काठमाडौं - सरकारको नेतृत्व गर्ने आलोपालो सहमति विवादले नेकपाको एकता धर्मराउन थालेको छ। पार्टीका नेताहरु आलोपालोको पक्ष र विपक्षमा विभाजित भएपछि पार्टी एकताको कामसमेत प्रभावित बन्न पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु आलोपालोविरुद्ध उभिएका छन्। प्रधानमन्त्रीका निकट मानिएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त अध्यक्ष प्रचण्डविरुद्ध अघोषित युद्धमा उत्रिएका छन् । उनले यसका लागि जनताको बहुदलीय जनवादलाई समेत अस्त्रका रुपमा प्रयोग गर्न थालेको चर्चा नेकपाभित्र छ।
नेकपामा प्रधानमन्त्री ओलीपीडितहरु भने सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने पक्षमा छन्। यस विषयमा पार्टीका वरिष्ठ नेता माधव नेपालसमेत आलोपालोको सहमति भएको स्वीकार गर्दै त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने पक्षमा छन्।
ओलीसँग झस्किएका प्रचण्ड देउवाको शरणमा
प्रधानमन्त्री केपी ओलीसँग निकै पटक झस्किएका नेकपा अध्यक्ष प्रचण्ड अचानक यो साता देउवाको शरणमा पुगेका छन्। ओलीबाट हुने सम्भावित दुर्घटनाप्रति सचेत भएर उनी यसरी देउवाको शरणमा पुगेको बताइएको छ। यसअघि पनि ओलीले आलोपालो नेतृत्वको सहमति कार्यान्वयन नगरेपछि माओवादी ओली नेतृत्वको सरकारबाट बाहिरिएर शेरबहादुर देउवासँग मिलेर सरकार बनाएका थिए। अहिले ओली निकटका नेताहरु जबजको आडमा प्रचण्डमाथि खनिएपछि प्रचण्ड अनेक विकल्पको खोजीमा लागेको बताइएको छ।
किन झस्किए प्रचण्ड ?
नयाँ संविधान जारी भएपछि तत्कालीन एमाले र माओवादी मिलेर सरकार बनाए। जसमा माओवादीसमेत ओली नेतृत्वको सरकारमा सहभागी भयो। सहमतिअनुसार त्यसबेला पनि नेतृत्व आलोपालोमा सहमति भएको थियो। तर सो सहमति कार्यान्वयन नभएको भन्दै अध्यक्ष प्रचण्डले २०७३ वैशाख २१ गते प्रधानमन्त्री ओलीलाई भेटेर सरकारबाट बाहिरिने चेतावनी दिएका थिए।
तर वैशाख २३ गते प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमबीच वार्ता भयो। वार्तामा नेताहरुबीच तीन बुँदे सहमति भएको थियो। सहमतिको मुख्य बुँदा थियो, एक महिनापछि ओलीले सरकारको नेतृत्व हस्तान्तरण गर्ने र प्रचण्डको नेतृत्वका अर्को सरकार बनाउने । तर ओलीले सो सहमति कार्यान्वयन नगरेपछि २०७३ असार २८ मा माओवादी सरकारबाट बाहिरियो र कांग्रेससँग मिलेर सरकार गठन गर्न पुग्यो।
गत वर्ष जेठ ३ गते दुई पार्टी एकीकरण हुनुअघि सहमतिपत्रमा हस्ताक्षर भएको थियो। हस्ताक्षरमध्ये एउट मुख्य मुद्दा थियो, सरकारको नेतृत्व आलोपालो। प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको यो फागुनमा एक वर्ष भइसकेको छ। सहमतिअनुसार अबको झन्डै एक वर्षमा ओलीले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ। तर प्रधानमन्त्री ओली लगायतका उनी निकट नेताहरु यो सहमति कार्यान्वयन गर्ने पक्षमा छैनन्। यसले नेकपा विभाजन सम्म हुने आशंकासमेत प्रकट हुन थालेका छन्।
आलोपालको पक्ष र विपक्षमा को–को (स्थायी समिति)
पक्षमा
प्रचण्ड, नारायाणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, अग्नि सापकोटा, गणेश शाह, गिरिराजमाणि पोखरेल, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देव गुरुङ, देवेन्द्र पौडल, पम्फा भूसाल, बर्षमान पुन, मणि थापा, मात्रिका यादव, लिलामणि पोखरेल, लेखराज भट्ट, हरिबोला गजुरेल, शक्ति बस्नेत, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भूसाल, भीम आचार्य, भीम रावल, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे।
आलोपालोको विपक्षमा
केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदिप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, मु्कुन्द न्यौपाने, रघुबीर महासेठ, विष्णु रिमाल, शंकर पोखरेल, सुवास नेम्बाङ, सत्या नारायाण मण्डल।