मंगलबार, असोज ११, २०७९

सालक संरक्षण गर्न पदमार्ग र गाइड

महेश्वर आचार्य  |  काठमाडौं, आइतबार, फागुन ९, २०७७

महेश्वर आचार्य

महेश्वर आचार्य

आइतबार, फागुन ९, २०७७, काठमाडौं

नेपाल समय

काठमाडौं– कीर्तिपुर नगरपालिकाको बाघभैरव सामुदायिक वन क्षेत्रमा सालक पदमार्ग घोषणा गरिएको छ। १० औं विश्व सालक दिवसका अवसरमा घोषणा गरिएको यो नेपालको पहिलो सालक पदमार्ग हो। 

‘यो क्षेत्र सालकको बासस्थान हो,’ साना स्तनधारी जीव संरक्षण तथा अनुसन्धान फाउन्डेसनसँग आबद्ध अनुसन्धानकर्मी तुलसीलक्ष्मी सुवालले भनिन्, ‘संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन र संरक्षण सन्देश विस्तार गर्न पदमार्ग घोषणा गरिएको हो।’

बाघभैरव सामुदायिक वन क्षेत्रको सीमाबाट आरम्भ भएको सो पदमार्ग झन्डै पाँच किलोमिटर छ। पदमार्ग पूरा गर्न दुई घण्टा हिँड्नुपर्छ। पदमार्गबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ।

सालकमै विद्यावारिधि गरिरहेकी सुवालले भनिन्, ‘सम्भवतः यो विश्वकै पहिलो सालक पदमार्ग हो।’

सालक चिनाउन गाइड

पदमार्ग घोषणा कार्यक्रममै बाघभैरव सामुदायिक वनमा तालिमप्राप्त ‘सालक गाइड’ हरू पनि तयार पारिएको छ।
गाइडले आगन्तुक पर्यटक तथा अनुसन्धानकर्मीलाई सालकसम्बन्धी जानकारी दिनेछन्।

‘यस क्षेत्रमा पर्यापर्यटनको विकास गर्न सालक गाइड तयार पारेका हौं,’ सुवालले भनिन्, ‘हामीले ३२ जनालाई सालक संरक्षण तालिम दियौं। तीमध्ये तीन जनालाई व्यावसायिक सालक गाइडका रूपमा चयन गरेका छौं।’

पदमार्गका विभिन्न स्थानमा सूचना पाटी र निर्देशक चिह्न राखिएका छन्।

पदमार्ग स्थापनामा बाघभैरव सामुदायिक वन, कीर्तिपुर नगरपालिका, साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेसन (एसएमसीआरएफ) लगायतका सघंसंस्थाको संलग्नता छ।

नेपालमा सालक 

सालकले कमिला र धमिराको संख्या नियन्त्रण गर्छ। सुवालका अनुसार सालकले माटो खन्छ र प्वाल पार्छ। यसबाट माटोमा अक्सिजन प्रवाह भई उर्वरा शक्ति बढ्छ। 

‘यसको माटो खन्ने, प्वाल बनाउने क्रियाकलापले गर्दा सर्पलगायतका जीवलाई बाससस्थान उपलब्ध हुन्छ,’ सुवालले भनिन्, ‘तसर्थ, इकोलोजीमा सालकको महत्त्वपूर्ण भूमिका छ।’ 

लजालु स्तनधारी जन्तु सालक किसानका साथी मानिन्छन्। सालकले मानिसलाई हानि गर्दैन। किरा र कमिलालाई आहारा बनाउने सालकको संख्या भने घटिरहेको अनुमान सुवालको छ।

विश्वमै अति दुर्लभ मानिने सालक नेपालमा कालो र तामे गरेर दुई प्रकारका पाइन्छन्। चाइनिज सालक भनेर चिनिने कालो सालक अति संकटापन्न सूचीमा छ। नेपालका ६२ वटा जिल्लामा सालक पाइने सुवाल बताउँछिन्।

एसिया र अफ्रिकामा मात्र सालक पाइन्छ। आठ प्रजातिका सालकमध्ये दुई प्रजातिको सालक नेपालमा पाइन्छ।

‘सालक पाइने जिल्लाको संख्या बढेको छ तर त्यसबाहेक सालकबारे थाहा पाउनुपर्ने कुरा धेरै बाँकी छन्। सालक संरक्षण गर्नुपर्छ भन्ने कुरा विश्वमा त्यति सुनिएको छैन। यो कुरा दुःखलाग्दो छ,’ प्राणीशास्त्री प्रा. डा. करन शाहले नेपाल समयसँग भने। 

विगतका अध्ययनअनुसन्धान तथा अनुभवबाट पाठ सिक्दै संरक्षणका कार्य अघि बढाउनुपर्ने तर्क राख्दै शाहले हालका अनुसन्धान सन्तोषजनक नभएको बताए। 

‘सालकको खानाको बानी र आकारप्रकारबारे जानकारी खोज्नुपर्छ,’ शाहले भने।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय प्राणीशास्त्र विभाग प्रमुख प्रा. डा. तेजबहादुर थापा संरक्षणको काममा स्थानीय तह पनि संलग्न हुनुपर्ने धारणा राख्छन्। ‘अब स्थानीय तहले पनि जैविक विविधताका क्षेत्रमा काम थाल्नुपर्छ अनि मात्र संरक्षणको काम प्रभावकारी हुन्छ,’ थापाले भने, ‘स्थानीय तहमा पनि संरक्षण अधिकृत नियुक्त गरेर काम थाल्नुपर्ने बेला आइसकेको छ।’

प्राणीशास्त्री प्रा. डा. झमकबहादुर कार्कीले संरक्षण सजिलो नभए पनि प्राणीशास्त्रका विद्यार्थीले संरक्षणमा लाग्नुको विकल्प नभएको बताए। 

‘ठूला जनावरको संरक्षणका लागि बजेट उपलब्ध हुन्छ तर साना जीवजन्तुको संरक्षण प्राथमिकतामा परेको छैन। बजेट पनि उपलब्ध छैन,’ कार्कीले भने, ‘यस्तो अवस्थामा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले गरेको कार्य सराहनीय छ।’

साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका सागर दाहालले संस्थाले सन् २०१८ देखि नै सालकको अध्ययन गर्ने क्रममा क्यामरा ट्रयाप विधिबाट सालकको अध्ययन थालेको जानकारी दिए।

उनले सालकको वासस्थान विनाश हुनबाट जोगाउन सालक पाइने वनक्षेत्रमा स्थानीय समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेको बताए।

‘हामीले चम्पादेवी, चन्द्रागिरिमा सफाइ अभियानलाई वर्षैभरि सञ्चालन गर्ने कार्यक्रम बनाएका छौं,’ दाहालले भने, ‘यो क्षेत्र सालकलगायतका प्राणीको वासस्थान भएकाले उनीहरुको बिस्टामा प्लास्टिक देखिएकाले यो क्षेत्रमा सरसफाइ गर्नुपर्ने देखिएको छ।’


प्रकाशित: February 21, 2021 | 06:43:00 काठमाडौं, आइतबार, फागुन ९, २०७७

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

रैथाने धानको अनुसन्धान गरिँदै

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ।
नेपाल समय
समाज

नाका नखुल्दा तिब्बतको च्याङ्‍ग्रा भित्रिन सकेन

व्यवसायीले मुस्ताङका च्याङ्‍ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्‍ग्रा आइपुगेका हुन्। व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दसैंमा च्याङ्‍ग्रा भित्र्याउँछन्। दसैँमा च्याङ्‍ग्राको माग उच्च हुन्छ।
नेपाल समय
समाज

शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई समस्या

किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन्।
नेपाल समय
समाज

सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ।
नेपाल समय
समाज

सात वर्षपछि मनकामना मन्दिर परिसरको सत्तल पुनर्निर्माण गरिँदै

वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले क्षति पुगेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना