मंगलबार, असोज ११, २०७९

जेठ १ देखि सातामा दुई दिन बिदा, घोषणापत्रबारे गगन-ओलीको दोहोरी [२०७९-१-१४]

नेपाल समय  |  काठमाडौं, बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९, काठमाडौं

काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू 

आगामी जेठ १ गतेदेखि शनिवार र आईतवार हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय, गहुँ न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँ। हप्तामा दुई दिन बिदा

वडा तहसम्म नै तालमेल बलियो बनाउन गठबन्धनले  गर्‍यो ७ बुँदे सहमति, एमालेसहित गठबन्धन बाहिरका दलसँगको तालमेल खारेज गर्ने निर्णय । तितरबितर तालमेल

असन्तुष्टिलाई मुल्तबीमा राखेर बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस महामन्त्री थापाको आग्रह, ओलीको मुखमा अंगार भएकाले कालै ओकल्ने जवाफ। ओलीलाई जवाफ

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई भ्रष्टाचार मुद्दामा थप ५ वर्ष जेल सजाय, सुकीमाथि थप १० वटा भ्रष्टाचारका मुद्दा विचाराधीन। सुकीमाथि मुद्दैमुद्दै

र, जिम्बाबेसँग खेल्नका लागि बुधबारदेखि प्रशिक्षणका लागि बोलाइए २३ क्रिकेट खेलाडी, १० दिन चल्दै तीन एकदिवसीय र  तीन टी-२० सिरिज। बन्द प्रशिक्षण सुरु

अब समाचार विस्तारमा...

सातामा दुई दिन बिदा
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठ १ बाट लागू हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय भएको जानकारी गराएका हुन्। 

अब शनिबार र आइतबार हुने भएको छ। योसँगै कार्यालय समय पनि फेरिने भएको छ। अब सोमबारदेखि शुक्रबारसम्म सातामा पाँचै दिन बिहान साढे ९ देखि बेलुका  साढ ५ सम्म कार्यालय समय तोकिएको प्रवक्ता कार्कीले जानकारी दिए। हालका लागि यो परीक्षणका रूपमा  मात्र लागू गरिएको छ। 

यस्तै सरकारले गहुँको न्यूनतम समर्थन मूल्यसमेत तोकेको छ। प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँ समर्थन मूल्य तोकिएको मन्त्री कार्कीले जानकारी दिए। 

यस्तै सरकारले खानेपानी र पूर्वाधार विकास आयोजनाको लागि विश्व बैंकबाट लिन लागेको ८० मिलियन अमेरिकी डलर ऋण लिनेसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ। 

१० प्रकारका वस्तुको आयात रोकियो
सरकारले कार, कुरकुरे, विलासी मोटरसाइकल, मोबाइल र मदिरालगायत १० प्रकारका सामान आयातमा रोक लगाएको छ। 

सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न १० शीर्षकका कम आवश्यक वस्तुको आयातमा रोक लगाइएको जानकारी दिएका हुन्।

राजपत्रमा प्रकाशित सूचनाअनासर कुरकुरे, कुरमुरे, लेज, तयारी चुरोट/सुर्ती, हिरालगायतका वस्तु पनि आयातमा रोक लगाइएको छ। 

यस्तै ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, सबै प्रकारका खेलौना र तासको  समेत आयातमा रोक लगाइएको छ। 

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ।

वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरूको हकमा भने यो बन्देज लागू हुनेछैन।

विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि यसअघि नै राष्ट्र बैंकले विलासी वस्तु आयातका लागि प्रतीतपत्र नखोल्न वाणिज्य बैंकहरूलाई बोलाएर मौखिक निर्देशन दिएको थियो। अर्थतन्त्र संकटमा पर्दा पनि नियन्त्रणका लागि सरकारले चासो नदेखाएको भन्दै अर्थमन्त्री जनार्दन शर्मा  र प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ। 

एमालेसँगको तालमेल खारेज गर्ने सत्तारुढको सहमति
सत्ता गठबन्धनले एमालेसहित गठबन्धन बाहिरका दलसँग स्थानीय तहमा भएको तालमेल खारेज गर्ने सहमति गरेको छ। 

बुधबार बसेको सत्ता गठबन्धनका ५ दलको बैठकले यस्तो सहमति गरेको हो। बैठकपछि जारी ७ बुँदे विज्ञप्तिमा गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने सहमति गरेको उल्लेख छ। 

बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धनभित्रका दलका तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्न निर्देशन दिने निर्णयसमेत गरेको छ। 

समझदारी विपरीत गठबन्धनभित्रका दलहरुबाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने र गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने सहमतिमा उल्लेख छ। 

ओलीलाई गगनको प्रत्युत्तर
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले पार्टी निर्वाचनको युद्धमा होमिएकाले अन्य विषयमा बहस गर्ने समय नभएको बताएका छन्। 

आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका थापाले गठबन्धन गर्दा केही तलमाथि भए पनि अहिले त्यसलाई साइडमा राखेर चुनावमा होमिनुपर्ने बताए।

गठबन्धन ठिक हो कि होइन भन्ने मतभेद पहिले पनि भएको र अझै पनि रहेको तर त्यसलाई मुल्तबीमा राखेर कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने धारणा राखेका हुन्।

उनले पार्टी निर्णय बाहिर गएर स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन आग्रह गरे। सबैलाई न्याय दिलाइने भएकाले पार्टीलाई जिताउनका लागि फिर्ता लिन आग्रह गरेका हुन्। 

थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखमा अङ्गार भएकाले कालो ओकल्ने गरेको टिप्पणी गरे। ओलीले मंगलबार एक कार्यक्रममा कांग्रेसको घोषणापत्रलाई पागलहरूको प्रलापको संज्ञा दिएपछि थापाले प्रत्युत्तर दिएका हुन्। ओलीको मुखमा अङ्गार हुने भएकाले कालै ओकल्ने उनको टिप्पणी छ। ओलीले आफुले बोलेको झुटलाई चुनौती दिनेलाई सन्किएर पागल भन्ने गरेको पनि उनले बताए। 

केपी ओलीलाई ट्युसन पढाउन बालकोट जाने समेत उनले  बताए। ओलीको समृद्धिमा अहंकार भएको उनको टिप्पणी छ। 

थापाले ओलीको समृद्धि र आफ्नो समुन्नत नेपालको अवधारणाको सम्बन्धमा नेकपा(एमाले)का नेताहरुसँग बसेर बहस गर्न तयार रहेको चुनौती पनि दिए। 

टिकटमा आर्थिक चलखेल : शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिकट वितरणमा आर्थिक चलख‍ेल भएको आरोप लगाएका छन्। 

उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितताको विषय सार्वजनिक रुपमै आएको भन्दै आपत्ति जनाएका हुन्।

टिकट वितरणमा मापदण्ड बनाइ अगाडि नबढ्दा केही नेता कार्यकर्ता अन्यायमा परेको उनको आरोप छ। टिकट वितरणमा आफूहरूको कुरा नसुनिएको पनि उनको गुनासो छ। 

कार्यकर्तामा राजनीतिक र व्यक्तिगत पर्न गएको पीडामा आफू संवेदनशील रहेको उनको दाबी छ।

१७ हजार हेक्टरमा चियाखेती
नेपालमा करिब १७ हजार हेक्टर जमिनमा चिया तथा कफी खेती हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ। रोल...

१६ हजार ९१७ हेक्टर जमिनमा चिया खेती हुने गरेको २६औं राष्ट्रिय चिया दिवसमा बोर्डले जानकारी दिएको हो।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षमा चिया दोब्बर रकमको निर्यात भएको बताए। 

बोर्डले हरेक वर्षको बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ। नेपालमा १६ हजार भन्दा बढी चिया कृषक र ६० हजारभन्दा श्रमिक चिया ताथा कफी व्यवसायमा संलग्न छन्। 

बिहीबार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नेवानिको परीक्षण उडान
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले बिहीबार परीक्षण उडान गर्ने भएको छ। 

निगमको ३३० एयरबस जहाजले परीक्षण उडान गर्न लागेको हो। वैशाख १ गते परीक्षण उडान गर्ने भनिएकोमा तयारी नपुगेका कारण रोकिएको थियो। बिहीबारको परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि सहभागी हुनेछन्।

निगमको जहाजबाट परीक्षण उडान भएपछि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नियमित उडानका लागि प्रस्ताव आह्वान गर्नेछ। 

यसअघि थाइल्याण्डको एरो थाई कम्पनीले फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण गरिसकेको छ।

विप्लव नेकपामा चन्दामा उठाएको ५० लाखको तरंग
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टीका सचिवालय सदस्यद्वय धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश वली ’सुदर्शन’लाई जिम्मेवारीबाट पदमुक्त गरेको छ।

बुधबार बिहान कपिलवस्तुस्थित शिवगढीमा पार्टीका महासचिव विप्लवसहितको बैठकले उनीहरुलाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको हो। 

हालै ८ दिन चलेको नेपाल कम्युनिस्ट पार्टीको १२औं पूर्ण बैठक बैठकमा उनीहरुले चन्दा उठाएको र त्यसको हिसाब पारदर्शी नभएको आरोप लगाइएको थियो। पार्टीका नेता अमित मगरका अनुसार उनीहरूलाई स्पष्टीकरण माग  गरिएको तर जवाफ नदिएपछि कारबाहीको निर्णयमा पुगिएको जानकारी दिए। 

जिम्मेवारीबाट मुक्त भएका नेताद्वय बाँस्तोला र वलीले अब पार्टी कम्युनिस्ट नरहेर संसदवादमा फसिसकेको बताएका छन्। 

विप्लवले आफूहरुले नचाहँदा नचाहँदै विभिन्न तत्वहरुको उक्साहटमा मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय गर्न बाध्य भएको उल्लेख गरेका छन्।

(यससम्बन्धी विस्तृत समाचार नेपाल समय डटकममा पढ्न सकिनेछ।)

सुकीलाई थप ५ वर्ष कैद
म्यानमारी अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप ५ वर्षको जेल सजाय सुनाएको छ। 

भ्रष्टाचार मुद्दामा सुकीलाई दोषी ठहर गर्दै सैनिक शासित अदालतले जेल सजाय थप गरिएको हो। 

७६ वर्षीया सुकीमाथि नगद र सुनमार्फत करिब ६ लाख डलरबराबरको घुस लिएको आरोपमा दोषी करार गरिएको हो। राजधानी न्यापितअस्थित अदालतले बन्द कोठाभित्रको सुनुवाईपछि उक्त सजाय सुनाएको हो। 

सन् २०२१ को फेब्रुअरीयता सुकी घरमा नै नजरबन्दमा रहँदै आएकी छिन्। उता सुकीले भने आफूमाथि झुटा आरोप लगाएर मुद्दा चलाइएको बताएकी छन्। गत वर्ष फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि सुकीलाई सञ्चारमाध्यमसँग पनि कुरा गर्ने अधिकार छैन। 

यसअघि गत डिसेम्बरमा सुकीलाई कोभिड नियम उल्लंघन गरेको आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको थियो। अदालतको पछिल्लो निर्णयसँगै सुकीले अब ११ वर्ष जेल बस्नुपर्ने भएको छ। सैनिक सरकारले सुकीमाथि थप १० वटा भ्रष्टाचारका मुद्दा लगाएको छ। 

नेपाली टोली बन्द प्रशिक्षणमा 
जिम्बाबेको ए टोलीसँग हुने तीन वटा एक दिवसीय र तीन वटा ट्वान्टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट प्रशिक्षण थालेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध शनिबारबाट सुरु हुने एकदिवसीय र टी-ट्वान्टी शृंखलाका लागि २३ खेलाडी बोलाएर बुधबारदेखि प्रशिक्षण थालेको हो। 

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टोलीले पहिलो दिन बुधबार ब्याटिङ पक्षलाई ध्यान दिँदै प्रशिक्षण गरेको थियो। यसअघि मंगलबार टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिटनेसको अभ्यास गरेको थियो। 

कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने शृंखलामा क्यानले यसअघि सन्दीप लामिछानेको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो। 

बसिर अहमदले पहिलो पटक स्थान बनाएका छन् भने सुनील धमलाले लामो समयपछि कमब्याक गरेका छन्।

१० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ। एक दिवसीय शृंखला बैशाख १७ देखि २१ सम्म चल्ने छ भने ट्वान्टी–२० बैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ। 


प्रकाशित: April 27, 2022 | 20:56:55 काठमाडौं, बुधबार, वैशाख १४, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
नेपाल समय
भिडियो समाचार

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
नेपाल समय
भिडियो समाचार

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
नेपाल समय
भिडियो समाचार

बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।
नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना