सोमबार, मंसिर १२, २०७९

बिहानी समाचार : हुस्सुले ढाकेपछि विमानस्थल ठप्प, माओवादीमा नेतृत्व चयन प्रक्रिया सुरु हुँदै

नेपाल समय  |  काठमाडौं, शुक्रबार, पुष १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुष १६, २०७८, काठमाडौं

काठमाडौं- बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प भएको छ। हुस्सुले गर्दा भिजिबिलिटी कम भएपछि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। शुक्रबार बिहानैदेखि नै आन्तरिक उडान हुन सकेका छैनन भने कुनै पनि अन्तराष्ट्रिय विमान अवतरण गर्न सकेका छैनन्।

हुस्सुले विमानस्थल ठप्प भएपछि कुवेतबाट आएको जजिरा एयरलाइन्सका विमान आकाशमै होल्ड भएको थियो भने दोहाबाट आएको हिमालय एयरलाइन्स र कतार एयरलाइन्सको जहाज आकाशमा लामो समय घुमेको थियो।

काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने गर्छ। यहाँबाट दैनिक करिब ५० अन्तर्राष्ट्रिय र ३ सयको आन्तरिक उडान हुने गर्छन्।

उपत्यकासहित देशका अधिकांश स्थानमा बाक्लो हुस्सु

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बाक्लो हुस्सु, कुहिरो लागेको छ। बिहानैदेखि देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु बिस्तारै हटेर घाम लाग्ने सम्भावना छ।

तर, तराईका जिल्लामा लागेको हस्सु, कुहिरो हट्न समय लाग्ने छ। बाक्लो हुस्सुका कारण तराईमा कठ्याङ्ग्रिँदो चिसो बढेको छ। आज पनि हिमाली भूभागमा हिमपात भैरहेको छ। यो क्रम भोलि पनि जारी रहने मौसमविद्हरुले बताएका छन्। हिउँदे वर्षा र हिमपातले चिसो झनै बढाएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

आज प्रचण्डले प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिने

६ दिनदेखि जारी माओवादी केन्द्रको आठौं महाविधेशनमा आज अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। 

शुक्रबार दिउँसो एक बजेपछि लेखा, अनुशासन र निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत एवं छलफल गर्ने कार्यक्रम रहेको छ। तीन वटै आयोगको प्रतिवेदन पेश भएपछि पार्टी अध्यक्ष दाहालले जवाफ दिने भएका हुन्। अध्यक्षको जवाफसँगै प्रतिनधिको आवाश्यक सुझाव समेटेर दस्तावेजहरु पारित गर्ने माओवादीको तयारी छ।  त्यसपछि माओवादी केन्द्रको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने सम्भावना छ।

माओवादी केन्द्रको विधानअनुसार महाधिवेशनबाट सुरुमा २ सय ९९ केन्द्रीय सदस्य मात्र चुनिनेछन्। पछि तिनै सदस्यमध्येबाट अध्यक्षसहित पदाधिकारी चयन गरिनेछ। शुक्रबारको बैठकले नयाँ केन्द्रीय सदस्यको नाम पनि लगभग टुंगो लगाउने स्रोतले जनाएको छ। 

आज कांग्रेसले ४६औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्ने

नेपाली कांग्रेसले आज '४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस' विभिन्न कार्यक्रम गरी मनाउँदैछ।कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि यस वर्ष औपचारिक कार्यक्रम राखेको छैन। तर विभिन्न जिल्लामा नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएका छन्।

दिवसका अवसरमा कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्। यस अवसरमा बिपी संग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ।

पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई 'राष्ट्रिय एकता तथा मेलमिलाप दिवस'का रुपमा काँग्रेसले मनाउँदै आएको छ। 

नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज ग्राउन्डेड 

नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज ग्राउन्डेड भएको छ।अन्तर्राष्ट्रिय उडान गरिरहेको जहाज प्राविधिक समस्याका कारण ग्राउन्डेड भएको हो। काठमाडौं–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ। निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउन्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको बताइन्।

उनका अनुसार जहाजको बायाँ इञ्जिनमा समस्या पहिचान भइसकेको र इञ्जिन उत्पादनकर्ता पीए/आईएईसँग निगम व्यवस्थापनले परामर्श गरेको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारो बडी जहाज छन्। यी जहाजले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएका छन्।

लुम्बिनी प्रदेशले करारमा माग्यो ४३६ कर्मचारी

लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठुलो संख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ। 

मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो। त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ। १५ दिनभित्र आवेदन दिन भनिएको छ।

मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणका लागि ३० खेलाडीलाई हिजो छनोट गरेको थियो। क्यानको छनोट समिति र मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको हो।

क्यानले आईसीसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि बन्द प्रशिक्षण गर्न लागेको हो। बन्द प्रशिक्षणमा कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल लगायतका खेलाडीलाई समावेश गरिएको छ। 




प्रकाशित: December 31, 2021 | 10:49:51 काठमाडौं, शुक्रबार, पुष १६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
नेपाल समय
भिडियो समाचार

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
नेपाल समय
भिडियो समाचार

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
नेपाल समय
भिडियो समाचार

बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।
नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना