सोमबार, मंसिर १२, २०७९

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा, एएसएसपी यादवले किन गरे आत्महत्या? [२०७८–९–९]

नेपाल समय  |  काठमाडौं, शुक्रबार, पुष ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुष ९, २०७८, काठमाडौं

तीनदिने भारत भ्रमणमा जाँदै प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले पुस २५ गते तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा पुस २६ देखि २८ सम्म हुन लागेको ‘भाइब्रेन्ट गुराजत ग्लोबल समिट’ मा भाग लिन देउवा भारत जान लागेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतको तर्फबाट देउवाको भ्रमणका लागि प्रस्ताव आएको र नेपाली पक्ष सकारात्मक देखिएको छ। प्रधानमन्त्री देउवाले पनि परराष्ट्र मन्त्रालयलाई भ्रमणको तयारीबारे गृहकार्य गर्न निर्देशन दिइसकेका छन्।

यो भ्रमण अन्य बेलाको जस्तो राजकीय भ्रमण भने नभएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्। स्रोतका अनुसार सम्मेलनमा प्रधानमन्त्री देउवाले कुनै एक सत्रमा आफ्नो विचार राख्ने गरी गृहकार्य भइरहेको छ। कार्यक्रमकै दौरान देउवाले भारतका प्रधानमन्त्री मोदीसँग द्वीपक्षीय भेटवार्ता पनि गर्ने बताइएको छ। मोदीसँगको भेट गान्धीनगरमा हुने वा नयाँ दिल्लीमा हुने बारेमा गृहकार्य भइरहेको छ। 

गत असारमा पाँचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो दोस्रो विदेश भ्रमण हो। देउवा यसअघि बेलायतको ग्लास्गो सहरमा भएको कोप–२६ मा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गएका थिए।

माओवादी 'आगो' भएको प्रचण्डको भनाइ

नेकपा माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगोसँग खेल्न खोज्दा बालुवाटारबाट बालकोट पुगेको टिप्पणी गरेका छन्।

नेकपा मसाल सम्पर्क केन्द्रसँग एकता गर्दै उनले आफूलाई आगोको संज्ञा दिँदै आगोसँग खेल्ने दुस्साहस गर्दा ओली र एमाले अहिले केन्द्रदेखि प्रदेशसम्म सत्ताबिहिन हुन पुगेको बताएका हुन् । एमालेको थप हालत आगामी निर्वाचनमा देखिने उनको भनाइ छ। दाहालले एमालेको हालत आउने चुनावले देखाउँने भन्दै अहिले धाक धम्की दिएर नहिँड्न ओलीलाई चेतावनी दिए। 

यस्तै अघिल्लो वर्ष पुस ५ मा प्रतिक्रान्ति सुरु भएको बताउँदै उनले निर्ममतापूर्वक प्रतिगामी षड्यन्त्र चालिएको उल्लेख गरे। दाहालले प्रतिक्रान्तिकारीहरु अझैपनि षड्यन्त्रकै प्रक्रियामा रहेका बताएका छन्। राजनीतिक परिवर्तनहरुलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरु एकजुट भएर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए। माओवादी अध्यक्ष दाहालले विभिन्न जिल्लामा गएर ओलीले माओवादी र मधेशवादी दलका नेताहरूलाई एमाले प्रवेश गराइरहेकोप्रति पनि कटाक्ष गरे। अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरुको सिला खोज्दै हिडेको उनको टिप्पणी छ। 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बिच पार्टी एकिकरण भएको घोषणा गरिएको हो। नेकपा मसाल (सम्पर्क केन्द्र)को तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गरेका छन्।

माओवादी स्थायी कमिटीमा प्रचण्डको राजनीतिक प्रतिवेदन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेश गरेका छन्। 

शुक्रबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि पेश गरेका हुन। नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि काठमाडौंमा सुरु हँुदैछ। सोही सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष दाहालले आज बिहान बसेको स्थायी कमिटीमा बैठकमा पेश गर्नु भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

बैठकले नेकपा (मसाल)सँग विद्रोह गरी बनेको नेकपा मसाल माओवादी केन्द्र र प्रभात चलाउने नेतृत्वको नेकपाको सिंगो टिमसँग पार्टीमा एकीकरण गर्ने निर्णय पनि गरेको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ।

एमाले काम नलाग्ने पार्टी : माधवकुमार नेपाल

नेकपा एकीकृत सामाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी काम नलाग्ने पार्टी भइसकेको आरोप लगाएका छन्। 

शुक्रबार सल्यानको सदरमुकाम खलंगामा आयोजित जिल्लास्तरिय अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको बताएका हुन्। एमाले काम नलाग्ने भएपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी खोलेको उनको तर्क छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सामूहिकतलाई अवलम्बन गर्न नसकेकै कारण नेकपा फुटेकोतर्फ इंगित गर्दै उनले एमाले कम्युनिष्ट पार्टी नभएको आरोपसमेत लगाए। 

एमालेमा कम्युष्टिट सिद्धान्त र आदर्श नरहेको आरोप लगाए। एमालेमा केपी बा भन्देमात्रै पुग्ने भन्दै उनले एमालेमा वाक्क भएर आफूहरुले विद्रोह गरेको समेत प्रष्ट पारे।

कांग्रेसको नयाँ कार्यसमिति बैठक शनिबार

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ। 

बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ।      शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने कांग्रेस कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए। यसबाहेक नयाँ विधानअनुसार सभापतिले ३३ जना मनोनित गर्न बाँकी छ। 

कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित हुने एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिमा देउवा समूहका एक सय नौजना विजयी भएका छन् । इतरपक्षबाट जम्मा २३ जनामात्र निर्वाचित भएका छन् भने २ जना प्रकाशमानसिंह पक्षका छन्। पदाधिकारीमा मात्रै कुल १३ जनामध्ये देउवाको समूहका ८ जना विजयी भएका छन् । अन्तिम नतिजाअनुसार केन्द्रीय कार्यसमितिमा ८१ दशमलव ३४  प्रतिशत सहित देउवा कांग्रेसको शक्तिशाली सभापति भएका छन्।

परीक्षा बोर्डमा महाश्रम

सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ। शुक्रबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए। 

त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। 

प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ।

सरकारका प्रवक्ता कार्कीले सरकारले हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा, इएमएस महशुल पुनः पुनरावलोकन गर्ने निर्णयसमेत गरेको जानकारी दिए।

मन्त्रिनिवास निर्माणको अवरोध हटाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले ललितपुरको भैंसेपाटीमा निर्माणाधिन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोध हटाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिने भएको छ।

संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले सो आवास निर्माणस्थल वरपरको सबै बाटो ११ मिटर फराकिलो हुनुपर्ने स्थानीयको माग सम्बोधन गर्नका लागि सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो। स्थानीयले सो आवासको तीनतिर ११ मिटर बाटो तय गरिएको तर एकातिर भने ८ मिटर मात्रै भएकाले त्यसलाई पनि फराकिलो बनाउनुपर्ने माग गरिरहेको छन। स्थानीयको सो मागलाई सम्बोधन हुने गरी सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिन लागिएको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिएकी छिन। 

बैठकमा स्थानीय मोहन खरेलले स्थानीयलाई न्याय हुने गरी सो आवास निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको बताएका छन् । 

यता, सांसदहरुले स्थानीय तहका जनप्रतिनिधिहरुसँग आवश्यक छलफल गरेर मात्रै निर्माणाधिन सो आवासको कामलाई अघि बढाउन सरकारसँग माग गरे। आवास निर्माण भईरहँदा स्थानीयको मागलाई बेवास्ता गर्न नमिल्नेतर्फ सांसद्हरुले सरकारलाई सचेत गराएका थिए। समितिले यस अघि निर्माणाधिन संघीय संसद भवन तथा मन्त्री, प्रदेश प्रमुख र मख्यमन्त्री आवासको अनुगमन गरेको थियो। 

तरलता अभावले निर्माण उद्योग संकटमा

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्।

अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका हुन। उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको बताएका छन्। अध्यक्ष सिंहले बजारमा हाहाकार भए तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भइ कटौती गरे ५ प्रतिशत कायम गरेकाले पनि विगत दुई वर्ष देखि निर्माण उद्योगले गति लिन नसेको बताए । उनले दुई वर्ष कोरोना महामारीको कारण काम नहुने तर अन्य खर्च हुने तर, खर्च भए अनुसार त्यसबाट उत्पादन गर्न नसक्दा आफूहरुले चरम आर्थिक अभाव झेलि रहेको बताए। 

अध्यक्ष सिंहले सरकारले निर्माण व्यवसायीको मागलाई सम्बोधन गरे मात्रै पनि बजारमा तरलता सहज हुने धारणा राखे। अहिले सरकारको ढुकुटीमा अर्बै रकम थुप्रिएर बसेको तर विकास निर्माणको काम गर्न रकम अभाव भएको बताए। अब विकासे मन्त्रालयहरुले बजेट खर्च गर्न दोहोरी मात्रै नखेलेर बजेट व्यवस्थापन गरेर विकास निर्माण अगाडि बढाउन सहयोग गर्नु पर्ने अध्यक्ष सिंहको भनाइ छ। 

एसएसपी मृत फेला

नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव आफ्नै सरकारी निवासमा मृत भेटिएका छन्।

संघीय प्रहरी इकाई लुम्बिनीका एसएसपी यादव भैरहवा स्थित सरकारी निवासभित्र मृत भेटिएपछि प्रहरी संगठनमा तरंग पैदा गराइदिएको छ। नागरिकको सुरक्षाका लागि खटिने उच्च स्तरीय प्रहरी अधिकारी आफै क्वाटरमा मृत भेटिनुलाई प्रहरी संगठनको कमजोरीका रुपमा समेत चर्चा गरिएको छ। सधैं हसिलो, फरासिलो स्वभावका यादवले ‘सुसाईड’ गरेको भनेर उनीसँगै काम गर्नेहरुले विश्वास गरेका छैनन। 

तर, यादव झुन्डिएको अवस्थामा मृत फेला परेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले बताए।शुक्रबार विहान १० देखि १२ बजेका विचमा घटना भएको प्रहरी प्रमुख केसीले बताए। श्रोतका अनुसार यादवलाई खानाका लागि यादवलाई बोलाउन जादा ढोका नखुलेपछि झ्यालबाट हेर्दा झुन्डिएको देखेपछि घटना बाहिरिएको हो। 

आम नागरिकको सुरक्षा गर्ने उच्चतहको प्रहरी अधिकृतले ‘सुसाईड’ गर्नुको कारणबारे अझै कुनै तथ्य फेला परेको छैन। तर, यादवले बेला बेलामा बढुवा नभएको भन्दै चिन्ता प्रकट गर्दैै आएका थिए। उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याची समेत हुन्। यादव बढुवामा पटक पटक पेलिएका प्रहरी अधिकारीका रूपमा चिनिन्छन्। पछिल्लो पटक डीआइजीमा बढुवाको पर्खाइमा रहँदा उनी परेका थिएनन्। त्यस बखत उनले आफू प्रति अन्याय भएको भन्दै निकटकाहरुसँग गुनासो गर्ने गरेका थिए।

२६० संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोनाभाइरस संक्रण पुष्टि भएको छ।  

सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो। यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ। हाल देशभर सक्रिय संक्रमित ५०४८ जना रहेका छन्।

मोटरडुंगामा आगलागी हुँदा बंगलादेशमा ३६ जनाको मृत्यु

बंगलादेश शुक्रबार बिहान एउटा मोटर डुंगामा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। 

राजधानी ढाकाबाट २ सय ५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा आज बिहान तीन बजे आगलागी भएको जनाइएको छ। तीन तले डुंगामा झन्डै पाँच सय मानिस सवार रहेको अनुमान छ। उनीहरु मध्ये अधिकांश आफ्नो गाउँ फकिँदै थिए।

डुंगाको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ। आगो लागेपछि केही यात्रुहरु ज्यान जोगाउन नदीमा हाम्फालेका थिए। प्रहरीले अहिलेसम्म ३६ जनाको शव निकालेको छ भने मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ। एक सय भन्दा बढीलाई जलेको अवस्थामा अस्पताल भर्ना गरिएको छ।

नेपालको दोस्रो जित

एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित निकालेको छ। 

बंगलादेशको ढाकामा शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। साविक विजेता समेत रहेको नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ सेटमा जित निकालेको हो। लगातार दुई खेलमा जित निकालेसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो। महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ। शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन्।


प्रकाशित: December 24, 2021 | 19:32:04 काठमाडौं, शुक्रबार, पुष ९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
नेपाल समय
भिडियो समाचार

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
नेपाल समय
भिडियो समाचार

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
नेपाल समय
भिडियो समाचार

बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।
नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना