सोमबार, असोज १०, २०७९

१२ वर्षमा पनि बनेन तत्कालीन प्रधानमन्त्रीले उद्घाटन गरेको पुल

नेपाल समय  |  काठमाडौं, बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९, काठमाडौं

नेपाल समय

गौर- रौतहटको बडहर्वास्थित बागमती नदीमा पुल बनाउन शिलान्यास भएको १२ वर्षसम्म पनि निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयवासी मारमा परेका छन्। रौतहटको दुर्गाभगवती गाउँपलिका-५ वडहर्वास्थित बागमती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीय मारमा परेका हुन्। 

बागमती नदिमा स्थानीयहरु वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो। तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन। बागमती नदीमा वि.सं २०६७ साल जेठमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका थिए। 

पुल बन्ने ठूलो आशा बोकेका बागमती पारीका बडहर्वावासीले आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ। पुल समयमा नै निर्माण सम्पन्न नहुँदा बागमती पारी बसोवास गर्ने करिव ४ सय भन्दा बढी घरधुरीका स्थानीय जोखिम मोलेर काठको डुंगामा यात्रा गर्न बाध्य छन्। 

स्थानीयहरु दैनिक तथा प्रशासनिक कामको लागि र जिल्लाका विभिन्न स्थानहरुमा जानको लागि डुंगाकै भर पर्नुपर्ने अवस्था रहेको उनीहरुको गुनासो छ। 

स्थानीयवासी बिरामी हुँदासमेत डुंगामार्फत नदी पार गरेर उपचार गर्न जानुपर्ने अवस्था छ। स्थानीय बालकेश्वरी देवीले नदीमा बाढी आएमा नदी पारी जानसमेत नसक्ने बताइन्। पुल नभएका कारण आफ्नै खेतबारीमा काम गर्न जानसमेत एकदिन लाग्ने गरेको गुनासो उनको छ। त्यस्तै स्थानीय सुरेन्द्र पासवानले वडा कार्यालयमा सामान्य सिफारिसको लागि जाँदा एकदिन छुट्याएर जानुपर्ने बाध्यता रहेको बताए। 

बागमती नदी पारी रौतहटको बतसपुर, बडहर्वा, राजदेवी , गौर लगायतस्थानका मानिस डुंगा चढेरै खेतबारीमा काम गर्न जाने गरेका छन्। बागमती पारीका स्थानियलाई वारी आउन दुईवटा डुंगाको यात्रा गर्नुपर्छ। वर्षायाममा बागमती नदीमा बाढी आउँदा स्थानियहरुको आवत जावत नै ठप्प हुने गरेको छडुंगा चालक रामबाबु रजक बताउँछन्। डुंगा चढ्न सर्वसाधरणले एकपटकको ५० रुपैयाँ लाग्ने उनले बताए। नदीमा बाढी आउँदा दिनमा एकपटक मात्रै डुंगा चल्ने गरेको छ। 

यता हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साहले भने ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको बताए। उनले डेढ वर्षको अवधिमा वागमति नदीको पुल अन्य किसिमका बाधा नभए निर्माण सम्पन्न हुने बताए। 

 प्रधानमन्त्रीबाट पक्की पुल निर्माणको लागि शिलान्यास भएसँगै ज्यानको जोखिम राखेर यात्रा गर्न बाध्य बडहर्वावासी खुशी भएका थिए। तर शिलान्यास भएको १२ वर्षसम्म पनि पुल बन्न नसक्दा स्थानीयहरु रुष्ट भएका छन्। 


नेपाल समय
पुल नबनेपछि डुंगामा यात्रा गर्नुपर्ने अवस्था छ।

बागमती नदीको उक्त पुल निमार्ण सम्पन्न भएमा रौतहट र सर्लाहीका बासिन्दा समेत प्रत्यक्ष लाभावन्वित हुन्छन्। बागमती नदी पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रा.लि. सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा पाएको थियो। ठेक्का लुम्बिनिले पाएपनि निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको थियो। पप्पु कन्ट्रक्सनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो।

१७ स्पानसहितको सो पुलको लम्बाई ६३३ मिटर र चौडाई दुई लेनको छ। स्पान निर्माणको काम सकिएपनि बाँकी काम भने शुरु भएको ९ वर्षभन्दा बढी भइसकेको छ। हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्ध गरेपछि पुनः आह्वान गरेको ठेक्का माहालक्ष्मी विकास वाइपी जेभी जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कार्तिक १० गते निमार्ण सम्पन्न गर्नेगरी ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयाँमा सम्झौता गरेको छ। कार्यालयले नयाँ ठेक्का लगाएपनि काम भने शुरु हुन सकेको छैन। 

नेपाल समय

प्रकाशित: August 17, 2022 | 15:35:58 काठमाडौं, बुधबार, भदौ १, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
प्रदेश न. २

मधेसमा मात्रै २४ हजार म्यादी प्रहरी खटाइने

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ।
नेपाल समय
प्रदेश न. २

मधेश प्रदेश : प्रदेशसभाबाट ५५ कानुन निर्माण, प्रदेशको नाम र राजधानी तोकिनु मुख्य उपलब्धि

मधेश प्रदेशको सांसदको पहिलो पाँच वर्षको कार्यकालमा प्रदेशसभाबाट ५५ कानुन निर्माण गर्नुको साथै प्रदेशसभाले नागरिकतासम्बन्धी सुझाव, लागुऔषध नियन्त्रण, बालविवाह र आर्थिकसम्बन्धी सार्वजनिक महत्वको र प्रदेश प्रहरी भर्नाका लागि सङ्कल्प प्रस्ताव प्रदेशसभाबाट पारित गरेको थियो।
नेपाल समय
प्रदेश न. २

मर्चवारबासीलाई सडकको सास्ती

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मायादेवी–७ वनगाईमा मर्चवार सडकको केही भाग अधिग्रहण गरेपछि अर्को स्थायी सडक समयमा नबनाइदिँदा र माथिल्लो तहका सरकारले निर्माण थालेको बेथरी–खैरा सडक योजना निर्माण सम्पन्न नहुँदासम्मका लागि समस्या जटिल बन्दै गएको कांग्रेस क्षेत्रीय सभापति मुकेश यादवले बताए।
नेपाल समय
प्रदेश न. २

दलहरुलाई उम्मेदवार सिफारिस गर्न सकस

अधिकांश दलमा आकाङ्क्षी बढी देखिएकाले उम्मेदवार छनोटमा दलहरूलाई सकस भएको हो। तल्लो समितिबाट आएका सम्भावित उम्मेदवारको नाममा थप छलफल गरी प्रदेश समिति र केन्द्रीय समितिमा सिफारिस गर्न जिल्लास्थित राजनीतिक दलका नेताहरु जुटेका हुन्।
नेपाल समय
प्रदेश न. २

लोसपाबाट धनुषा-३ मा राजेन्द्र महतो एकल सिफारिस, एमालेबाट जुलीकुमारी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना