बिहीबार, असोज २०, २०७९

प्रदेश-२ नामाकरण : 'मधेश' भर्सेस 'मिथिला-भोजपुरा'

राजधानीभन्दा पनि प्रदेशको नामाकरणले सरकारलाई समस्या गरेको छ । सरकार प्रदेश-२ को नामाकरण मधेश प्रदेश गर्ने सोच बनाएको छ । राजधानी, नामाकरण र भाषालगायत प्रस्ताव पारित गराउन दुई तिहाइ मत आवश्यक छ । तर, 'मधेश प्रदेश' को नाममा दुई तिहाइ नपुग्ने लगभग निश्चित रहेकाले सरकारले प्रस्ताव ल्याउन ढिलाइ गरेको हो ।
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

जनकपुरधाम- १९ असोज शुक्रबार बसेको प्रदेश-२ को प्रदेशसभा बैठक विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले अवरुद्ध गरे । दुवै दलले संयुक्त रूपमा गरेको विरोधका कारण सूचना टाँस गरेर आइतबार ११ बजेसम्म बैठक स्थगित भयो ।

करिब एक महिनापछि १८ असोजमा बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले करार कर्मचारी भर्ना र गाउँसभा तथा नगरसभा कानून निर्माणसम्बन्धी विधेयक प्रस्तुत गरेको थियो । शुक्रबारको बैठकमा ती दुवै विधेयकमाथि छलफल गरेर पारित गराउने सरकारको तयारी थियो । तर, विपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित भयो । र, शुक्रबार विधेयक पारित गराउने सरकारको योजना विफल भयो ।

विपक्षी दल नेकपा र कांग्रेसले प्रदेशको स्थायी राजधानी, नामाकरण र भाषासम्बन्धी प्रस्ताव ल्याउन ढिलाइ गरिएकामा मुख्यमन्त्रीको जवाफ माग्दै सदन अवरुद्ध गरेका थिए । नेकपाले त प्रदेश सरकारले सदनमा प्रस्तुत गरेका करार कर्मचारी भर्ना र पेश गर्न तयारी गरिएको प्रदेश प्रहरीसम्बन्धी विधेयक संविधान विपरित रहेको बताउँदै औचित्य पुष्टी गर्नसमेत माग गरेको थियो । त्यसैगरी दुवै दलले आफूहरूसँग भएको सहमति विपरित सरकारले बजेट वितरण गरेको बताउँदै संशोधनको मागसमेत राखेका थिए ।

विपक्षी दलले विभिन्न माग उठाउँदै सदन अवरुद्ध गरेपछि मुख्यमन्त्री लालबाबु राउतले आइतबार जवाफ दिए । लामो अन्तरालपछि सदनमा एक घण्टा बोलेका मुख्यमन्त्री राउतले प्रदेशको राजधानी, नामाकरण र भाषासम्बन्धमा उच्चारणसम्म गरेनन् । अनौठो के भने तीन वटै विषयका विधेयक ल्याउन माग राख्दै शुक्रबार सदन अवरुद्ध गरेका विपक्षी दल नेकपा र कांग्रेस राउतले त्यस विषमा केही नबोल्दा पनि चुप लागेर बसे ।

सदन शुरु हुनअघि विपक्षीसँग बैठक

सदनमा राजधानी, नामाकरण, भाषा, बजेट विनियोजनलगायत विषयमा जवाफ नदिए आइतबारको बैठक पनि अवरुद्ध हुने आशंका मुख्यमन्त्री राउतलाई थियो । र, सदन शुरु हुनुअघि नै उनले विपक्षी दल नेकपा र कांग्रेससँग बैठक गरे । उक्त बैठकमा राउतले राजधानी, नामाकरणलगायत विषयमा छिट्टै विधेयक ल्याउने प्रतिबद्धता जनाएपछि सदनको कारवाहीमा अवरोध नगर्ने सहमति भएको थियो ।

सभामुख सरोज यादवको कार्यकक्षमा बसेको बैठकमा मुख्यमन्त्री राउतले दशैंपछि राजधानी, प्रदेशको नाम र भाषासम्बन्धी विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिले राजधानी, नामाकरण र भाषासम्बन्धी विधेयक तयार नरहेको बताउँदै राउतले दशैंलगत्तै विधेयक ल्याउने प्रतिबद्धता जनाएको बैठकमा सहभागी कांग्रेस सांसद शिवचन्द्र चौधरी बताउँछन् ।

सांसद चौधरी भन्छन्, 'दशैंपछि पनि विधेयक नआए हामी सदन अवरुद्ध गर्न बाध्य हुने उहाँलाई बताएका छौं ।' राजधानीसम्बन्धी प्रस्ताव ल्याउन आफूहरूमाथि दबाब रहेको मुख्यमन्त्री राउतको भनाइ उद्धृत गर्दै सांसद चौधरीले बताए । यसैगरी बजेट विनियोजनसम्बन्धमा मुख्यमन्त्री राउत पनि असन्तुष्ट देखिएका छन् । आफूले दिएको योजनासमेत बजेटमा समावेश नगरिएको बताउँदै बैठकमा राउतले असन्तुष्टी पोखेको सांसद चौधरीको भनाइ छ ।

अर्थमन्त्री विजयकुमार यादवसमेत उपस्थित रहेको बैठकमा बजेट विनियोजन समानुपातिक नभएको स्वीकार गर्दै प्र्रथम चौमासिकमा कार्यान्वयन नगर्ने सहमति भएको बताइएको छ । प्रथम चौमासिक अन्त्य भइसकेपछि संशोधन गरेर बजेट विनियोजन गर्ने प्रतिबद्धता अर्थमन्त्री यादवले जनाएका छन् ।
 
विपक्षी दल नेकपा र कांग्रेस 'मिथिला-भोजपुरा'को पक्षमा, सत्ता पक्षको सोच 'मधेश' प्रदेशमा ।

राजधानीको प्रस्ताव ल्याउन ढिलाइ किन ?

सात वटामध्ये प्रदेश-४, ६ र ७ ले नामाकरण गरिसकेका छन् । प्रदेश- १, २, ३ र ५ मा भने नामाकरणको सकस देखिएको छ । प्रदेश-२ सरकारले यस विषयमा सदनमा प्रतिनिधित्व गर्ने दलहरूसँग अनौपचारिक छलफलसमेत गर्न सकेको छैन ।

मुख्यमन्त्री राउत पर्साबाट निर्वाचित सांसद हुन् । त्यसैगरी, प्रदेश-२ का सभामुख सरोज यादव र सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल बाराबाट निर्वाचित भएका हुन् । सोनल पनि सरकारका प्रभावशाली मन्त्री मानिन्छन् । अधिकांश सांसदले जनकपुरलाई राजधानी हुनुपर्ने बताइरहे पनि मुख्यमन्त्री राउतलगायत सरकारका मन्त्रीहरूले यस विषयमा खुलेर केही बोल्न सकेका छैनन् ।

सोझै जनकपुरलाई राजधानीको प्रस्ताव लाने अवस्थामा मुख्यमन्त्री राउत छैनन् । उनले यसो गरे बारा, पर्सा र रौटहट रुष्ट हुने निश्चित छ । र, राउतले यो खतरा मोल्न चाहेका छैनन् । वीरगञ्जका बासिन्दा स्थायी राजधानीको आफ्नो अडानमा अडिग छन् ।

वीरगञ्ज राजधानी नभए बारा, पर्सा र रौतहट गरी तीन जिल्लाको छुट्टै राजधानी बनाउने धम्की वीरगञ्जका बासिन्दाले दिँदै आएका छन् । तर, प्रदेश-२ का आठ जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका सांसदहरू जनकपुरकै पक्षमा देखिएकाले वीरगञ्ज राजधानी हुने सम्भावना कमै देखिएको छ । आफू जोगिन मुख्यमन्त्री राउतले जनकपुर र वीरगञ्ज दुवैलाई राजधानीका लागि प्रस्ताव गर्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ । सदनमा भोटिङ गराएर राजधानी घोषणा गर्ने उनको तयारी रहेको बुझिएको छ ।

राजधानीभन्दा पनि प्रदेशको नामाकरणले सरकारलाई समस्या गरेको छ । सरकार प्रदेश-२ को नामाकरण मधेश प्रदेश गर्ने सोच बनाएको छ । राजधानी, नामाकरण र भाषालगायत प्रस्ताव पारित गराउन दुई तिहाइ मत आवश्यक छ । तर, 'मधेश प्रदेश' को नाममा दुई तिहाइ नपुग्ने लगभग निश्चित रहेकाले सरकारले प्रस्ताव ल्याउन ढिलाइ गरेको हो ।

विपक्षी दल नेकपा र कांग्रेस 'मधेश प्रदेश'को नाममा सहमत देखिएका छैनन् । प्रदेश-२ का आठ जिल्लाले पौराणिक मिथिलाको प्रतिनिधित्व गरेकाले उनीहरू बारा र पर्साको भावनासमेत सम्बोधन हुने गरी 'मिथिला-भोजपुरा'को पक्षमा देखिएका छन् ।

मधेश प्रदेशको विपक्षमा देखिएका विपक्षी दलका सांसदहरूलाई सरकारले फकाउने प्रयाससमेत नगरेको होइन । तर, आठ हजार वर्ष पुरानो इतिहास समाप्त पार्ने गरी मिथिलालाई छोड्न नसकिने विपक्षी दलको तर्क छ ।

प्रदेश सरकारले विपक्षी दललाई विश्वासमा नलिई राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव संसदमा ल्याए पारित नहुने पक्का रहेकाले विधेयक ल्याउन ढिलाइ गरेको कांग्रेसका सांसद शिवचन्द्र चौधरी बताउँछन् ।

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन्।
नेपाल समय
समाज

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ।
नेपाल समय
समाज

प्रतिकूल मौसका कारण पोखराबाट हुने उडान रद्द

लगातारको वर्षाका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन्।
नेपाल समय
समाज

वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
नेपाल समय
समाज

बारा बस दुर्घटना अपडेट : ९ जनाको सनाखत, घाइते १६ जनाको भरतपुरमा उपचार हुँदै

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना