प्रतिनिधि सभा र प्रदेशसभाको चुनावसम्म नै वर्तमान सत्ता गठबन्धन कायम हुने शक्ति बस्नेतको दाबी, सरकार गठनका लागि गठबन्धन बनाएकै बेला सहमति भइसकेको प्रष्टोक्ति
'महानगर र उपमहानगरका वडासहितको विषयमा सकारात्मक छलफल गरेका छौँ। भोलि निर्णयमा पुग्छौँ। मापदण्डकै वरिपरि रहेर सहमति गर्छौँ,' सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
उनले आफूहरु अन्यायमा परेको बताउँदै प्रहरीबाट निष्पक्ष अनुसन्धानको चाहना आफूहरुले राखेको बताए। शनिबार प्रमुख जिल्ला अधिकारी सहितको छलफलमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली ल्याउने सहमति भएको पुष्पकले बताए।
नेकपा एमालेले साना दुई दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दल र कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एमालेले स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति गरेको हो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रणालीलाई ग्यारेन्टी गरेको संविधान उल्टाउन चाहने मानिस रहेको दाबी गरेका छन्।
नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग नगर्न निर्देशन दिएको छ। आइतबार पार्टीका तल्ला निकायलाई पत्राचार गर्दै कांग्रेस केन्द्रीय कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका बस्तु आयातमा रोक लगाएको बताएका छन्।