शनिबार, मंसिर १८, २०७८

एमालेमा सहमति नबने मतदान, सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्दै बार [२०७८-८-७]

नेपाल समय  |  काठमाडौं, मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८, काठमाडौं

एमाले महाधिवेशनमा : सहमति नबने मतदान

नेकपा एमालेको १०औं महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन नहुने भएको छ। सहमतिमार्फत पदाधिकारी चयनका लागि प्रयास गर्दै आएका अध्यक्ष केपी शर्मा ओलीले अब सहमतिका लागि आग्रह समेत गर्ने बताएसँगै मतदानमार्फत नेतृत्व चयन हुने पक्का भएको हो। 

मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले नेतृत्व चयनमा सहमतिका लागि आग्रहसमेत नगर्ने बताएका हुन्। मिलेर जानु राम्रो भएको, तर आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको हुने भएकाले केही नबोल्ने स्पष्ट पारेका छन्। पृष्ठभूमि जे भए पनि अहिले एमालेमा एउटै पक्ष मात्र रहेको समेत ओलीले बताए। अध्यक्ष ओलीलाई तपाईले बढि मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव को भनि प्रश्न गरिएको थियो। त्यसको जवाफमा उनले सर्वसम्मती वा सबैभन्दा बढि मत लिएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढि मन पराउने जवाफ दिएका छन्। ओलीले पार्टीका नेताहरुको व्यवस्थापनमा आफूले ध्यान नदिने समेत स्पष्ट पारेका छन्। 

एमाले अध्यक्ष ओलीले पार्टीको दशौं महाधिवेशनमा आफूले उम्मेदवारी दिने निर्णय गरिनसकेको बताएका छन्। अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आफूप्रति आदर, सम्मान र स्नेहभाव देखाउनु भएको प्रतिक्रिया समेत दिएका छन्। यस्तै एमाले अध्यक्ष ओलीले नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै गरेको आन्दोलनलाई ठिक भन्न नसकिने घुमउरो प्रतिक्रिया दिएका छन्। उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागिएको विषयमा प्रतिक्रिया दिदै भनेका छन्– कुखुराको अण्डा मन्साएर क्यान्सर निको हुन्छ ? उनले अदालत सुधार्न चाहेको भए सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताए। 

अध्यक्ष ओलीले आफूहरुले निष्पक्ष न्यायालय छ भन्ने विश्वास सबैले गरुन भन्ने चाहेको पनि स्पष्ट पारेका छन्। 

महश बस्नेत एमाले सचिवमा भिड्दै

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पूर्वमन्त्री समेत रहनु भएका बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै पपुलर मत ल्याएर जित्ने दावी समेत गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध रहेको र आफै पनि आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने तर्क समेत गरे। उनले पार्टीमा युवाहरुको प्रतिनिधित्वलाई सुनिश्चित गराउन पनि आफूले उनीहरुको प्रतिनिधित्व गर्दै सचिवमा उम्मेदवारी दिएको बताए। 

नेता बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गरेका छन्। रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिएर विगतमा खेल्दै आएको भूमिकालाई निरन्तरता दिन उपयुक्त हुने सुझाव समेत दिए। 

नेता बस्नेतले महाधिवेशनमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरु र देश बूँदे सहमतीको अवधारणा बोकेर आएका नेताहरुलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्न लागिपर्ने बताएका छन्। 

महाधिवेशनसम्बन्धी विवाद छैन : गोकर्ण विष्ट

नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको बताएका छन्। 

मंगलवार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सचिव विष्टले एमालेको महाधिवेशन सहमती र समझदारीकै आधारमा सम्पन्न गर्ने बताएका छन्। उनले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पार्नुभयो। महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उल्लेख गरे। 

एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गर्नुभयो। एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्ने बताउका छन्। 

त्यसैगरी नेकपा(एमाले)का नेता रघुविर महासेठले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गरे। जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने बताए। 

उनले एमालेको नेतृत्व चयन सहमतीमा हुँदैन की भनेर शंका गर्ने ठाउँ नरहेको बताएका छन्। केही नेताहरुले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको नेता महासेठको टिप्पणी छ।

सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्दै बार 

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ।

बारले मंसिर ९ गते बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको हो। मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा दिएको धर्नामा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरु समेत संलग्न रहने जानकारी दिए। उनले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अव सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको स्पष्ट पारे। अध्यक्ष श्रेष्ठले भोलि बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने पनि जानकारी दिए। 

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले अदालत परिसर भित्र न्यायपरिषद्माथि लाठी प्रहार गर्नु न्यायपालिकाको न्याय मर्नु रहेको बताए। उनले एउटा वकीलले आफ्नो अभिव्यक्ति र विचार राख्न पाउने स्वतन्त्र अधिकार रहेको बताउँदै सुरक्षाको नाममा लाठी प्रहार गर्नु न्याय मार्नु सरह भएको बताएका छन्। 

वरिष्ठ अधिवक्ता ज्ञवालीले नेपाल बारलाई बिहीवारबाट कालोपट्टी बाँधेर एक घण्टा नबोली धर्ना दिने कार्यक्रम राख्न आग्रह गरेको पनि बताए । 

राजनीतिक दलको सदस्यता नलिन कर्मचारी र शिक्षकलाई निर्वाचन आयोगको आग्रह 

निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशन दिएको छ। आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलको महाधिवेशनमा सार्वजनिक पदमा बहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापकहरू समेत महाधिवेशनमा भाग लिई प्रतिनिधि समेत चयन भएको भनी सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले दलहरूलाई यस्तो निर्देशन दिएको हो।

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शिक्षक, कर्मचारी, प्राध्यापकले राजनीतिमा भाग लिन नहुने व्यवस्था सम्बन्धी कानूनहरूको पनि स्मरण गराएको छ।

आयोगले बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्तिलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न नगराउन पनि राजनीतिक दलहरुलाई निर्देशन दिएको छ। निर्देशन बमोजिम नगरी दलको सदस्यता वितरण र पदाधिकारी चयन गरिएको पाइएमा त्यस्ता दलका पदाधिकारीहरूको विवरण अद्यावधिक नगर्ने पनि आयोगले चेतावनी दिएको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन्।

मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताउका हुन्। नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै गरेको भन्दै उनले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताए। 

अध्यक्ष दाहालले शिक्षकहरुलाई राज्यले अन्याय गरेको पनि बताए। शिक्षकहरुलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरुले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनको भनाई छ। अध्यक्ष दाहालले अहिले माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय रहेको भन्दै शिक्षकहरुको समस्या समाधानका लागि आफ्नो पार्टीले सकेको काम गर्ने बताए। 

सबै विद्यार्थीलाई खोप लगाउँछौँ : शिक्षामन्त्री

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्धको खोपको व्यवस्था गर्ने बताएका छन्। मंगलवार मन्त्रालयमा आयोजित विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरु सार्वजनिक गर्दै मन्त्री पौडेलले सबै विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्धको खोपको व्यवस्था गर्ने बताएका हुन्। 

उनले चाँडै नै सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गर्ने मन्त्रालयको प्राथमिकता रहेको बताए। उनले स्थायी शिक्षकको पदपूर्तिका लागि विज्ञापन प्रक्रिया तत्काल अघि बढाउने, समयमै सबै पाठ्यपुस्तकहरु विद्यार्थीको हातमा पुर्‍याउने र शिक्षक दरबन्दी मिलान कार्यलाई स्थानीय तहबाट नै शीघ्र अघि बढाउने पनि बताए। 

मन्त्री पौडेलले शिक्षक अस्पताल निर्माणको प्रक्रिया अघि बढाउने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने तीन वर्षभित्र सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारहरु तायर गर्ने गरी श्रोत साधन परिचालन गरिने पनि जानकारी दिए। उनले शैक्षिक पूर्वाधार निर्माण एवं प्रविधि विकासमा स्वदेशी एवं वैदेशिक लगानी आकर्षित गरिने मन्त्रालयको प्राथमिकता रहेको बताए। 

मन्त्री पौडेलले विभिन्न आन्दोलनका घाइते, अपांग एवं द्वन्द्व पीडितलाई शैक्षिक अवसर प्रदान गरिने, विद्यालय स्तरको एसइइ र कक्षा १२ को परीक्षालाई व्यवस्थित बनाउने, शैक्षिक गुणस्तरमा सुधार ल्याउन हरेक क्षेत्रको सुक्ष्म अनुगमन गर्ने बताए। 

ओरालोमा सेयर

मंगलबार शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ। 

सोमबारको ७.९० अंकले वृद्धि भएको नेप्से मंगलबार ३२.२९ अंकले घटेर २ हजार ७३३.१४ अंकमा झरेको छ। आज ठूलो कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ। 

कोरोबारमा आएका २२७ कम्पनीको ७४ लाख ४८ हजार कित्ता शेयर  ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने अन्य उपसमूहको परिसूचक ०.९४ प्रतिशत बढेको छ।  वित्त उपसमूहको परिसूचक सबै भन्दा बढी ३.४ प्रतिशत घटेको छ। 

‍३५१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने २७३ जना निको भएका छन्। नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ६९ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ भने ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३०० जना रहेका छन्। 

बुल्गेरियामा बसमा आगलागी हुँदा ४५ जनाको मृत्यु

बुल्गेरियामा यात्रु बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ।

बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।नेपाली समय अनुसार मंगलबार बिहान पौने ६ बजेतिर घटना भएको हो। बोस्नेक गाउँ नजिक बसमा आगलागी भएको बुल्गेरियाको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था बिटिएले जनाएको छ। 

आगलागीमा परी मृत्यु हुनेमा बालबालिका पनि रहेको आन्तरिक मामिला मन्त्रालयका अधिकारीले निजी टेलिभिजन च्यानल बिटिभीलाई बताएका छन्।आगलागी भएको बस टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको जनाइएको छ। बसको नम्बर प्लेट उत्तरी मेसेडोनियाको रहेको खबरमा उल्लेख छ।

नेपालद्वारा भुटान पराजित

आइसिसी टी–२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। 

युएईमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार भुटानलाई ८ विकेटले हराएको हो। भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो। अब नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ। छनोटको अंक तालिकामा युएई लगातार दुई जित निकालेर ४ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपाल, भुटान र हङकङले २–२ अंक जोडेका छन्। 

यसअघि नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो। छनोटमा नेपालसहित घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।


प्रकाशित: November 23, 2021 | 19:58:52 काठमाडौं, मंगलबार, मंसिर ७, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, मंगलबार, मंसिर ७, २०७८

थप समाचार

थापा र लिङ्देनका आआफ्नै दाबी, फेरि संसद् चल्न नदिने एमालेको तयारी [२०७८-८-१७]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्नेदले उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपामा कमल थापा र लिङदेन प्यानल भिड्दै, भारतमा पनि भेटियो ओमिक्रोन [२०७८-८-१६]

राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

बिहानी समाचार : राप्रपामा नेतृत्व छान्न चुनाव सुरु, सर्वोच्चमा फेरि बल्झियो विवाद 

आजदेखि कांग्रेसको प्रादेशिक अधिवेशन सुरु, गोला प्रणालीबाट पेशी तोक्न सुरु गरिएको भोलिपल्टै पेशी तोक्ने कार्य अन्योलमा

राजतन्त्र ल्याउन राप्रपाले अभियान चलाउने, ओमिक्रोनको जोखिम बढेपछि विदेश नजान सरकारको आग्रह [२०७८–८–१५]

राजतन्त्रसहित हिन्दूराष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु भएको छ।

ओलीले रोजेजस्तै बन्यो एमाले टिम, बारको आन्दोलन शिथिल [२०७८-८-१४]

नेकपा एमालेको चितवन महाधिवेशनले केपी शर्मा ओलीलाई पुनः ५ वर्षका लागि एमालेको नेतृत्वमा स्थापित गरेको छ।

एमाले अध्यक्ष बन्न ओली र रावल मैदानमा, चितवन महाधिवेशनप्रति माधव नेपालको कटाक्ष [२०७८-८-१३]

पदाधिकारीअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने देखिन्छ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C