छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनलाई केटाकेटीको खेलको संज्ञा दिएका छन्। सोमबार प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन अदालतले बनाइदिएको आरोप लगाएका हुन्।
सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित (ड्यूटी फ्री कोटा फ्री) सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ। चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्।