काठमाडौं- मानव तस्कर र ठगिनेको व्यथा फिल्मको कहानीभन्दा कम दर्दनाक छैन । वैदेशिक रोजगारीमा हिँडेका एक युवक दिल्लीमा पुगेर अलपत्र परे।
उनको २० लाख रुपैयाँ दलालले खाइदियो भने उनलाई दिल्ली छाड्न गएका बुबा र मामा बल्लबल्ल बचेर नेपाल फर्किएका छन्।
लमजुङका श्याम (नाम परिवर्तन) क्यानडाको इलेक्ट्रोनिक ट्राभल्स अथोराइजेसन (इटिए) भिसाको प्रलोभनमा परे । २० लाख रुपैयाँ दिएमा क्यानडा जान पाइने भएपछि उनी त्यसको तयारीमा जुटे । उनको रकम दलालले खाइदिएपछि अहिले परिवार बिचल्लीमा परेको छ ।
यस्तो छ घटना
लमजुङका श्याम वैदेशिक रोजगारीको खोजीमा काठमाडौँका म्यानपावर धाउँदै थिए। उनको भेट नुवाकोट मेघाङ-५ का योगेश सापकोटासँग भयो । २६ वर्षीय योगेश वैदेशिक रोजगारीका नाममा ठग्ने र ठूलै रकम हातपार्ने दाउमा थिए ।
श्याम पनि विदेश जान पाए बरु खर्च पनि गर्ने र मनग्गे पैसा कमाउने योजनामा थिए । म्यानपावरबाट बाहिर निस्केर दुवै जनाले चिसो पिए । योगेशले श्यामलाई आफ्नो काका क्यानडामा रहेको र तुरुन्त भिसा पठाइदिने आश्वासन दिए । खाडीको रोजगारी खोजेका श्याम क्यानडा जान पाउने भएपछि प्रलोभनमा परे र दुवैजना दिल्ली उडे ।
दिल्ली पुगेका श्यामले क्यानडा जान २२ हजार अमेरिकी डलर चाहियो भन्दै घरमा रहेका बुबामामालाई फोन गर्न थाले । श्यामको जिद्दीपछि २२ हजार अमेरिकी डलर बराबरको रकम बोकेर दुवै जना दिल्ली उडे ।
दलालले बाबु र मामालाई गुडगाउँस्थित एउटा होटल राखे । होटलमा रहेका मानव तस्करले श्यामका बुबा र मामालाई नसालु पदार्थ चियामा घोलेर खुवाए । दुवै जना बेहोस भए । छोरालाई क्यानडा उडाउन भन्दै लगेको करिब २० लाख लुटियो र दुई दिनपछि होसमा आउँदा उनीहरु अस्पतालमा थिए ।
श्यामले नसालु पदार्थबाट नाजुक अवस्थाका पुगेका बाबा र मामालाई बल्लतल्ल नेपाल फिर्ता ल्याए । मानव बेचबिखन ब्युरोका अनुसार श्यामको बुबा र मामाको साथमा रहेको नगद लुट्ने र तिनै जनाको मिर्गौलासमेत निकाल्ने योजना थियो । तर होटलमा धेरै मानिसको आवतजावत भएपछि तस्करहरू उनीहरुलाई बेहोस छाडेर भागेका थिए ।
मानव तस्करीको सेटिङ मिलाउने योगेश सापकोटा गत बुधबार बनेपाबाट पक्राउ परेका छन् । मानव बेचबिखन ब्युरोका एसपी अनुपमशमशेर जबराका अनुसार क्यानडामा रहेका भनिएका श्यामका नक्कली काकाले इन्डोनिसियाबाट फोन गरेको खुलेको छ ।
श्यामले आफू निर्दोष भएको भन्दै बयान फेरेका छन् । प्रहरीले पछिल्लो समय मानव तस्करको ट्रान्जिट भारत भएको भन्दै निगरानी बढाएको छ । श्यामको उजुरीका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले घटनाबारे अनुसन्धान थालेको छ ।