शुक्रबार, असोज २१, २०७९

यसरी कानुनी राज्यको उपहास गर्दैछ सीके राउतको जनमत पार्टी

जयन्त ठाकुर  |  काठमाडौं, शुक्रबार, कार्तिक ५, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, कार्तिक ५, २०७८, काठमाडौं

नेपाल समय
लाठी र भाटासहित जुलुसमा सहभागी सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता। तस्बिर साभार : सीके राउतको सचिवालय

जनकपुर- ‘स्वतन्त्र मधेस गठबन्धन’ नारा त्यागेर २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरी गठन भएको जनमत पार्टी अराजक गतिविधिमा उत्रिएको छ। सीके राउतको नेतृत्वको जनमत पार्टीका पछिल्ला एक महिनाका गतिविधि प्रशासन र नागरिकलाई तर्साई  कानुन हातमा लिने उद्देश्यले प्रेरित रहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। 

जनमतका कार्यकर्ता पछिल्ला हरेक जुलुसमा लाठी र भाटा बोकेर सहभागी हुँदै आएका छन्। गत असोज १८ गते मात्रै जनमत पार्टीका नेताकार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा तोडफोड गरे। नगर प्रमुख तथा उपप्रमुखमध्ये कोही नभेटिएपछि कार्यकर्ताले उपमहानगरभित्र रहेको न्यायिक समितिको कार्यालयमा तोडफोड गरे। सोही दिन उनीहरूले मुख्यमन्त्री र प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरे।

अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेपछि कारबाहीका लागि दबाब बढाउने उद्देश्यले जनमतका कार्यकर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयसमेत घेराउ गर्न पुगेका थिए।जनमतका कार्यकर्ताले यसअघि  खानेपानी तथा ढल व्यवस्थापन विभागमा पनि तालाबन्दी गरेका थिए। 

बिहीबार जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुश्वाहामाथि दुर्व्यवहार गरेर अर्को उद्दण्ड मच्चाएका छन्। भ्रष्टाचार बढ्दै गइरहेको भन्दै उनीहरुले एक कार्यालयका हाकिमलाई अर्धनग्न पारेर नगर परिक्रमा गराएका हुन्। 

जनमत पार्टीका अध्यक्ष सीके राउतको घरअगाडि ढल निर्माणका क्रममा खाल्डो नपुरेको र वर्षाका कारण पानी निकासमा थप समस्या भइरहेको आरोप उनीहरुको थियो। जनमत पार्टीका कार्यकर्ताले कुश्वाहालाई कार्यालयबाहिर निकालेर, कुटपिट गरे, कपडा च्याते र शरीरमा नालाको हिलो दलिदिएर नगर घुमाए। 


जनकपुरधाममा बिहीबार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुश्वाहामाथि दुर्व्यवहार गर्दै जनमत पार्टीका कार्यकर्ता। तस्बिर : जयन्त ठाकुर
कार्यालयका एक कर्मचारीका अनुसार लाठीभाटासहित पुगेका जनमतका सयौं कार्यकर्ताहरुले कार्यालयमा तोडफोड गर्दै कार्यालय प्रमुख कुश्वाहालाई बन्धक बनाएर कुटपिट गरेका थिए। एक घण्टाभन्दा बढी समयसम्म उनलाई अर्धनग्न रुपमै नगर परिक्रमा गराएपछि मात्रै प्रहरीले उनलाई उद्धार गरेको थियो। निमित्त प्रमुख कुश्वाहा बोल्न सक्ने स्थितिमा छैनन्। त्रसित भएका कुश्वाहाले भने, ‘बरु मलाई अहिले नै गोली ठोकिदिनुस्, तर म केही बोल्न चाहन्नँ।’

'कर्मचारीलाई राजनीतिक दलका कार्यकर्ताले अर्धनग्न बनाएर सार्वजनिक रुपमा घुमाउनु कानुनी राज्यको उपहास हो।'

जनमत पार्टीको यस प्रकारको अराजक गतिविधिलाई अन्य राजनीतिक दलका नेताहरुले आलोचना गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं प्रदेशसभा सदस्य परमेश्वर साहले राजनीतिक दलका नाममा यस्ता गतिविधि गर्नु अराजकताबाहेक अरू केही हुन नसक्ने बताए।

उनले  भने, 'कर्मचारीलाई राजनीतिक दलका कार्यकर्ताले अर्धनग्न बनाएर सार्वजनिक रुपमा घुमाउनु कानुनी राज्यको उपहास हो।' कानुनी बाटो छँदाछँदै जनमत पार्टी गलत बाटोमा लागैको उनको भनाइ छ।  जनमत पार्टीका कार्यकर्ताहरुले देखाएको चरित्र कुनै प्रजातान्त्रिक दलको नेताकार्यकर्ताको हुनै नसक्ने साहको भनाइ छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न पारेर बजारमा घुमाउनेसहितका दुर्व्यवहार  आपत्तिजनक, अमानवीय र आपराधिक घटना रहेको बताए। उनले भने, ‘जनमत पार्टीका कार्यकर्ताहरुले कानुनी राज्यको उपहास हुने गरी गरेको हर्कत राजनीति दलको नभई आपराधिक र भूमिगत समूहको जस्तै देखियो।’ 

केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थि कार्यालय घेराउ गर्दै जनमत पार्टीका कार्यकर्ता।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले घटनाको छानबिन गरी संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने कार्य सुरु भइसकेको बताए। उनले कुनै पनि कार्यालयका कर्मचारीलाई नआत्तिन र नडराउन आग्रह गर्दै सुरक्षाका लागि प्रशासन प्रतिबद्ध रहेको बताए।  

जनमत पार्टीका नेता इन्द्रजित यादव भने भ्रष्टाचार प्रत्येक पालिका र प्रदेश सरकारको हरेक निकायमा प्रश्रय पाइरहेकाले खबरदारीस्वरुप जनकारबाही गरिएको बताउँछन्। उनी भन्छन्, 'कार्यालयका हाकिम मात्रै होइनन् भ्रष्टाचारविरुद्धको आन्दोलनमा पालिका प्रमुख, मुख्यमन्त्री वा प्रधानमन्त्री नै किन नहोस् जो कोही आए पनि जनकारबाहीका लागि हामी तयार छाैं।' जनताको करबाटै तलब खाने अनि जनताको काम नगर्ने प्रवृत्तिको विरोध जारी रहने उनको भनाइ छ। 

राउतको घर जाने बाटो नबनाएका कारण कार्यालय प्रमुखमाथि कुटपिट  

सीके राउतले जनकपुरधामस्थित वडा नम्बर ८ बलवा टोलमा घर बनाएका छन्। सो बाटो सानो पानी पर्दा पनि हिलाम्मे हुन्छ। ढलका लागि सडक खनेको र काम अलपत्र छाडेर ठेकेदार बेपत्ता भएपछि सडक हिलाम्मे बनेकाले राउतलाई घरबाट निस्किनसमेत गाह्रो भइरहेको जनमत पार्टीका एक नेताले बताए। राउतले  केही दिनअघि  सामाजिक सञ्जालमा समेत निवासबाट निस्किने बाटो हिलोले अवरुद्ध भएको  गुनासो पोखेका थिए। 

यो पनि


प्रकाशित: October 22, 2021 | 10:53:03 काठमाडौं, शुक्रबार, कार्तिक ५, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
प्रदेश न. २

बारामा बस दुर्घटना: १४ जनाको मृत्यु, २४ घाइते

बाराको अमलेखगञ्जमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
नेपाल समय
प्रदेश न. २

लहानको दुर्गा मन्दिरमा ७५ तोला सुनका गहना

माता दुर्गाको मूर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष विकास शारदाले बताए। माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्राम अर्थात् १८.६० तोला सुनको छ।
नेपाल समय
प्रदेश न. २

मधेसमा मात्रै २४ हजार म्यादी प्रहरी खटाइने

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ।
नेपाल समय
प्रदेश न. २

मधेश प्रदेश : प्रदेशसभाबाट ५५ कानुन निर्माण, प्रदेशको नाम र राजधानी तोकिनु मुख्य उपलब्धि

मधेश प्रदेशको सांसदको पहिलो पाँच वर्षको कार्यकालमा प्रदेशसभाबाट ५५ कानुन निर्माण गर्नुको साथै प्रदेशसभाले नागरिकतासम्बन्धी सुझाव, लागुऔषध नियन्त्रण, बालविवाह र आर्थिकसम्बन्धी सार्वजनिक महत्वको र प्रदेश प्रहरी भर्नाका लागि सङ्कल्प प्रस्ताव प्रदेशसभाबाट पारित गरेको थियो।
नेपाल समय
प्रदेश न. २

मर्चवारबासीलाई सडकको सास्ती

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मायादेवी–७ वनगाईमा मर्चवार सडकको केही भाग अधिग्रहण गरेपछि अर्को स्थायी सडक समयमा नबनाइदिँदा र माथिल्लो तहका सरकारले निर्माण थालेको बेथरी–खैरा सडक योजना निर्माण सम्पन्न नहुँदासम्मका लागि समस्या जटिल बन्दै गएको कांग्रेस क्षेत्रीय सभापति मुकेश यादवले बताए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना