बिहीबार, असोज २०, २०७९

गौतम बुद्धको मावली प्रमाणित गर्ने शुक्रसागर 

महेश्वर आचार्य  |  काठमाडौं, मंगलबार, जेठ ४, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

मंगलबार, जेठ ४, २०७८, काठमाडौं

नेपाल समय

शुक्रसागर श्रेष्ठ रामग्राम उत्खनन्, मुस्ताङ कालीगण्डकी क्षेत्रको मानव गुफा अन्वेषण र धादिङ सल्यानटारको अध्येता हुन्। कीर्तिपुर सहरको अन्वेषण तथा काठमाडौं उपत्यकाका कला तथा वास्तुकला ज्ञाता थिए उनी। मुस्ताङ गुफाको उत्खनन्मा श्रेष्ठ जर्मन टोलीसँग सहभागी थिए भने श्रेष्ठकै नेतृत्वमा रामग्राम उत्खनन भएको थियो। गौतम बुद्धको मावली विवादकाे निरुपण पनि श्रेष्ठबाटै भएकाे हाे। 

‘पुरातत्त्वविद् बाबुकृष्ण रिजालले नवलपरासीको दक्षिण झरही नदीको किनारमा रहेको थुम्कोलाई बुद्धको मावली रामग्राम भएको बताए पनि त्यसलाई प्रमाणित गर्ने काम शुक्रसागर श्रेष्ठले नै गरेका हुन्,’ श्रेष्ठका सहपाठीसमेत रहेका प्राध्यापक जगमान गुरुङ भन्छन्। शुक्रसागर संस्कृत, प्राचीन लिपि, कला र वास्तुकलाका ज्ञाता थिए। गुरुङ भन्छन्, ‘नेपालमा उनकै दाँजोका अर्का विज्ञ पाउन मुस्किल छ। संस्कृत, प्राचीन लिपि, कला र वास्तुकलाका क्षेत्रमा उनीजस्ता हस्ती जन्मन गाह्रो छ।’

पुरातत्त्व विभागका अपवाद

इतिहासकार महेशराज पन्त शुक्रसागर श्रेष्ठलाई पुरातत्त्व विभागमा भएका एक ‘अपवाद व्यक्तित्व’ का रूपमा स्मरण गर्छन्। ‘उनी पुरातत्त्व विभागमा भएका एक ‘अवपाद प्रबुद्ध’ थिए,’ पन्त भन्छन्, ‘उनले गरेका केही अन्वेषण साँच्चै प्रशंसालायक छ। अन्वेशष र आफ्नो अनुभूति मिश्रित उनी लिखित ‘नेपालको ममीभूत’ लेखले पनि सो कुरा पुष्टि हुन्छ।’

पन्त शुक्रसागरका केही लेख भने भावावेशमा लेखिएका र तथ्यभन्दा पर रहेको बताउँछन्। कीर्तिपुरमा नाक काटिएको प्रसंग तथा पछिल्लो समय उनी लिखित हमला तथा कामकला बारेको लेख भने प्राज्ञिक तहको नभएको पन्तको ठम्याइ छ। ‘मैले यसबारे खण्डन प्रकाशित गरिसकेको छु,’ पन्त भन्छन्।

भूकम्पले क्षति भएको मन्दिरको काष्ठकलाबारे जानकारी गराउँदै शुक्रसागर श्रेष्ठ। तस्बिर : सुनिल डंगोल

कनुै बेलाका श्रेष्ठका सहकर्मी त्रिवि संस्कृति विभागका प्रमुख प्राध्यापक मदनकुमार रिमालका अनुसार श्रेष्ठ ‘पक्का पुरातत्त्वविद्’ हुन्। ‘आफूले खोजेका विषयमा गम्भीर अध्ययन गर्ने र कुरोको चुरोसम्म पुग्न चाहिने धैर्य र मिहिनेत गर्ने प्रवृत्ति शुक्रसागरमा थियो। उहाँले कहिल्यै सतही कुरा र काम गर्नुभएन,’ रिमाल सम्झन्छन्।

रिमाल श्रेष्ठलाई ‘एक्ला वृहस्पतीझैं भीडभाड र सतही चियोचर्चाबाट टाढा रहने’ तथा ‘अध्ययनशील अन्वेषक’ का रूपमा चिन्न सकिने बताउँछन्। दिवंगत भइसकेका त्रिवि संस्कृति विभागका पूर्वप्रमुख एवं प्राध्यापक मुकुन्दराज अर्यालले श्रेष्ठबारे भनेका थिए, ‘मैले ७४ वर्षको उमेरसम्ममा देखेका अतिकम इमानदार र निष्ठावान् मान्छेमध्येका एक हुन्, शुक्रसागर।’

सादगी जीवन

श्रेष्ठ केही समय पुरातत्त्व विभागको कामु निर्देशक भए। त्यति बेला पनि उनले सरकारी सुविधाको गाडी प्रयोग गरेनन्। आफ्नै साइकलमा कीर्तिपुर–सिंहदरबार ओहोरदोहोर गर्थे।  उनी भन्थे रे– ‘अब केही समयमै अवकाश लिन्छु। त्यति बेला यो गाडी पाइने होइन। बेकारमा किन बानी बिगार्नु आफ्नै साइकल छँदै छ नि!’

पद पाउन मरिहत्ते गर्ने व्यक्ति धेरै हुन्छन्। आफूले काम गरेको संस्थाको उच्च तहमा पुगेर संस्था हाँक्ने हुटहुटी धेरैलाई हुन्छ। तर त्यो मामिलामा श्रेष्ठ अपवाद रहे। श्रेष्ठले पुरातत्त्व विभागको निर्देशक हुने बेलामा स्वेच्छिक अवकाश लिएका थिए। उनलाई मन्त्रालय र सचिवसँगको कागजी रस्साकस्सीमा पर्नु थिएन। खोजअनुसन्धानमाम केन्द्रित हुनु थियो।

सरकारी सेवाबाट अवकाश पाएपछि उनी खोज–अनुसन्धानमा सक्रिय भए। ‘अवकाशपछि पनि विभागका लागि धेरै काम गर्नुभएको थियो,’ पुरातत्त्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहालले स्मरण गर्छन्, ‘उहाँ ब्राह्मी, लिच्छविकालीन र मल्लकालीन लिपिका ज्ञाता हुनुहुन्थ्यो।’

मन्दिरको टुँडालबारे अनुसन्धानमा व्यस्त शुक्रसागर श्रेष्ठ। तस्बिर : सुनिल डंगोल

श्रेष्ठ उत्खनन्का काममा फिल्डैमा उत्रेर ज्यामीझैं घोटिने गर्थे। ‘काम गर्दा टोलीको एक सदस्यका रुपमा आफू पनि फिल्डमा भिडेर काम गर्ने उहाँको बानी थियो,’ विभागका फोेटोग्राफर सुनिल डंगोल भन्छन्। ‘उहाँले कहिल्यै पनि विभेद र दूरी राख्नु भएन,’ डंगोल स्मरण गर्छन्, ‘जुनियर स्टाफलाई पनि काम सिकाउने, प्रोत्साहन गर्नुहुन्थ्यो।’

विभागअन्तर्गतको हुनमानढोका दरबार संग्रहालय तथा हेरचाह अड्डाका प्रमुख सन्दीप खनाल श्रेष्ठलाई पुरातत्त्व अध्ययनका एक धरोहर मान्छन्। ‘नवलपरासीको चुरे क्षेत्रको जंगलमा प्रागैतिहासिक मानव अस्तित्वको अध्ययन गर्ने क्रममा उहाँसँग पुरातत्त्वबारे धेरै कुरा जान्न सिक्न पाइएको थियो,’ खनाल भन्छन्, ‘उहाँ पुरातत्त्व अध्ययनका एक धरोहर हुनुहुन्थ्यो। उहाँको अभाव ऐतिहासिक अनुसन्धानका लागि अपूरणीय क्षति हो।’

फोटोग्राफर शुक्रसागर 

‘रिल फोटोको जमानामा आफूले खिचेको फोटो आफैं बनाउने उहाँ राम्रो फोटोग्राफर र डेभलपर पनि हुनुहुन्थ्यो,’ फोटोग्राफर दीपेन्द्र वज्राचार्यको भनाइ छ।

शुक्रसागर हिमालका पनि ज्ञाता थिए। ‘उहाँ हिमालको टुप्पो देखेरै त्यसको नाम भन्नुहुन्थ्थ्यो। कीर्तिपुरको डाँडाबाट सगरमाथा देखिन्छ भनेर देखाइदिने पनि गर्नुहुन्थ्यो,’ वज्राचार्य भन्छन्, ‘उहाँले ककनी, चन्द्रागिरि, चोभार र नगरकोटबाट देखिएको हिमालको तस्बिरमाथि स्केच कोरेर हिमालयन प्रोफाइल तयार गरी प्रकाशित गर्नुभएको थियो।’

श्रेष्ठका प्रकाशित कृति

हनुमानढोका दरबार क्षेत्र, कीर्तिपुर सहरको विस्तृत अन्वेषण तथा धेरै ऐतिहासिक सहरको कला तथा वास्तुकलाको अध्ययन गरेका श्रेष्ठका प्रकाशित पुस्तकमध्ये केही ‘कीर्तिपुरको सांस्कृतिक र पुरातात्त्विक इतिहास’, विदेशी लेखकसँगको सहलेखनमा श्रेष्ठको ‘स्ट्रिट स्राइन अफ कीर्तिपुर’ (कीर्तिपुरका बाटाका मन्दिर), ‘जरुँहिटी’ (ढुंगेधारा) छन्।

जीवनको उत्तरार्धमा उनी काठमाडौंका मन्दिरका टुँडालमा कुँदिएका ‘काम कला’ बारे अध्ययनमा लागिपरेका थिए। ‘भारतवर्षका वात्सायनको समयभन्दा पुराना कामकलाका मूर्ति भेटिएको उनले बताएका थिए,’ वज्राचार्यले भन्छन्।

उनका अप्रकाशित कृतिमा ‘माउन्ट एभरेस्ट’ एक हो। पुरातत्त्व विषयको जर्नल ‘प्राचीन नेपाल’ का सम्पादक श्रेष्ठका कयौं अनुसन्धानमूलक लेखसमेत प्रकाशित छन्।

त्रिवि केन्द्रीय संस्कृति विभागका पूर्व-प्रमुख प्रा. मुकुन्दराज अर्यालसँग शुक्रसागर श्रेष्ठ। तस्बिर : सुनिल डंगोल

सुगर लागेपछि बेकर

उनी प्रायः बिहान चियानास्ता गरेर पुरातात्त्विक स्थान तथा वस्तुको खोजीमा लागेपछि घर आउने टुंगो हुँदैनथ्यो। मधुमेह देखिएपछि श्रेष्ठ खानपिन र स्वास्थ्यप्रति सचेत थिए। पछि उनले आफैं पाउरोटी, कुकिज बनाउन सिके। उनका सहकर्मी अझै पनि खोजस्थलमा उनले ल्याएको कुकिज र पाउरोटी खाएको स्मरण गर्छन्।

निधनअघि उनलाई मधुमेह, क्रोनिक ग्यास्ट्रिक र कलोजोको समस्याले च्याप्दै लगेको थियो। पुरातत्वविद् श्रेष्ठको निधन ६५ वर्षको उमेरमा २०७४ जेठ ४ गते भएको थियो। 


प्रकाशित: May 18, 2021 | 06:24:00 काठमाडौं, मंगलबार, जेठ ४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना