बिहीबार, मंसिर २२, २०७९

बेपत्ता परिवारको सधैंको गुनासो : न सास पाइयो न लास

जयन्त ठाकुर  |  काठमाडौं, सोमबार, भदौ १४, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, भदौ १४, २०७८, काठमाडौं

नेपाल समय

जनकपुरधाम– महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर २का वीरेन्द्र कुमार यादव माओवादी सशस्त्र द्वन्द्वको समयमा नेकपा माओवादीको सर्लाही जिल्लाका एरिया एरिया कमिटी मेम्बर थिए। तर माओवादीको नेतृत्वले माग पूरा नहुँदै आत्मसमर्पण गरेको भन्दै पार्टी छोडेर मोहन वैद्य नेतृत्वको नेकपा माओावदी क्रान्तिकारीमा लागिसकेका छन्।

वीरेन्द्र माओवादीका तत्कालिन नेता भए पनि उनको परिवारबाट कोही सो संघर्षमा सहभागी थिएनन्। उनलाई खोज्नका लागि नेपाली सेनाको टोली पटक पटक उनको घर जाने गर्थ्यो। तर २०६० साल कात्तिक २० गते वीरेन्द्रको घरबाट बुवा, काका, २ भाइसहित ७ जनालाई प्रहरीले गिरफ्तार गरी लग्यो। त्यो दिन यता अहिलेसम्म उनीहरु न लाश नै पाएको, न सास नै पाएको गुनासो वीरेन्द्रको छ। उनले भने, ‘यदि मृत्यु भइसकेको भए पनि लाश देखाइदिनुपर्यो। कमसेकम प्रचलन अनुसार काजकिरिया गरे मनलाई शान्ति त हुने थियो।’

उनीजस्तै बेपत्ता पारिएका यहाँका अधिकांश परिवारको व्यथा उस्तै छ। सशस्त्र द्वन्दको समयमा प्रदेश २ का सप्तरीबाट २८, सिरहाका ३७, धनुषाका ११ (५ जनाको भव भेटिएको), महोत्तरीका ११, सर्लाहीका १७, रौतहटका २०, बाराका १२ र पर्साका १७ गरी १४८ जना बेपत्ता पारिएका छन्।

शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि आफ्नै आँखा अगाडिबाट लगिएका पतिको अवस्था सार्वजनिक नहुनुले पीडा भोग्नुपरेको धनुषा मिथिला नगरपालिका लालगढकी सिर्जना शाहीले बताइन्।

उनले भनिन्, ‘उहाँको हत्या भयो वा जिउँदै हुनुहुन्छ केही खबर छैन। अहिले न म विधवा बनेर हिँड्नसक्ने अवस्था छ न सधुवा नै। मारेकै भए पनि कम्तिमा चिहान देखाइदेउ भनेर माग गरेका हौं। अस्थिपञ्जर देखेरै भए पनि चित्त बुझाउँथ्यौं।’ राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका अधिकांशको मृत्यु वा जिवित कुनै जानकारी छैन।

यस्तै अवस्था धनुषाको सबैला नगरपालिका वडा नम्बर २ का रोशन यादवको परिवारको पनि छ। उनको दाइ शम्भु यादव माओवादीको अखिल क्रान्तिकारीको युवा नेता थिए। नेपाली सेनाको टोलीले दाइलाई २०५५ साल कात्तिक १९ गते पक्राउ गरेर लगेपछिको अवस्था अहिलेसम्म अज्ञात रहेको रोशनले दुखेसो पोखे। १९ वर्षकै कलिलो उमेरमा शम्भुले घरको जिम्मेवारी सम्हालेका थिए।

उनी घरको मूलि थिए। बुवाको मृत्यु दाइ पक्राउ पर्नुभन्दा १ वर्ष अगाडी मात्रै भएकाले पूरै घरको जिम्मेवारी दाइकै काँधमा रहेको रोशनले बताए। रोशनले भने, ‘दाइ समेत पक्राउ परेपछि घरको स्थिति एकदमै नाजुक हुन गयो। राज्यको कुदृष्टि हामीमाथि त थियो नै, त्यसमाथि समाजले पनि हामीलाई हेपाहा दृष्टिले हेर्दै आयो।’

‘जुन नेताको नेतृत्वमा सशस्त्र द्वन्द्वमा होमिएँ, सोही नेतृत्व बेइमान भएपछि कसलाई के भन्ने?’ रोशन भन्छन्। वीरेन्द्र त माओवादी नेतृत्वप्रति झनै क्रुद्ध छन्। उनले भने, ‘शान्ति सम्झौतापछि माओवादी लागतार सरकारमा सहभागी भयो तर बेपत्ता परिवारको मागप्रति सबै सरकार उदासिन रहे।’

दश वर्षे शसस्त्र द्वन्दको समयमा २०६० असोज २१ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का संजिव कुमार कर्ण, सोही वडाका दुर्गेश लाभ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का जितेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिका २३का प्रमोद नारायण मण्डल र विदेह नपाका शैलेन्द्र यादव लगायतका केही व्यक्तिलाई जनकपुरधाम ४ स्थित कटैया चौरीबाट नेपाली सेनाले गिरफ्तार गरेको थियो। उनीहरुलाई बिना पक्राउ पुर्जी गैरकानुनी रुपमा पक्राउ गरे पश्चात केहीलाई सोही दिन रिहा गरिएको थियो भने संजिव कुमार कर्ण लगायत ५ जनालाई राज्यका सुरक्षा निकायले गैरकानुनी रुपमा आफ्नो नियन्त्रणमा राखी हत्या गरिएको आरोप पिडित परिवारको रहेको छ।

हत्या पश्चात लाश समेत वेपत्ता पारिएपछि खोजतलास गर्दै जाँदा धनुषाको तल्लो गोदार स्थित कमलाको वाँध नजिक रहेको हेमकुमारी घिमिरेको नाममा दर्ता रहेको जग्गामा लास गाडिएको स्थान फेला परेको थियो।

यति मात्र होइन राष्ट्रिय मानव अधिकार आयोगको पहलमा गोदारबाट ६ जनाको शव उत्खनन गरेर डिएनए परिक्षणका लागि फिनल्याण्ड पठाइएको थियो। सो मध्ये ३ वटा फरेन्सिक ल्यावमा पठाइएको रिपोर्ट आयो पनि। तर नेपाल सरकारले रिपोर्ट सार्वजनिक नै गरेन। सो समयमा तत्कालिन जनकपुर अञ्चल प्रहरी कार्यालयका एसएसपी थिए कुबेर सिंह राणा। पिडित परिवार पटक पटक राणालाई कानूनी दायरामा ल्याउन माग गरे। तर कुनै समयमा माओवादीको नेतृत्वपंक्ति मध्येका एक रहेका डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राणालाई आइजीपी बनाइएको थियो।

माओवादी द्वन्दकालको क्रममा राज्य पक्ष तथा माओवादीद्वारा बेपत्ता पारिएकाहरु अहिलेसम्म पनि राज्यले फेला पार्न सकेको छैन। बेपत्ता दिवसको अवसरमा सोमबार धनुषामा बेपत्ता परिवारले सास वा लासको माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्र बुझाउने क्रममा प्रमुख जिल्ला अधिकारी बास्तोला समक्ष पीडित परिवारले सास वा लासको माग गरेका छन्। मुलुकमा संघीयता लागु भएसँगै पीडित परिवारले बेपत्ताहरुको सम्बन्धमा तत्कालै छानविन हुने भनि विश्वास राखेको थियो। तर प्रदेश सरकार गठन भएको ४ वर्ष वित्दा पनि सरकारले बेवास्ता गरेको गुनासो उनीहरुको छ।

संघीय सरकारलाई विगत करिब डेढ दशक भन्दा लामो समयदेखि दवाव स्वरुप ज्ञापन पत्र बुझाउँदै आएका छन्। तर पीडित परिवारले राज्यबाट १० लाख रुपैयाँ बुझ्ने बाहेक केहि नभएको भन्दै गुनासो गरेका छन्।


प्रकाशित: August 30, 2021 | 18:33:04 काठमाडौं, सोमबार, भदौ १४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
प्रदेश न. २

सप्तरीको सुरुंगा मधेशकै पहिलो बालविवाहमुक्त नगर घोषणा

सप्तरी क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री तेजुलाल चौधरीले आज एक समारोहबीच घोषणापत्र प्रस्तुत गर्दै सुरुङ्गा नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गरे।
नेपाल समय
प्रदेश न. २

मधेस प्रदेशमा सर्लाहीका चार नयाँ र चार पुराना प्रतिनिधि

जिल्लाबाट मधेस प्रदेश सरकारमा फरक दल, समुदाय, उमेर र वर्गको प्रतिनिधित्व देखिने भएको छ।
नेपाल समय
प्रदेश न. २

मधेस प्रदेशसभामा नयाँ-पुराना अनुहारको मिश्रण

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनःदोहोरिएका छन् भने संसद्को पहिलो अनुभव लिन नयाँ अनुहारको समेत उल्लेख्य सङ्ख्यामा प्रदेशसभामा प्रवेश पाउने भएको छ।
नेपाल समय
प्रदेश न. २

एमालेबाट जसपा हुँदै नेसपा पुगेका रायले जोगाइदिए मधेसमा माओवादीको चुनाव चिह्न

माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनीमात्रै निर्वाचित भएका हुन्। सर्लाही २ बाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भएका हुन्।
नेपाल समय
प्रदेश न. २

पर्सा-४ 'क'मा कांग्रेसका शंकर निर्वाचित, एमालेका जयको पराजय

शंकरले १२ हजार १५४ मत ल्याउँदा जयप्रकाशले १० हजार ४ सय ३८ मत ल्याए। पराजित जय एमाले पर्साका अध्यक्ष हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना