शुक्रबार, असोज २१, २०७९

चुनावी तालमेलबारे सत्ता गठबन्धनमा छलफल, चोरी भएका सम्पदा अमेरिकाबाट नेपाल फिर्ता [२०७८-११-१९]

नेपाल समय  |  काठमाडौं, बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८, काठमाडौं

चुनावी तालमेलबारे गठबन्धनमा छलफल

सत्तारुढ गठबन्धनले स्थानीय तहमा चुनावी तालमेलका लागि आ-आफ्नो दलभित्र छलफल गरी निर्णय लिन सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको हो। आ–आफ्नो दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक फेरि बस्ने तय भएको छ। 

बैठकले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्ने निर्णयसमेत गरेको छ। संसद् बैठक अवरुद्ध नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्ने निर्णय भएको कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 

पाँच दलीय सत्ता गठबन्धनबाट जनमोर्चा भने बाहिरिएको छ। एमसीसीको विरुद्धमा रहेको जनमोर्चा संसदबाट एमसीसी पास भएपछि बाहिरिएको हो। एमसीसी पारित गर्न प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईले देउवाको प्रशंसा गरेका थिए।

चुनावलाई खर्चको सुनिश्चितता

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ। 

निर्वाचन आयोगले गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगले अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता प्राप्त गरेको बताउनुभएको हो । स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० वटा राजनीतिक दल दर्ता भएका र तिनको अध्ययन भइरहेको भन्दै उहाँले निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्र प्रकाशन गरिसकिने जानकारी दिनुभयो ।

आयोगले मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि फागुन २० गतेदेखि २६ गतेसम्मको मिति तोकेको छ। सो अवधिमा मतदाता नामावलीमा रहेको त्रुटी सच्याउने निवेदन दिने, कसैले झुठो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सो को विरोधमा उजुरी दिनसमेत आयोगले आग्रह गरेको छ। उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने आयोगका प्रवक्ता पौडेलले बताए। उनले मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमा हेर्न सकिने जानकारी पनि दिए। 

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ आयोगका प्रवक्ता पौडेलले विद्यूतिय मतदान प्रक्रियामा जानु चुनौतीपूर्ण भएकाले सो विषय छलफलकै क्रममा रहेको बताएका थिए। कानूनको अभावका कारण विदेशमा रहेका नेपाली नागरिकहरुको मताधिकार संरक्षण गर्न सम्भव नभएको पनि उनको भनाइ थियो। 

टेस्टट्युब बेबी सेन्टरलाई दर्तामा आउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गैरकानुनी रुपमा सञ्चालन भएका टेस्टट्युब बेबी सेन्टरलाई दर्ता प्रक्रियामा आउन निर्देशन गरेको छ। 

मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका टेस्टट्युब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रकृयामा आउन निर्देशन दिएको हो। अनुमति लिई सञ्चालनमा रहेका सेन्टरले पनि मन्त्रालयमा निवेदनसहित जानकारी गराउन आग्रह गरेको छ। तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानुन बमोजिम कारबाही गरिने मन्त्रालयको चेतावनी छ। 

जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न इजाजतपत्र लिनुपर्ने कानुनी व्यवस्था रहेकोसमेत मन्त्रालयले स्मरण गराएको छ।

नोबेलका विद्यार्थीले फेरि थाले आन्दोलन

नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको  माग राख्दै रिले अनसन सुरु गरेका छन्। 

बिहीबारदेखि काठमाडौंको माइतिघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एम.बि.बि.एसका १० विद्यार्थीले अनसन सुरु गरेका हुन्। नोबेल मेडिकल क्यापसका अनसनरत विद्यार्थी रुपेश पौडेलले चिकित्साशिक्षा आयोगले उपत्यका बाहिरका मेडिकल कलेजले ४४ लाखमा एम.बि.बि.एस पढाउन भने पनि नोबेल मेडिकल कलेजले त्यो शुल्क भन्दा बढी शुल्क लिएकाले विद्यार्थी आन्दोलित भएको बताए। 

रिले अनसनमा विद्यार्थीहरुले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नसमेत माग गरेका छन्। विद्यार्थीले न्यायोचित माग सम्बोधन गर्न, विद्यार्थीको भविष्य सुनिश्चित गर्न, सुरक्षित स्थानमा पढ्ने वातावरण बनाउन माग गरेका छन्। 

चोरी भएका सम्पदा नेपाल फिर्ता

चोरी भएर विभिन्न मुलुक हुँदै अमेरिकाको म्युजियमहरुमा पुगेको तीन वटा पुरातात्विक महत्वको सांस्कृतिक सम्पदाहरु नेपाल फिर्ता भएको छ।

बुधबार अमेरिकाको न्यूयोर्कस्थित रुविन म्युजिमय अफ आर्टका कार्यकारी निर्देशक डा। जोरिट बिट्सचेगीले चोरी निकास भई आफ्नो म्युजियममा पुगेको १७ औं शताब्दीको काठको कलात्मक तोरण, १४ औं शताब्दी कालका उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र १३ औं शताब्दीको मल्लकालिन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति काठमाडौं ल्याई पुरातत्व विभागलाई हस्तान्तरण गरेका हुन्। 

२२ हजार अमेरिकी डलर बराबरको पुरातात्विक महत्वको सांस्कृतिक सम्पदा फिर्ता भएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए। उनले सो मूर्ति राष्ट्रिय संग्राहलयमा तत्कालका लागि राख्ने र पछि हराएको ठाउँमा नै सुरक्षित ढंगले प्रतिस्थापन गर्ने बताए। 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले चोरी भएका नेपालको पूरातात्विक महत्वको ती सम्पदाहरु आफैले ढुवानीसहित व्यहोरेर नेपाललाई फिर्ता गरेको भन्दै आभार व्यक्त गरे। 

पूरातत्व विभागका अनुसार नेपालबाट गैरकानुनी ढंगले चोरी भई विभिन्न मुलुकमा निकासी भएका पुरातात्विक महत्वका सम्पदाहरु ७६ वटा फिर्ता भईसकेका छन्।

नेप्से निरन्तर ओरालो

पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। 

नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ। तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको हो। गत हप्ताको बुधबारदेखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएको छ। नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीवार २ हजार ६६१.४४ बिन्दुमा रोकिएको थियो। 

यो साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७.७३ अंक घटेको थियो। आइतबार कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता शेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। 

साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक १.६२ प्रतिशतले घटेर २६१०.६० विन्दुमा झरेको थियो। सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। मंगलबार महाशिव रात्री पर्व परेकाले नेप्से कारोबार बन्द थियो।

बुधवार नेप्से परिसूचक ६३ भन्दा बढी अंकले घटेर २ हजार ५४६.६० बिन्दुमा झरेको छ। बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बिहीबार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ। 

पुटिनको गृहनगरमा प्रदर्शन

रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगरमा प्रदर्शन भएको छ। विरोधमा उत्रिएकाहरूलाई प्रहरीले धरपकड गरेको रोयटर्सले समाचार प्रकाशन गरेको छ। 

विरोधमा ’हतियार बिसाइदेऊ सेना, तिमी वास्तविक नायक हुनेछौ’ भन्ने सन्देश लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो। दङ्गाविरोधी अधिकारीहरूले हिंसात्मक ढङ्गले प्रदर्शनकारीलाई तितरबितर पारेका थिए। पछिल्ला केही दिनयता सयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ। जेलमा रहेका पुटिनका आलोचक एलेक्सी नभाल्नीले अतिक्रमणविरुद्ध दैनिक प्रदर्शन गर्न आह्वान गरेपछि रुसमा प्रदर्शनहरू सुरु भएका हुन्।

यस्तै, रुसी नागरिकलाई युक्रेनमाथिको आक्रमणको बारेमा जानकारी गराउनका लागि रुसको शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई यसबारे भर्चुअल कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। विद्यार्थीहरुलाई नाटोको उपस्थितिले उत्पन्न गर्नसक्ने खतरा, रुसले दोनेत्स्क र लुहान्स्कका नागरिकको सुरक्षा गर्नुको कारणलगायतका विषयमा पढाइने भएको छ। 

प्रशिक्षकको निरन्तरता

नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता काठमाडौं रेजर्सले मार्की खेलाडी विकेश कुथु र मुख्य प्रशिक्षकको रुपमा बाल गोपाल महर्जनलाई निरन्तरता दिने भएको छ। 

आयोजक काठमाडौं रेजर्सले बिहीबार पत्रकार सम्मेलनमार्फत् एनएसएलको दोस्रो संस्करणका लागि मार्की खेलाडीको रुपमा गोलरक्षक विकेश र मुख्य प्रशिक्षकको रुपमा बाल गोपाललाई नै निरन्तरता दिँदै सार्वजनिक गरेको हो। नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजना हुन लागेको दोस्रो संस्करणको फ्रेन्चाइज लिग (एनएसएल) का लागि शुक्रबार अक्सन हुँदैछ। खेलाडीको टुङ्गो लगाउन क्लब प्रयत्नशील छन्। 

गत सिजनका सात र थप तीन टोली गरी आसन्न संस्करणमा कुल १० टोलीले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्दैछन्। सोही क्रममा साविक विजेता काठमाडौंले अघिल्लो संस्करणकै मुख्य प्रशिक्षक बालगोपाल महर्जनलाई सार्वजनिक गरेको हो। 

चैत २६ गतेदेखि सुरु हुने तयारीमा रहेको एनएसएलमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, सहिज उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लबहरू झापा एफसी, मेची–इलाम र विरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन्।


प्रकाशित: March 3, 2022 | 19:17:16 काठमाडौं, बिहीबार, फागुन १९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
नेपाल समय
भिडियो समाचार

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
नेपाल समय
भिडियो समाचार

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
नेपाल समय
भिडियो समाचार

बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।
नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना