सोमबार, मंसिर १२, २०७९

नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमण, वैशाखमा चुनाव गर्न सत्तारुढ दल सहमत [२०७८-१०-४]

नेपाल समय  |  काठमाडौं, मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८, काठमाडौं

ऐतिहासिक कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा एकैदिनमा कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो। १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८ हजार ७ सय ३० र १० हजार २ सय ५८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ। हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन्।

यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

दुई साता जोखिम उच्च

कोरोना संक्रमणका कारण अबको दुई हप्ता नेपालका लागि कठिन हुने सरकारले जनाएको छ।

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले दुई हप्तासम्म कोरोना संक्रमण बढ्दै जाने बताए। बिरामीको लक्षणको आधारमा भन्दा अहिलेको संक्रमणको कारण ओमिक्रोन भेरिएन्ट नै भएको दाबी उनले गरे। 

उनका अनुसार नेपालमा अझै २ हप्ता संक्रमण बढ्ने र उच्च विन्दुमा पुग्दा दैनिक २० हजार संक्रमण पुष्टि हुने मन्त्रालयको आकलन रहेको उनले बताए। संक्रमण उच्च बिन्दुमा पुग्दा १० हजार संक्रमित लक्षणसहितका हुने,र तीमध्ये करिब एक हजारलाई आईसीयूको आवश्यकता पर्ने, ३०० जना गम्भीर बिरामी हुने अनुमान रहेको उनले बताए। साथै १३ हजार बेडको आवश्यकता पर्ने उनले जानकारी दिए। 

अहिले नेपालमा फैलिएको संक्रमण ओमिक्रोन नै भएको डा. पौडेलको दाबी छ। ओमिक्रोन भेरिएन्टका बिरामीह? समुदायमा परीक्षण नभए पनि धेरै संक्रमित रहेको उनले बताए। दुई हप्तापछि भने संक्रमण ओरालो लाग्ने मन्त्रालयको अनुमान छ।

तत्काल लकडाउन नगर्ने पक्षमा सरकार 

कोरोना संक्रमणको कारण तत्काल पूर्ण लकडाउन गर्ने पक्षमा सरकार नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रोल...

शिक्षा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले सरकार सकेसम्म लकडाउनमा नजाने बताए। कार्यक्रममा बोल्दै उनले ब? संक्रमण रोक्नका लागि जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई जरिवाना गर्ने, २–३ हप्ताको लागि निश्चित क्षेत्र बन्द गर्ने तर लकडाउनमा जाने योजना नरहेको उनले बताए। समितिका सभापति जयपुरी घर्तीले बजारको भिडभाड बन्द गर्न सरोकारवालासँग छलफल गरी नियन्त्रण गर्न निर्देशन दिइन्। पीसीआर परीक्षण सरकारी अस्पतालमा कमसेकम निःशुल्क गर्न नभए शुल्क कम गराउन सरोकारवालाले छिटोभन्दा छिटो छलफल गरी निर्णय गर्न निर्देशन दिइन्। साथै जोखिम भत्ता दुई वर्षदेखि समस्याको ?पमा रहेकोले अर्थमन्त्री सँग छलफल गरी कार्यान्वायनको पहल गर्ने बताइन, साथै जोखिम भत्ता दिन निर्देशन दिइन्।

वैशाखमा चुनाव

सत्ता?ढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन्। 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता?ढ दलह? आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो। 

संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमती भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा निर्वाचन आयोगसँग लगातार छलफल भइरहेको जानकारी दिए। 

निर्वाचन आयोगले सरकारलाई बैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाबारे जानकारी गराउँदै बैशाख १४ गते एकै चरणमा र दुई चरणमा भए बैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गराउनुपर्ने समेत  आयोगको प्रस्ताव गरिसकेको छ। 

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता?ढ दलह?बीचको उम्मेदवारको विजय कसरी सुनिश्चित गराउने भन्ने विषयमा पनि समितिमा छलफल गरिएको थियो। गठबन्धन दलह?बीचको उम्मेदवारलाई राष्ट्रिय सभा निर्वाचनमा विजयी सुनिश्चित गराउने भन्ने विषयमा पनि बैठकमा छलफल गरिएको मन्त्री कार्कीले बताए।

सबै नागरिकलाई खोप पुर्‍याउन संसदीय समितिको निर्देशन 

संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि कोभिडवि?द्धको खोप अनिवार्य रहेको निष्कर्ष निकाल्दै सबै नागरिकलाई त्यसको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको हो। 

छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिड वि?द्धको खोपको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनु भयो। समितिले कोरोना खोप लगाउने ठाउँमा समेत भीडभाड देखिएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि सरकारलाई भनेको छ। 

त्यसैगरी समितिले गर्भवती, सुत्केरी, वृद्धवृद्धा, असक्त र बालबालिकाह?लाई घरघरैमा पुगेर कोभिडवि?द्धको खोप लगाउन पनि सरकारलाई निर्देशन गरेको छ। स्वास्थ्य संवेदनशीलतालाई ध्यान राखेर सरकारले स्थानीय तह सरकारमार्फत् गर्भवती, सुत्केरी, वृद्धवृद्धा, अशक्त र बालबालिकाह?लाई घरैमा पुगेर खोप लगाउने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिइएको समितिकी सभापति घर्तीले बताइन्। समितिले होल्डिङ सेन्टरह? छिटो संचालनमा ल्याउन, सीमा क्षेत्रका संक्रमण हुन नदिन कडा नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराएको छ।

बैठकमा समितिका सदस्यह?ले पिसिआर टेष्टको काम स्थानीय सरकारले नै गर्नेगरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए। उनीह?ले कोभिड नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम जनताको घरदैलोमै पुगेर संचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराए। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले कोभिड परीक्षणलगायतको काम स्थानीय तहलाई दिने र संघीय सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए। 

सत्ता?ढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद एवम् पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले कोभिड नियन्त्रणका लागि जनताको घरदैलोमा पुगेर जनचेतनामूलक कार्यक्रम संचालन गर्न सरकारसँग माग गरेकी थिइन्।

सर्वोच्चका सेवा कटौती

सर्वोच्च अदालतले भोलिदेखि माघ १८ गतेसम्म सेवा कटौती गर्ने भएको छ। 

सेवा कटौतीसँगै अब सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिनेछ। त्यसमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड–१९ महामारीसँग सम्बन्धित ज?री प्रकृतिका निवेदनको सुनुवाइ हुनेछ। मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी निवेदनको सुनुवाइ हुनेछ।

फौजदारी मुद्दा थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदनमा पनि सुनुवाइ हुनेछ। अ? थुनुवा भएका मुद्दाको पनि सुनुवाइ हुने भएको छ। यसैगरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ हुनेछ।

स्वास्थ्य मापदण्डमा कडाइ

कोरोना भाइरस संक्रमितको संख्या तीव्र?पमा वृद्धि हुँदै गएपछि काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार २७ बुँदे आदेश जारी गरेको हो। 

काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको आदेशमा उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएको छ।कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको छ। यो रोक माघ मसान्तसम्म लागु हुनेछ।प्रशानसले अबदेखि माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप सञ्चालनमा निषेध गरेको छ। त्यस्तै गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमको उपयोग गर्न पनि भनिएको छ। 

भौतिक ?पमा उपस्थित भई गर्नुपर्ने भए जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५जना मात्र सहभागी हुने गरी सञ्चालन गर्न पनि भनिएको छ। प्रशासनले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसह?को भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालन गर्न पनि रोक लगाएको छ।

अस्ट्रेलियामा एकैदिन ७६ संक्रमितको मृत्यु

अस्ट्रेलियामा कोरोना भाइरसका कारण एकै दिन ७६ जनाको मृत्यु भएको छ। रोल..

मृत्यु हुने मध्ये अधिकांश न्यु साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका बासिन्दा रहेका छन्। अस्ट्रेलियामा कोरोनाबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो। यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो। पछिल्लो एक सातामा अस्ट्रेलियामा कोरानाका कारण मृत्यु हुनेको संख्या ३ सय ५९ पुगेको छ। यो अस्ट्रेलियामा कोभिड फैलिएपछि कूल मृत्यु हुनेको १३ प्रतिशत हो। न्यु साउद वेल्समा आज एकै दिन २९ हजार ८ सय ३० बढीमा संक्रमण देखिएको छ। 

एपीएफ र पुलिस फाइनलमा

नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन्। दोस्रो सेमिफाइनल अन्तर्गत टियु क्रिकेट मैदानमा विभागीय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो।

यसअघि नै नेपाल पुलिस फाइनल प्रवेश गरिसकेको छ। पुलिसले बागमतीलाई ५० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। 

मंगलबार सम्पन्न खेलमा एपीएफले दिएको २ सय ३१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आर्मी १ सय ८३ रनमै सिमित भयो। आर्मीले ९ विकेट गुमायो। 

आर्मीका लागि राजेश पुलामीले २१ बलमा सर्वाधिक ३८ रन जोडे। उनले एक चौका र ४ छक्का प्रहार गरेका थिए। भिम सार्कीले १९ बलमा ३५ रन जोडे। उनले ५ चौका र एक छक्का हिर्काए। सुमित श्रेष्ठले २४ तथा हरी चौहान २२ रनमा आउट भए।

एपीएफका लागि शरद भेषावकरले सर्वाधिक तीन विकेट हात पारे। अविनाश बोहरा र भुवन कार्कीले दुई–दुई विकेट लिएका थिए। किशोर महतो र दिपक बोहराले एक–एक विकेट हात पारे। 

‍यस अघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २ सय ३० रन जोड्यो। एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे। आसिफले ४३ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गरेका थिए। यता लोकेश बमले केवल १८ बलमा ६६ रन बनाउदै अविजित रहे। लोकेशले दुई चौका र ९ छक्का हिर्काए। प्रदिप ऐरीले ५३ बलमा ५७ रन जोडे। उनले ७ चौका र एक छक्का प्रहार गरे। आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक–एक विकेट हात पारे।


प्रकाशित: January 18, 2022 | 21:47:58 काठमाडौं, मंगलबार, माघ ४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
नेपाल समय
भिडियो समाचार

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
नेपाल समय
भिडियो समाचार

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
नेपाल समय
भिडियो समाचार

बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।
नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना