बिहीबार, भदौ २, २०७९

अर्थमै फर्किए जनार्दन, सरकारविरुद्ध सुतेर प्रदर्शन [२०७९-४-१५]

नेपाल समय  |  काठमाडौं, आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९, काठमाडौं

काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू:

अर्थमा जनार्दन यथावत्

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। २६ दिनअघि शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी पुनः शर्मालाई नै दिइएको हो। 

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थमन्त्रीले बिचौलियालाई संलग्न गराएको आरोपका विषयमा असार २२ गते संसदीय छानबिन समिति गठन भएपछि शर्मा राजीनामा दिन बाध्य भएका थिए। तर समितिको प्रतिवेदनले शर्मालाई सफाइ दिएपछि देउवाले उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन्। 

शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुअघि देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गरेका थिए। उनलाई आइतबार नै पद तथा गोपनीयताको शपथ दिलाउने तयारी छ। 

ओलीले भ्रम फैलाए : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको तर एमाले अध्यक्ष ओलीले भ्रम फैलाएको दाबी गरेका छन्।

आइतबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले आयल निगमलाई आफूले निजीकरण गर्न लागेको भन्ने कुरा निराधार र भ्रामक भएको जिकिर गरेका हुन्। 

मन्त्री बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति सङ्केत गर्दै अर्बौँको कमिसन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए। उनले आफूले नेपाल आयल निगमको निजीकरण नभई त्यसलाई पारदर्शी बनाउन चाहेको दाबी समेत गरे।

मन्त्री बडूले पेट्रोलियम पदार्थमा देखिएको घाटा कम गर्न तत्कालका लागि विद्युत्को खपत बढाउनुपर्नेमा जोड दिए। उनले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि सरकारले पेट्रोलियम पदार्थ सम्बन्धी ऐन नै निर्माण गर्ने तयारी गरिरहेको पनि बताए। 

बैठकमा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले हाल नेपाल आयल निगम करिब ५० अर्ब घाटामा रहेको समितिलाई जानकारी गराएका थिए। उनका अनुसार निगमले भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौता रकम २२ अर्ब ४० करोड रहेको छ। 

आरक्षण तरमारावर्गको कब्जा छ : सर्वोच्च

सर्वोच्च अदालतले एकै व्यक्तिलाई पटकपटक आरक्षित गर्नुभन्दा एक व्यक्तिलाई एक पटक मात्र आरक्षण सुविधा प्रदान गर्ने व्यवस्था गर्न आदेश दिएको छ।

धनुषाका विनयकुमार पञ्जियारले चिकित्सा शिक्षा आयोगलगायतविरुद्ध दायर गरेको मुद्दामा फैसला गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। 

सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गत पुस १ गते गरेको फैसलाको पूर्णपाठमा आरक्षणलाई जातीय वा वर्गीय रूपमा भन्दा लक्ष्यकेन्द्रित बनाउन सरकारलाई आदेश छ। 

आरक्षणको व्यवस्थालाई लक्ष्यकेन्द्रित र न्यायपूर्ण बनाउनु आवश्यक रहेको समेत फैसलामा उल्लेख छ। संविधानतः आरक्षणको वर्गमा पर्ने तर व्यक्तिगत उन्नति प्रगति गरिसकेका कारण आरक्षण नचाहिने उपल्लो वर्ग/तरमारा मध्यम वर्गको कब्जाबाट आरक्षणसम्बन्धी व्यवस्थालाई मुक्त गर्नु जरुरी रहेको फैसलाको पूर्णपाठमा उल्लेख गरिएको छ। 

गठबन्धन दुई दिनको पाहुना : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनलाई दुई दिनको पाहुना भएको संज्ञा दिएका छन्। राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीशहरू चाकडीमा लागे आफ्नो पार्टीले कदम चाल्ने चेतावनी समेत दिएका छन्। कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की र एक नेताबीच दुई घन्टा छलफल भएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले उक्त चेतावनी दिएका हुन्। अध्यक्ष ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानवीन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने समेत बताएका छन्।

ओलीले एमाले सरकारमा नपुगी मुलुक अघि बढन नसक्ने बताएका छन । न्यायाधीशहरूले नै अदालत घुस्याहा र भ्रष्ट भयो भनिरहेको उल्लेख गर्दै उनले न्यायाधीशहरूले पनि निष्पक्ष भएर न्यायसम्पादन गर्नुपर्ने प्रस्ट पारे। सत्तागठबन्धनलाई ढोडको लौरो भएको ओलीको आरोप छ। गठबन्धनको लहैलहैमा नलाग्न न्यायाधीशहरूलाई आफूले सुझाव दिन चाहेको उनले बताए।

सरकारविरुद्ध सुतेर प्रदर्शन

मधेस प्रदेश सरकारविरुद्ध सडकमै सुतेर सुकुम्वासीहरूले प्रदर्शन गरेका छन्। आइतबार चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाइमा भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन्। 

सिराहास्थित मारुती सिमेन्टले कब्जा गरेको जग्गा फिर्ता हुनुपर्ने, सुकुम्वासीको व्यवस्थापन हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै अभियानले विगत १२ दिनदेखि जनकपुरधामको जनकचोकमा रिले अनशन आयोजना गरिरहेको छ। मधेस प्रदेश सरकारसँग भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न ढिलाइ गरिएको भन्दै सुकुम्वासीले रिले अनसन सुरु गरेका हुन्।

निर्णय कार्यान्वयन गर्न मधेस प्रदेश सरकारले बेवास्ता गरेपछि आफूहरू पुनः अनसनमा बाध्य भएर बसेको चुरे तथा वनजङ्गल संरक्षण अभियान धनुषाका संयोजक अमन यादवको भनाइ छ। 

सरकार हेरेर बस्दैन : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले लाइसेन्स रद्द गर्ने चेतावनी दिएकी छन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले यस्तो बताएकी हुन्। उनले वास्तविक प्रवर्द्धकलाई प्रोत्साहित गर्नेतर्फ आवश्यक कदम चाल्न पनि सरकार तयार रहेको उल्लेख गरिन्। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्नाथ पौडेलले नेपालको विद्युतको आन्तरिक खपत बढाउन र निर्यात गर्नका लागि विद्युत् उत्पादन, प्रशारण र वितरणको लागतलाई घटाउन आवश्यक रहेको बताउँदै यी तीनै क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिए। 

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो आर्थिक वर्षमा भारतलाई १६ अर्ब रुपैयाँको बिजुली बिक्री गर्ने बताए। 

विद्युत प्राधिकरणले बल्ल आम्दानी गर्न थालेको भन्दै निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन नसकिने स्पष्ट पारे। पछिल्लो एक वर्षमा ५ अर्बको निर्यात गरेको र यो वर्ष प्राधिकरणले करिब १६ अर्बको विद्युत निर्यात गर्ने आफूहरुको लक्ष्य रहेको उनले बताए। 

कार्यकारी निर्देशक घिसिङले उद्योगमा सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै असन्तुष्टि जनाए। उद्योगले मागेजति विद्युत दिन प्राधिकरण तयार रहेको भन्दै घिसिङले त्यसका लागि प्रशारण लाइन र सबस्टेसनमा लगानी बढाइरहेको बताएका थिए। 

गुलियो चिनीमा तीतो पीडा जस्ताको तस्तै

संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। 

आईतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । 

बैठकमा समितिका सदस्यहरुले चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई दवाव दिएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद सरिताकुमारी गिरीले ऊखुको मूल्य निर्धारण गर्दा सरकारले ऊखु किसानको प्रतिनिधित्व नगराएकोमा पनि आपत्ति जनाएकी थिइन । 

समितिका अर्का सदस्य लालप्रसाद साँवा लिम्बुले पनि चिनी मिल बन्द हुन नदिन सरकार गम्भिर हुनुपर्ने बताएका छन्। 

महानगर मेयर सम्मेलन सकियो

पोखरामा महानगरका मेयरहरुको दुईदिने सम्मेलन समापन भएको छ। ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको सम्मेलनका सहभागीले महानगरका लागि आवश्यक छुट्टै ऐन माग गरेका छन्। 

सम्मेलनमा सहभागि मेयरहरुले महानगरको फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप लगाएका छन्। पोखरामा भेला भएका मेयरहरूले साना–ठूला सबै पालिका एउटै कानूनले चल्नुपरेको गुनासो गर्दै संघीय संसदबाट महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न माग गर्ने निर्णय भएको छ। 

संघ सरकारले सहयोग नगरेका कारण फोहोर व्यवस्थापन गर्न कठिनाइ भइरहेको पोखराका मेयर धनराज आचार्यले बताए। 

बैठकमा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनका कारण नै स्थानीय र संघीय सरकारले काम गर्न नसकेको बताएका थिए। 

२ दिनसम्म चलेको सम्मेलनमा ६ महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता थियो। आगामी सम्मेलन भरतपुरमा गरिने भएको छ।

प्राधिकरणका कर्मचारीलाई बोनस

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारीहरूलाई ४ करोड ४२ लाख रुपैयाँ बोनस रकम बाँड्ने घोषणा गरेको छ।

चालु आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै प्राधिकरणले उक्त प्रस्ताव गरेको हो। 

चालु आवका लागि प्राधिकरणले ४१ अर्ब ४५ करोड रूपैयाँ बराबरको बजेटसमेत सार्वजनिक गरेको छ। साउन ८ गते पोखरामा बसेको सञ्चालक समितिको बैठकले पास गरेको बजेट प्राधिकरणले आइतबार सार्वजनिक गरेहो हो।

नेप्सेमा ५५ अंकको वृद्धि

साताको पहिलो कारोबारको दिन आइतवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। 

आइतवार नेप्से परिसूचक ५४.५८ अंक बढेर २१९५.१० बिन्दुमा पुगेको हो। आइतबार कारोबारमा आएका २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार कित्ता सेयर ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। 

नेप्सेका १३ उपसमूह १२ उपसमूहको परिसूचक बढेको छ भने फाइनान्स उपसमूहको परिसूचकमा गिरावट आएको छ। 

न्यान्सीको ताइवान भ्रमण रद्द!
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङको वार्तापछि अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमण तालिबाट ताइवानलाई हटाइएको छ। साउन १३ गते दुवै देशका समकक्षीको भिडियो कन्फ्रेन्सपछि पेलोसीको भ्रमणतालिकाबाट ताइवानलाई हटाइएको हो। 

पेलोसी आगामी साता एसिया भ्रमणमा गर्दैछिन्। उनले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानमा अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भ्रमणतालिकामा उल्लेख छ। यसअघि उनले यो भ्रमणका क्रममा ताइवान भ्रमण गर्न सक्ने चर्चा थियो। यसैलाई लिएर चीन र अमेरिकाबीचको तनाव फेरि बढेको थियो।

चीनले अमेरिकालाई न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले नोक्सान व्यहोर्ने चेतावनीसमेत दिएको थियो। विगत २५ वर्षमा अमेरिकाका कुनै पनि उच्चस्तरीय निर्वाचित नेताले ताइवान भ्रमण गरेका छैनन्।


प्रकाशित: July 31, 2022 | 19:43:24 काठमाडौं, आइतबार, साउन १५, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।
नेपाल समय
भिडियो समाचार

अर्थमै फर्किए जनार्दन, सरकारविरुद्ध सुतेर प्रदर्शन [२०७९-४-१५]

सर्वोच्च अदालतले एकै व्यक्तिलाई पटकपटक आरक्षित गर्नुभन्दा एक व्यक्तिलाई एक पटक मात्र आरक्षण सुविधा प्रदान गर्ने व्यवस्था गर्न आदेश दिएको छ।
नेपाल समय
भिडियो समाचार

कल सेन्टरमा छापाका शृंखला, श्रीमतीको हत्यापछि आत्महत्या [२०७९-४-९]

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने भने चुनाव जित्न नसकिने टिप्पणी गरेका छन्।
नेपाल समय
भिडियो समाचार

बुबाआमा नपाले सम्पत्ति जफत, अबको विदेशयात्रा २ सय डलरमा सीमित [२०७९-४-४]

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताएकी छन्।
नेपाल समय
भिडियो समाचार

मोदीसँग नभेटी फर्किए प्रचण्ड, गायिका सुनारको हत्या कि आत्महत्या? [२०७९-४-१]

भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्किएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना