बुधबार, असोज १९, २०७९

जनताको आवाज सुन्दै छन् नवीन्द्रराज जोशी 

तीर्थराज बस्नेत  |  काठमाडौं, शुक्रबार, चैत १३, २०७७

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, चैत १३, २०७७, काठमाडौं

नेपाल समय

काठमाडौं– ‘रोजगारी गुमाएकाको घरमा ठूलो अशान्ति छ। घरझगडाले निराशा बढेको पाएँ। जागिर दिलाइपाऊँ भन्ने पनि भेटिए। घरलेु हिंसा त बढेकै छ, मादक पदार्थको खपत पनि बढेको रहेछ,’ उनले सुनाए, ‘आर्थिक स्थिति खस्किएको छ। बालबालिकाको स्याहारसुसार घटेको छ। स्कुले बालबालिकालाई टीभी खोल्दिने र मोबाइल दिने बाहेक अन्य क्रियाकलापमा संलग्न नगराउने स्थिति बढेको छ। यसले बालबालिकाको मनोविज्ञानमा ठूलो असर पारेको छ।’ 

दुई महिना अघिदेखि जनताको घरदैलोमा व्यस्त कांग्रेस नेता नवीन्द्रराज जोशीको अनुभव हो यो ।

चुनावताका जनता जनार्दन, पछि उसकै मानमर्दन ! अधिकांश नेताको प्रवृत्ति हो यो। भोट माग्न घरदैलो पुग्दा नेताहरु धान काट्न सघाउनेदेखि गाग्री बोकिदिनसम्म पछि पर्दैनन्। चुनाव सकिएपछि भने आफ्नै हिसाबकिताबमा व्यस्त हुन्छन्।  

चुनाव जित्नेले नै वास्ता नगरेपछि हार्नेको कुरै भएन। त्यसैले त नेताप्रति टिप्पणी हुने गर्छ– जुन जोगी आए पनि कानै चिरेका !  

केही अपवाद पनि छन्, जसले जनताका गुनासो सुन्छन्, पर्दा सघाउँछन्। चुनावका बेला मात्र होइन, अरू बेला पनि अधिकांश समय जनताकै आँगनमा देखिन्छन्।

यिनैमध्येका हुन्, कांग्रेस नेता नवीन्द्रराज जोशी। दुवै संविधानसभा निर्वाचनमा निर्वाचित जोशी २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा भने काठमाडौं–८ बाट पराजित भए। 

हारेपछि पनि उनी कहिले प्रचारका लागि टाँसिएका सामग्री हटाउन आफैं सडकमा निस्कछन् त कहिले घरदैलोमा। अहिले न चुनाव आएको छ, न त कुनै विशेष कार्यक्रमका लागि जनता उतार्नु छ। तर जोशी मतदाताको घरदैलोमा व्यस्त छन्। कारण हो, कोरोना महामारीबाट बच्ने उपाय सिकाउनु र स्वास्थ्य सामग्री वितरण गर्नु।  

जोशी आँगनमा आएपछि स्थानीय दंग पर्छन्। घरबाहिर निस्कन्छन् र कुराकानी गर्छन्। जोशी र उनको टिमले स्वास्थ्य सामग्री वितरण गर्छ। मास्क, जानकारीमूलक पोस्टर, सिटामोल र अक्सिमिटर जोशीले वितरण गर्दै आएका स्वास्थ्य सामग्री हुन्। 

अक्सिमिटरचाहिँ जरुरी परेकालाई मात्र वितरण गरिँदै आएको जोशी सुनाउँछन्।  

सरकारी उदासीनताले जुराएको अवसर 

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले ६ महिनाभन्दा लामो लकडाउन गर्‍यो। जनता घरभित्रै थुनिए। तर, कोरोना नियन्त्रण हुनुको साटो झन् झन् बढ्न थाल्यो। गम्भीर लक्षणसहितका संक्रमित थपिँदै गए।  

संक्रमण दर उच्च भएकै बेला निःशुल्क उपचारबाट सरकार पन्छियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उर्दी जारी गरे– बेहोस् हुने अवस्था नआउन्जेल अस्पताल नजानू। 

सरकारको यही अकर्मण्यताले जोशीलाई घरदैलो गर्ने र समस्यामा साथ दिने हुटहुटी जगायो। 

‘जनताले ७० वर्ष लामो संघर्ष गरेर अहिलेको व्यवस्था ल्याए। यही व्यवस्थाअनुसार नागरिकले सुरक्षाको अनुभूति गर्न पाउनुपर्ने हो। तर नागरिकप्रति सरकारले पूरै बेवास्ता गर्‍यो। अब केही त गर्नैपर्छ भन्ने लाग्यो,’ जोशीले भने, ‘आमनागरिकलाई थोरै भए पनि भरोसा दिलाउने अठोट गरें।’ अनि उनले कात्तिक २४ गतेदेखि घरदैलो अभियान सुरु गरे। 

जोशी जनताका गुनासा, निराशा र अपेक्षा राम्रैसँग बुझ्न पाएको बताउँछन्। स्थानीयले लकडाउनका कारण ‘उकुसमुकुस’ बनेर थुनिएको आवाज जोशीलाई सुनाउँछन्। 

जोशी भन्छन्, ‘लोकतन्त्रमा नागरिक कहिल्यै निरीह हुन सक्दैन। नागरिकलाई समस्या परेका बेला दल उभिनुपर्छ। म अहिले जनताको आवाज सुनिरहेको छु।’

जोशीले बटुलेको अर्को अनुभव हो– राजनीतिकर्मीसँग जनताको ठूलो आशा हुँदो रहेछ।’ र त उनले निष्कर्ष निकालेका छन्– राजनीति गर्नेले चुनावका बेला मात्रै होइन, जनतालाई समस्या परेका बेलामा उनीहरुको दैलोमै पुग्नुपर्छ। 

खर्च नहुँदा बिरामी घर फर्कने भएपछि... 

घरदैलो अभियान सुरु भएको केही समयमात्रै भएको थियो। जोशीकै निर्वाचन क्षेत्रका एक बिरामी उपचार खर्च नहुँदा अस्पतालबाट फिर्ता आउन लागेकोे सूचना आयो। जोशीले बिरामीका आफन्तलाई उपचार खर्चमा सहयोग गर्ने बताए। तर, आफन्तले मानेनन्। कारण थियो, ती बिरामीको उपचार गर्न दैनिक ७० हजार रुपैयाँ तिर्नुपर्ने रहेछ। 

‘बिरामीको नाम बिर्सिएँं। नर्भिक अस्पतालमा उपचार गर्न पैसा नभएको र सरकारी अस्पतालले भर्ना लिन नमानेपछि घर ल्याउनुपर्ने अवस्था बनेछ,’ जोशीले सुनाए, ‘मैले उपचार खर्च सहयोग गर्छु भनें। तर महँगो खर्च व्यहोर्नुभन्दा सरकारी अस्पतालमा भर्ना गर्ने व्यवस्था मिलाइदिन आफन्तले आग्रह गर्नुभयो। त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गर्ने व्यवस्था मिलाएँ।’ 

जोशीले घरदैलो मात्रै गरेका छैनन्। समस्या पर्दा डाक्टरहरुसँग २४ सै घण्टा सीधा सम्पर्क गर्ने व्यवस्था मिलाएका छन्। त्यसका लागि पाँच जना डाक्टरसँग सहकार्य गरिएको उनले बताए। वीर अस्पतालको सहकार्यमा बिरामी भर्ना गर्ने प्रबन्ध गरेका छन्। 

‘२४ सै घण्टा डाक्टरहरुलाई फोन सम्पर्क गर्ने व्यवस्था मिलाएका छौं। डा. भूपेन्द्र बस्नेत र डा. रवीन्द्र पाण्डेसँगै अन्य तीन जना डाक्टरसँग सहकार्य गरेका छौं,’ उनी सुनाउँछन्, ‘एम्बुलेन्सको व्यवस्था मिलाइएको छ। इमरजेन्सी भर्नाका लागि वीर अस्पतालसँग समन्वय गरिएको छ।’

अभियान सुरु हुँदा उनलाई धेरैले फोन गर्थे। अहिले फोनको चाप कम भएको छ। ‘पहिला धेरै फोन आउँथ्यो। अहिले कम भएको छ,’ उनी भन्छन्, ‘अहिले परीक्षण कम छ। १४ दिनसम्म आइसोलेसनमा बसेपछि निको हुन्छ भन्ने बुझेपछि पनि यस्तो भएको हुन सक्छ।’ 

अभियानका क्रममा जोशीले बाँड्ने स्वास्थ्य सामग्रीमध्ये सबैभन्दा धेरै माग अक्सिमिटरको छ। ‘यो अलिक महँगो पनि छ। त्यसैलै जरुरी भएकालाई मात्रै वितरण गरिरहेका छौं,’ उनी भन्छन्। 

महामारीले पारिवारिक कलह

जोशीको अभियान २५ प्रतिशत पूरा भएको छ। उनले कात्तिकमा अभियान सुरु गरेपछि नौ महिनादेखि घरमै बन्द भएका नागरिक उनलाई भेट्न पाउँदा मात्रै पनि उत्साहित भएको उनले देखेका छन्। 

एकातर्फ अभियानले उनलाई ऊर्जा मिलेको छ भने अर्कोतर्फ समाजको भयानक चित्रले उनी निराश छन्। महामारीका कारण जनताको जीवनशैलीमा पारेको प्रभाव निकै खतरनाक रहेको उनको निष्कर्ष छ। 

‘रोजगारी गुमाएकाको घरमा ठूलो अशान्ति छ। घरझगडाले निराशा बढेको पाएँ। जागिर दिलाइपाऊँ भन्ने पनि भेटिए। घरलेु हिंसा त बढेकै छ, मादक पदार्थको खपत पनि बढेको रहेछ,’ उनले सुनाए, ‘आर्थिक स्थिति खस्किएको छ। बालबालिकाको स्याहारसुसार घटेको छ। स्कुले बालबालिकालाई टीभी खोल्दिने र मोबाइल दिने बाहेक अन्य क्रियाकलापमा संलग्न नगराउने स्थिति बढेको छ। यसले बालबालिकाको मनोविज्ञानमा ठूलो असर पारेको छ।’ 

मास्क प्रयोगबारे देखिएको नकारात्मक भावनाले उनलाई हैरान पारेको रहेछ। ‘मैले धेरै वृद्धवृद्धालाई भेटें। उहाँहरु मास्क लगाउनुहुन्छ। तर मैले चिन्दिनँ भनेर मास्क खोल्ने पनि भेटिनुभयो। मास्क लगाउँदा सास फेर्न सकिँदैन भन्ने पनि भेटें,’ उनी भन्छन्, ‘किन मास्क लगाउनु भन्नेहरु भटिनुचाहिँ राज्यले संक्रमणप्रति गरेको हेलचेक्र्याइँका रुपमा बुझेको छु र उनीहरुलाई सम्झाउने गरेको छु।’

दुई महिना लामो अभियानको निष्कर्ष के त ? जोशी भन्छन्, ‘मेरो निकर्ष के हो भने कमजोर आय भएको वर्गलाई स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ। राज्यले भत्ता बाँड्ने होइन उपचार र शिक्षामा लगानी गर्नुपर्छ।’

(१८ पुस २०७७ मा प्रकाशित सामग्री पुनः प्रकाशन गरिएको)


प्रकाशित: March 26, 2021 | 15:35:00 काठमाडौं, शुक्रबार, चैत १३, २०७७

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना