मंगलबार, माघ ११, २०७८

मंसिरमै हुस्सु

नेपाल समय  |  काठमाडौं, बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८, काठमाडौं

नेपाल समय

महोत्तरी-  सामान्यतया पुस लागेपछि देखिने हुस्सु (कुहिरो )जिल्लाको दक्षिणी र मध्यक्षेत्रमा यसपालि मध्य मङ्सिरअघि नै लाग्न थालेको छ। जिल्लाको मध्यक्षेत्रदेखि नेपाल–भारत सीमाको दशगजासम्मकै बस्ती मङ्सिर पहिलो साता बितेलगत्तैदेखि हुस्सुले डम्म ढाकिएका छन्। चिसो सिरेटो बहनसँगै एकाबिहानै हुस्सुले डम्म ढाकिएपछि जाडो एक्कासी बढेको छ।

जिल्लाको सुदूर उत्तरी क्षेत्र (पूर्वपश्चिम राजमार्ग वारिपारि) एकाबिहानै पारिलो घाम लागे पनि मध्य र दक्षिणी क्षेत्रमा भने हुस्सु लाग्ने र चिसो सिरेटो बहन थालेपछि जाडो ह्वात्तै बढेको हो। धानबाली थन्क्याइ नसकिएको र हिउँदेबाली लगाउने धमाधमका बेला एक्कासी जाडो बढेपछि जिल्लाका बस्तीमा कृषिकार्य सुस्त भएको किसानले बताएका छन्।

'खै मङ्सिर १५ अघि त यस्तो भोगिएको धेरै सम्झना छैन, यसपालि त डम्म धुनी (हुस्सु) लागेर काममै निस्कन नसकिने भइयो,' जिल्लाको मध्यवर्ती क्षेत्रको बलबा नगरपालिकाको धमौरा बस्तीका ७७ वर्षीय हासिम कवारीले भने, 'धान अझै खेत र खलिहान (खलो)मा असरल्ल छ, गहुँ लगाउने धमाधमको बेला छ, काम नसर्ने छाँट देखायो।'

बाक्लो हुस्सुसँगैको चिसो सिरेटोले जाडो ह्वात्तै बढाएपछि कृषिकार्यमा लाग्ने जन (श्रमिक) घरबाट निस्कन नमान्दा काम नबढेको उनको भनाइ छ।

जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा जमिनमा चिस्यान बढी भएको, पोखरी-ताल बढी भएको र दक्षिणी समुद्रबाट नजिक भएको हुँदा यो भेगमा पहिले हुस्सुको प्रभाव देखिएको वातावरणविज्ञको भनाइ छ। वायुमण्डलको चापले चिस्यानबाट वाष्पीकरण बढ्दा र तल्लो भेगमा सामुद्रिक हावा पहिले आइपुग्ने भएको हुँदा यस्तो प्रभाव देखिएको वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादवको भनाइ छ। जिल्लाको उत्तरी क्षेत्रको जमिन मध्य र दक्षिणी क्षेत्रको भन्दा रुखो भएको र सामुद्रिक हावा आइपुग्न ढिलो हुने हुँदा सो भेगमा हुस्सुको प्रभाव अलिपछि देखिने उनले बताए।

बूढापाका भने यसपालि चाँडै हुस्सु र जाडो बढ्नुलाई नयाँ साल (वर्ष) टेकेसँगैको अत्यधिक गर्मी र बर्खाकालमा परेको अत्यधिक पानीको प्रभाव ठान्दछन्। 'यस वर्ष लागेसँगै गर्मी पनि अचाक्ली थियो, त्यसैगरी बर्खामा पानी पनि धेरै पर्‍यो, त्यसैको प्रभावले अहिले हुस्सु र जाडो पनि चाँडै सुरु भएको हो,' मटिहानी नगरपालिका–३ का वडाअध्यक्षसमेत रहनुभएका ७० वर्षीय लियाकत कवारीले भन्नुभयो। गर्मी र वर्षा अत्यधिक भएको वर्ष जाडो पनि चाँडै सुरु हुने र धेरै जाडो बढ्ने अनुभव विगतबाट पाएको कवारीको थप भनाइ छ।

हुस्सु र जाडो बढेसँगै जिल्लाको तल्लो भेगका बस्तीमा एक्कासी बिरामी बढ्न थालेका छन्। श्वासप्रश्वासका बिरामीलाई कष्ट बढेको र खोकी, रुघा र हाडजोर्नी दुख्ने बेथा बढेको स्वास्थ्य संस्थाले जनाएका छन्। गरिब बस्तीका बूढापाका, स–साना बालबालिका र सुत्केरी महिलालाई स्वास्थ्य समस्या बढेको छ। जाडो बढेसँगै स्वास्थ्य कार्यालय महोत्तरीले घरआँगन सरसफाइ गर्न, सफा, ताजा  र स्वच्छ खानेकुरा खान, न्यानो कपडा लगाउन र दाउरा बालेर रापिलो आगो ताप्न सल्लाह दिएको छ।


प्रकाशित: November 25, 2021 | 21:55:00 काठमाडौं, बिहीबार, मंसिर ९, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बिहीबार, मंसिर ९, २०७८

थप समाचार

संघीयताको सपना देखेका 'गजेन्द्र बाबु'

देशमा संघीयता हुनुपर्छ भनेर आवाज उठाउनेमध्येका एक नेता हुन् गजेन्द्रनारायण सिंह। उनै नेता सिंहको २१औँ पुण्य तिथि आज मनाइँदै छ।

भारतले अयोध्यादेखि नेपाली सीमा भीठामोडसम्म ४ लेनको रामजानकी मार्ग बनाउने

भारतको उत्तरप्रदेश राज्यस्थित रहेको रामजन्मभूमि अयोध्यादेखि नेपाल जोड्ने भीठामोड नाकासम्म चारलेनको रामजानकी मार्ग निर्माण गर्न लागेको भारत सरकारले जनाएको छ।

रंगशालाका अभियन्तालाई राज्यले दिएको दुःख

‘कतिपयले पुर्बेको मानसिक सन्तुलन गुमिसकेको बताउँछन्’, पुर्बेले भने ‘तर यसले मलाई केही फरक पर्दै मेरो बारेमा कसले के सोच्छ, मेरो अभियान निरन्तर जारी रहन्छ।’

पुल निर्माण २ वर्षमा सक्ने सम्झौता भए पनि ७ वर्षमा ७० प्रतिशतमात्रै काम

मोरङको कानेपोखरी–२ (दर्बेसा र केराउन जोड्ने) स्थित गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ।

पछिल्लो ५ दिनमा स्रोत नखुलेको ५० लाखसहित ५ जना पक्राउ

जलेश्वर नपा–३ स्थित जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वर अगाडि भारतबाट आएका धनुषा जिल्लाको जनकपुर उमनपा–६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मिनियाँ गापा–१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई चारहजार २०० र करिब तीनलाख बराबरको ५०० र १०० का नक्कली नोट बनाउने काजगसहित प्रहरीले पक्राउ गरेको थियो।

मधेशमा शीतलहरको कहर, बढी मारमा बिरामी कुरुवा

अस्पतालमा बिरामी कुरेर बस्नुपर्नेलाई निकै मुस्किल परेको छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

सभापतिमा देउवाको एक महिना, देखिएन सुध्रिने संकेत

‘पार्टीमा पुस्तान्तरणको एजेन्डा सेट भएको छ। रुपान्तरणको सन्देश महाधिवेशनले दिएको छ। पदाधिकारीमा युवाहरुको प्रवेश भइसकेको छ। अब सभापतिजी विधि र पद्धती अनुसार नै चल्नुहुन्छ भन्‍ने लागेको थियो। तर, उहाँको कार्यशैलीमा सुधारको छाँट देखिएन,’ ती पदाधिकारी भन्छन्, ‘प्रश्न उठाउँदा झपार्नुहुन्छ। बोल्न दिनुहुन्‍न, अनि कसरी सुधारको अपेक्षा राख्‍ने?’
नेपाल समय
समाज

काठमाडौंका गेस्ट हाउस : महिलाका लागि असुरक्षित बन्न थालेका हुन्?

'घटना बढ्दै गएपछि हामीले गेस्ट हाउसमाथि निगरानी बढाएका छौं। गेस्ट हाउस छिर्दा र बाहिरिने ठाउँमा सीसी क्यामेरा अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छौं।'
नेपाल समय
समाज

काठमाडौंको सुन्धाराबाट 'दंगाली छोटे डन' पक्राउ, यस्ता छन् कसुरका शृंखला

'दङ्गाली छोटे डन' उपनामले परिचित विकास पुन काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंको सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकीछिपी बस्दै आएको अवस्थामा सोमबार पक्राउ गरेको हो।
नेपाल समय
समाज

इतिहासमा आज : अमेरिकी राज्यमा राजतन्त्रको अन्त्य, जापानमा शक्तिशाली भूकम्प

आज सन् २०२२ जनवरी १७। विश्‍वभर आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेटेका छौं।
नेपाल समय
राजनीति

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C