बिहीबार, असोज २०, २०७९

सम्पूर्ण अपडेट- आज के-के भयो ?

आज पुस मसान्त (३० गते) सोमबार। पुसको पाक्य र माघको खाक्य नेपाली उखान अनुसार पुसको राति पकाउने र अर्को दिन माघ १ गते खाने नेपाली प्ररम्परा छ। आज देशभर कहाँ के-के भयो र माघेको पूर्वतयारी कहाँ के छ, चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा केसीको १६ औं अनसनको छटौं दिन आज इलाम जिल्ला अस्पताल पुर्‍याइएको छ। अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

काठमाडौं- आज पुस मसान्त (३० गते) सोमबार। पुसको पाक्य र माघको खाक्य नेपाली उखान अनुसार पुसको राति पकाउने र अर्को दिन माघ १ गते खाने नेपाली प्ररम्परा छ। आज देशभर कहाँ के-के भयो र माघेको पूर्वतयारी कहाँ के छ, चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा केसीको १६ औं अनसनको छटौं दिन आज इलाम जिल्ला अस्पताल पुर्‍याइएको छ। अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

माघीमय सुदूरपश्‍चिम : छोरीलाई उपहार दिनेदेखि अगुवा चुन्‍नेसम्म

माघी अर्थात् चेली तिहारको रौनक सुदूरपश्चिममा सुरु भएको छ। हिमाल, पहाड र तराई तीनवटै भूगोलमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरुमा माघी तिहारको रौनक सुरु भएको हो। वर्षको एकपटक छोरी चेलीलाई अनिवार्य रुपमा तिहार दिने प्रचलन रहेकाले माघी तिहारलाई चेली तिहार भन्ने गरिएको हो।

सप्तकोशीमा जल यातायातको लागि ४ कम्पनीको प्रतिष्पर्धा हुने 

पचास वर्षअघि सप्तकोशी नदीमा पहिलोपटक जलयात्राको सफल परिक्षण भएको थियो। प्रथम सगरमाथा आरोही सर एड्‍मन्ड हिलारी नै थिए पहिलोपटक सप्तकोशीमा जेट बोट यात्रा गर्ने। आफ्ना साथी जोन ह्यामिलटनसँगै सन १९६८ मा हिलारीले सप्तकोशी बग्ने चतराबाट दोलालघाटसम्मको १७५ किलोमिटर जेट बोटमा यात्रा गरेका थिए।

संसदमा वाइडबडीका भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ भन्ने मै हुँ : देउवा  

नेपाली कांग्रेसका सभापती एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा मुछेर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन्।  

सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न २४ घन्टे अल्टिमेटम

कर्मचारीहरूले प्रदेश मन्त्रालयका सचिव कुट्ने मन्त्रीमाथि कारबाही गर्न माग गरेका छन्। निजामती कर्मचारीले वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने प्रदेश २ का अर्थमन्त्री विजय यादवमाथि कारबाही गर्न माग गरेका हुन्।

डा केसीलाई अस्पताल लगियो, बिग्रियो स्वास्थ्य

छ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगिएको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा पुष २५ गतेदेखि उनले १६ औं अनस सुरु गरेका थिए। मुटुको गति अनियमित भएर स्वास्थ्यमा खतरा उत्पन्न भएपछि अनसनरत केसीलाई इलाम अस्पताल सारिएको हो।

पाँच लाखका लागि सचिव कुट्ने मन्त्रीको चुनौती : प्रमाण देखाऊ

प्रदेश २ का एक मन्त्रीले प्रदेश मन्त्रालयका एकजना सचिवलाई कार्यकक्ष भित्रै कुटपिट गरेका छन्। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश मन्त्रालयका एक सचिवलाई कुटपिट गरेको घटना बाहिरिएको छ।

बालुवामा पुरिएका समृद्धि सपना

मित्र मुमाराम खनाल र म पुस तेस्रो साता एक नम्बर प्रदेशमा थियौं। हाम्रो यात्राको मुख्य उद्देश्य थियो मान्छेहरूसँग कुराकानी गर्नु । हामी त्यस्ता मान्छेसँग भेटघाट गर्न चाहन्थ्यौं– जो हिजो लोकतान्त्रिक आन्दोलनमा थिए, जसले विकास र समृद्धिको सपना देखेका थिए, जो राजतन्त्रविरुद्ध अनवरत लडेका थिए, जसले परिवर्तनको यज्ञमा आफूलाई समर्पित गरेका थिए। 

नार्कमा कर्मचारी अभाव

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आवश्यक कर्मचारीको अभाव भएसँगै त्यहाँको काम दिन प्रतिदिन प्रभावित बन्दै गएको छ। सरकारले २०४८ सालमा कृषि ऐन पारित गर्दा तोकेका सबै सेवासुविधा हालसम्म लागु गर्न नसकेका कारण त्यहाँका कर्मचारीको मनोबल घटी अन्य कार्यक्षेत्रमा लाग्दा  काम प्रभावित बन्दै गएको हो। 

जोखिममुक्त बस्ती खोज्दै कर्णाली सरकार

कर्णाली र तिला कर्णाली नदीको संगमस्थल कालिकोटको जितेगढा बजार। माथिबाट ठूलठूला पहाड तल बाह्रै महिना बगिरहने कर्णाली। वर्षौंदेखि जोखिमको कुनै प्रवाह नगरी बस्न बाध्य छन् जितेगडावासी। एकातिर पहाड खस्ने डर, अर्कातिर उर्लेर आउने कर्णालीले बस्ती बगाउला भन्ने चिन्ता। 

लुम्बिनी घोषणापत्र जारी गर्दै सकियो बुद्धिस्ट मार्ट

तीन दिनदेखी लुम्बिनीमा सन्चालित बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, २०१९ ६ बुदें घोषणा पत्र जारी गर्दै सकिएको छ। विदेशी क्रेता र स्वदेशी विक्रेताबीच सिधा सम्पर्क गराउने उद्देश्यले नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र संस्कृति तथा पर्यटन मन्त्रालय अर्न्तगतको नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ३ दिन सम्म चलेको मार्टबाट ६ बुदें साझा लुम्बिनी घोषणापत्र समेत जारि गरिएको छ। 

भ्यालेन्टाइन डे कै दिन लगन गाँठोमा कसिँदै वर्षा

पछिल्लो पुस्ताकी चर्चित नायिका वर्षा राउत भ्यालेन्टाइन डे अर्थात फागुन २ मा लगन गाँठोमा कसिने भएकी छन्। लामो समयदेखि सन्जोग कोइरालासँग प्रेम सम्बन्धमा रहेकी वर्षा अब बैबाहिक बन्धनमा बाधिन लागेकी हुन्।

च्यासललाई हराउँदै थ्री स्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्ड कपमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धनगढी रंगशालामा भएको खेलमा थ्री स्टरले च्यासललाई १-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

महिला टी-२० स्म्यास : युएईलाई हराउँर्दै नेपाल सेमिफाइनलमा

थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-२० स्म्यास क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको आफ्नो तेस्रो खेलमा प्रतियोगिताको बलियो दाबेदार मानिएको यूएइलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। 

म्यानचेस्टर युनाइटेडसँग टोटनह्याम पराजित 

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडसँग टोटनह्याम पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम युनाइटेडसँग १-० ले पराजित भएको हो। घरेलु टोली टोटनह्यामलाई पराजित गर्न युनाइटेडका लागि खेलको एक मात्र निर्णायक गोल मार्कुस रासफोर्डले गरेका थिए।

पाउरोटीको मूल्यवृद्धिको विरोध, राष्ट्रपति भन्छन्- 'आन्दोलनले सरकार ढल्दैन'

सुडानका कठोर राष्ट्रपति ओमर अल बसिरले अहिले भइरहेको आन्दोलनबाट सरकार परिवर्तन नहुने दावी गरेको छ। डार्फरमा भएको एउटा र्‍यालीलाई सम्वोधन गर्दै सोमबार उनले आन्दोलनकारीहरुले सरकार परिवर्तन गराउन नसक्ने दावी गरेको हो।

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन्।
नेपाल समय
समाज

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ।
नेपाल समय
समाज

प्रतिकूल मौसका कारण पोखराबाट हुने उडान रद्द

लगातारको वर्षाका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन्।
नेपाल समय
समाज

वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
नेपाल समय
समाज

बारा बस दुर्घटना अपडेट : ९ जनाको सनाखत, घाइते १६ जनाको भरतपुरमा उपचार हुँदै

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना