सोमबार, मंसिर १२, २०७९

बिहानी समाचार : प्रदेश २ मा पनि निधि समूह पराजित, प्रहरीकै मोटरसाइकल चढेर कैदी बेपत्ता

नेपाल समय  |  काठमाडौं, शुक्रबार, पुष ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुष ९, २०७८, काठमाडौं

काठमाडौं- नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट सभापति पदमा कृष्ण प्रसाद यादव विजयी भएका छन्। 

प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई १ सय ४१ मतान्तरले पराजित गर्दै सभापति शेरबहादुर देउवा पक्षका कृष्ण विजयी भएका हुन्। कृष्णले ९ सय ९६ मत पाउँदा विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ पाएका रामसरोजले ८ सय ५५ मत पाएका छन्। प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि हिजो विहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो। सो मतदानमा १ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो।

भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ। कांग्रेस निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र आज वितरण गरिने

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र आज वितरण गरिने भएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई केहि समयपछि प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।  महाधिवेशन अन्तर्गत मतदान भएको ११ दिनपछि बिहीबार सबै पदको मतगणना सकिएर अन्तिम मतपरिणाम सार्वजनिक भएपछि त्यसको भोलिपल्ट प्रमाणपत्र प्रदान गर्न लागिएको हो।

यस्तै आजै सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए। 

१४औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवा थप बलियो बन्दै

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवा थप बलियो भएका छन्। अन्तिम नतिजा सार्वजनिक हुँदा पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवापक्षका १०९ उम्मेदवार विजयी भएका छन्। इतरपक्षबाट जम्मा २३ जनामात्र निर्वाचित भएका छन्।

दुईतिहाइका लागि निर्वाचित केन्द्रीय कार्यसमितिमा ९० जना भए पुग्छ । पदाधिकारीमा मात्रै कुल १३ जनामध्ये देउवाको समूहका ८ जना विजयी भएका छन्। अन्तिम नतिजाअनुसार केन्द्रीय कार्यसमितिमा ८१ दशमलव ३४  प्रतिशत सहित देउवा शक्तिशाली सभापति भएका छन्।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन मुख्य तीन कार्ययोजनामा केन्द्रित हुने

आगामी आइतबार पुष ११ गतेदेखि सुरुहुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन मुख्य तीन कार्ययोजनामा केन्द्रित हुने भएको छ।  राजनीतिक प्रतिवेदनमाथिको छलफल र अनुमोदन, अन्तरिकम विधान-२०७८ अनुमोदन र केन्द्रिय नेतृत्व चयनमा सम्मेलन केन्द्रित हुने भएको हो।

माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार राष्ट्रिय सम्मेलनले अबको कार्यदिशाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहालले लेखेको राजनीतिक प्रतिवेदनमाथि छलफल र अनुमोदन गर्ने कार्यसूची हुनेछ।

दाहालले प्रतिवेदनमार्फत माओवादीबाट अलग भएर गएका नेताहरूलाई फर्कन आग्रह गर्ने भएका छन्। दाहालले समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत समाजवाद उन्मुख समृद्धिको कार्यनीति अगाडि सार्दै छन्। यस्तै सम्मेलनले अन्तरिम विधान-२०७८ अनुमोदन र विधानअनुसार केन्द्रीय नेतृत्व चयन गर्ने तयारी छ। यसपटक पनि सकेसम्म सहमतिबाटै पदाधिकारी चयन हुने स्थायी कमिटी सदस्य देव गुरुङ दाबी गरेका छन्। 

विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगको तयारी

नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ। 

यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए। उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताए।

विदेशमा करिब ४० लाख नेपाली नागरिक छन्। यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत संकलन गरिएको थियो। 

२० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारागारबाट फरार

दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारागारबाट भागेका छन्।जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार हिजो राती अस्पतालबाटै भागेका हुन्। घोराही कारागारका नाइके रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेको प्रहरीले जनाएको छ।

उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर अस्पताल गएका थिए। उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको थिए। अस्पतालबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

'ए' डिभिजन लिगको छैटौं चरणका खेल आजबाट

सहिद स्मारक 'ए' डिभिजन लिगको छैटौं चरणका खेल आजबाट सुरु हुँदैछन्। पहिलो दिन आज दुई खेल हुनेछन्। 

दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा एपीएफ र एनआरटी भिड्ने छन्। एपीएफ ५ खेलबाट ४ अंक जोडेर ११ औं स्थानमा छ। एनआरटी भने ५ खेलबाट ६ अंकसहित सातौं स्थानमा छ। त्यस्तै ४: ४५ मा हुने दोस्रो खेलमा पुलिस र फ्रेन्ड्स क्लब खेल्नेछन्।

पुलिसको ५ खेलबाट ५ अंकसहित ११ औं स्थानमा छ। फ्रेन्ड्स भने ५ खेलबाट २ अंकमै सीमित रहेर अन्तिम स्थानमा छ।


प्रकाशित: December 24, 2021 | 10:56:40 काठमाडौं, शुक्रबार, पुष ९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
नेपाल समय
भिडियो समाचार

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
नेपाल समय
भिडियो समाचार

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
नेपाल समय
भिडियो समाचार

बालेनले लिए एक्सन, एमालेबाहेकको वाम ध्रुवीकरण; मिटरब्याजीको ससुरालीमा कपाली तमसुक [२०७९-५-६]

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन्।
नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना