शुक्रबार, मंसिर २३, २०७९

भारतीय दबाबमा विषादी रोक्ने निर्णय उल्टिएको खुलासा

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परिक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठिक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई दबाबमूलक पत्र पठाएको खुलेको छ। दुतवासले असार १४ को मितिमा ...
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

काठमाडौं- विषादी परिक्षणका नगर्न भएको सेटिङ र विषादीले लिएको विकराल रुपलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् । 

अन्नपूर्ण पोस्ट्ले विकराल बन्दै विषादी बन्दै शीर्षकमा मुख्य समाचार छापेको छ ।

तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने सरकारको निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकले बताएका छन् । विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन्।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. केदारनरसिंह केसीका अनुसार रासायनिक विषादी राखिएको तरकारी एवं फलफूल सेवन गर्दा छाती र टाउको दुख्ने, जिउ चिलाउने, बान्ता हुने, दिसा लागिरहने लगायतका समस्या देखिन्छ। 

लामो समयसम्म विषादीयुक्त तरकारीको सेवनले मुटु, फोक्सो, मिर्गौलालगायत संवेदनशील अंगमा क्षति पुग्ने केसीले बताए। ‘कलिलो उमेरमै हृदयाघात, मिर्गौला फेल र क्यान्सर हुनुमा विषादी हालिएको तरकारी एवं फलफूल सेवन पनि हो’, उनले भने। 

डा. केसीका अनुसार विषादीको जाँच नगर्नु जनस्वास्थ्यका दृष्टिले जघन्य अपराध भएको समाचारमा उल्लेख छ ।  

यस्तै आजको कान्तिपुरले भने सरकारलाई तरकारीको विषादी परिक्षण नगर्न भारतले दबाबमूलक पत्र पठाएपनि त्यसलाई लुकाएर प्रधानमन्त्रीले खोइ कसलाई आयो पत्र ? भनि दिएको अभिव्यक्तिलाई मुख्य समाचर बनाएको छ । 

समचारमा जनाइए अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परिक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठिक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई दबाबमूलक पत्र पठाएको खुलेको छ। दुतवासले असार १४ को मितिमा यस्तो दबाबमूलक पत्र पठाएको पाइएको छ ।
 
आजको नयाँ पत्रिकाले विषादी परीक्षणः दूतावासको पत्रदेखि मन्त्रिपरिषद् निर्णयसम्म शीर्षकमा खबर लेखेको छ । उसले समाचारमा भारतकै दबाबमा सरकारले तरकारीमा विषादी परीक्षण बन्द गरेको उल्लेख गरेको छ ।
 
१४ असारमा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रका आधारमा कृषि मन्त्रालयले १७ असारमा परीक्षण रोक्ने निर्णय गरेको हो । कृषिले निर्णय गरी वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेपछि सबै नाकामा विषादी परीक्षण रोकिएको छ ।

नयाँ पत्रिकाले विषादी परिक्षण रोक्नका लागि भएका घटनाक्रम समेत छापेको छ ।

१. भारतसहित तेस्रो मुलुकबाट आयात गरिने तरकारी तथा फलफूलको नाकामै विषादी परीक्षण गर्ने १० जेठको मन्त्रिपरिषद्को निर्णय २ असारमा राजपत्रमा सूचना प्रकाशित गरेर कार्यान्वयनमा ल्याइयो ।

२. ३ असारदेखि नाकामा विषादी परीक्षण हुन थाल्यो । नेपालस्थित भारतीय दूतावासले १४ असारमा परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै विषादी परीक्षण रोक्न दबाब दियो ।

३. परराष्ट्रले १५ असारमा दूतावासको पत्रबारे कृषि र वाणिज्य मन्त्रालयलाई  पत्र लेख्दै  आवश्यकताअनुसार कार्यान्वयनमा लैजान सुझाब दियो ।

४. त्यसपछि कृषि मन्त्रालयले १७ असारमा नाकामा आवश्यक पूर्वाधार नभएको भन्दै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गर्‍यो र त्यसको सिफारिस वाणिज्य मन्त्रालयलाई गर्‍यो ।

५. कृषि मन्त्रालयको सिफारिसलाई आधार मानेर वाणिज्य मन्त्रालयले १८ असारमा तत्कालका लागि विषादी परीक्षण नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लग्यो ।

६. १९ असारको मन्त्रिपरिषद्को बैठकले वाणिज्यको प्रस्तावलाई पारित गर्दै नाकामा प्रयोगशाला स्थापना नभएसम्म भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण नगर्ने निर्णय गर्‍यो  ।

आजको नागरिक दैनिकले भने असारे विकास र चालु खर्चमा भएको दोहनलाई मुख्य समाचार बनाएको छ । उसले नेकपाले साम्यवाद हटाएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । 

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
समाज

जडीबुटीको व्यापारबाट चलेको जीविका

कालीकोटको थिप्पु गाउँपालिका-१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँड्छन्।
नेपाल समय
समाज

लखन थापा अन्तर्राष्ट्रिय फुटबल रंगशाला तीन वर्षदेखि अलपत्र

जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रंगशालाको पहिलो चरणको काम विक्रम संवत् २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरू हुन सकेको छैन।
नेपाल समय
समाज

पर्साका किसानलाई गहुँ छर्न मल अभाव

किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन्।
नेपाल समय
समाज

पल्पाको रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु

सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन्।
नेपाल समय
समाज

कालीकोटमा आयोडिनयुक्त नुन अभाव

कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना