सोमबार, मंसिर १२, २०७९

मल खरिदमा अर्बको भ्रष्टाचार मुद्दा दायर, माओवादीमा टीके शैलीकै निरन्तरता [२०७८-९-१८]

नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुष १८, २०७८, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी मल किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

मिलोमतोमा गुणस्तरहीन मल खरिद गरेको अभियोगमा प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुष्कर दिप बुढा तथा मल अनियमिततामा संलग्न ठेकदार कम्पनी जोशी बिजसमेत १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। प्रतिवादी प्रत्येकलाई एक अर्ब ५३ लाख २२ हजार बिगो कायम गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। आपूर्तिकर्तालाई निकासा भएको रकम बराबर बिगो माग भएको हो।

लिमिटेडका कर्मचारी र आपूर्तिकर्ताको मिलेमतोमा अनियमितता भएको निष्कर्ष आयोगले निकालेको हो। आयोगका अनुसार कृषि सामग्री लिमिटेडले डीएपी परीक्षणका लागि प्रमाणपत्रसमेत अद्यावधिक नगरेको नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसलाई बिना प्रतिस्पर्धा छनोट गरेको थियो।

उता कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले आगामी चैत्र/बैशाख भित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन्। 

मन्त्री यादवले अन्तराष्ट्रिय बजारमै अभाव भएकाले नेपालमा पनि हाललाई मलको आवश्यक व्यवस्था मिलाउन नसकिएको स्पष्टिकरण दिए। आईतबार सिंहदरवारमा प्रेस बिफ्रिङ गर्दै उनले मलको अभाव हुन नदिन सरकारले नेपालमै मल कारखाना स्थापना गर्ने प्रयास गरिरहेको बताए। त्यसका लागि उपयुक्त कम्पनीहरुको खोजी गर्ने काम लगानी बोर्डले गरिरहेको मन्त्री यादवको भनाई थियो। मन्त्री यादवले किसानको माग अनुसार मल आपूर्तिका लागि ऐन, कानुन संशोधन गरेर अघि बढने जानकारी दिए। 

मन्त्री यादवले उखु किसानहरुले ४५ दिन भित्रै भुक्तानी पाउने व्यवस्था सरकारले गरेको पनि बताए। अनलाईन प्रणालीबाट उखु किसानले मिललाई उखु दिएको ४५ दिन भित्र अनलाईन पेमेन्ट गर्ने आवश्यक व्यवस्था सरकारले मिलाएको उनको दावी छ। किसानहरुलाई मलको व्यवस्था पनि अनलाईन प्रणालीबाटै वितरणको व्यवस्था गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। 

माओवादीमा टीके शैलीको निरन्तरता

माओवादी केन्द्रले अन्ततः तीन दिन लामो छलफलपछि फेरि पनि टिके शैलीबाटै केन्द्रिय सदस्य चयन गरेको छ। 

युवा नेताहरुले निर्वाचनको माग गरेपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबमा सहमति गरेर केन्द्रिय सदस्य छानिएको हो। बागमति र प्रदेश १ मा निर्वाचन भएकाले केन्द्रमा पनि सदस्य छान्न निर्वाचन हुनु पर्ने माग कतिपय युवा नेताहरुले गरेका थिए। तर, सो माग सुन्नै नचाहेका अध्यक्ष दाहालले फेरि एकपटक टिके शैलीमा केन्द्रिय सदस्य छानेका छन्। आइतबार बन्दशत्र स्थगित गरेर बसेको स्थायी कमिटी बैठकबाट केन्द्रिय सदस्यहरुको नाममा सहमति भएको थियो। 

सबै प्रदेशबाट प्राप्त सूचिका आधारमा तय गरिएको केन्द्रिय सदस्यहरुको नाम अध्यक्ष दाहालले महाधिवेशन हलमा पढेर सुनाएका छन्। अध्यक्ष दाहालले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन्। २९९ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्यहरु पछि मनोनीत हुनेछन्। ८ औं महाधिवेशन अन्तरगत जारी बन्दसत्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक तर्फ १२५ र खुल्लातर्फ १११ जनाको नाम बन्दसत्रमा घोषणा गरेका हुन्।  माओवादीमा १५४ जना समानुपातिक र १४५ जना सदस्य चयन हुने व्यवस्था रहेको छ।

यसैबिच, नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुंगाएको छ। प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको हो। अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा बिष्णु पुकार चयन भएका छन्। राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष नै थिए।

उम्मेदवार छान्न कांग्रेसले बोलायो बैठक

नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गर्न केन्द्रीय समिति बैठक बोलाएको छ। सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले राष्ट्रिय सभा उम्मेदवार छान्ने छ। 

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्ने छ। माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। काँग्रेसले उम्मेदवार छान्नका लागि आन्तरिक तयारी पनि थालेको छ। आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन्।

एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन्। राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ।

बारको विरोध जारी

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन्।

आइतबार पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारी तथा कानून व्यवसायीहरुले आन्दोलन गरेका हुन्। प्रर्दशनका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरुले आवाज उठाएको बताएका छन्। 

उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताए। अध्यक्ष श्रेष्ठले बारले केही समयपछि राष्ट्रिय सम्मेलन गर्न लागेको र सम्मेलनमा न्यायपालिका सुधारको लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा भइरहेको बाधालाई हटाएर काम अघि बढाउने बताए।

अध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यका बाहिर रहेका कानून व्यवसायीहरुले अहिले भइरहेको आन्दोलन पर्याप्त नभएको गुनासो गरेसँगै अब झनै सशक्त आन्दोलन गर्ने बताए। 

एमसीसी संसदमा पुगे पारित हुने सम्भावना छ : सीपी गजुरेल

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिन नहुने बताएका छन्। आइतबार माईतीघर मण्डलामा आयोजित बिरोध प्रदर्शनमा अध्यक्ष गजुरेलले एमसीसी संसदमै लैजान दिनु नहुने बताएका हुन्। 

अमेरिकाले एमसीसी सम्झौतामार्फत् दिने भनिएको रकम भन्दाबढी रकम एनसेलको कर उठाउँदा जम्मा हुने भन्दै  रकम भन्दा पनि परिणाम घातक रहेको दाबी गरे। गजुरेलले अमेरिका नेपालमा आइसकेपछि पछि नहट्ने र रणनीतिक महत्वका ठाउँहरुमा आफ्नो अखडा खडा गर्ने भएकोले एमसीसी पास गर्नु नहुने बताए। 

अध्यक्ष गजुरेलले चीनसँग लड्नका लागि अमेरिकाले नेपाललाई अखडा बनाउन एमसीसी सम्झौंताका लागि दवाव दिएकाले आफूहरुले विरोध गर्नु परेको तर्क समेत गर्नु भयो।

नेप्सेमा वृद्धि

शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ। अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो। पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतारचढाव आउन थालेको छ। 

आइतबार कारोबारमा आएका २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। गत बुधबार ३ अर्ब ६२ करोडको शेयर कारोबार भएको थियो। बुधबारको तुलनामा आइतबारको कारोबार रकममा पनि सुधार आएको हो। आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेकका अन्य सबै उपसमूहका परिसूचकहरु बढेका छन्। 

२१६ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २०९ जना संक्रमणमुक्त भएका छन्। बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार २३१ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ भने ८ लाख १२ हजार ४१९ जना संक्रमणमुक्त भएका छन्।

यस्तै स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ। 

पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो। सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ।

भाइरसका नयाँ नयाँ भेरिययन्टहरू आउँन सक्ने सम्भावना कायमै रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वजास्थ्य मापदण्डको पूर्णपालन गर्न तथा भीडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत सबैमा आग्रह गरेको छ।

सीके राउतका कार्यकर्ता र प्रहरीबीच मुठभेड

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच द्विपक्षीय झडप भएको छ। 

झडपमा परेर पाँच आन्दोलनकारी र आठ प्रहरी जवान घाइते भएका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरुले राजमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले झडपको क्रममा करिब एक दर्जन अश्रुग्यास प्रहार भएको बताए। उनले प्रदर्शनकारीको तर्फबाट ढुंगामुढा हुन थालेपछि जवाफमा प्रहरीको तर्फबाट अश्रुग्यास प्रहार भएको बताए। प्रदर्शकारीका अनुसार झडपको क्रममा प्रहरीले गोली चलाउँदा पाँच जना प्रदर्शनकारी घाइते भएका छन्। 

केपटाउन संसद भवनमा आगलागी

दक्षिण अफ्रिकाको केप टाउनस्थित संसद भवनमा ठूलो आगलागी भएको छ। सार्वजानिक भिडियो फुटेजमा सो भवनको छानाबाट ठूलो आगोको मुस्लो निस्किँदा आकाश नै पूरै कालो धुवाँले छोपिएको देख्न सकिन्छ। आगलागीको कारण खुल्न सकेको छैन। 

भवननजिक शनिबार मात्र आर्कबाइशप देसमन्ड टुटुको राष्ट्रिय शोक कार्यक्रम आयोजना गरिएको थियो। सहरको आपत्कालीन सेवाका प्रवक्ताले एएफपी न्युजलाई भनेका छन्, ‘छानामा बलिरहेको छ र राष्ट्रिय संसद् भवनबाट पनि आगो निस्किएको थियो। 

क्रिकेट बन्द प्रशिक्षण सुरु

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ। आईसीसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि क्रिकेट टिमले आइतबारबाट प्रशिक्षण सुरु गरेको हो। 

क्यानको क्रिकेट म्यानेजर विनोद दासले आजबाट टिमको बन्द प्रशिक्षण सुरु भएको बताए। तर, पहिलो दिन  प्रशिक्षकसँग अन्तरक्रिया, फिटनेस लगायतको कार्यहरु मात्र भएको उनले बताए। 

नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको थियो। तर, कारबाहीमा परेका चार खेलाडीसहित एक दर्जन बढी खेलाडीले होटलमा रिपोर्टिङ गरेका छैनन्। क्यान स्रोतका अनुसार कारबाहीमा परेका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी सहित १४ खेलाडीले रिपोर्टिङ गरेका छैनन्।क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो। क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। 



प्रकाशित: January 2, 2022 | 20:35:35 काठमाडौं, आइतबार, पुष १८, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
नेपाल समय
भिडियो समाचार

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
नेपाल समय
भिडियो समाचार

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
नेपाल समय
भिडियो समाचार

बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।
नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना