सोमबार, माघ १६, २०७९

निजि विद्यालयमा किन बढ्दैछ चिनियाँ भाषाको मोह ? 

काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका ६३ भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाई हुने गरेको छ। केहि वर्ष यता निजी विद्यालयहरुले ...
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

काठमाडौं- काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका ६३ भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाई हुने गरेको छ। केहि वर्ष यता निजी विद्यालयहरुले चिनियाँ भाषाप्रति मोह बढाउँदै धमाधम यसको पढाइ सुरु गरेका हुन् ।  

काठमाडौँको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल (एलआरआई), यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग हाइस्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा पढाउने गरेको पाइएको छ । 

आर्थिकरूपमा सक्षम मानिएका सरकारी विद्यालय ज्ञानोदय मावि, जनप्रभात माविलगायत केही सामुदायिक विद्यालयले पनि उक्त भाषा सिकाउन गृहकार्य गरिरहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासबीच चिनियाँ भाषाका अतिरिक्त प्राविधिक ज्ञान तथा व्यवसायिक सीप पढाउन सम्झौता गर्न लागिएको मन्त्रालयको योजना महाशाखाका उपसचिव ध्रुव रेग्मीले जानकारी दिए ।  

केही निजी विद्यालयले करीब दुई दशकदेखि चिनियाँ भाषा पढाउँदै आएको भए पनि शिक्षा मनत्रालयसँग त्यसको अभिलेख छैन ।

संयुक्त राष्ट्रसङ्घमा बोलिने विभिन्न भाषामध्ये चिनियाँ भाषा पनि एक हो । भाषा अध्यापनलाई व्यवस्थित तरिकाले अभिलेख गर्न मन्त्रालयअन्तर्गत स्वयंसेवक परिचालन तथा भिसा शाखाको समेत व्यवस्था गरिएको छ । विद्यालयले आवश्यक पूर्वाधार तयार गरेपछि भाषा अध्यापनका लागि स्वयंसेवकको माग गरी उक्त शाखामा पत्राचार गर्ने व्यवस्था छ ।

मन्त्रालयका अनुसार आव २०७४/७५ का लागि ८८ चिनियाँ शिक्षकलाई भिसाका लागि सिफारिस गरिएको छ ।

भिसा शाखा प्रमुख केवलीराम अधिकारीले तलब लिएर पढाउने विदेशी शिक्षकलाई प्रक्रिया पुगेको अवस्थामा श्रम स्वीकृतिका लागि श्रम तथा रोजगार मन्त्रालयमा पत्राचार गर्ने बताउँदै तलब नलिने (वेतलबी) शिक्षकलाई स्वयंसेवीका रूपमा गृह मन्त्रालयमा कार्य सहमतिको पत्राचार गरी भिसा व्यवस्थापनमा सहजताको प्रबन्ध गरिने बताए । 

अतिरिक्त भाषा ज्ञानका रूपमा मात्र सिकाइएको चिनियाँ भाषाको औपचारिक पाठ्यक्रम तथा पाठ्यपुस्तकको व्यवस्था भने सरकारले गरेको छैन ।

पाठ्यक्रम विकास केन्द्रले नेपाली अङ्ग्रेजी, फ्रान्सेली, रुसी, जर्मन, स्पेनी, चिनियाँ, हिन्दी, जापानी, बङ्गाली, उर्दू, तिब्बती, संस्कृत, ग्रिक, ल्याटिन, अरबी, पर्सियन, हिब्रु, मैथिली, नेवारी, अवधी, भोजपुरी भाषालाई माध्यमिक तह (कक्षा ९–१०) को पाठ्यक्रममा अध्यापन गराउन अनुमति दिएको जनाइएको छ ।
 
एलआरआईका संस्थापक अध्यक्ष शिवराज पन्तले नेपाल र चीनबीचको पुरानो मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै भाषा सिकाइले चीनको इतिहास, संस्कृति, आर्थिक प्रगतिलगायत विषयलाई अध्ययन गर्न विशेष महत्व राख्ने बताए । संयुक्त राष्ट्रसङ्घमा बोलिने भाषा यहाँका बालबालिकाले सिक्न पाएकामा गौरव व्यक्त गर्दै उनले यस कार्यले दुवै मुलुकका नागरिकबीच बलियो मित्रता कायम हुने दाबी गरे । 

उक्त विद्यालयले प्रत्येक वर्ष करीब एक हजार ८०० विद्यार्थीलाई चिनियाँ भाषा सिकाउने गरेको जनाइएको छ । करीब डेढ अर्बको जनसङ्ख्या पुग्न लागेको छिमेकी राष्ट्र चीनको यहाँस्थित दूतावासले चिनियाँ भाषा अध्यापनका लागि स्वयंसेवकको व्यवस्था गर्ने गरेको छ । ती स्वयंसेवकलाई दैनिक कक्षा तालिका, खाना र बासको व्यवस्था विद्यालयले गर्ने गरेका छन् । रासस

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

चितवन-२ मा उपनिर्वाचन हुने, अयोग्य ठहरिएका रवि चुनाव लड्न पाउलान्?

पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने छन्।

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

उनले हासिल गरेका उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ। त्यतिमात्र नभएर उनी आफैंले ६ महिनाअघि गठन गरेको पार्टीबाट पनि उनी बेदखल भएका छन्। रविको आफ्नै शब्दमा भन्ने हो भने उनी अनागरिक भएका छन्।

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

थप समाचार

नेपाल समय
समाज

तेह्रथुममा १४ वर्षीया बालिका र ललितपुरमा १८ वर्षीया किशोरी बलात्कृत

तेह्रथुम र ललितपुर जिल्लामा दुई जना किशोर बलात्कृत भएका छन्। तेह्रथुममा १४ वर्षीया किशोरी र ललितपुरमा १५ वर्षीया किशोरलाई जबरजस्ती करणी गरिएको प्रहरीको भनाई छ।
नेपाल समय
समाज

आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

पोखरा महानगरपालिका-१३ काहूँखोलामा आइतबार एक व्यापारिले आत्मदाह प्रयास गरे। घर वहालमा बसेका युवकले शरीरमा आगो लगाउन खोजेपछि घरबेटीले डेरावाल युवकलाई बचाउन खोजेकी थिइन्।
नेपाल समय
समाज

पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पाल्पामा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जनाको भुतखोलामा डुबेर र एक जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।
नेपाल समय
समाज

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ।
नेपाल समय
समाज

फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु

ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना