सोमबार, मंसिर १२, २०७९

माओवादीले सुरु गर्दै नेतृत्व चयन प्रक्रिया, अब बिजुली नजाने कुलमानकाे वाचा [२०७८-९-१६]

नेपाल समय  |  काठमाडौं, शुक्रबार, पुष १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुष १६, २०७८, काठमाडौं

प्रचण्डको प्रतिवेदन पारित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित भएको छ। 

प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले उनको प्रतिवेदन पारित गरेको हो। यसअघि विभिन्न २५ समूह बनाएर माओवादीले प्रचण्डको प्रतिवेदनमाथि सुझाव लिएको थियो। प्रतिवेदनका विषयमा राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलले पूरक प्रस्तुत गरेका थिए। बुधबार र बिहीबार दुई दिन २५ समूहका नेताले प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिएका थिए। प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित भएको हो।

महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ। ६ दिनदेखि जारी महाधिवेशनले भोलि नै नेतृत्व चयन गर्ने प्रवक्ता कृष्णबहादुर महारले जानकारी दिए । नेतृत्व चयनका लागि चुनावी प्रक्रिया नहुने संकेत गर्दै उनले भोलि नै महाधिवेशन सकिने समेत बताएका छन् । 

यसैबिच,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।  कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् । वर्तमान महाधिवेशन विचारको बहसमा सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गरिने उनको भनाइ छ ।

एमसीसीबारे प्रतिवेदन नै आधिकारिक : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आफूले पेस गरेको प्रतिवेदनमा एमसीसी बारे उल्लेख गरिएको विषय नै पार्टीको आधिकारिक लाइन भएको बताएका छन्। 

२५ वटा समूहका तर्फबाट नेताहरुले गरेको प्रस्तुतिको शुक्रबार जवाफ दिँदै अध्यक्ष प्रचण्डले एमसीसीबारे आफ्नो प्रतिवेदनमा जे लेखिएको छ त्यसैगरी बुझन आग्रह गरेका छन् । एमसीसीबारे प्रतिनवेदनमा खास केही उल्लेख नभएको र यसलाई  खारेज गर्ने बारे प्रतिवेदनमा उल्लेख हुनुपर्ने माग समूहगत छलफलमा उठेपछि त्यसको जवाफ दिदै  प्रचण्डले एमसीसीका विषयमा राजनीतिक दस्तावेजमा जे उल्लेख छ त्यहीँ हुने बताएका हुन् । सोमबार बन्दसत्रमा प्रचण्डले पेस गरेको प्रतिवेदनमा एमसीसी संशोधन र सहमतिका साथ अघि बढ्नु पर्ने उल्लेख गरेका थिए। 

संसद्‍बाट एमसीसी पारित हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमै एमसिसी संसद्बाट पारित हुने विश्वास व्यक्त गरेका छन्। 

उनले एमसिसी देश र जनताकै लागि भएको तर्क गर्दै त्यसमा असहमत हुने दललाई पनि सहमतिमा ल्याइने बताए। शुक्रबार पोखरामा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री खाँणले यस्तो जानकारी दिएका हुन्। उनले एमसिसी कुनै सैन्य गठबन्धनका लागि नभएको र अनुदानको रूपमा आएको सो रकमलाई सदुपयोग गरेर अघि बढाउनुपर्ने मान्यतामा सरकार दृढ रहेको दोहो¥याए।

गृहमन्त्री खाँणले एमसिसी सरकारले नै प्रस्तावित गरेको परियोजना भएको भन्दै यसलाई सबै दलको सामूहिक प्रतिबद्धताबाटै अघि बढाउनुपर्ने बताए। यसैगरी मन्त्री खाँणले सबै तहका निर्वाचन समयमै सम्पन्न हुने बताएका छन्। गृहमन्त्री खाँणले तीनवटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

मेरो राजनीतिक यात्रा जनतादेखि जनतासम्म : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपाल एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले  आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताए । 

उनले जनताको हीत र कल्याणको लागि सुकुम्वासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरु अघि सारेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्याय, अत्याचारको बिरुद्धमा, शोषण उत्पीडनकाबिरुद्धमा, विभेदहरुको बिरुद्धमा, अनेकौँ आन्दोलन, मजदुर, किसान, श्रमजीविको हकहीतको बारेमा विभिन्न कार्यक्रम गरिरहेको पनि बताएका छन् । 

अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान, निम्न पूँजिपति वर्ग, मध्यम वर्गका मानिसहरुले भोगिरहेका समस्याहरुलाई आफ्नो समस्याको रुपमा लिने गरेको बताए  ।

'सरकारसँगै राजदूतको पनि पदावधि सकिने बेथिति अन्त्य गर्नुपर्छ'

सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । 

शुक्रवार प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिए ।  

सांसद रावलले साना देशका लागि कुटनीतिक क्षमता वृद्धि गर्नु देशको अस्तित्वसँग गासिने तर्क गरे । त्यसैगरी उहाँले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै  देशको सुरक्षा गर्ने र जनताको सुरक्षा गर्ने राज्यको प्रमुख कर्तव्य भएको बताएका छन् । नेपालको सिमाना मिचिदा पनि परराष्ट्र मन्त्रालय मौन बसेको उनले बताए।

बैठकमा बोल्दै सांसद पुष्पा भुसालले सरकार परिवर्तन सँगै राजदूत फिर्ता बोलाउनुले राम्रो शन्देश नगएको टिप्पणी गरे । सांसद भुसालले नेपालमा सरकार परिवर्तन भइरहने भन्दै राजदूत परिवर्तन भइरहँदा दुई देश विचको सम्बन्धमा समेत असर पर्ने धारणा राखिन् । 

प्रन्याविरुद्ध उजुरी

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल  बार एसोसिएसनका पूर्व अध्यक्षहरुको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ । न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो ।

अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् । अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताए । 

अभियानले पूर्वप्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उनका परिवारका सदस्यउपर पनि छानविन गरिनुपर्ने माग गरेको छ ।

कर्मचारी सरुवा बढुवामा चक्रीय प्रणाली

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवा चक्रिय प्रणालीका आधारमा हुनेगरि व्यस्था गर्न लागिाएको बताएका छन् । 

शुक्रवार सर्वोच्च अदालतमा नेपाल निजामति कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन चक्रिय प्रणाली लागूगर्न छलफल भइरहेको बताए । उनले निजामति कर्मचारीहरु निष्पक्ष रुपमा लोकसेवाबाट आउनु पर्ने भन्दै जथाभावि मानिसहरु राखेर सेवा र प्रशासनलाई बिथोल्नु नहुने बताए । सोर्स, फोर्स लगाएर सुगममा बसिरहेर पेन्सन पकाउने कुरा न्यायोचित नभएकोले कारबाहीमा परेका बाहेक अरुलाई एक समय पुगेपछि आफैँ यो पदमा पुग्छु भन्ने व्याच प्रमोशन गर्ने कुरामा छलफल भइरहेको बताए । 

मन्त्री बडूले न्यायालयको समस्या न्यायालय भित्रबाट नै समाधान हुनुपर्ने बताउका छन् ।  उनले न्यायालयमा न्याय दिलाउनेहरुको निधार खुम्चिने काम हुनु नहुने भन्दै न्यायालयबाट छिटो छरितो रुपमा सेवाग्राहीले सेवा पाउनु पर्ने बताए । 

कृषिबाट आत्मनिर्भरता

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनु दिएका छन्।

अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघको १४ औं वार्षिक साधारण सभामा बोल्दै उनँले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यक्ता आंैलाए । 

अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित भएको स्विकार गर्दै अव उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

इमान बेचेर मन्त्रीको कुर्सीमा बस्दिनँ : आले

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताए । शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताए । 

उनले हाल छानबिनका क्रममा रहेका बोर्डका सिईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे । मन्त्री आलेले सिईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सिईओ बनाउँदा संस्था चल्न नसक्ने बताए । 

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताए । मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरे । मन्त्री आलेले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरुलाई निर्देशन समेत दिए । 

किन गइरहेको छ बिजुली?

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् । 

शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने बताए । उनले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितीमा रहेको बताए । उनले काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँदै भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताएका छन् ।  

प्रमुख कार्यकारी निर्देशक घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकोले विद्युत जाने समस्या नहुने बताए । 

२३५ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ भने ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् ।

नयाँदिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रममा कडाइ

भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समय कोरोनाको प्रकोप बढ्दै गएपछि नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरिएको छ । 

भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही साता कोरोनाको ओमिक्रोन भेरियन्टमा बृद्धि भएपछि भारत सरकारले सो निर्णय गरकोे हो । भारत सरकारले नयाँ वर्ष मनाउन सार्वजनिक स्थानहरुमा गर्ने समारोह, मेला तथा जमघट लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न सूचना जारी गरेको छ । 

हिजो मात्र भारतभर १ हजार २ सय ७० जना ओमिक्रोनका संक्रमित भेटिएका छन् । तीमध्ये नयाँ दिल्लीमा मात्र ३ सय २० जना पाइएका छन् । त्यसपछि धेरै मुम्बईमा पाइएका छन् । यसरी प्रत्येक दिन ओमिक्रोन भेटिन थालेपछि सरकारले सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको बताइएको छ । 

आर्मी र एपीएफको बराबरी

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबारको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब एपिएफ क्लबसँग बराबरीमा रोकिएको छ । 

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा आर्मी शसस्त्र प्रहरी बल (एपिएफ) सँग १–१ बराबरी खेलेको हो । बराबरीसँगै आर्मीलाई उपाधि होडमा धक्का लागेको छ भने आर्मीको यो तेस्रो बराबरी खेल हो । पहिलो हाफ गोल रहित प्रतिस्पर्धात्मक बनेको थियो । दोस्रो हाफमा भने दुबै टोलीले आक्रामक खेल्दा दुवै टोलीले एक एक गोल गरेका थिए । 


प्रकाशित: December 31, 2021 | 21:06:23 काठमाडौं, शुक्रबार, पुष १६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
नेपाल समय
भिडियो समाचार

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
नेपाल समय
भिडियो समाचार

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
नेपाल समय
भिडियो समाचार

बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।
नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना