बुधबार, असोज १९, २०७९

कांग्रेसको विश्लेषण : तत्काल नयाँ सरकार बन्दैन  

तीर्थराज बस्नेत  |  काठमाडौं, बुधबार, वैशाख २९, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, वैशाख २९, २०७८, काठमाडौं

नेपाल समय
congress_party_office

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैकल्पिक सरकार बन्ने सम्भावना क्षीण बन्दै गएको विश्लेषण गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि बिहीबारसम्मको समय दिएकी छन्। 

आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेको कांग्रेसले राष्ट्रपतिले दिएको समयसीमा घर्कन लाग्दा वैकल्पिक सरकार गठनको सम्भावना नरहेको विश्लेषण गरेको हो। 

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएका कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र एमालेको माधवकुमार नेपाल समूहको गठजोडमा वैकल्पिक सरकार बनाउने प्रयास भइरहेको छ। तर, त्यो सम्भावना कम रहेको कांग्रेसका नेताहरु बताउँछन्। 

वैकल्पिक सरकार गठन हुने वा नहुने कुरा जसपा र एमालेको नेपाल समूहको निर्णयमा निर्भर रहेको कांग्रेस नेता डा. नारायण खड्का बताउँछन्। ‘वैकल्पिक सरकार गठनको प्रयास त गरि नै रहेका छौँ। तर, जसपा र नेपालजीहरुको निर्णयमै सबै कुरा निर्भर रहन्छ,’ उनले भने, ‘एक हिसाबले भन्दा नेपालजीहरुको राजीनामा कुरिरहेका छौँ।’

भर माधव नेपालको, आशंका पनि उत्तिकै

माधव नेपाल समूहले तत्कालै राजीनामा दिने विषयमा भने कांग्रेस ढुक्क देखिँदैन। मंगलबार माधव नेपाल र भीम रावलले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। छलफलमा सामूहिक राजीनामाका विषयमा कुराकानी भएको थियो। तर, नेपाल र रावलले सभापति देउवालाई आश्वस्त बनाउन नसकेको एक नेताले जानकारी दिए।

माओवादी केन्द्र र जसपाको यादव समूहको समर्थन पाइसकेको कांग्रेसले नेपाल समूहका सांसदले राजीनामा दिए बहुमत पुर्‍याएर सरकार बनाउने निष्कर्ष निकालेको छ। मंगलबार नेपाल समूहका नेताहरुसँगको भेटमा राजीनामा दिए उपनिर्वाचन जिताउने आश्वसन कांग्रेस सभापति देउवाले दिएका छन्। 

सरकार बनाउन बहुमत पुग्न जति सांसदले राजीनामा दिनुपर्छ, त्यति नै सांसदले राजीनामा दिने बचन नेपाल समूहले देउवालाई दिएको स्रोतको दाबी छ। तर नेपाल समूहभित्रै राजीनामा दिने विषयमा सहमति जुटिनसकेकाले तत्काल ढुक्क हुने अवस्था नरहेको नेताहरु बताउँछन्। 

‘उहाँहरुले राजीनामा दिँदा सरकार गठनका लागि बहुमत पुग्छ। तर, उहाँहरुले राजीनामा दिइहाल्नुहुन्छ भन्नेमा विश्वस्त हुने ठाउँ छैन। उहाँहरुका पनि आफ्नै बाध्यता होलान्,’ देउवा निकट एक नेताले भने, ‘खेलको निर्णायक उहाँहरु नै हुनुहुन्छ। हेरौँ के हुन्छ।’ 

केपी ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भवना रोक्न माधव पक्ष सक्रिय छ। सांसदहरू राजीनामा दिन तयार रहे पनि कति सांसदले राजीनामा दिन्छन् भन्ने टुंगो छैन। 

नयाँ सरकार बने अचम्मै हुन्छ!

संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभाको बैठक।

अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने आश्चर्यजनक हुने कतिपयको टिप्पणी छ। जसपाकाे महन्थ ठाकुर समूहले समर्थन नगर्ने र माधव नेपाल पक्षीय सांसदहरुले राजीनामा पनि नदिने सम्भावना बढी देखिएकाले तत्कालै अर्को सरकार बन्ने सम्भावना नरहेको कांग्रेस नेता प्रदीप पौडेलको तर्क छ। ‘अहिले नै नयाँ सरकार बनिहाल्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘तत्कालै नयाँ सरकार बन्यो भने त अचम्मै हुन्छ।’

उसो भए निर्वाचनअघि नयाँ सरकार बन्ने सम्भावना सकिएको हो त? पौडेल भन्छन्, ‘होइन, त्यसका लागि एक महिना कुर्नुपर्छ।’ 

पौडेलले देखेको नयाँ सरकार बन्ने बाटो संविधानको धारा ७६ (५) अनुसार हो। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयभित्र दलहरुले सरकार गठन गर्न नसकेको अवस्थामा ओली धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको प्रधानमन्त्री हुनेछन्। उनले पुनः ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। ३० दिनभित्र ओलीले विश्वासको मत लिन सकेनन् भने ७६ (५) अनुसार सरकार गठन गर्ने प्रक्रिया अघि बढ्नेछ। 

त्यो अवस्थामा मात्रै नयाँ सरकार गठन हुने सम्भावना धेरै रहेको पौडेलको विश्लेषण छ। ‘७६(५) अनुसारमात्रै नयाँ सरकार गठन हुने सम्भावना धेरै छ। त्यो अवस्थामा माधव नेपाल पक्षका नेताहरुलाई पनि सहज हुने देखिन्छ,’ पौडेलले भने। 

संविधानको धारा ७६ (५) मा प्रतिनिधिसभाको कुनै सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था छ। ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ,’ धारा ७६ (५) मा भनिएको छ।

तर, त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने व्यवस्था छ। ओलीको विकल्पमा सरकार बनाउने यो नै उपयुक्त विधि भएको पौडेलको भनाइ छ।

'निर्वाचन नै हुने देखिन्छ'

मुलुक ढिलोचाँडो निर्वाचनतर्फ धकेलिएकाले तयारी गर्नुपर्ने विश्लेषणसमेत कांग्रेसमा भइरहेको छ। गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका ओलीले विश्वासको मतसमेत निर्वाचन गराउने उद्देश्यबाट प्रेरित रहेको नेताहरुको टिप्पणी छ।

विश्वासको मत प्राप्त नहुने जान्दाजान्दै माओवादीले समर्थन फिर्ता नलिँदै विश्वासको मत लिन खोज्नुले नै यसको पुष्टि गर्ने नेता खड्काको टिप्पणी छ। ‘ओलीजीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन गराउन खोज्नुभएकै हो। तर, सफल हुन सक्नुभएन। विश्वासको मत लिने निर्णयमा पुग्नुको पछाडि पनि निर्वाचनको गराउने स्वार्थ जोडिएको छ,’ उनले भने, ‘ढिलोचाँडो निर्वाचनतर्फ मुलुक धकेलिएको छ। अर्ली इलेक्सन होस् वा नियमित, अबको डेढ वर्षभित्रमा भइसक्छ। त्यसैले तयारी गर्नुपर्ने देखियो।’

मुलुक निर्वाचनतर्फ धकेलिएको विश्लेषण गरे पनि ओलीकै नेतृत्वमा निर्वाचनमा जाने वा नजानेबारे चाहिँ कांग्रेस नेताहरु स्पष्ट छैनन्। ओलीले स्वच्छ निर्वाचन गराउनेमा कांग्रेस ढुक्क छैन। तर, वैधानिक रुपमा निर्वाचन हुने अवस्था आए पछाडि फर्कने ठाउँमा समेत कांग्रेस देखिँदैन। ‘वैधानिक रुपमा निर्वाचन भयो र ओली नै प्रधानमन्त्री भए भने पछि फर्कने ठाउँ देखिँदैन। तर, ओलीकै नेतृत्वमा निर्वाचनमा जाने कि नजाने भन्नबारेमा चाहिँ बहस आवश्यक छ,’ उनले भने, ‘यो अवस्थामा हामी छलफल गर्ने नै छौं।’


प्रकाशित: May 12, 2021 | 10:15:00 काठमाडौं, बुधबार, वैशाख २९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना