सोमबार, मंसिर १२, २०७९

प्रचण्डको प्रतिवेदनमाथि प्रतिनिधिले उठाए प्रश्न, वर्षा र हिमपात भोलिसम्मै हुने सम्भावना [२०७८-९-१४]

नेपाल समय  |  काठमाडौं, बुधबार, पुष १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुष १४, २०७८, काठमाडौं

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको आजको बन्दसत्रमा ११ वटा समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजमाथि आफ्नो सुझाव राखेको छ। 

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा सुझाव दिने क्रममा  प्रदेश १ का प्रतिनिधि रहेको समूहले नेपाली समाजवादको मौलिक बाटोबारे प्रश्न उठाएका छन्। राजनीतिक प्रतिवेदनका विषयमा टिप्पणी गर्नेक्रममा प्रदेशका प्रतिनिधिले समाजवाको मौलिक बाटोका विषयमा अस्पष्ट भएको बताएका हुन्। यसलाई स्पष्ट बनाएर जानु पर्नेमा उनीहरुले जोड दिएका छन्। 

गण्डकी प्रदेशका प्रतिनिधिले पार्टी केन्द्रीय सदस्यका सन्तानलाई अनिवार्य रूपमा सरकारी स्कुलमा पढाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। नेता र तीनका परिवारको जीवनशैली साधरण बनाउँदै लैजानु पर्नेमा गण्डकी प्रदेशका प्रतिनिधिले जोड दिएका छन्। सो समूहले पार्टीबाट सरकारमा सहभागी हुने नेताहरूको आचरण तय गर्नुपर्नेका साथै प्रत्यक्ष निर्वाचित कार्यकारीबारे पनि पार्टीको कुरा स्पष्ट पार्नेपर्ने सुझाव दिएको छ। 

यस्तै अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा सुझाव दिने क्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने समूहले पार्टीका प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। पार्टी पदमा रहने अवधि विधानमा नै तोकिनुपर्ने सुझाव दिएको हो।

कांग्रेस र एमाले लगायतका पार्टीमा पार्टीका कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था रहेकोमा माओवादीमा पनि त्यही व्यवस्था राख्नुपर्ने सुझाव नेतृत्वकहाँ पुगेको हो। माओवादी केन्द्रको अध्यक्षमा दाहाल तीन दशकभन्दा बढी समयदेखि निरन्तर रहँदै आएका छन्।

कतिपयले भने राजनीतिक दस्तबेज कार्यान्वयनमा नै शंका व्यक्त गरेका छन् । कतिपय प्रतिनिधिले प्रतिवेदनमा ल्याइएका योजनामाथि नै प्रश्न उठाएको एक नेताले जानकारी दिए। उनका अनुसार अध्यक्ष दाहालको दस्ताबेजको कार्यान्वयन पक्षबारे चिन्ता र शंका व्यक्त गरेका छन्।

बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि छफल स्थगित गरिएको छ। अब बाँकी १४ समूहका प्रमुखहरुले निष्कर्ष सुनाउने र त्यसपछि अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ। 

उता अध्यक्ष दाहालले पार्टीमा पदाधिकारी चयनका लागि निर्वाचन पनि हुन सक्ने संकेत गरेका छन्। 

आठौं महाधिवेशनअन्तर्गतको चौथो दिनको बन्दसत्र सकेर बुधबार प्रज्ञा भवनबाट बाहिरिने क्रममा दाहालले लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने बताएका हुन्। सकेसम्म सहमति गर्ने नभए अन्य विकल्पमा पनि जान सकिने बताएका हुन्। माओवादीमा अध्यक्षमा दाहाल नै दोहोरिने करिब निश्चित भएपनि महासचिवसहितका पदमा भने तिब्र प्रतिस्पर्धा देखिएको छ। आकांक्षी नेताको सूची लामो हुँदा सबै पदमा सहमति हुने सम्भावना कमजोर देखिएको छ। सहमति नभए अध्यक्ष र केन्द्रिय सदस्य मात्रै चयन गरेर महाधिवेशन सक्ने की निर्वाचनको विकल्पमा जाने भन्ने विषयमा अझै अन्योल कायमै छ। बुधबार अध्यक्ष दाहालले भने चुनाव पनि हुनसक्ने संकेत गरेका छन्। 

बन्दसत्रमा बुधबार ११ समूहका टोली नेताले छलफलको निष्कर्ष सुनाएका छन्। अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधान परिमार्जन प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको छ। बिहीबारको बन्दसत्रमा बाँकी १४ समूहका प्रमुखहरुले निष्कर्ष सुनाउने र त्यसपछि अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ। प्रतिवेदन पारित भएसँगै नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। प्रक्रिया लम्बिदै गएका कारण महाधिवेशन थप दुई दिन लम्बिने देखिएको छ। 

राजतन्त्रको आवश्यकता झन् बढ्यो : लिङ्देन 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन्। अध्यक्ष लिङदेनले सिक्किम विलय भएको दृष्टान्त दिदैँ राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याए। स्वर्गीय राजा विरेन्द्र शाहको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे।

अध्यक्ष लिङदेनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको तर्क गरे। उनले राजा विरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौंता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको पनि बताए। उनले स्वर्गीय राजा विरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उल्लेख गरे। 

अध्यक्ष लिङदेनले राजनीतिक दलका नेताभन्दा राजा बढी देशभक्त हुने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेको बताए। कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकीर गरे। उनले स्वर्गीय राजा विरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गरेका थिए। 

पर्यटन बोर्डका सिईओ रेग्मीका पक्षमा सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश दिएको हो। नेपाल पर्यटन बोर्डले सीईओ रेग्मीमाथि लागेका आरोप छानबिन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। बोर्डको ऐनअनुसार छानबिन समिति गठनसँगै रेग्मी स्वतः निलम्बन भएका थिए। 

निलम्बन गैरकानूनी भएको भन्दै रेग्मी अदालत गएका थिए। उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ।

देशभर वर्षा र हिमपात

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।

हिउँदे वर्षासँगै काठमाडौं उपत्यका आसपासका डाँडाहरुमा समेत हिमपात भएको छ। चन्द्रागिरी, फूलचोकीमा हिमपात भएसँगै हिउँ खेल्नेहरुको लर्को लागेको छ। चन्द्रागिरीमा घण्टौ लाइनमा बसेर युवायुवतीहरु हिउँ खेल्न पुगेका छन्। यस्तै मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिका–४ दामन र सिमभन्ज्याङमा हिमपात भएको छ। बुधबार बिहानदेखि हिमपात भएको हो। यहाँ हरेक वर्ष हिउँ पर्दा हिउँ खेल्न जाने पर्यटकको संख्या बढ्ने गर्दछ।

गोर्खा, म्याग्दी, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा, मुगु लगायतका जिल्लामा भने भारी हिमपात भएको छ। सानातिना खोला र धाराको पानी नै जमेका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन पनि कष्टकर बनेको छ। बझाङ, बाजुरा, बैतडी, डडेल्धुरालगायत सुदुरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात भएको छ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ। इलाम, ताप्लेजुङ र तेह्रथुममा पनि हिउँ परेको स्थानीय बताएका छन्। 

हिमपातसँगै स्थानीयको जनजीवन कष्टकर भएपनि बाली सप्रिने आशमा किसानहरु भने खुसी भएका छन्। वर्षा र हिमपातको क्रम भोलि पनि जारी रहने मौसमविद्हरुले बताएका छन्। पर्सी शुक्रबारबाट मात्रै मौसम क्रमिक रुपमा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा र हिमपातसँगै देशभर चिसो बढेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।  

२२० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,४३३ पीसीआर र ११७५ एन्टिजेन गरी ७,६०८ परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। त्यस्तै २५३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४,८६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

नेप्सेमा झिनो सुधार

दुई दिन लगातार तल झरेको शेयर बजार मापक नेप्से परिसुचक बुधबार छिनो अंकले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक र कारोबार रकम समेत मंगलबारको तुलनामा सामान्य  सुधार भएको छ।

नेप्से परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ। आज कारोबारमा आएका २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबार ३ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको थियो। नेप्से परिसूचकका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक सबै भन्दा धेरै २.२१ प्रतिशत बढेको छ। 

घरनिर्माणबारे गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले ग्रामीण भेगमा भवन निर्माण तिव्र हुन थालेको भन्दै भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप बनाउन आग्रह गरेका छन्। 

बुधबार २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ग्रामिण भेगमा पनि भुकम्प प्रतिरोधी भवन निर्माण गर्नु आवश्यक रहेको बताए। शहरी क्षेत्रमा ठूला भवनहरु र विद्यालयका भवनहरु बनाउँदा सरकारले तोकेको मापदण्ड पालना भइरहेको उल्लेख गर्दै उनले ग्रामिण भेगमा पनि सरकारले तोकेको मापदण्ड पालना गरेर भवन निर्माण गर्न सम्बन्धित निकायलाई सचेत गराए। ग्रामिण भेगमा जनसंख्या वृद्धि भएसँगै तिव्र गतिमा भवन निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको उनको भनाई छ। 

गृहमन्त्री खाँणले यस वर्षको २४ औँ भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रम भन्दापनि शन्देशमूलक कार्यक्रमको रुपमा मनाउन निर्देशन दिनुभएको छ। भूकम्प सम्बन्धी सचेतना कार्यक्रम र प्रचार प्रचार सबै नागरिककहाँ पुर्‍याउनुपर्नेमा उनको जोड छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६औं वार्षिकोत्सव मनाएको छ। कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो। 

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर  चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताए। उनले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताए।

मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको बताए। उनले विकास गर्न नसके पनि जुन रुपमा चलेको छ त्यही रुपमा राख्न सक्नु पर्ने बताए। 

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले  चिडियाखाना मुख्य चार वटा उदेश्यले सञ्चालन भइरहेको बताए। उनले कोषले जङगली जनावरको विषयमा शिक्षा दिने काम गर्ने गरेको बताए। ओलीले कोषले जङगली जनावर तथा प्रकृति संरक्षणको विषयमा नेपालको १३ जिल्लामा पाठयपुस्तकमा समावश गराएको बताए। 

२६ औं वार्षिकोत्सवको अवसरमा कोषले चिडियाखाना काम गर्ने उतकृष्ट कर्मचारीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण समेत गरेको छ।

ब्राजिलमा भीषण वर्षा

ब्राजिलको उत्तरपूर्वी राज्य बाहियाका ११६ शहरमा मंगलबार भीषण वर्षाका कारण संकटकालीन अवस्था सिर्जना भएको छ।

नोभेम्बर अन्तिमदेखि त्यस क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ। हालै ब्राजिलका उत्तर र दक्षिणपूर्वका कम्तीमा पाँच अन्य राज्यमा पनि बाढी आएको छ। बाहियामा बाढीबाट ४ लाख ७० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। कम्तिमा ५० शहरमा घर र व्यापारिक प्रतिष्ठानहरु डुबानमा परेका छन् र मानिसहरू आफ्नो सामान छोड्न बाध्य भएका छन्। 

प्रदेश सरकारको आधिकारिक तथ्याङ्कअनुसार ३४ हजार १६३ जना घरबारविहीन भएका छन् भने करिब ४३ हजार विस्थापित भएका छन्। महिनाको सुरुदेखि हालसम्म आएको बाढीका कारण २१ जनाको मृत्यु भएको छ भने ३५८ जना घाइते भएका छन्।

मोरिसससँग भिड्दै नेपाल

नेपाली राष्ट्रिय फुटबल टिमले अफ्रिकी राष्ट्र मोरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपालले दशरथ रंगशालामा मोरिसससँग खेल्ने जनाएको छ। दुई खेलको मैत्रीपूर्ण  जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ।  मोरिसस फिफा वरीयतामा १ सय ७२ औं स्थानमा रहेको छ। 

नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। साफ च्याम्पियनसिपको तयारीमा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको हो। 

नेपालले पहिलो खेल बराबरी र दोस्रो खेलमा हार व्यहोरेको थियो। साफमा नेपाल उपविजेता बनेको थियो।  फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो।  


प्रकाशित: December 29, 2021 | 19:44:06 काठमाडौं, बुधबार, पुष १४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
नेपाल समय
भिडियो समाचार

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
नेपाल समय
भिडियो समाचार

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
नेपाल समय
भिडियो समाचार

बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।
नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना