बिहीबार, असोज २०, २०७९

अक्सिजन चाहियो? हेमराजलाई बोलाउनुस्!

राज सरगम  |  काठमाडौं, सोमबार, वैशाख २७, २०७८

राज सरगम

राज सरगम

सोमबार, वैशाख २७, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- धनगढीको नवजीवन अस्पताल प्रांगणमा से १ च २४८० नम्बरको भ्यान रोकिएको थियो। वरिपरि केही मानिस झुम्मिएका थिए। उनीहरूको अनुहार मलीन थियो। कोही हताश थिए। कोही अक्सिजन! अक्सिजन!! भन्दै विलाप गरिरहेका थिए। भ्यानभित्रबाट एउटा स्वर सुनिन्छ, 'चिन्ता नगर्नुस्। अक्सिजन सिलिन्डर पाइन्छ। म प्रयास गर्छु।' ती छटपटाइरहेका हृदयमा अक्सिजन भर्ने कर्ममा जुटेका छन् समाजसेवी युवा हेमराज ओझा।

कञ्चनपुरको कृष्णपुर–६ का ४६ वर्षीय ओझाका कर्मठ हात सधैं सहयोगमा जुट्छन्। वैशाख २४ गते बिहान मात्रै उनले सेती अञ्चल अस्पतालको आईसीयूमा भर्ना भएका एक बिरामीलाई अक्सिजन र उनका आफन्तलाई खाना पुर्‍याए। 

सोही दिन उनलाई नवजीवन अस्पतालमा बैतडीबाट आएका ५७ वर्षीय जनक धानुक अक्सिजन अभावमा छटपटाइरहेको खबर आयो। उनी अक्सिजन सिलिन्डर बोकेर नवजीवन दौडिए। अक्सिजन सिलिन्डर नपाएर भौंतारिएका बिरामीका आफन्त ओझालाई देखेर खुसी भए। 

नवजीवन अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेको छ। अन्य ठाउँमा जस्तै नवजीवनमा पनि अक्सिजन अभाव छ।

‘ओझा सरले अक्सिजन ल्याइदिएकै कारण मेरो आफन्तको जीवनले सास तान्यो। अहो! जति पैसा तिर्न तयार हुँदा पनि अक्सिजन नै नपाइने। ओझा सर त हाम्रा लागि भगवान् भएर आउनुभयो,' बिरामीका आफन्तले भने।

यस्तै कञ्चनपुर वाणीका जगदीश सेठ्ठी र उनकी आमा नोभा अस्पतालको कोरोना वार्डमा उपचाररत छन्। ओझाले सोमबार मात्रै आफूहरूलाई दुई सिलिन्डर अक्सिजन दिएको सेठ्ठीले बताए। 'उहाँले आज पनि दुई सिलिन्डर अक्सिजन दिने भन्नु भएको छ। खाना खाजाको व्यवस्था पनि उहाँले गरिराख्नु भएको छ', उनले भने।

कोरोना जोखिम न्यूनीकरणका लागि सरकारले जनताको भीड रोक्न देशका अधिकांश स्थानमा निषेध आदेश जारी गरेको छ। तर, अस्पतालमा जीवन खोज्नेहरूको चित्कार सरकारको कानसम्म पुग्न सकेको छैन।

देशका अधिकांश अस्पतालमा ज्यान जोगाइदिन हारगुहार गर्नेको भीड उस्तै छ। सरकारको ध्यान नपुगिरहेको समयमा ओझा भने महामारीमा जीवन जोखिममा राखेर कैलाली र कञ्चनपुरका बिरामीका लागि अक्सिजन सिलिन्डर जुटाइदिन व्यस्त छन्।  

आफ्नै सवारीसाधनमा सिलिन्डर लोड गर्नु र अस्पताल-अस्पताल पुगेर अक्सिजन प्रदान गर्नु ओझाको दैनिकी बनेको छ अचेल। ‘मेरो साथी व्यवसायी जुनिर खानसँग रहेका ८ वटा खाली सिलिन्डर मागें। ती सिलिन्डरमा ग्यास भर्दै खाली सिलिन्डर लिँदै बिरामीलाई दिने गरेको छु’, उनले भने, ‘म मालिका अक्सिजन कम्पनीमा अक्सिजन भर्छु। कहिलेकाहीं बजारका अक्सिजन बिक्रेतासँग खाली सिलिन्डर साटेर किन्ने गर्छु।’

ओझाले सोमबार बिहानसम्म ३२ जनालाई अक्सिजन उपलब्ध गराइसकेका छन्। उनले अक्सिजन उपलब्ध गराएका कञ्चनपुरको बेलडाँडीका एकजना ७८ वर्षीय वृद्धले शुक्रबार बेलुकी प्राण त्यागे। ओझाले नेपाल समयसँग कुरा गर्दै ती वृद्धको ज्यान गुम्दा आफू निकै दुःखी भएको बताए।

‘म निरन्तर निःशुल्क अक्सिजन उपलब्ध गराउने कर्ममा खटिरहनेछु,' ओझाले भने, ‘उच्च जोखिम रहेकाले सहयोगीबिनै म एक्लै खटिरहेको छु। र, खटिरहनेछु।’ उनी त्यसलाई सहयोगभन्दा पनि आफूले सहजीकरण गरेको बताउँछन्। महामारी परास्त गर्न सबैको साझा प्रयास आवश्यक भएको उनको भनाइ छ।

000

सुदूरपश्चिममा अक्सिजन नपाएर धेरै संक्रमितले ज्यान गुमाएका छन्। ‘महामारीमा थोरै भए पनि केही गर्न सकिन्छ कि भनेर यसमा लागेको हुँ’, उनले भने, ‘खाली सिलिन्डर पाउँदा म यो कार्ममा जुटेको हुँ।’

अघिल्लो साता मात्रै ओझाले कृष्णपुर नगरपालिकाको इलाका प्रहरी कार्यालय कृष्णपुर, अस्थायी प्रहरी कार्यालय वाणीमा प्रहरीलाई मास्क, फेससिल्ड र सेनिटाइजर उपलब्ध गराएका थिए। उनी यस वर्ष मात्र नभएर अघिल्लो लकडाउनमा राहत तथा सहयोग गर्न सक्रिय थिए। गत वर्ष महामारीमा ओझाले १५ हजार मास्क वितरण गरेका थिए। उनले कृष्णपुर नगरपालिका क्षेत्रभित्र ३० वटा पानीट्यांकी वितरण गरे र जनचेतनाका लागि पर्चा छापेर वितरण गरे।

ओझाले गौरीफन्टा नाकाको डोके बजारमा ३९ दिन खटिएर काम गरे। उनी नेतृत्वको टिमले भारतबाट फर्किएका नेपालीलाई खानेकुरा, पानीलगायत सामग्री वितरण गरेको थियो। टिममा मुकेश पाठक, रमेश भट्ट, टंक रोश्यारा, गणेश भण्डारी, दिनेश भट्ट, नरेश भट्ट, हरेन्द्र भक्त, भीम खड्कालगायत थिए।

स्थानीय गणेश भण्डारी भन्छन्, ‘नगरपालिकामा कोही बिरामी भएको खबर पाउनसाथ ओझा गाडी लिएर घरमै पुग्छन्। बिरामीलाई अस्पताल पुर्‍याएको पैसा लिँदैनन्।’ 

गत वर्ष पनि सवारीसाधन अभावमा डोकेबजार र मोहना पुल आसपास अलपत्र परेका धेरै नेपालीलाई उनले घर लैजान सहजीकरण गरेका थिए।

सीमानाकामा अड्किएका नेपालीसँग नेपालको मोबाइल नम्बर हुन्थेन। ओझाले आफ्नै मोबाइलबाट आफन्त र सम्बन्धित पालिकामा फोन गरिदिन्थे। उनले गत वर्षको महामारीमा कृष्णपुर नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ५१ हजार रुपैयाँ जम्मा गरेका थिए।

000

ओझा नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। उनी गत स्थानीय तहको निर्वाचनमा कृष्णपुरको मेयरका उम्मेदवार थिए। पराजित हुँदा पनि ओझा निरन्तर व्यक्तिगत खर्चमा जनताको सेवामा सक्रिय छन्। उनका प्रतिपक्षीले यो सहयोगको फाइदामा आगामी मेयर जित्ने भयो भनेर जिस्काउने गरेका छन्।

‘कसले के भन्छन् खास अर्थ राख्दैन। कृष्णपुरका जनतासँग मेरो गहिरो सम्बन्ध छ। म पदका लागि भन्दा पनि समाजसेवाका लागि राजनीति गर्ने व्यक्ति हुँ,' उनी भन्छन्, ‘म सधैं जनतासँगै छु।’

 

स्थानीय बासिन्दा निर्वाचित नगर प्रमुखभन्दा जनताको काममा ओझा नै बढी खटिने गरेको बताउँछन्। ओझाले त्रिविबाट एमए, बीएड गरेका गरेका छन्। आफ्नै खेतीपाती तथा व्यवसाय गरिरहेका ओझा राजनीतिबाट अनावश्यक लाभ लिनु नपर्ने बताउँछन्।

000

ओझा सरकारसँग सन्तुष्ट छैनन्। जनताले जति सरकारले गरिएको भए दोस्रो चरणको कोरोनाबाट प्राताडित हुनु नपर्ने उनको बुझाइ छ। भन्छन्, ‘दलहरू सत्ताको खेलमा भुले। गैरजिम्मेवार भएको छ। अघिल्लो लकडाउनबाट सरकारले पाठ सिक्नुपर्ने थियो। जनताप्रति सरकार उत्तरदायी हुन सकेन।’

ओझा धनगढीको इम्रल्ड स्कुलका सञ्चालक पनि हुन्। उनी भन्छन्, ‘व्यक्तिगत खर्चमा सहयोग गर्दै हिँड्ने हिम्मत खेतीपाती र स्कुलको आम्दानी हो।’


प्रकाशित: May 10, 2021 | 01:14:00 काठमाडौं, सोमबार, वैशाख २७, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना