शुक्रबार, मंसिर २३, २०७९

अधिकृत स्तरको पदपूर्ति सहभागितामूलक बनाउन खोज्दा सुब्बाहरूको विरोध

प्रेम चन्द  |  काठमाडौं, बुधबार, वैशाख ८, २०७८

प्रेम चन्द

प्रेम चन्द

बुधबार, वैशाख ८, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं - राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) स्तरको पदपूर्ति गर्दा प्रतिस्पर्धामूलक ऐन बनाउन खोज्दा नायब सुब्बाहरूले विरोध गरिरहेका छन्। सुब्बाहरू राजपत्र अनंकित कर्मचारी संरक्षण अभियान चलाएरै संघीय निजामति कर्मचारीको सेवा सम्बन्धमा व्यवस्था गर्न बनाइएको संशोधित विधेयकको विरोध गरिरहेका हुन्।

गत बिहीबार सिंहदरबार भित्रै विरोध कार्यक्रम गरेका राजपत्र अनंकित कर्मचारीको उक्त समूहले संसदीय समितिले बनाएको विधेयकको संशोधित प्रतिवेदनलाई नै पारित गरेर ऐन बनाउन खोजे विरोध जारी राख्ने बताएको छ।

के छ प्रतिवेदनमा? 

सरकारले संघीय निजामति सेवा ऐन २०७५ यसअघि नै कार्यान्वयनमा ल्याउने तयारी गरेको थियो। सोको तयारी स्वरुप सरकारले ऐनको प्रारम्भिक मस्यौदा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका लागि पठाएको थियो। समितिले अध्ययन गरेर प्रारम्भिक मस्यौदामा केही संशोधन हुनपर्ने प्रतिवेन तयार गरेको छ। समितिबाट पास भएको प्रतिवेदन प्रतिनिधि सभा संसदमा पेश गरिएको छ।

प्रतिवेदनमा राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) स्तरको पदपूर्ति गर्दा २० प्रतिशत बढुवा प्रक्रियाबाट र ८० प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने उल्लेख छ।

सरकारले तयार गरेको प्रारम्भिक मस्यौदामा ७० प्रतिशत खुला प्रतिस्पर्धाबाट, १० प्रतिशत अन्तरसेवा प्रतिस्पर्धाबाट र २० प्रतिशत जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनद्वारा पूर्ति गरिने व्यवस्था गरिएको छ।

राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले सोही व्यवस्थाप्रति विरोध जनाएको एक जना अभियन्ता प्रकाश भट्टराई बताउँछन्।

यसअघि कार्यान्वयनमा रहेको निजामति सेवा ऐनमा अधिकृत स्तरको पदपूर्ति गर्दा ३० प्रतिशत बढुवा प्रक्रियाबाट गरिने र ७० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिने व्यवस्था भएकाले सोही व्यवस्था कायम राख्नुपर्ने आफूहरूको माग रहेको भट्टराईको भनाई छ।

समितिको प्रतिवेदनमा औंल्याए अनुसार आन्तरिकबाट प्रतिस्पर्धा गरेर एक तहमाथि पुगेमा सो कर्मचारीको त्यसअघिको सेवा अवधि गणना नगरिने उल्लेख गरिएको छ। समितिका सदस्यसमेत रहेका पूर्वमन्त्री लालबाबु पण्डित नयाँ प्रतिस्पर्धिलाई बढी भन्दा बढी सहभागि गराउने उदेश्यले यी व्यवस्था गरिएको बताउँछन्। ‘यसको एउटै उद्देश्य फ्रेसलाई बढी प्राथमिकता दिने  हो,’ समितिका सदस्यसमेत रहेका पूर्वसंघीय तथा सामान्य प्रशासनमन्त्री पण्डित भन्छन्।

कुनै पनि कर्मचारी एक पटक पदमा पुगेपछि सोही कर्मचारीका लागि अन्य पनि आरक्षित हुँदै गएको जस्तो देखिएकाले नयाँ जनशक्तिलाई प्राथमिकता दिनका लागि उमेरहदसमेत कायम गरिएको पण्डितको भनाइ छ। ‘एक पटक पदमा पुगिसकेपछि कुनै पनि पद उसकै लागि आरक्षित हुन सक्दैन,’ पण्डित भन्छन्, ‘त्यही भएर फ्रेसलाई अलि बढी प्राथमिकता दिनु पर्‍यो। नयाँ क्वालिफाइडहरूलाई ल्याउनु पर्‍यो भनेर ४० वर्षे उमेर हदबन्दीको व्यवस्था हुनुपर्छ भनेका छौं।’

अहिले कार्यान्वयनमा रहेको निजामति सेवा ऐन अनुसार निजामति कर्मचारीले अवकाश नपाउञ्जेलसम्म आन्तरिकबाटै खुला प्रतिस्पर्धामा सहभागि हुन पाउने व्यवस्था रहेको छ। सो व्यवस्था हटाउँदै राज्य व्यवस्था तथा सुशासन समितिले ४० वर्ष उमेर पुगेपछि आन्तरिकबाट खुला प्रतिस्पर्धामा सहभागि हुन नपाउने व्यवस्था गरेको छ। यसले आन्तरिकबाट खुला प्रतिस्पर्धामा सहभागि हुनु भन्दा पनि बाहिरको प्रतिभालाई प्रतिस्पर्धामा सहभागि हुन सजिलो हुने प्रशासनविद भीमदेव भट्ट बताउँछन्। 

‘अहिले राम्रो राम्रो प्रतिभाहरू कर्पोरेसन तिर, प्राइभेटतिर जाने, विदेशतिर जाने क्रम बढ्दो छ,’ प्रशासनविद भट्ट भन्छन्, ‘निजामित भित्र काम गर्ने राम्रो मान्छे नभएका कारण बाहिरका प्रतिभाहरूलाई प्रतिस्पर्धामा सहभागि गराउने उद्देश्यले यो व्यवस्था गरिएको हुन सक्छ।’

यसअघि निजामति कर्मचारीलाई आन्तरिकबाट खुला प्रतिस्पर्धामा सहभागि हुन पाउने व्यवस्था भएका कारण कर्मचारीले कार्यालय समयमा समेत परिक्षाको तयारी गर्ने र नियमित काममा बाधा पुग्ने गरेका गुनासा बेला बेलामा सुनिने गरेका छन्।

तर, अब आन्तरिकबाटै खुला प्रतिस्पर्धामा सहभागि हुँदा निरुत्साहितको व्यवस्था गरेका कारण ऐन बनेपछि त्यस्ता समस्या हट्ने विश्वास लिइएको छ। ‘आन्तरिकबाट प्रतिस्पर्धामा सहभागि हुँदा देखिएका समस्या अन्त्य गर्न र प्रतिस्पर्धामा बढी भन्दा बढी नयाँ सहभागि हुन पाउन् भन्ने यसको उदेश्य हो,’ समितिकी सदस्य एवं कांग्रेस सांसद डिला संग्रौला भन्छिन्।

नयाँलाई प्राथमिकता दिन खोज्दा विरोध गर्नको औचित्य नरहेको उनको भनाइ छ। ‘विरोधका बीच प्रतिवेदन पारित गरेर प्रतिनिधि सभामा पेश गरेका छौं,’ उनी भन्छिन्।

तर, विरोध अभियानका अभियान्ता भट्टराई भने यसअघि दिइएका सेवा सुविधा खुम्चयाएमा कर्मचारीको मनोबल घट्ने भएकाले सेवा सुविधा नहटाउन आफूहरूको माग रहेको बताउँछन्। ‘हाम्रा सबै कर्मचारीहरूको माग चाहिँ सकेसम्म सेवा सुविधा बढाउनु पर्छ, नभए भएका सेवा सुविधा पनि नहाटइदियोस् भन्ने हो,’ अभियन्ता भट्टराईले भन्छन्।

पुराना कर्मचारी नयाँ प्रविधिसँग घुलमिल समेत नहुने, पदमात्रै ओगटेर बस्ने समस्या देखिएकाले नयाँलाई अवसर दिन समितिको प्रतिवेदन अनुसार यो ऐन बन्नु पर्ने पूर्वमन्त्री पण्डित बताउँछन्।

प्रतिनिधि सभा संसदबाट पारित भएपछि उक्त ऐन बन्ने छ। सुब्बाहरूले विरोध गरे पनि अहिले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिएकाले तत्काल पास हुने सम्भावना न्युन देखिन्छ।


प्रकाशित: April 21, 2021 | 03:23:00 काठमाडौं, बुधबार, वैशाख ८, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
समाज

जडीबुटीको व्यापारबाट चलेको जीविका

कालीकोटको थिप्पु गाउँपालिका-१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँड्छन्।
नेपाल समय
समाज

लखन थापा अन्तर्राष्ट्रिय फुटबल रंगशाला तीन वर्षदेखि अलपत्र

जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रंगशालाको पहिलो चरणको काम विक्रम संवत् २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरू हुन सकेको छैन।
नेपाल समय
समाज

पर्साका किसानलाई गहुँ छर्न मल अभाव

किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन्।
नेपाल समय
समाज

पल्पाको रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु

सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन्।
नेपाल समय
समाज

कालीकोटमा आयोडिनयुक्त नुन अभाव

कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना