मंगलबार, असोज ११, २०७९

दीर्घसेवी स्रष्टा भन्छन्, धैर्य गरौं, घरमै बसौं

महेश्वर आचार्य  |  काठमाडौं, शनिबार, वैशाख ६, २०७७

महेश्वर आचार्य

महेश्वर आचार्य

शनिबार, वैशाख ६, २०७७, काठमाडौं

नेपाल समय

नेपालमा झन्डै चार सातादेखि बन्दाबन्दी छ। यो कति लम्बिन्छ अनिश्चित छ। धेरैलाई दिन बिताउन गाह्रो छ यतिबेला।

कतिपय सिर्जनात्मक काममा व्यस्त छन्। कतिपय घरकै काममा सक्रिय छन्। कोही चिन्तामा छन्। दीर्घसेवी स्रष्टाचाहिँ के गर्दै छन् त? उनीहरु घरमै छन्। र, अरुलाई पनि घरमै बस्न सल्लाह दिन्छन्। भन्छन्, याे धेर्य गर्ने बेला हाे।

रचना साहित्यिक मासिकका सम्पादक रोचक घिमिरे व्यायाम र आराम गरेर दिन बिताइरहेका छन्। ‘नयाँ केही लेख्ने जाँगर चल्दो रहेनछ,’ घिमिरेले भने, ‘कहाँ के भइरहेको छ भन्ने विषयले ध्यान तान्दो रहेछ। पढ्न पत्रिका उपलब्ध छैनन्। टीभी हेर्‍यो, बस्यो।’

२०१८ सालदेखि घिमिरेको सम्पादनमा प्रकाशन हुन थालेको रचनाको १ सय ६४ अंक निस्किसकेको छ। नयाँ अंकको कामचाहिँ लकडाउनकै कारण रोकिएको छ।

‘बिहान एकछिन छतमै हिँड्छु। योगका केही आसन गर्छु। डाक्टरले ढाड दुखाइ कम गर्न केही फिजियो सिकाएका छन्, त्यही गरेर दिन काटिराछु,’ ७९ वर्षीय घिमिरेले भने।

‘उहिल्यै बाआमाले फलानो गाउँमा हैजा सल्केको छ रे, त्यता नजाओ है भन्नुहुन्थ्यो,’ उनले सुनाए, ‘यस्तो महामारी थाहा थिएन। कति दिन थुनिनुपर्ने हो? दिएको निर्देशन पालना गर्नु परिहाल्यो।’

अभिव्यक्ति साहित्यिक मासिकका सम्पादक नगेन्द्रराज शर्मा फुर्सदमा छन्। दुई सयभन्दा बढी अंक निस्किसकेको पत्रिकाको नियमित प्रकाशन रोकिएको छ।

अभिव्यक्ति २०२७ सालदेखि निरन्तर प्रकाशित छ। ८३ वर्षीय शर्माले भने, ‘अहिले महामारीले गर्दा प्रेसमा पठाएको पत्रिका निस्कन सकेन।’ उनले धैर्य गरेर घरै बस्नुको विकल्प नरहेको बताए।

लेखक राप्रउ पोखरेल पनि लेखपढ र घरायसी काममै दिन बितिरहेको बिताउँछन्। उनी भन्छन्, ‘बन्दाबन्दीका बेला घरबाट बाहिर जानु भएन। भए पनि स्वास्थ्यका कारण धेरै हिँडडुल गर्न सकिन्न। बन्दाबन्दी नभएको भए नयाँ पुस्तक आइसक्थ्यो।’

पाेखरेलको यसअघि ‘धर्म निरपेक्षता कि धार्मिक विस्तारवाद’ पुस्तक प्रकाशित छ। उनका मधेस पष्ठभूमिका कथा चर्चित छन्। ‘नयाँ पुस्तकको लगभग काम सकिएको छ। शीर्षक के राख्ने भनेर घोत्लिरहेको छु,’ उनले भने। पुस्तकमा साहित्य, संस्कृति र इतिहासका खोजमूलक लेख संगृहीत छन्।

गीतकार एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले कहाँ के भइरहेको छ भन्ने जानकारी लिएर घरै बसिरहेको बताए। ‘वृद्धवृद्धालाई कोरोनाको बढी जोखिम हुन्छ। अहिले कहीँकतै नगई र आपत् परेकालाई बाहेक आउन पनि बन्देज लगाएर सरकारी निर्देशन पालना गरिरहेका छौं,’ खरेलले भने, ‘अलिअलि पढलेख गर्ने र पुस्तकालय मिलाउने काम गरिरहेको छु।’

उनले आमनागरिकलाई बन्दाबन्दीको पालना गर्न अनुरोध गरे। ‘शरीर आफ्नो भए पनि रोग आफ्नो हुँदैन,’ खरेलले भने, ‘आफू र आफ्नाको सुरक्षार्थ पनि हामीले सरकारी निर्देशन पालना गर्नुपर्छ।’


प्रकाशित: April 18, 2020 | 13:36:00 काठमाडौं, शनिबार, वैशाख ६, २०७७

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

रैथाने धानको अनुसन्धान गरिँदै

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ।
नेपाल समय
समाज

नाका नखुल्दा तिब्बतको च्याङ्‍ग्रा भित्रिन सकेन

व्यवसायीले मुस्ताङका च्याङ्‍ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्‍ग्रा आइपुगेका हुन्। व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दसैंमा च्याङ्‍ग्रा भित्र्याउँछन्। दसैँमा च्याङ्‍ग्राको माग उच्च हुन्छ।
नेपाल समय
समाज

शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई समस्या

किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन्।
नेपाल समय
समाज

सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ।
नेपाल समय
समाज

सात वर्षपछि मनकामना मन्दिर परिसरको सत्तल पुनर्निर्माण गरिँदै

वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले क्षति पुगेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना