बिहीबार, असोज २०, २०७९

प्रदेश १ : पहिलो मन्त्रिपरिषद् बैठककै निर्णय कार्यान्वयन भएन

२०७४ फागुन ३ गते बिहीबार प्रदेश १ सरकारको गठन भएको थियो। मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश सरकारले यही फागुन ३ गते प्रदेश १ मा एकबर्से कार्यकाल पूरा गर्दैछ। एकबर्से कार्यकाल पूरा गरेको  प्रदेश सरकारले कानुन निर्माणमा र केही पूर्वाधारका काममा प्रगति गरेको बताए पनि पहिलो मन्त्रिपरिषद्को निर्णय नै कार्यान्वयन भएको छैन। २०७४ फागुन ३ गते विराटनगरमा सपथ खाएसँगै मन्त्रिपरिषद्ले प्रदेश सरकारको कार्य विभाजन नियमावली, कार्यसम्पादन नियमावली, लिखित प्रमाणीकरण नियमावली पारित गरेको थियो।
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

इटहरी - २०७४ फागुन ३ गते बिहीबार प्रदेश १ सरकारको गठन भएको थियो। मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश सरकारले यही फागुन ३ गते प्रदेश १ मा एकबर्से कार्यकाल पूरा गर्दैछ। एकबर्से कार्यकाल पूरा गरेको  प्रदेश सरकारले कानुन निर्माणमा र केही पूर्वाधारका काममा प्रगति गरेको बताए पनि पहिलो मन्त्रिपरिषद्को निर्णय नै कार्यान्वयन भएको छैन। २०७४ फागुन ३ गते विराटनगरमा सपथ खाएसँगै मन्त्रिपरिषद्ले प्रदेश सरकारको कार्य विभाजन नियमावली, कार्यसम्पादन नियमावली, लिखित प्रमाणीकरण नियमावली पारित गरेको थियो।

मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत सहभागी बैठकले हिक्मत कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय सोही दिन गरेको थियो।    सरकार सञ्चालनका लागि अत्यावश्यक यी निर्णयसँगै अर्को धेरै लोकप्रिय निर्णय पनि गरेको थियो प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले। तर, त्यो निर्णय कार्यान्वयनको प्रक्रियामै नपुगेको प्रदेश सरकारका कर्मचारीहरू बताउँछन्।

के थियो प्रदेश १ को पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय ?

प्रदेश १ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक गत वर्ष फागुन ३ गते २० मिनेट बसेको थियो। मन्त्रिपरिषद् बैठकले प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनका क्रममा सहादत पाएका सहिदरुको सम्मानमा उनीहरूको जन्म भएको बस्तीलाई नमुना बनाउने निर्णय भएको थियो। ‘सहिदभूमिमा नमुना बस्ती’ निर्माणको निर्णयपछि मुख्यमन्त्री राई तथा सरकारका प्रवक्ता कार्कीले राजनीतिक परिवर्तनका लागि बलिदानी गर्ने सहिदको सम्मानका लागि शान्त, सुरक्षित, सुविधा सम्पन्न ११ वटा नमुना बस्ती निर्माणको निर्णय गरेको अभिव्यक्ति दिएका थिए।

संखुवासभाको स्याबुङ, भोजपुरको हतुवागढी, तेह्रथुमको आठराई, पाँचथरको मेहेलेपुरमा समेत नमुना बस्ती निर्माढणको निर्णय प्रदेश सरकारले गरेको थियो।  नमुना बस्ती निर्माणका लागि प्रदेश सरकारले मदन भण्डारीको जन्मथलो ताप्लेजुङको ढुंगेसाँघु, रत्नकुमार बान्तवा र बम बान्तवाको गाउँ इलामको   चमैता, झापाको सुखानीमा नमुना बस्तीको निर्माण गर्ने निर्णय भएको थियो। यस्तैगरी ओखलढुङ्गाको राम लक्ष्मण सहिदभूमि, धनकुटाको छिन्ताङ, तेह्रथुमको आङबुङमा नमुना बस्ती निर्माणको निर्णय प्रदेश सरकारले गरेको थियो।

नीति तथा कार्यक्रम र बजेटमै परेन प्रदेश सरकारको पहिलो निर्णय

प्रदेश १ सरकार गठन भएको लगभग चार महिनापछि प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। २०७५ ज्येष्ठ २७ गते एक नम्बर प्रदेशका प्रमुख गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभामा आर्थिक वर्ष २०७५/७६ को लागी प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत सहिदभूमिमा नमुना बस्तीको निर्णय समेटिएको थिएन।

११५ बुँदाको नीति तथा कार्यक्रममा विभिन्न लोकप्रिय नाराहरू रहेका थिए। चार नम्बर बुँदाको ‘सबैभन्दा बेस १ नम्बर प्रदेश’ देखि ३३ नम्बर बुँदाको ‘प्रदेशको पानी जनताको लागानी ः घरघरमा बिजुली जनजनमा सेयर’ जस्ता लोकप्रिय कार्यक्रम समेटिए। तर, पहिलो मन्त्रिपरिषद्को बैठकको निर्णय भने समेटिएन।

२०७५ असार १ गते प्रदेश सरकारको बजेटमा पनि पहिलो मन्त्रिपरिषद्को सहरी भूमिको निर्णयलाई कार्यान्वयनको थालनी गर्ने कुनै बजेट विनियोजन भएको थिएन । २१० बुँदामा आएको ३५ अर्ब, ९३ करोड, ६० लाखको पहिलो प्रदेश सरकारको बजेटले पहिलो क्याबिनेट निर्णयलाई सम्बोधन गरेको छैन।

प्रदेश कर्मचारी र संरचना अभावले समस्या : मुख्यमन्त्री

प्रदेश १ सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकका लोकप्रिय निर्णय नै कार्यान्वयन नहुनुमा प्रदेश सरकारले आफैं बाटो बनाएर हिँड्नु परेर भएको प्रदेश सरकारको भनाइ छ। ‘गुन्द्री र पिरामा बसेर’ काम सुरु गर्नुपरेकाले काममा समस्या भएको मुख्यमन्त्री शेरधन राईले केहि दिन अगाडि कोसी रिफ्रेसमेन्ट परियोजनाको कार्यालय उद्घाटनमा बताएका थिए।

पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय कार्यान्वनयमा समस्या भएको बारेमा मुख्यमन्त्री शेरधन राईलाई उधृत गर्दै प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने, ‘प्रदेश सरकारलाई आवश्यक कर्मचारी, प्राविधिक अभाव र प्रदेश सरकारका आफ्नै संरचनाहरूको निर्माण नसकिएकाले पहिलो तर दीर्घकालीन निर्णय कार्यान्वयन हुन नसकेको हो।’ प्रदेश सरकारका सबै संरचना बनेर समायोजनपछि कर्मचारीले पूर्णता पाएपछि निर्णयको कार्यान्वयनको प्रक्रियामा लाने प्रदेश सरकारको तयारी भएको समेत सल्लाहकार सुवेदीले बताए।

यसैबीच एकबर्से कार्यकालमा आफूले गरेका कार्यहरूको विवरण प्रदेश सरकारले बिहीबार अस्थायी राजधानी विराटनगरमा सार्वजनिक गर्दैछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे पत्रकार सम्मेलनमार्फत सरकारका कामहरू सार्वजनिक गर्ने कार्यक्रम छ।

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन्।
नेपाल समय
समाज

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ।
नेपाल समय
समाज

प्रतिकूल मौसका कारण पोखराबाट हुने उडान रद्द

लगातारको वर्षाका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन्।
नेपाल समय
समाज

वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
नेपाल समय
समाज

बारा बस दुर्घटना अपडेट : ९ जनाको सनाखत, घाइते १६ जनाको भरतपुरमा उपचार हुँदै

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना