शुक्रबार, असोज २१, २०७९

एमसीसीविरुद्धका दुवै रिट दरपीठ, पशुपति धर्मशालाबाट हटाइँदै बतास [२०७८-११-१०]

नेपाल समय  |  काठमाडौं, मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८, काठमाडौं

एमसीसीविरुद्धका रिट दरपीठ

प्रतिनिधिसभाको बैठकमा आइतबार टेबल भएको एमसीसी सम्झौताविरुद्ध दर्ता गर्न लगिएका दुई रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। संसदीय विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै सर्वोच्च प्रशासनले दुवै रिट दरपीठ गरिदिएको हो। 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसीविरुद्ध रिट दर्ताका लागि सर्वोच्चमा निवेदन दिएका थिए। भण्डारीले एमसीसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने जिकिर गरेका थिए।

एमसीसी सम्झौता अन्तर्राष्ट्रिय कानुन र भियना कन्भेन्सन १९६९ अनुसार सन्धिको श्रेणीमा नपर्ने हुनाले संसदबाट अनुमोदन गर्नु नपर्नेसमेत उनको जिकिर थियो। 

अधिवक्ता स्वागत नेपाल पनि सोही विषय उल्लेख गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए। सर्वोच्चले उक्त रिट पनि दर्ता गर्न अस्वीकार गरेको हो। 

पशुपतिबाट हटाइँदै बतास

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति धर्मशाला छिट्टै पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा ल्याउने बताएका छन्।

मंगलबार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन्। बतास समूहलाई धर्मशालाबाट हटाउने सरकारको निर्णयमा अदालतले अल्पकालीन आदेश खारेज गरिसकेकाले छिटै धर्मशाला फिर्ता ल्याइने उनको भनाइ छ। 

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री आलेले यस वर्षको महाशिवरात्री पर्व विगतका वर्षहरुभन्दा भव्य र सभ्य रुपमा मनाउने तयारी भइरहेकोसमेत बताएका थिए। पर्वलाई भव्य र सभ्य बनाउन कुनै पनि कसर बाँकी नराख्न पनि उनको निर्देशन थियो। 

यस वर्षको महाशिवरात्री पर्व फागुन १७ गते मंगलवारका दिन परेको छ। यस वर्ष सो दिन पशुपति क्षेत्रमा १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले बताए। पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न मन्त्री आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको छ। 

महाशिवरात्रीमा मदिरा र लागुपद्धार्थ मुक्त क्षेत्र बनाउन विशेष निगरानी र कडाइ गरिने उनको भनाइ थियो।

सहकारीमा ब्याजदर बढाउन माग

सहकारीको ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरू विरोधमा उत्रिएका छन्। 

मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रीय सहकारी महासंघसँग आबद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका हुन्। ब्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाब स्वरुप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन गरिएको बचत तथा ऋण केन्द्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालल बताए। पछिल्लो समय सहकारीहरुमा समेत चरम तरलता अभाव भएकाले सहज बनाउनको लागि ब्याजदर बढाउन पाउनुपर्ने महासंघको माग रहेको स्पष्ट पारे। 

वरिष्ठ उपाध्यक्ष ढकालले सहकारीहरुले आफ्ना सदस्यहरुबाट बचत संकलन गरेर १० लाख सदस्यहरुलाई सेवा दिइरहेको दाबी गरेका थिए। उनले सहकारी क्षेत्रमा प्रत्यक्ष रुपमा ८० हजारभन्दा बढीले रोजगारी पाइरहेकाले महासंघको माग तत्काल सम्बोधन हुनुपर्नेसमेत बताएका थिए। 

ऐलानी जग्गामा गाउँपालिका प्रमुखका निकटको हालीमुहाली

बाँकेको डुडुवा गाउँपालिका प्रमुखले नै ऐलानी जग्गामा आफू निकटका व्यक्तिहरूलाई बस्न लगाएको भन्दै विवाद उत्पन्न भएको छ।

गाउँपालिका अध्यक्षले सरकारी जग्गाको संरक्षण गरी व्यवस्थापन गर्नु पर्नेमा आफू निकटकाहरूलाई वडा नं. ६ स्थित २ बिगाहा जग्गा अतिक्रमण गर्न दिएको आरोप लगाइएको छ। गाउँपालिकाले अस्थायी प्रबन्ध भन्दै प्रमुखका निकट मान्छेलाई बसाउँदा अन्य मान्छेहरुले पनि जग्गामा बस्न थालेपछि विवाद उत्पन्न भएको हो। 

डुडुवा गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले अस्थायी प्रबन्धका लागि छरिएर रहेका मानिसलाई केही समयका लागि उपभोग गर्न दिएको बताएपनि वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र भने सरकारी जग्गा कसैको आदेशमा भूमिहीन सुकुम्बासीका नाममा कब्जा हुनु दुर्भाग्य भएको बताउँछन्। 

जिल्ला प्रशासन कार्यालय, बाँकेले भने केही क्षेत्रमा कानुन विपरित सार्वजनिक सम्पत्ति व्यक्तिलाई वितरण गर्ने काम गरेको पाइएको उल्लेख गर्दै त्यसको संरक्षण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा वितरण गर्ने अधिकार संघीय सरकारको मात्रै रहेको पनि स्मरण गराएका थिए। 

असिनापानीले ११ करोडको क्षति 

पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ। 

बाक्लो असिनापानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन्। पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा बढी क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए। 

असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आउनुभएको उदय अर्गानिक कृषि फार्मका २ वटा भैँसी मरेका छन्। फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैँसी मरेका हुन्। त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन्। गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको  छ।

पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ। फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ। 

युक्रेन-रुस तनाव

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि अन्तर्राष्ट्रिय राजनीति तातिएको छ। वर्षौंदेखि अलग राज्यको माग गर्दै विद्रोही समूह सक्रिय भइरहेका यी क्षेत्रलाई रुसले मंगलबार अलग राज्यको मान्यता दिएको हो। यससँगै रुसले ती क्षेत्रमा रुसी सैनिक परिचालन गर्ने पुटिन प्रशासनले आदेश दिइसकेको छ। युक्रेनकै कारण अमेरिकासहित अन्य शक्तिशाली देशहरूसँग रुसको तिक्तता रहँदा पछिल्लो निर्णयले थप तनाव सिर्जना हुने देखिएको छ। 

युक्रेनका क्षेत्रमा रुसी सेना परिचालन गर्ने पुटिन निर्णयको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन्। अमेरिकाले भने युक्रेनमा सक्रिय विद्रोही शक्तिलाई आर्थिक नाकाबन्दी लगाउनुका साथै आवश्यक परे थप शक्ति परिचालन गर्ने चेतावनी दिएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिको उक्त निर्णयको कडा निन्दा गरेका छन्। बाइडेनले युक्रेनका समकक्षी भ्लादिमिर जेलेन्स्कीलाई सम्बोधन गर्दै रुसी आक्रमणका लागि अमेरिकाले छिट्टै र निर्णायक रुपमा जवाफ दिने बताएका छन्। उता, जर्मनीका अर्थमन्त्री क्रिस्टियन लिन्डरले रुसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै रुसी जनताको हानिका लागि आफैं अलग्गिएको टिप्पणी गरेका छन्। रुसको निर्णयले नेटो र युरोपियन युनियन नजिक भएको उनको प्रतिक्रिया छ। साथै उनले युक्रेनको सार्वभौमिकताका लागि ऐक्यबद्धता जनाएका छन्।

विभागीयको बराबरी

कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन्। दशरथ रंगशालामा मंगलबार भएको विभागीय डर्बी भिडन्त १-१ गोलको बराबरीमा सकिएको हो।

रोमान्चक खेलमा सुरुआती अग्रता भने पुलिसले बनाएको थियो। तर, पुलिसले अग्रता जोगाउन सकेन।

पुलिसका सुमन लामाले एक गोल गरे। एपीएफका प्रदिप लामाले बराबरी गोल  फर्काए। खेलको पहिलो मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए।

एपीएफका डिफेन्डर एडमा डोम्बियाले गोलकिपर युया कुरियामा पोजिसन भन्दा बाहिर रहेको अवस्थामा क्लियर गरेको बल नियन्त्रणमा लिदै उनले सहजै गोल गरे।

खेलको ४१ औं मिनेटमा प्रदिपले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याए। पुलिसका डिफेन्डरले क्लियर गरेको बलमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले उत्कृष्ट गोल गरे।

त्यसअघि खेलको २७ औं मिनेटमा पुलिसका रबि पासवानको प्रहार एपीएफका गोलकिपर कुरियामाले मुश्किलले बचाएका थिए। त्यस्तै खेलको ७३ औं मिनेटमा एपीएफका आशिष लामाको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले मुस्किलले जोगाए। 

यस बराबरीसँगै पुलिसले १२ खेलमा १२ अंक जोडेको छ। पुलिस ११ औं स्थानमा रहेको छ। एपीएफले १२ खेलमा १५ अंक जोडेको छ। एपीएफ आठौं स्थानमा रहेको छ।


प्रकाशित: February 22, 2022 | 20:13:53 काठमाडौं, मंगलबार, फागुन १०, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
नेपाल समय
भिडियो समाचार

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
नेपाल समय
भिडियो समाचार

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
नेपाल समय
भिडियो समाचार

बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।
नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना