फेरि एक पटक प्रधानमन्त्री बनेर देशलाई नयाँ युगतिर लैजाने प्रचण्डको चाहना, पहिलो कार्यकाल अलमलमा बितेपनि दोस्रो कार्यकालमा राम्रो काम गरेको दाबी। प्रधानमन्त्री बन्ने चाहना
ओली सरकारले एसपीपी स्वीकृत गरेको कुरा घामजत्तिकै छर्लंग भएको प्रचण्डको दाबी, लोकप्रिय उम्मेदवार नभएका ठाउँमा हार व्यहोर्नुपरेकाले सचेत हुने प्रतिबद्धता। प्रचण्डको दाबी
व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न न्यायाधीशलाई घुस अफर गरेका वकिल रूद्रप्रसाद पोखरेलले आफैलाई स्वनिलम्बन गरेका छन्। अडियो सार्वजनिक भएपछि उनकै आलोचना सुरु भएपछि उनले आफ्नो स्वनिलम्बनको घोषणा गर्दै आफूमाथि छानबिन गर्न माग गरेका हुन्।
सातै प्रदेशका सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्। सातै प्रदेशले ३ खर्ब ५ अर्बको बजेट आज एकैदिन सम्बन्धित प्रदेशसभामा प्रस्तुत गरेका हुन्।
प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले अहिलेको राष्ट्रवादी सरकारले कुनै पनि मुलुकसँग सैन्य गठबन्धन नगर्ने बताएका हुन्।
स्थानीय तह निर्वाचन २०७९ मा हरेक कोणबाट नेपाली कांग्रेस पहिलो दल बनेको कांग्रेसको अध्ययनले देखाएको छ। मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा मात्र नभएर हरेक कोणबाट कांग्रेस पहिलो बनेको कांग्रेको अध्ययनले देखाएको हो।
सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा ओलीले लगाएका आरोपमाथि टिप्पणी गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले बिहीबारको बैठकमा मन्त्री बडूले आलोचनात्मक टिप्पणी गरेपछि एमाले सांसद्हरूले विरोध गरेका थिए।