शुक्रबार, मंसिर २३, २०७९

नेपालकै तरकारीमा विषादीको प्रयोग, जाँच क्षमता कमजोर

भारतबाट आयात गरिने फलफूल र तरकारीमा विषादी जाँच गर्न आफूसँग पूर्वाधार नभएको भन्दै सरकार पछाडि हटेपछि त्यसको विरोध भएको छ।
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

काठमाडाैं- भारतबाट आयात गरिने फलफूल र तरकारीमा विषादी जाँच गर्न आफूसँग पूर्वाधार नभएको भन्दै सरकार पछाडि हटेपछि त्यसको विरोध भएको छ।

विरोध गर्नेहरूले जनस्वास्थ्यका लागि विषादीयुक्त तरकारी र फलफूलको आयात रोकिनुपर्ने बताएका छन्।

तर नेपालमा हुने कुल तरकारी खपतको आधाभन्दा बढी हिस्सा यहिँ उत्पादन हुने हुँदा आन्तरिक विषादी जाँचका पूर्वाधार निर्माण समेत अत्यावश्यक भइसकेको विज्ञहरू बताउँछन्।

विषादीको आयात

नेपालमा वर्षमा साढे छ सय म्याट्रिक टन विषादीहरू भित्रने गरेको तथ्याङ्क छ।

त्यसरी भित्रिने विषादीहरू १७० प्रकारका रहेका र तीमध्ये दुई तिहाइभन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेका छन्।

सामान्यत: विषादीका एक दर्जनभन्दा बढी समूहमध्ये नेपालमा दुईवटा समूह मात्र जाँच्न सकिने प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्मा बताउँछन्।

शर्मा भन्छन्: "कुनै पनि सीमामा हामीले प्रभावकारी जाँच गर्न सक्ने अवस्थामा छैनौँ। देशका सातवटै ठाउँमा भएका प्रयोगशाला एकैखाले हुन्।"

रोग र किराहरू जाँच्ने क्वारेन्टाइन सबै सीमा नाकामा भएपनि विषादी जाँच्ने काम सूक्ष्म ढङ्गले गर्नुपर्ने हुँदा त्यसमा समस्या भएको अधिकारीहरूको भनाइ छ।

विषादी परीक्षण
तरकारीको छड्के जाँच

केन्द्रीय कृषि प्रयोगशालाले बेलाबखत छड्के जाँचका क्रममा विषादीको प्रयोग पनि जाँच्ने गर्छ।

तर ती मुख्य बजारमा मात्र केन्द्रीत हुँदा त्यसको औचित्यमाथि उपभोक्ता अधिकारकर्मीहरूले प्रश्न उठाउने गरेका छन्।

काठमाण्डूको कालिमाटी तरकारी बजारमा विसं २०७१ देखि २०७६ जेठ १५ सम्म गरिएका ७,४४३ नमुना परीक्षणमा ६४ वटा खान अयोग्य पाइएको र ३५ वटा क्वारेन्टाइनमा पठाइएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका प्रमुख कान्चनराज पाण्डे भन्छन्, "सङ्कलन गरेर ल्याइएका तरकारी काठमाण्डू आइपुग्दा कहाँबाट आएको हो भन्ने थाहा हुँदैन। जसले गर्दा कारबाहीको प्रक्रियामा जान गाह्रो छ।"

केरा वा आँप पकाउने र गोलभेँडा रातो बनाउने क्याल्सियम कार्बाइडजस्ता विषादी प्रतिबन्धित भए पनि खुला सीमामार्फत् नेपाल भित्रने गरेका बताइन्छ।

अक्सिटोसिनजस्ता विषादी नेपालभित्र तरकारीको आकार बढाउन व्यापक प्रयोग भएको पाइए पनि त्यसको जाँच गर्ने क्षमता सरकारसँग छैन।

'विषादी नराम्रो मात्र होइन'

नेपालमा अझै पनि धेरै कृषकहरूले विषादीको मात्रा र त्यसको अवधिबारे पूर्ण रूपमा जानकार नहुँदा समस्या देखिने विज्ञहरू बताउँछन्।

"विषादी राख्नै नहुने भन्ने होइन," कृषि तथा वन विश्वविद्यालयकी प्राध्यापक कल्याणी मिश्र भन्छिन्।
अर्गानिक तरकारी बजार
"नेपाललाई अर्ग्यानिक पकेट क्षेत्रका रूपमा विकास गर्न नसक्दासम्म विषादीको सही प्रयोग आवश्यक छ। अहिलेको विषय भनेको सुरक्षित फलफूल र तरकारीको हो।"

व्यवसायिक तरकारी खेती हुने ठाउँमा नियमन र सचेतना फैलाउन सक्दा आन्तरिक रूपमा विषादीको समस्यासँग जुझ्न सकिने विज्ञहरूको भनाइ छ।

बीबीसी

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
समाज

जडीबुटीको व्यापारबाट चलेको जीविका

कालीकोटको थिप्पु गाउँपालिका-१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँड्छन्।
नेपाल समय
समाज

लखन थापा अन्तर्राष्ट्रिय फुटबल रंगशाला तीन वर्षदेखि अलपत्र

जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रंगशालाको पहिलो चरणको काम विक्रम संवत् २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरू हुन सकेको छैन।
नेपाल समय
समाज

पर्साका किसानलाई गहुँ छर्न मल अभाव

किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन्।
नेपाल समय
समाज

पल्पाको रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु

सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन्।
नेपाल समय
समाज

कालीकोटमा आयोडिनयुक्त नुन अभाव

कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना