बुधबार, माघ २५, २०७९

सर्वसाधारणले पुसमा पनि चढ्न नपाउने भए धरहरा, यस्तो छ कामको अवस्था [भिडियो रिपोर्ट]

धीरज बस्नेत  |  काठमाडौं, सोमबार, साउन १८, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

सोमबार, साउन १८, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ वैशाख ११ गते धरहरा उद्घाटन गर्दा धेरैलाई लागेको थियो, अब वैशाख १२ गतेबाट धरहरा चढ्न पाइनेछ। तर, आममानिसको त्यो रहर ७ महिना पर धकेलियो। धरहरासँग जोडिएका अन्य संरचनाको काम नसकिएको भन्दै पुसदेखि मात्रै धरहरा खुला गर्ने योजना थियो त्यो।

सम्झौताअनुसार निर्माण कम्पनी रमन कन्स्ट्रक्सनलाई यस अवधिसम्ममा सबै काम सक्नैपर्ने दबाब छ। तर, दुर्भाग्य सर्वसाधारणले पुसमा पनि धरहरा चढ्न नपाउने भएका छन्।

निर्माण कम्पनीका इन्जिनियर सञ्जय नकर्मीका अनुसार धरहराको काम पुसमा पनि सकिने छैन। धरहराको सबै संरचनाको एकमुष्ट हिसाब गर्दा अहिलेसम्म ५७ प्रतिशत मात्रै काम सकिएको छ। तीन अर्ब ४८ करोड लागतमा बन्ने भनिएको धरहरा निर्माणमा करिब ढेड अर्ब रुपैयाँ सकिएको उनले जानकारी दिए।

‘कोरोनाको दोस्रो लहरका कारण कामदार सहरबाट पलायन भए। काम गर्न सकिएन। पुसमा कुनै हालतमा काम सकिँदैन’, उनले भने। ठेक्का सम्झौताको म्याद थप नगरे धरहरामा ताला लगाएर बाटोबाटै हेर्दै हिँड्नुपर्ने अवस्था आउन सक्छ। रमन कन्स्ट्रक्सनका अर्का एक इन्जिनियरका अनुसार धरहराको सबै काम सकिन। कम्तीमा एक वर्ष लाग्छ। त्यसपछि सर्वसाधारण धरहरा चढ्न पाउने सम्भावना अत्यन्त न्यून छ।

निर्माण कम्पनीका इन्जिनियर सञ्जय नकर्मीका अनुसार धरहराको काम पुसमा पनि सकिने छैन। धरहराको सबै संरचनाको एकमुष्ट हिसाब गर्दा अहिलेसम्म ५७ प्रतिशत मात्रै काम सकिएको छ।

भूकम्पले क्षतिग्रस्त भएको धरहराको तत्कालीन प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते शिलान्यास गरेका थिए। यसको काम दुई वर्षमा सक्नेगरी रमन कन्स्ट्रक्सनले जिम्मा पाएको थियो। तर, कोरोनाको महामारी र लकडाउनका कारण निर्माण कार्य लम्बिएपछि ९ महिना म्याद थपिएको म्याद असारमा सकिनुपर्ने थियो। तर, असारमा पनि काम सकिएन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुससम्मको म्याद दिएको छ।

धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमै ‘मेरो धरहरा म बनाउँछु’, अभियान सुरु गरेका थिए। २०७३ असार २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्त्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो। टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्त्वले अस्वीकार गरेको थियो। टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई दिएको थियो।

४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरामा मिन्ट म्युजियम ३० प्रतिशत, धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल ७७ प्रतिशत काम भएको छ। धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, काम लगायतका काम भइइरहेको छ। धरहरा वरपरका पार्क, पार्किङलगायत थुप्रै संरचना बन्न बाँकी छ। तर, कामै नसकी प्रधानमन्त्रीको दबाबमा पुनर्निर्माण प्राधिकरणले उद्घाटन गरे।

पहिलेको गोश्वारा हुलाक कार्यालयमा प्रवेशद्वार हुनेछ। प्रवेश गरेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट माथिल्लो भागमा जान सकिनेछ पुनर्निर्माणका क्रममा सुन्धाराको धारा मर्मत गरिनेछ। त्यस क्रममा यसको पुरातात्त्विक महत्त्वलाई कायम राखिनेछ।



प्रकाशित: August 2, 2021 | 17:54:17 काठमाडौं, सोमबार, साउन १८, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
रिपोर्ट

प्रधानन्यायाधीशको पक्षविपक्षमा नाराबाजी र नाचगान, चेपुवामा सेवाग्राही [भिडियो रिपोर्ट]

करिब एक घण्टापछि जबरा हुइकिँदै आए, र अर्कै बाटोबाट सर्वोच्च अदालतभित्र प्रवेश गरे। जबराको यो शैली कानुन व्यवसायी झनै आक्रोशित बने। उनीहरुले भने, 'कतिन्जेल चोरबाटोबाट हिड्छौँ जबरा? हामी यसै छाड्नेवाला छैनौँ।'
नेपाल समय
रिपोर्ट

दसैंमा भक्कानिँदै देश छाड्नेहरूको लर्को [भिडियोसहित]

हरेक दिन एक हजारदेखि बाह्र सयसम्मको हाराहारीमा युवा विदेश जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।
नेपाल समय
रिपोर्ट

यस्तो छ कंगोमा ५ सैनिक कुट्ने ३ अफिसरको बयान [भिडियो रिपोर्ट]

कुटपिट प्रकरणको छानबिनका लागि गठन भएको ‘कोर्ट अफ इन्क्वायरी’सँग कुटिएका पाँचै जनाले आफूहरूलाई तत्कालीन गणका तीनजना सहसेनानी इन्द्रबहादुर थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले कुटेको बयान दिएका थिए। उनीहरूले दिएको बयान यस्तो छ:
नेपाल समय
रिपोर्ट

दुई सैनिक अधिकृतले समाचारकै कारण जागिर गुमाएका हुन्? [भिडियो रिपोर्ट]

नेपाली सेनाभित्रको आर्थिक अनियमितताको खबर मिडियामा पुर्‍याउन सहयोग गरेको अभियोगमा दुई जना सह-सेनानी जागिरबाट निकालिएको रहस्य बाहिर आएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना