो। रुखमा फल लाग्ने च्युरीलाई औषधि वा विषादी हाल्नु पर्दैन। यसको वैज्ञानिक नाम डिप्लोकेनिमा बुटरेसिया हो। यो सोपोटसियाई वनस्पति परिवारमा पर्छ। यसलाई अंग्रेजीमा ‘बटर ट्री’ भनिन्छ। च्युरी समुद्री सतहबाट २ सय देखि १५ सय मिटरसम्मका भीरपाखा, नदी किनार तथा खोचमा हुन्छ। च्युरीको रुख १५ देखि २० मिटरसम्म अग्लो हुन्छ।

सिमल, मालु लहरा, धयरो, सल्लो, टुनी हुने घामलाग्ने पाखाको ओसिलो माटोमा च्युरी हुर्कने गर्छ। ‘नेपालको पूर्वदेखि पश्चिमी क्षेत्रसम्मकै वातारण र भूवनोट च्युरीका लागि उपयुक्त छ,’ वन अनुसन्धानकर्मी दीपक अर्याल भन्छन्, ‘हाल मध्य र सुदूरपश्चिम क्षेत्रमा च्युरीका वन बढी देखिएका छन्।’

वन अनुसन्धानका क्रममा देशका ७७ जिल्ला पुगिसकेका अर्यालका अनुसार च्युरीको बिरुवाबाट उत्पादन लिन बोट कम्तीमा १० वर्षको हुनुपर्छ। ‘च्युरीको मह मात्र होइन, घिउ तथा अन्य उत्पादन पनि लिन सकिन्छ,’ अर्याल भन्छन्, ‘त्यसका लगि च्युरीका बिरुवा वितरण पनि व्यापक बनाउनुपर्छ।’

चिउरी फल

हल्का पहेंलो रङको फूल हुने च्युरी असोज कात्तिकदेखि माघसम्म फुल्छ। फागुनदेखि असारसम्म फल लाग्छ। फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ। फलभित्र १ देखि ३ वटासम्म बिजुला हुन्छन्। एक बोट च्युरीबाट ६० देखि ७० किलोसम्म बिजुला निस्कन्छ।
‘च्युरीको स्याउला गाईबस्तुले खान्छन् भने पात दुना, टपरी बनाउन पनि यसको पातको उपयोग हुन्छ,’ अर्याल भन्छन्, ‘च्युरीको घ्यू पकवान पकाउन प्रयोग गरिन्छ भने खुट्टा फुटेको ठाउँमा लगाउन, अनुहारको दाग हटाउन पनि प्रयोग गरिन्छ।’ 

च्युरीको घिउ, साबुन र मैनबत्ती बनाउन तथा च्युरीको पिना जैविक मल र कीटनाशकका रुपमा उपयोग हुने अर्याल बताउँछन्। च्युरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ। यसको फल सीधै खाए पनि हुन्छ र यसबाट जुस, जाम बनाउने गरिन्छ।


प्रकाशित: May 24, 2021 | 06:44:00 काठमाडौं, सोमबार, जेठ १०, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

नाका नखुल्दा तिब्बतको च्याङ्‍ग्रा भित्रिन सकेन

व्यवसायीले मुस्ताङका च्याङ्‍ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्‍ग्रा आइपुगेका हुन्। व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दसैंमा च्याङ्‍ग्रा भित्र्याउँछन्। दसैँमा च्याङ्‍ग्राको माग उच्च हुन्छ।
नेपाल समय
समाज

शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई समस्या

किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन्।
नेपाल समय
समाज

सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ।
नेपाल समय
समाज

सात वर्षपछि मनकामना मन्दिर परिसरको सत्तल पुनर्निर्माण गरिँदै

वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले क्षति पुगेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ।
नेपाल समय
समाज

कस्तो रहला आजको मौसम?

मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना