सोमबार, असार १३, २०७९

घुस प्रकरण मुछिएका न्यायाधीश निलम्बनमा, अफगानिस्तानमा शक्तिशाली भूकम्प [२०७९-३-८]

नेपाल समय  |  काठमाडौं, बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९, काठमाडौं

काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू: 

  • न्यायाधीशलाई १० करोड घुस अफर गर्ने वकिल आफैँ विवादको घेरामा, अनुचित काम नगरेको दाबी गरेका काठमाडौंका न्यायाधीश कोइराला निलम्बनमा। छानबिनि समिति गठन
  • पेट्रोलियम खपत कम गर्न विद्युत उपभोग बढाउने नीति लिन संसदीय समितिको निर्देशन, ११ महिनामा २ खर्ब ७० करोडको इन्धन आयात भएको जानकारी। प्रतिसिलन्डर रु ७५१ घाटा
  • मौद्रिक नीतिले पनि मूल्यवृद्धिलाई नियन्त्रण गर्न नसक्ने गभर्नर अधिकारीको प्रष्टोक्ति, फेरि १९ सय अंकभन्दा तल झर्‍यो सेयर बजार सूचक नेप्से। मूल्यवृद्धिको चाप
  • काठमाडौंमा फैलिएको हैजाको कारण खोज्न खानेपानीको नमूना संकलन जारी, २७ जिल्लामा ५-१२ वर्ष समूहका बालबालिकालाई पनि लगाउन थालियो कोरोनाविरुद्धको खोप
  • अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९२० पुग्यो, सयौँ घर भत्किनुका साथै पक्टिका प्रान्तमा पहिरो जाँदा ६ सय भन्दा बढी घाइते। अफगानिस्तानमा शक्तिशाली भूकम्प 

अब समाचार विस्तारमा 

न्यायाधीश निलम्बनमा, वकिलको स्वनिलम्बन 

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न न्यायाधीशलाई घुस अफर गरेका वकिल रूद्रप्रसाद पोखरेलले आफैलाई स्वनिलम्बन गरेका छन्। अडियो सार्वजनिक भएपछि उनकै आलोचना सुरु भएपछि उनले आफ्नो स्वनिलम्बनको घोषणा गर्दै आफूमाथि छानबिन गर्न माग गरेका हुन्। 

अधिवक्ता रुद्रप्रसाद पोखरेलले न्यायाधीशसँगको आफ्नो अडियो संवादको छानबिन गर्न माग गरेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग गरेको संवाद सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत छानबिनको माग गरेका हुन्। पोखरेलले नेपाल बार एसोसिएसन र बार काउन्सिलबाट हुने छानबिनलाई सहयोग गर्न आफू तयार रहेको बताएका छन्। सार्वजनिक अडियोमा जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई १० करोड घुस खुवाएर व्यवसायी तामाङलाई धरौटीमा छाड्ने तारतम्य मिलाउन कुराकानी भएको सुन्न सकिन्छ। 

अधिवक्ता पोखरेल यसअघि पनि विवादित भएको र न्यायाधीशलाई उनले सरासर घुस प्रस्ताव गर्नु गलत काम भएकभो नेपाल बार एसोसिएसनका एक पदाधिकारीले बताएका छन्। एमाले पार्टी र अध्यक्ष केपी ओलीसँग नजिक रहेका पोखरेल यसअघि पनि पटक–पटक यस्ता प्रयासहरु गरेको उनलाई चिने–जानेका कानुन व्यवसायीहरुको आरोप छ। विवादित कानुन व्यवसायी पोखरेल निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग पनि नजिक छन्। प्रधानन्यायाधीश राणा विवादित बन्दै गएपछि नेपाल बार एसोसिएसनले राणालाई हटाउन आन्दोलन गर्दैगर्दा वकिल पोखरेल भने राणाको बचाउमा लागेका थिए।

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई ०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। अनौपचारिक कुराकानीहरुमा समकालिन वकिलहरुसँग पोखरेलले कुनै बेला एमाले राजनीतिमा समेत सक्रिय तामाङलाई थुनामुक्त गर्न आफूलाई आफ्नो दलको समेत सहयोग रहेको बताउँदै आएका थिए। 

यता जेलमा रहेका तामाङको मुद्दामा ‘आर्थिक डिल’ गरेको आरोप लागेका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित काम नभएको दाबी गरेका छन्। कोइरालाले फेसबुकमा प्रष्टीकरण दिँदै विभिन्न दबाब र प्रभावका बाबजुद पनि आफूले निष्पक्ष न्याय सम्पादन गरेको उल्लेख गरेका छन्। आफूमाथि न्याय परिषद्‌बाट छानबिन भए पूर्ण सहयोग गर्ने कोइरालाको भनाइ छ।   

अडियो बाहिरिएपछि न्यायाधीश कोइरालामाथि अध्ययन गर्न न्याय परिषद्ले समिति गठन गरेको छ। रामप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित समितिमा पाटन उच्च अदालतका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल सदस्य छन्। छानबिन गरी प्रतिवेदेन बुझाउन समितिले ४५ दिन पाएको छ। 

विद्युत खपत बढाउन निर्देशन

संसदीय समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ ऊर्जाको उपभोग बढाउन नीतिगत प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ। 

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बुधवार सिंहदरबारमा बसेको बैठकले विद्युतीय सवारी साधन सौर्यबत्ति, सौर्यपानी तताउने मेसिन, विद्युतीय चुलोजस्ता पेट्रोलियम पदार्थको खपत प्रतिस्थापन गर्ने उपकरणको प्रयोग प्रोत्सहान गर्ने गरी आवश्यक नीतिगत प्रबन्ध गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई समिति निर्देशन दिएको हो।  

वैकल्पिक ऊर्जाबारे विषय विज्ञ र सरोकारवालाहरु सँगको छलफलपछि समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ उर्जाको उपभोग बढाउने सम्बन्धमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई ३ महिनाभित्र कार्यक्रमसहितको रोडम्याप बनाइ उपलब्ध गराउन पनि निर्देशन दिएको हो।  

छलफलमा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले ऊर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह छअवस्थामा पुग्ने चेतावनी दिए। श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसूचित बनाउनुपर्ने धारणा राखे। कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत महसुल तिरेर कसैले इन्डक्सन चुलो नबाल्ने भन्दै भएको महशुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने उनले उल्लेख गरे। 

प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न आफूहरू बाध्य भइरहेको भन्दै ऊर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिन आग्रह गरे।  अघिल्लो वर्ष १ खर्ब ५८ करोडको पेट्रोलियम पदार्थ आयात गरेकोमा यसवर्ष जेठसम्म २ खर्ब ७० करोडको आायात भइसकेको उनले जानकारी गराएका थिए। समिति बैठकमा सांसदहरुले विद्युतीय उर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महसुलमा कम गर्न आवश्यक रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध स्वतन्त्रकै उजुरी

रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले नै उजुरी दिएका छन्।

मनोज पण्डित, पुष्कर शाह, राजकुमार बजगाईंलगायतले निर्वाचन आयोग पुगेर स्वतन्त्र पार्टी दर्ता नगर्न माग गर्दै उजुरी दिएका हुन्। 

स्वतन्त्र शब्दको आफैंमा महत्व रहेको र पार्टीको नाम नै स्वतन्त्र राख्दा स्वतन्त्र उम्मेदवारलाई असहज परिस्थिति निर्माण हुने हुँदा उजुरी दिइएको उनीहरूले बताएका छन्।  स्वतन्त्र शब्दको अर्थ नै अपव्याख्या हुने अवस्था भएकाले रवि लामिछानेको दलको नामको विषयमा विश्लेषण गरी निर्णय लिन अनुरोध गरिएको उजुरीकर्ता मनोज पण्डितले बताए। 

रवि लामिछानेले मंगलबार काठमाडौंमा कार्यक्रम गरी राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको घोषणा गरेका थिए। त्यसलगत्तै दल दर्ताका लागि आवेदन दिन उनी निर्वाचन आयोग पुगेका थिए। आयोगले रविको निवेदनमाथि अध्ययन भइरहेको जानकारी दिएको छ। 

हैजाको कारण खोजी तीव्र

काठमाडौं महानगरपालिकामा हैजाका बिरामी पुष्टि भएपछि काठमाडौं महानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र चिकित्सकको टोलीले हैजाको कारण पत्ता लगाउनका लागि काम सुरु गरेको छ। 

गत आइतबार काठमाडौंको बागबजारका दुई जनामा हैजा पुष्टि भएपछि यसको कारण खोजी सुरु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौं महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठकले कारण खोजीलाई प्रभावकारी बनाउने उसको निर्णय थियो। काठमाडौंमा हालसम्म ४ जनामा हैजा पुष्टि भएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय टोलीले कारणको खोजी गरिरहेको हो। टोलीले हैजा फैलिएका क्षेत्रमा गई जनचेतना फैलाउने र हैजाको कारण पत्ता लगाउनका लागि खोजपड्ताल गरिरहेको छ। खानेपानीको नमूना संकलन गरिरहेको बताइएको छ। 

बालबालिकालाई पनि कोरोना खोप सुरु

स्वास्थ्य मन्त्रालयले बिहीबारदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदै छ। ५–१२ वर्षसम्म बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिन थालिएको हो। 

पहिलो चरणअन्तर्गत २७ जिल्लामा असार १५ गतेसम्म पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जानकारी दिएको हो। 

पहिलो चरणमा झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरीका बालबालिकालाई खोप दिइनेछ। काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्वमा खोप लगाइने कार्यतालिका छ। यस्तै सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि बालबालिकालाई कोरोना खोप लगाउन सुरु गरिएको छ। बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइने छ। 

दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म खोप लगाइनेछ।

मौद्रिक नीति जादुको छडी होइन : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति जादूको छडी नभएको र मूल्यवृद्धिलाई स्वीकार गर्नुपर्ने बताएका छन्। 

मौद्रिक नीतिसम्बन्धी छलफलमा उनले मौद्रिक नीतिको पनि आफ्नो सीमा रहेको र भइरहेका समस्या समाधानका लागि मौद्रिक नीति जादूको छडी नभएको टिप्पणी गरेका हुन्। निजी क्षेत्रमा भएको कर्जा प्रवाहको वृद्धि १०७ प्रतिशत भएको तर उक्त कर्जा कहाँ लगानी भएको भन्दै उनले प्रश्न गरेका थिए।

श्रीलंकाको उदाहरण दिँदै उनले लिट्टेसँग संघर्ष गर्दा पनि नभोगेको अहिले भइरहेको भन्दै उनले देश र अर्थतन्त्रलाई शीरमा राखेर मौद्रिक नीति बनाउने बताए। नेपाल राष्ट्र बैंकले कुनै एक क्षेत्र वा व्यक्ति विशेषलाई ध्यानमा राखेर मौद्रिक नीति नबनाउने तर अर्थतन्त्रलाई ध्यान दिने उल्लेख गरे। विभिन्न देशमा भएको मूल्यवृद्धिको असर अन्य देशमा पनि फैलिएको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले तरलता अभावको बहुपक्षीय नकारात्मक प्रभाव जीवनमै पहिलो पटक भोगेको बताए। उनले यसअघि तरलता अभाव भोगिए पनि यति गहिरो र बहुपक्षीय प्रभाव पारेको कहिल्यै नदेखेको सुनाएका थिए।

गोल्छाले  आगामी आर्थिक वर्षका लागि जारी हुने मौद्रिक नीतिबारेमा सेयर लगानीकर्तादेखि, उद्योगी व्यवसायी र सर्वसाधारणसमेतको चासो रहेको सुनाए। नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको आधारदरमा पनि ५ प्रतिशतसम्मको प्रिमियम लगाएको बताए। उनले पहिले आधारदरमा २ प्रतिशत  मात्र प्रिमियम लाग्ने गरेकामा अहिले ५ प्रतिशतसम्म लगाउँदा यसले बैंकलाई नै बेफाइदा हुन सक्ने बताएका हुन्। 

नेपालको अर्थतन्त्र तरलता र शोधनान्तरको समस्याले धराशायी भएको दाबी गर्दै स्रोत अभावका कारण अर्थतन्त्र डगमाउन सक्ने उनको दाबी छ। सरकारले स्थानीय तहमा पठाएको रकमको ८० प्रतिशत बैंकहरूले निक्षेपको रूपमा राख्न पाउने व्यवस्थालाई  निरन्तरता दिनुपर्ने, एलसी खोल्दा खुकुलो बनाउनुनर्पे, ब्याजदरको करिडोर कार्यान्वयन गर्नुपर्ने माग राखेका थिए।

१९ सय अंक मुनि नेप्से

बुधबार फेरि सेयर बजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल झरेको छ। 

यसअघि सोमबार १८८४ अंकमा झरेको नेप्से मंगलबार करिब ४० अंक बढेर १९२४ अंकमा कायम भएको थियो। बुधबार फेरि ३१.२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको हो। आज ८४ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ। 

सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ १६, विकास बैंक ८९, फाइनान्स ३६, होटल तथा पर्यटन २५, जलविद्युत् ५३, जीवन बीमा १३२, उत्पादन ५७, माइक्रोफाइनान्स ४५, निर्जीवन बीमा १५५, अन्य ३७ र ब्यापार उपसमूह १७ अंक घटे । कुल १९ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो भने २ को स्थिर रह्यो। 

म्युचुअल फण्ड ग्लोबल आईएमई समुन्नत स्किम र आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो। कारोबार रकमका आधारमा नबिल बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक र एनआईसी एसिया बैंक क्रमश: अगाडि रहे। बजारको पुँजीकरण २६ खर्ब ९९ अर्ब कायम भएको छ।

क्यान र वायुसेवा सञ्चालकबीच मिल्यो विवाद

नागरिक उड्ययन प्राधिकरण(क्यान) र हवाई सेवा संचालक संघबीचको टसल तत्कालका लागि टुंगिएको छ। बुधबार दिउँसो बसेको क्यान र संघबिचको छलफलले सहमति जुटाएको हो।

संघका प्रवक्ता योगराज कँडेलले उपत्यकाबाहिर जहाजको रात्रिकालीन बिसानका लागि पूर्वाधार तयार गर्न समय दिने सहमति भएसँगै तत्कालका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जानकारी दिए। 

रात्रिकालिन विसान उपत्यका बाहिर गर्ने प्राधिकरणको निर्णयप्रति आपत्ति जनाउँदै संघले मंगलबार पत्रकार संम्मेलन गरि बुधबारदेखि सेवा अवरुद्ध गर्ने चेतावनी दिएको थियो। तर मंगलबार रातीमा नै क्यानसँग छलफल भएपछि संघले उडान बन्द गर्ने निर्णय फिर्ता लिएको थियो। 

त्यसअघि बुधबार संघ र प्राधिकरणबीच पत्रकार सम्मेलनमार्फत् दोहोरी नै चलेको थियो। संघले सञ्चालकहरुको सुझाव बिना नै एकाधिकार निर्णय गरी दमन गरेको बताएको थियो। प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारिले आफूले के गर्न हुने र के गर्न नहुने भन्ने कुरामा आफैँ जानकार रहेको बताएका थिए। यसैबीच बुद्ध एयरले भने उडान बन्द गर्ने गरी आफू आन्दोलनमा गएको भन्दै क्षमायाचना समेत गरेको छ।

अफगानिस्तानमा शक्तिशाली भूकम्पमा 

अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प जाँदा ९२० जनाले ज्यान गुमाएका छन्। भूकम्पमा परेर कम्तीमा  ६०० जना बढी घाइते भएका छन्। रोलः

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रबिन्दु भएर अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ। भूकम्पमा परी सयौँ घर भत्किएका छन् भने पक्टिका प्रान्तमा पहिरो गएको स्थानीय स्रोतले जनाएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ। 

अफगानिस्तानमा गएको भूकम्पको धक्का छिमेकी मुलुकहरु पाकिस्तान र भारतसम्म महसुस गरिएको थियो। 

खेलाडीलाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ : मन्त्री गहतराज

 युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका छन्।

मंगलबार ओलम्पिक दिवस २०२२ को अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री अथकले पुराना खेलाडीहरुलाई सम्मान गर्दै नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका हुन्। 

नेपाल ओलम्पियन संघले आयोजना गरेको ओलम्पियनहरुबीचको पुनर्मिलन कार्यक्रममा मन्त्री अथकले ईतिहास बोलेका खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै दुख समेत व्यक्त गरे।

कार्यक्रममा सन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० सम्म नेपालबाट ओलम्पिक खेलेका १२ जना ओलम्पियनहरुलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुने ओलम्पियनमा बक्सिङका नामसिंह थापा, रामप्रसाद गुरुङ, उमेश मास्के, रविराज थापा, नरेन्द्र पोमा, एथलेटिक्सका वैकुन्ठ मानन्धर, जीतबहादुर केसी, भक्तबहादुर सापकोटा, लक्ष्मण बस्नेत, रघुराज वन्त, मुकुन्दहरि श्रेष्ठ र भारोत्तोलनका राजेन्द्र प्रधान रहेका छन्। नेपालबाट अहिलेसम्म समर ओलम्पिकमा ८४ र युथ ओलम्पिकमा ४ गरि कुल ८८ जना खेलाडीले ओलम्पिकमा सहभागीता जनाईसकेका छन्। जसमध्ये ९ ओलम्पियनको निधन भईसकेको छ।  


प्रकाशित: June 22, 2022 | 21:50:54 काठमाडौं, बुधबार, असार ८, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
भिडियो समाचार

पालिकाले ल्याए बजेट, फेरि प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना [२०७९-३-१०]

फेरि एक पटक प्रधानमन्त्री बनेर देशलाई नयाँ युगतिर लैजाने प्रचण्डको चाहना, पहिलो कार्यकाल अलमलमा बितेपनि दोस्रो कार्यकालमा राम्रो काम गरेको दाबी। प्रधानमन्त्री बन्ने चाहना
नेपाल समय
भिडियो समाचार

नेकपा एसलाई मन्त्री फेर्नै 'सकस', नेपालको फिफा वरीयतामा पहिरो [२०७९-३-९]

ओली सरकारले एसपीपी स्वीकृत गरेको कुरा घामजत्तिकै छर्लंग भएको प्रचण्डको दाबी, लोकप्रिय उम्मेदवार नभएका ठाउँमा हार व्यहोर्नुपरेकाले सचेत हुने प्रतिबद्धता। प्रचण्डको दाबी
नेपाल समय
भिडियो समाचार

घुस प्रकरण मुछिएका न्यायाधीश निलम्बनमा, अफगानिस्तानमा शक्तिशाली भूकम्प [२०७९-३-८]

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न न्यायाधीशलाई घुस अफर गरेका वकिल रूद्रप्रसाद पोखरेलले आफैलाई स्वनिलम्बन गरेका छन्। अडियो सार्वजनिक भएपछि उनकै आलोचना सुरु भएपछि उनले आफ्नो स्वनिलम्बनको घोषणा गर्दै आफूमाथि छानबिन गर्न माग गरेका हुन्।
नेपाल समय
भिडियो समाचार

सातै प्रदेशले ल्याए ३ खर्ब ५ अर्बको बजेट, क्रिकेटमा जित फुटबलमा हार [२०७९-३-१]

सातै प्रदेशका सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्। सातै प्रदेशले ३ खर्ब ५ अर्बको बजेट आज एकैदिन सम्बन्धित प्रदेशसभामा प्रस्तुत गरेका हुन्।
नेपाल समय
भिडियो समाचार

'एसपीपी'बारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण, पाहुना गएका भिनाजु र आफन्त मिलेर हत्या! [२०७९-२-३१]

प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएका प्रश्‍नको जवाफ दिने क्रममा उनले अहिलेको राष्ट्रवादी सरकारले कुनै पनि मुलुकसँग सैन्य गठबन्धन नगर्ने बताएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना