मंगलबार, असोज ११, २०७९

मथिलाञ्‍चलमा कोजाग्रत पूर्णिमाको महत्व

जयन्त ठाकुर  |  काठमाडौं, मंगलबार, कार्तिक २, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, कार्तिक २, २०७८, काठमाडौं

नेपाल समय

जनकपुरधाम- कोजाग्रत पूर्णिमा मिथिलाञ्चलमा धुमधामका साथ मनाइएको छ। मिथिलाञ्‍चलमा कोजाग्रत पूर्णिमाको विशिष्ट महत्व रहेको छ खास गरी नवविवाहित पुरुष र महिलाका लागि। आजको दिन दुल्ही पक्षबाट दुल्हा पक्षको घरमा भार (कोसेली ) पठाइन्छ। त्यसपछि बेहुलाको चुमाओन गरिन्छ र त्यसपछि भोजभतेरको आयोजन समेत गरिन्छ।

मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिकारूपमा प्रसिद्ध मानिएको छ। कोजाग्रतका राती भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातीमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने जनविश्वास रहेको छ।

यसैगरी आजको दिनमा मिथिलाकी छोरीको रुपमा रहेकी माता जानकीको मन्दिरमा समेत गाउँ गाउँबाट भार(कोसेली) आउने गर्दछ।यसका लागि मन्दिरलाई विशेष रुपले श्रृगांरिन्छ।मिथिलाको घर घरमा कोजाग्रत पूर्णिमाका दिन विभिन्न परिकार,पान र मखान अवश्य खाने गरिन्छ।कोजाग्रत पूर्णिमालाई दशमीको समापनको रुपमा समेत लिईन्छ।

जानकी मन्दिरमा कोजाग्रत पूर्णिमाको महोत्सव

कोजाग्रत पूर्णिमाका दिन जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष महोत्सवको आयोजना गरिन्छ।यस अवसरमा महोत्तरी जिल्लाको रतौली निवासी स्व. महेन्द्र प्रसाद ठाकुरको घरबाट मन्दिरमा भार (कोसेली) आउने गर्दछ।भारका सामान लिएर भगवान्  राम माता जानकीको चुमाओन गरिन्छ।

जानकी मन्दिर।

त्यस्तै महोत्सवलाई अझ बढी आकर्षक बनाउनका लागि मन्दिरमा भजन किर्तनको आयोजना गरिन्छ।प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहास्यको कार्यक्रमको आयोजना समेत हुने गरेको  जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन्।उनका अनुसार मिथिलामा जसरी मिथिलानीहरुले आफ्नो ज्वाईका लागि भार पठाउने गर्दछन् त्यसरी नै मन्दिरमा समेत भारमा मिथिलाको महत्पूर्ण परिकारहरु आउने गर्दछ।भारमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान् राम र माता जानकीको लत्ताकपड़ा आदि रहन्छ।स्व. ठाकुरको घरबाट परम्परागत रुपले काँधमा बोकी भार आउने गर्दछ।र यो परम्परा विगत १ सय १३ वर्षदेखि चल्दै आएको छ।भार पठाउने तयारी एक महिनापूर्वदेखि नै सुरु हुने गर्दछ ठाकुरका पौत्र नविल ठाकुरले बताए।र त्यो भार सहितको टोली जनकपुरधामकै प्रसिद्ध राम मन्दिरमा गईन्छ र त्यहाँ दुबै पक्षले मनोरञ्जनात्मक हास्य वैंग्य गर्ने गर्दछन्।आजको दिन भार हेर्न गाउँ गाउँबाट मानिसहरु आउने गर्दछन्।

कोजाग्रत पूर्णिमाका दिन मिथिलाबासीहरुले घरका देवी, देवता र माता सीता र भगवान् रामलाई पान, मखान, बतासासहितका सामान प्रसाद स्वरुप चढाउने गर्दछन्।

नवविवाहित पुरुष र महिलाको लागि विशेष उत्सव

नवविवाहित पुरुष र महिलाका लागि यो पर्व विशेष उत्सवको रुपमा रहन्छ।आजको दिनमा बेहुलाको घरमा उनको ससुरालीबाट  भार आउने गर्दछ र बेहुलाको चुमाओन गरिन्छ।पर्वमा घरको आँगनमा अष्टदल अरिपण समेत दिईन्छ।

अरिपन माथि डालासहितका सामाग्री राखिन्छ र  विशेष मन्त्र उच्चारण गर्दै दुरवाच्छत दिईने गरिन्छ।त्यसपछि बेहुलाको घरमा भोजभतेरको आयोजना गरिन्छ जसको सम्पूर्ण खर्च बेहुली पक्षले बेर्होनुपर्छ बताउँछिन् जनकपुरधाम वडा नम्बर ४ की सुमनी देवी झा।भोजभतेरपश्चात् पान र मखान बाड्ने गरिन्छ। आजको दिन बेहुली पक्षबाट बेहुलाको घर चाँदीको कौडा बनाएर पठाईन्छ र राती बेहुलीका भाई र बेहुलाले कौडा खेल्ने परम्परा रहेको छ।

मखान खेती लोप हुँदै 

कोजाग्रत पूर्णिमामा मखानको विशेष महत्व छ।बेहुलीको घरबाट बेहुलाको घरमा पठाइएको भारमा मखान पठाउनुपर्ने अनिवार्यता छ।बेहुलीको घरबाट पठाइएको मखान गाउँ भरी बाँड्ने मिथिलाञ्चलको परम्परा छ।तर पछिल्लो समय मिथिला क्षेत्रमा विशिष्ट महत्व राख्ने मखाना खेती लोप हुने अवस्थामा पुगेको छ।

मखान बोकेर जाँदै।

बढी आम्दानी गर्नका लागि पोखरीमा माछा पालन सुरु गरेपछि मखानको खेती लोपोन्मुख अवस्थामा पुगेको महोत्तरी विश्वम्भरपुरका किसान वासुदेव मुखियाले बताए। ‘माछा पालन गर्दा त्यसमा आम्दानी बढी हुन्छ।’ उनले भने ‘जसकारण मखानको अवस्था लोपोन्मुख अवस्थामा पुगेको हो।’

मिथिलामा चाडपर्व, पूजाआजा, विवाह व्रतवन्धजस्ता शुभकार्यका साथै श्राद्ध कर्ममा समेत मखानाको प्रयोग हुन्छ। मखान आय आर्जन गर्ने माध्यम मात्रै नभई मिथिलाको संस्कृति पनि रहेको संस्कृतिविद्हरू बताउँछन्।

मिठो खाद्य पदार्थको रुपमा रहेको मखान भारतबाट समेत आयात हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ। खेती नभएपछि जिल्लाका मलाह जातिको रोजगारी समेत गुम्न थालेको मलाह जातिका नेता राम उदिश मुखियाले बताए। केही वर्ष अघिसम्म मात्रै मखानको बजारमा वृद्धि हुन थालेपछि उनीहरु मखान खेती गरी राम्रो आम्दानी लिन अग्रसर भएका थिए। तर किसानले आम्दानी बढाउनका लागि पोखरीमा माछापालन गर्न थालेकाले यसको खेती लोप हुनथालेपछि उनीहरुको पेशा सङ्कटमा परेको जलेश्वरका मलाह खेलावन मुखियाले बताए।

विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परेपनि पछि थोरै मेहनतमा प्रशस्त लगातार आयआर्जन गर्न सकिन्छ। मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर पानी बाहिर निकाल्छन् र घाममा सुकाउँछन्।त्यसपछि आगोमा भुटेर लावा तयार गरी बेच्छन्।


प्रकाशित: October 19, 2021 | 19:29:33 काठमाडौं, मंगलबार, कार्तिक २, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
प्रदेश न. २

मधेसमा मात्रै २४ हजार म्यादी प्रहरी खटाइने

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ।
नेपाल समय
प्रदेश न. २

मधेश प्रदेश : प्रदेशसभाबाट ५५ कानुन निर्माण, प्रदेशको नाम र राजधानी तोकिनु मुख्य उपलब्धि

मधेश प्रदेशको सांसदको पहिलो पाँच वर्षको कार्यकालमा प्रदेशसभाबाट ५५ कानुन निर्माण गर्नुको साथै प्रदेशसभाले नागरिकतासम्बन्धी सुझाव, लागुऔषध नियन्त्रण, बालविवाह र आर्थिकसम्बन्धी सार्वजनिक महत्वको र प्रदेश प्रहरी भर्नाका लागि सङ्कल्प प्रस्ताव प्रदेशसभाबाट पारित गरेको थियो।
नेपाल समय
प्रदेश न. २

मर्चवारबासीलाई सडकको सास्ती

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मायादेवी–७ वनगाईमा मर्चवार सडकको केही भाग अधिग्रहण गरेपछि अर्को स्थायी सडक समयमा नबनाइदिँदा र माथिल्लो तहका सरकारले निर्माण थालेको बेथरी–खैरा सडक योजना निर्माण सम्पन्न नहुँदासम्मका लागि समस्या जटिल बन्दै गएको कांग्रेस क्षेत्रीय सभापति मुकेश यादवले बताए।
नेपाल समय
प्रदेश न. २

दलहरुलाई उम्मेदवार सिफारिस गर्न सकस

अधिकांश दलमा आकाङ्क्षी बढी देखिएकाले उम्मेदवार छनोटमा दलहरूलाई सकस भएको हो। तल्लो समितिबाट आएका सम्भावित उम्मेदवारको नाममा थप छलफल गरी प्रदेश समिति र केन्द्रीय समितिमा सिफारिस गर्न जिल्लास्थित राजनीतिक दलका नेताहरु जुटेका हुन्।
नेपाल समय
प्रदेश न. २

लोसपाबाट धनुषा-३ मा राजेन्द्र महतो एकल सिफारिस, एमालेबाट जुलीकुमारी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना