मंगलबार, मंसिर १३, २०७९

वरीयता मिच्दै आईजीपी नियुक्ति, गठबन्धनबाहेकसँग तालमेल गर्नेलाई कारबाही [२०७९-१-१८]

नेपाल समय  |  काठमाडौं, आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९, काठमाडौं

काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू

-नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णय, जुनियरलाई नियुक्ति गरिएको भन्दै अदालत जाने तयारीमा दुई एआईजी। नियुक्तिप्रति असन्तुष्टि

-सत्ताधारी ५ दलबाहेकसँग चुनावी तालमेल गर्ने निकायलाई कारबाही गर्ने गठबन्धनको निर्णय,  तालमेल सफल भएको कांग्रेस प्रवक्ता डा महतको प्रष्टीकरण। 

-नेपालमा राजदूत रहिसकेका विनयमोहन क्‍वात्राले सम्हाले भारतीय विदेशसचिवको जिम्मेवारी, चीन मामिलाका जानकार श्रीवास्तव राजदूत बनेर नेपाल आउने चर्चा । राजदूतमा श्रीवास्तवको चर्चा

-१० खेलाडी हटाउने  आफ्नोफ निर्णय राष्ट्रिय टिमको हितमा रहेको प्रशिक्षक अल्मुतायरीको दाबी, टी-२० सिरिजको पहिलो खेलमा जिम्बाबेसँग नेपाल ६ विकेटले पराजित। खेलमा नेपाल

धीरज सिंह आइजीपी

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ। आइतबार  बसेको मन्त्रिपरिषद् बैठकले एआईजी सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। सिंह गत महिनामात्र एआईजीमा बढुवा भएका थिए। 

वर्तमान आईजीपी शैलेश थापा ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अवकाश पाउँदैछन्। 

नवनियुक्त आइजीपी सिंह अब ११ महिना आईजीपी बन्नेछन्। ३० वर्षे सेवा अवधिका कारण उनको अवकाश आगामी चैतबाट हुनेछ। 

गृहमन्त्री बालकृष्ण खाणले एआईजी विश्वराज पोखरेललाई आईजीपी बनाउन सिफारिस गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई आईजीपीमा नियुक्त  गर्नुपर्ने अडान राखेका थिए। 

सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाले स्थानीय चुनावको सम्मुखमा वरीयता मिचेर आईजीपी नियुक्त गर्दा हितकारी नहुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए। सिंहलाई वरीयता मिचेर आईजीपी नियुक्त गरिएको भन्दै नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले नै विधिको शासनको खिल्ली उडाएको आरोप लगाएका छन्। 

उता वरीयता मिचेर सरकारले सिंहलाई नियुक्त गरेको आरोप लगाउँदै एआईजी विश्वराज पोखरेल र सहकुल थापाले अदालत जाने तयारी गरेका छन्। 

'एमालेसँग तालमेल गर्ने कारबाहीमा पर्छन्'

सत्तारुढ ५ दलबाहेकका दलसँग तालमेल गर्नेलाई सम्बन्धित दलले कारबाही गर्ने भएका छन्। आइतबार बसेको 'स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी अनुगमन संयन्त्र'को बैठकले एमालेलगायत गठबन्धनबाहिरका दलसँग तालमेल गरे कारबाही गर्ने निर्णय गरेको हो। 

'गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने। यो निर्णय पालना नगर्नेलाई आआफ्ना दलले कारबाही गर्ने निर्णय गरियो,' संयन्त्रको बैठकको निर्णय छ। 

एमालेलगायत सरकारमा नरहेका दलसँग तालमेल गर्ने सहमति भइसकेको अवस्थामा खारेज गर्ने यसअघि नै गठबन्धनले निर्णय गरेको थियो। यदि त्यस्तो तालमेल भएको खण्डमा आफू मातहतका निकायलाई तालमेल नगर्न निर्देश गर्ने समेत निर्णय भएको छ। 

एमालेलगायतसँग तालमेल नगर्न निर्णय गरेपनि स्थानीय तहमा भने गठबन्धनका दलहरूले एमाले, राप्रप र लोसपालगायतका दलसँग तालमेलमा चुनावमा होमिएका छन्। 

उता नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्तारुढ दलहरूको चुनावी तालमेल सफल भएको दाबी गरेका छन्।

निर्वाचन प्रचार प्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा डा महतले अपवादबाहेकका ठाउँमा तालमेल सफल जिकिर गरेका हुन्। 

केही पालिकामा आफूहरूका मतदाता बढी रहेको र अर्को दललाई प्रमुख पद किन दिने भन्ने भावना रहेपनि समग्रमा  तालमेल सफल भएको उनको दाबी  थियो। यद्यपि विभिन्न स्थानमा तालमेलविरुद्ध कांग्रेसबाट बागी उम्मेदवारी परेको छ। यसरी पार्टीको निर्देशनविपरी उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः पार्टीबाट निष्काशित हुने कांग्रेसले यसअघि नै चेतावनी दिएको थियो। 

इन्टरनेट व्यापारीको चेतावनी 
इन्टरनेट सेवाप्रदायकहरुले अर्को सातादेखि देशभर इन्टरनेट बन्द गर्ने चेतावनी दिएका छन्। इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) ले विज्ञप्ति जारी गर्दै चुनावका बेला देश इन्टरनेटविहीन हुन सक्ने बताएका हुन्।  

इन्टरनेट सेवाप्रदायकहरुले ५८औं महालेखा प्रतिवेदनमा उल्लेख भएको बेरुजु फर्छ्यौट नगरेको भन्दै सञ्चार मन्त्रालयले डलर सटहीमा सहजीकरण गरेको छैन। जसका कारण इन्टरनेट सेवाप्रदायकहरुले इन्टरनेट ब्याण्डविथको भुक्तानी गर्न पाएका छैनन्। नेपालमा १८ वटा इन्टरनेट कम्पनीहरुले भारतको टाटा, एयरटेल, सिफीलगायत कम्पनीहरुबाट ब्याण्डविथ खरिद गर्छन्।

विगतमा ३–३ महिनामा भुक्तानी पठाउने गरेकोमा अहिले ६ महिनासम्म भुक्तानी नपाउँदा समस्या आएको हो। 

स्थानीय चुनावबारे कांग्रेस
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय रुपमा आफ्नो दल विजयी बन्ने जिकिर गरेका छन्। 

आइतवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका छन। उनले काँग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी बन्दै गर्दा विजयको कुरामात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने भन्नेबारेमा पहलकदमी गरिरहेको बताए। 

महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिएपनि भित्रभने कमल थापासँग तालमेल गरिरहेको आरोप लगाए। महामन्त्री शर्माले कांग्रेसले तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहेको र त्यसपछिका निर्वाचनमा रुख चिन्हलाई विजयी गराएर १५ वर्षभित्रमा नेपाललाई विकासशील बनाउने प्रतिवद्धता गरेका छन्।

सिर्जनाको विशेष योजना 

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाहरुका लागि विशेष राहत योजना ल्याउने बताएइन्। 

आइतवार बानेश्वरमा काठमाडौं महानगरपालिकाका उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको भन्दै दुख व्यक्त गरेकी थिइन्।  आफु काठमाडौं महानगरपालिकाको मेयर भए श्रमिक महिलाका निम्ति विशेष राहत योजना ल्याउने बताइन्। 

श्रमिक महिलाहरुका बालबच्चाका लागि महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र बनाउने सिंहको योजना छ। 

अरु दलका उम्मेदवार चर्चा गर्न लायक छैनन् : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरेका छन्।  

अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको बताए। अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको बताए। 

सोही कार्यक्रममा उपस्थित एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गरे। 

स्थापितले आफू मेयर भएपछि उपहार नल्याउन सबैलाई आग्रह गरेका थिए। एमालेकी उपमेयरका उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता गरिन्।

आयोगको अभिव्यक्तिप्रति वर्षमानको आपत्ति

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

आइतबार १३३औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाए। 

नेता पुनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भुमिका खेल्न नसकेको आरोप लगाए। एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिड्नुपर्ने अवस्था आएको भन्दै नेता पुनले ओलीले बाहिरबाहिर हुंकार गरेपनि भित्रैबाट गलीसकेको र पराजित भइसकेको ठोकुवा गरे। 

क्वात्राले सम्हाले विदेशसचिवको जिम्मेवारी

नेपालका लागि भारतका निर्वतमान राजदूत विनयमोहन क्‍वात्राले भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका छन्। 

भारतीय सञ्‍चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार भारतको ३४औं विदेश सचिवको रुपमा क्‍वात्राले जिम्मेवारी सम्हालेका हुन्। 

भारतको मन्त्रिपरिषद्‌ बैठकले गत चैत २२ मा क्‍वात्रालाई विदेश सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। हर्षवर्धन शृंगलाले शनिबारदेखि विदेश सेवाबाट अनिवार्य अवकाश लिएपछि क्‍वात्राले आइतबारदेखि जिम्मेवारी सम्हालेका हुन्। 

क्‍वात्रा भारतको विदेश सचिवमा बनेसँगै नेपालका लागि भारतीय राजदूतको रुपमा चीन मामिलाका जानकार नवीन श्रीवास्तवको चर्चा  सुरु भएको छ। श्रीवास्तव अहिले विदेश मन्त्रालयको उपसचिव छन्। उनले पूर्वी एसिया विभागको जिम्मेवारी सम्हालिरहेका छन्। 

खेलाडी निकाल्ने निर्णय टिमको हितमा

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमबाट १० खेलाडीको नाम हटाउने आफ्नो निर्णय राष्ट्रिय टिमको हितमा रहेको दाबी गरेका छन्।

आइतबार अखिल नेपाल  फुटबल संघ (एन्फा)लाई पत्र लेख्दै उनले यस्तो दाबी गरेका हुन्। अल्मुताइरीले  क्याम्पमा रहेका १० खेलाडीलाई प्रशिक्षणबाट हटाएका थिए। नेपाली टिमका १० सिनियर खेलाडीले राष्ट्रिय टिमको क्याम्प छोडेका थिए। यसपछि खेलाडीहरूले पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि अन्यायपूर्ण व्यवहार गरिएकाले क्याम्प छाड्नुपरेको बताएका थिए। 

अलमुताइरीले खेलेको पत्रमा उनले हटाएका खेलाडीलाई फेरि नबोलाउने जनाएका छन्। आफूमाथि खेलाडीले  लगाएको आरोपहरूलाई माफी दिने बताउँदै उनले खेलाडीलाई कुनै सजाय नदिनसमेत एन्फासँग माग गरेका छन्। 

जिम्बाबे ए सँग नेपाल पराजित

नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्वाबे 'ए'बीच भएको टी–२० सिरिजको पहिलो खेलमै नेपाल ६ विकेटले पराजित भएको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पाहुना टिम 'जिम्वाबे ए'लाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा जिम्बावे सात बल बाँकी रहँदै निर्धारित लक्ष्य पूरा गरेर नेपालविरुद्ध जित निकालेको हो।

जिम्बावेको जितमा ताडिवानासी मरुमानी र कप्तान टोनी मुन्योन्गाले शतक बनाए। नेपालका करण केसीले आउट गराएका मरुमानीले ४१ बलमा ५६ रन बनाए भने टोनीले २३ बलमा ५० रन बनाएका  थिए। 

त्यस्तै, सन्दीप लामिछानेले आउट गराएका इनोसेन्ट काइयाले ३० बलमा ४७ रन बनाएका थिए। बसिरले दुई विकेट लिए भने सन्दिप र करण केसीले समान १–१ विकेट लिएका थिए। त्यसअघि नेपालले पूरा ओभर खेल्दै ५ विकेट गुमाएर १८१ रन बनाएको थियो। 

नेपाल र जिम्बावेको सिरिज आजबाट सुरु भएको हो। तीन खेलको टी–२० र तीन खेलको एकदीवसिय शृंखला मे ९ सम्म चल्नेछ।


प्रकाशित: May 1, 2022 | 20:25:39 काठमाडौं, आइतबार, वैशाख १८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
नेपाल समय
भिडियो समाचार

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
नेपाल समय
भिडियो समाचार

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
नेपाल समय
भिडियो समाचार

बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।
नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना