बुधबार, असोज १९, २०७९

यस वर्ष पनि रातो मच्छिन्द्रनाथको भोटो नदेखाइने 

महेश्वर आचार्य  |  काठमाडौं, बुधबार, वैशाख २९, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

बुधबार, वैशाख २९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– यस वर्ष पनि रातो मच्छिन्द्रनाथको भोटो नदेखाइने भएको छ। ललितपुर महानगरपालिका, ललितपुर जिल्ला प्रशासन र गुठियारहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए। उनले भने, ‘कोरोना महामारीका कारण यसपल्ट भोटो जात्रा देखाइने छैन। प्रतीकात्मक रुपमा रथ तानेर जात्रा मनाइनेछ।’

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यस पटकको भोटो जात्रा प्रतीकात्मक रूपमा मात्र मनाइने निर्णय भएको बताए। उनले भने, ‘प्रतीकात्मक रुपमा मनाउँदा पनि स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरिनेछ।’ पुल्चोकमा बुधबार रथारोहण गर्ने र जेठ १ गते थारै दूरी तानेर रथयात्रा समापन गर्ने निर्णय भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए। 

कोराना महामारीका कारण निषेध आदेश नभएको भए रथारोहणको रौनक हुने थियो। त्यसपछिका दुई महिना पाटनवासी उपत्यकाकै लामो जात्रा मच्छिन्द्रनाथको रथ यात्रामा सहभागी हुने थिए। यसपल्ट त्यो लामो जात्राको उल्लास नहुने भएको छ।

राताे मच्छिन्द्रनाथकाे जात्रा। फाइल तस्बिर

मच्छिन्द्रनाथको किंवदन्ती

लिच्छवी राजा नरेन्द्रदेवका पालामा गुरु गोरखनाथले नव नागको आसन बनाएर बसेका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल पर्‍यो।
अनि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापू तथा कर्कोटक नागराजासमेत भारतको कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथ काठमाडौं ल्याएका थिए।
आफ्ना गुरु मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नवनाग मुक्त भई वर्षा भएको र सहकाल लागेको विश्वास छ। यही किंवदन्तीका आधारमा हालसम्म पनि मच्छिन्द्रनाथको मूर्तिलाई रथयात्रा गर्ने परम्परा छ।

इतिहास
संस्कृतिविद् हरिराम जोशीका अनुसार रातो मच्छिन्द्रनाथको जात्रा वि.सं. ५४६ देखि अर्थात् १६ सय वर्षदेखि चलेको अनुमान छ। जात्रा वैशाख शुक्लपक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झण्डै दुई महिना चल्छ। उनी भन्छन्, ‘यो काठमाडौं उपत्यकामा चल्ने सबैभन्दा लामो जात्रा हो।’
हिन्दु धर्मावलम्बीले मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रुपमा पूजा गर्छन्। शैव धर्मावलम्बीका नाथ सम्प्रदायले भगवान् करुणामयका रुपमा पूजा गर्छन् भने बौद्ध धर्मावलम्बीले पञ्चबुद्धमध्येको चौथो बुद्ध पद्मपाणिका रुपमा पुज्छन्।

राताे मच्छिन्द्रनाथलाई रथराेहण गराइँदै। 

चलन 
जात्राको सुरुमा म्हेपिदों अर्थात् हालको म्हेपी डाँडाको माटोबाट श्रीकरुणामयको मूर्ति बनाइन्छ। कलशमा रहेको भँवरारुपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरिन्छ र वैशाख कृष्ण प्रतिपदाका दिन स्नान गराइन्छ। 

वैशाख शुक्ल प्रतिपदामा रथारोहण गराई अक्षय तृतीयाको दिन पूजाअर्चना गरी चौथी तिथिमा मीननाथले पुल्चोकमा स्वागत गर्ने अनि नगर परिक्रमा गराउने चलन छ। परिक्रमा गर्दै पुल्चोक, गाबहाल, सुन्धारा, लगनखेल, जाउलाखेल लगेर भोटो देखाइन्छ। यस क्रममा प्रयागपोखरीमा केही दुवै रथ सँगै राखिन्छ भने लगनखेलमा नरिवल खसालेर जात्रा मनाइन्छ। यस्तै एक दिन महिलाले पनि रथ तान्ने चलन छ। भोटो देखाएपछि मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुङ्मतीमा लगिन्छ र जात्रा समापन हुन्छ। जात्रा अवधिभर पाटनका गुठी र घरहरुमा भाेज आयाेजना गर्ने चलन छ।

नेपालमा रातो मत्स्येन्द्रनाथबाहेक लिच्छवीकालीन र मल्लकालीन समयका अन्य चारवटा मत्स्येन्द्रनाथका मूर्ति र मन्दिर रहेको संस्कृतिविद् जोशी बताउँछन छन्। ती काठमाडौंको सेतो मत्स्येन्द्रनाथ, नालाको सेतो मत्स्येन्द्रनाथ हुन् भने पाटनको रातो मत्स्येन्द्रनाथ तथा पाटन, दोलखा र कीर्तिपुर चोभारका मत्स्येन्द्रनाथ हुन्।

राताे मच्छिन्द्रनाथकाे रथ राखिएकाे ठाउँमा पूजा गर्दै श्रद्धालु। फाइल तस्बिर

मत्स्येन्द्रनाथको रथयात्रा गर्ने परम्परा पाटन, दोलखा र काठमाडौंमा छ। ‘विगतमा नालाको करुणामयको पनि रथयात्रा गर्ने चलन थियो तर करिब ५० वर्षदेखि त्यो चलन हरायो,’ जोशीले भने, ‘चोभारको भने रथयात्रा गराउने परम्परा छैन।’ पाटनको मत्स्येन्द्रनाथको १२ वर्षे जात्रा पनि गरिने परम्परा छ। बाह्रवर्षे मच्छिन्द्रनाथ जात्राका समयमा बुङमतीमा रथ बनाई त्यहींबाट रथ तानेर पाटनमा परिक्रमा गराई सो रथलाई पुन बुङ्मतीमै पुर्‍याउने चलन छ।

मत्स्येन्द्रनाथको रथजात्राका लागि त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको संकेत स्वरुप बत्तीस हातको रथ तयार गरिन्छ। रथ बनाउँदा बेत र काठमात्र प्रयोग गरिन्छ। ललितपुरको गोदावरी र हेटौंडाको मनहरीबाट ‘सान्दान’ को काठ ल्याइन्छ। भारतबाट झिकाइएको नरिवलको जटाले रथ कसिन्छ। रथमा एउटा पनि फलामको किला प्रयोग गरिँदैन। 

निकै अग्लो र सन्तुलित ढंगले निर्माण हुने रातो मच्छिन्द्रनाथको रथ विश्वको उत्कृष्ट कालीगढी नमुना मान्न सकिने जोशी बताउँछन्। मीननाथको रथलाई अघिअघि लगाएर मत्स्येन्द्रनाथको रथलाई पछि तान्ने चलन छ।

भोटो जात्राको कथा

विभिन्न पुस्तकमा रोतो मच्छिन्द्रसम्बन्धी लोक कथन उल्लेख छ। टौदहका नागराजा कर्कोटकले नागिनीको रोगी आँखा ठिक परिदिने स्थानीय वैद्य किसानलाई रत्नजडित भोटो उपहार दिएका थिए। ती वैद्यले भोटो खेतको आलीमा राखेर काम गर्न गए। तर, फर्केर आउँदा भोटो पाएनन्। 

पछि ती वैद्य किसान मच्छिन्द्रनाथको जात्रा हेर्न पाटन गएका बेला आफ्नो भोटो एउटा भूतले लगाएको देखे। उनले भोटो चिनेर भूतसँग खोस्न प्रयास गरे। भूतले भोटो दिन मानेनन्।  भोटोको विवाद साम्य भएन। कुरा राजाकहाँ पुग्यो। तत्कालीन राजा गुणकामदेवले प्रमाण अभावमा भोटोको स्वामित्व कसको हो निर्णय गर्न सकेनन्। जसले प्रमाणसहित भोटोको दाबी गर्न आउँछ उसैलाई भोटो दिने फैसला गरे।

भोटोको दाबी गर्न नआउन्जेल भोटो मच्छिन्द्रनाथको जिम्मामा छोडे। अनि अर्को वर्षको जात्रामा यो भोटो कसको हो भनी सार्वजनिक रूपमा देखाइयो। सोही परम्पराले निरन्तरता पाउँदै गयो र प्रत्येक वर्ष भोटो देखाउने जात्रा मनाउने चलन बस्यो।

राताे मच्छिन्द्रनाथकाे रथ तान्दै महिला। फाइल तस्बिर

हाल भोटो गुठी संस्थानको जिम्मामा छ। गुठी संस्थानकै कर्मचारीले मच्छिन्द्रनाथको रथको चारै कुनाबाट तीन पटकसम्म भोटो देखाउने चलन छ। त्यसरी देखाउनुको अर्थ  यो भोटो कसको हो भनेर सोधिएको हो। भोटो जात्राको प्रमुख अतिथि राष्ट्रप्रमुख हुने चलन छ। 
गत वर्ष पनि  रातो मच्छिन्द्रनाथको जात्रा विधिमात्र पूरा गरेर समापन गरिएको थियो। 


प्रकाशित: May 12, 2021 | 11:05:00 काठमाडौं, बुधबार, वैशाख २९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना